रञ्जन सिंह शाहको आत्मकथा मेरो सपनाको विमोचन

रञ्जन सिंह शाहको आत्मकथा मेरो सपनाको विमोचन

काठमाडौं । वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा मेरो सपनाको विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच पूर्व मन्त्री डा. भेष बहादुर थापा, होटेल व्यवसायी ,लेखक एवम सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य , प्रा. डा.जिवराज पोखरेल र आर्किटेक ईश्वरलाल जोशीले आत्मकथा पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रममा बक्ताहरुले नेपालको वास्तुकलाको बारेमा चर्चा गर्दै यसलाई अझ कसरी विश्व माझ चिनाउन सकिन्छ भन्ने बारेमा आफ्नो धारणा राखेका थिए ।
आत्मकथा मेरो सपना पुस्तकमा शाहले आफ्नो सानैदेखिको आर्किटेक इन्जिनियर बन्ने सपना कसरी पूरा भयो र आउने भावी पुस्ताले पनि नेपालको वास्तुकला (आर्किटेक)लाइ कसरी बिश्वमाझ चिनाउन र बचाइराख्न सक्छन भन्ने कुरालाई समेटेका छन् ।

शाह एसोसिटले आयोजना गरेको कार्यक्रममा उद्योगपति,नेतागण , इञ्जिनियर, डाक्टर ,नेपाल सरकारका पूर्व सचिवहरुको उपस्थिति थियो । शाहले जीवनको महत्वपूर्ण ५० बर्ष अर्किटेक इन्जिनियरमा बिताएका छन्। नेपालमा त्रिभुवन विश्व विद्यालयबाट विज्ञान बिषयमा विएससी सकिएपछि शाहले भारतको बरुडास्थित एम एस युनिभर्सिटीबाट आर्किटेक्चरमा डिग्री गरेका शाहले नेदरल्याण्डबाट अर्किटेक्चरमा स्नाकोत्तर गरेका थिए ।

सिंहदरबारमा आगलागी पछिको पुनः निर्माणमा उत्कृष्ट काम गरेबापत शाहलाई तत्कालिन राजा विरेन्द्र शाहले गोरखा दक्षिण बाहु तेस्रो बाट सम्मान गरेका थिए । एघारौ सार्क सम्मेलनमा खेलेको भूमिका बापत भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीबाट समेत सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।

समा प्रिन्टर्सबाट प्रिन्टिङ ८० पृष्ठको आत्मकथा मेरो सपना पुस्तक हाललाई इस्छुक पाठक माझ निशुल्क वितरण गरिएको छ । किताबको सहलेखन डा.शृस्टी शाहले गरेकी हुन् ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय