राखेपमा नियम विपरीत अनुदान र कर्मचारीे

राखेपमा नियम विपरीत अनुदान र कर्मचारीे

काठमाडौँ, वैशाख ७ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६५औँ वार्षिक प्रतिवेदनले राखेपभित्र ती कार्य भएको औँल्याएको हो ।

राष्ट्रिय खेल सङ्घ कार्य सहजीकरण कार्यविधि, २०७० मा समयमा नवीकरण नगराउने सङ्घलाई परिषद्बाट कुनै पनि सुविधा तथा सिफारिश उपलब्ध गरिने छैन भन्ने व्यवस्था भएपनि आव २०७३÷७४ मा नवीकरण नभएका खेलकूदका सङ्घहरुलाई परिषद्ले रु ६४ लाख अनुदान उपलब्ध गराएको पाइएको प्रतिवेदनले औल्याएको छ ।

यसैगरी परिषद्मा अर्थ मन्त्रालयबाट २०६१ साल वैशाख २५ गते प्राप्त पत्रानुसार ७५० स्थायी र २५० जना करारसमेत एक हजार जना रहने गरी दरबन्दी स्वीकृत भएकामा आव २०७४÷७५ मा करारतर्पm दरबन्दीभन्दा ९६ जनालाई बढी खर्च गरेकाले दरबन्दीअनुसार मात्र खर्च गर्न निर्देशन दिएको छ । परिषद्को कार्यसम्पादन गर्न आवश्यक पर्ने सङ्गठन संरचना र दरबन्दी परिषद्ले निर्धारण गरेबमोजिम हुने र दरबन्दी घटबढ गर्दा अर्थ मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था विपरीत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी कार्यसम्पादन तथा अनुभवका आधारमा बढुवा भएका १०९ कर्मचारीको समायोजन भएको नदेखिएकाले दरबन्दीअनुसार केन्द्र, क्षेत्र र जिल्लामा कर्मचारी पदस्थापना गर्न भनिएको छ । साथै शहरी क्षेत्र तथा सुविधा सम्पन्न स्थानमा बढी कर्मचारी केन्द्रित रहेको देखिएको छ । त्यसैगरी परिषद्को आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३३ मा बर्खान्तमा खर्च नभई बाँकी रहेको रकम ‘फ्रिज’ गर्नुपर्ने व्यवस्था छ । सरकारबाट ससर्त अनुदानअन्तर्गत निकासा प्राप्त भई परिषद्अन्तर्गत जिल्ला खेलकूद विकास समितिलाई निकासा दिएकामा जिल्लाबाट खर्च नभई फिर्ता गरेको रु ८५ लाख ४२ हजार रकम परिषद्ले सङ्घीय सञ्चितकोष फिर्ता नगरी समितिको खातामा मौज्दात देखाएको पाइएको छ ।

परिषद्मा २०७५ असार मसान्तसम्म रु एक अर्ब १५ करोड ४६ लाख ६७ हजार पेश्की बाँकी रहेकाले उक्त पेश्की असुल फछ्र्यौट गर्न थप सक्रिय गर्न परिषद्लाई निर्देशन दिएको छ ।

परिषद्को आर्थिक प्रशासनसम्बन्धी नियमावली, २०६२ को नियम ७२ देखि ८१ सम्म पेश्की दिँदा प्रयोजन खुलाउने, पहिलेको पेस्की फछ्र्यौट नहुँदै थप पेश्की दिन नहुने, पेश्की लिनेको विस्तृत विवरण खुलाई तोकिएको समयमा फछ्र्यौट गर्ने, पेश्कीको अनुगमन आन्तरिक लेखापरीक्षण शाखाबाट हुनुपर्ने र लेखापरीक्षण प्रतिवेदनका आधारमा कानूनबमोजिम कारवाही हुने उल्लेख भए पनि पेश्की रकम बर्सेनी बढ्दै गएको प्रतिवेदनमा जनाइएको छ ।

निर्माण कार्यमा ढिलाइ

सार्वजनिक खरीद नियमावली तथा खरीद सम्झौतामा उल्लिखित समयावधिमा कार्य सम्पन्न गर्नुपर्ने तथा उक्त अवधिमा निर्माण व्यवसायीको कारणबाट निर्माण कार्य सम्पन्न हुन नसकेमा सार्वजनिक खरीद नियमावली, २०६४ बमोजिम पूर्वनिर्धारित क्षतिपूर्ति लिनुपर्ने व्यवस्था भए पनि परिषद्ले क्षतिपूर्तिको सट्टा ढिलो काम गर्ने निर्माण कम्पनीलाई कानूनविपरीत भुक्तानी दिएको पाइएको छ ।

परिषद्ले दशरथ रङ्गशालामा छाना राख्ने कार्य २०७२ साउन ७ गते सम्पन्न गर्नेगरी एक निर्माण व्यवसायीसँग २०७१ साल वैशाखमा रु आठ करोड ३७ लाख ७६ हजारमा सम्झौता भएकामा म्याद थपी २०७४ चैत ३० मा मात्र कार्य सम्पन्न गरी रु आठ करोड ६८ लाख दुई हजार भुक्तानी दिएको पाइएको छ । पर्याप्त पुष्ट्याइँ बेगर पूर्वनिर्धारित क्षतिपूर्ति लिई म्याद थप गरेको देखिएको प्रतिवेदनले औल्याएको छ ।

त्यस्तै पोखरा बहुउद्देश्यीय कभर्डहल निर्माण कार्य २०७२ साल असारमा सम्पन्न गर्नेगरी एक निर्माण व्यवसायीसँग २०७० साल चैतमा रु १४ करोड ३० लाख ४३ हजारमा सम्झौता भएकामा म्याद थप गर्दासमेत कार्य सम्पन्न भएको छैन । तोकिएको समयमा काम गर्न नसक्ने ठेकेदार कम्पनीलाई कारवाही गर्नाको सट्टा परिषद्ले पटक पटक म्याद थप गरेको पाइएको छ ।

मूलपानी क्रिकेट मैदान निर्माणको नापी किताबमा ढुङ्गाको सोलिङ गर्ने कामको कूल कार्य परिमाण ४०९.४५ घनमिटर उल्लेख भएकामा १२औँ तथा अन्तिम बिलबाट ६७५.९७ घनमिटरको प्रतिघमि रु तीन हजारले रु २० लाख २८ हजार भुक्तानी भएको पाइयो । यसरी नापी किताबमा उल्लिखित परिमाणभन्दा बढी परिमाण २६६.५२ घमिको रु नौ लाखभन्दा बढी भुक्तानी दिएकाले सो असुल गर्न राखेपलाई निर्देशन दिएको छ ।

खेलकूद विकास नियम, २०४९ ले नेपाल सरकारको बजेटबाट सञ्चालन हुने क्षेत्रीय र जिल्ला खेलकूद विकास समितिको कारोबारको लेखापरीक्षण दर्तावाला लेखापरीक्षकबाट गराउने व्यवस्था गरे पनि नियमावलीमा भएको प्रावधानको आधारमा राष्ट्रिय खेलकूद परिषद्अन्तर्गतका जिल्ला खेलकूद विकास समिति र क्षेत्रीय खेलकूद विकास समितिमा सरकारको स्रोतबाट विनियोजित २०७४/७५ को रु ४५ करोड ६२ लाख ७६ हजार र २०७३/७४ को रु ९३ करोड ३३ लाख २१ हजारको लेखापरीक्षण अझै हुन नसकेको उल्लेख छ ।

परिषद्का लागि यो वर्ष नेपाल सरकारबाट रु एक अर्ब ७५ करोड ९३ लाख ६६ हजार र आन्तरिक स्रोतबाट रु चार करोड ८८ लाख ९९ हजारसमेत रु एक अर्ब ८० करोड ८२ लाख ६५ हजार प्राप्त भएकामा कार्यक्रम तथा सञ्चालन खर्च रु ९९ करोड ६५ लाख ९१ हजार भई रु ८१ करोड १६ लाख ७५ हजार बर्खान्तमा मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ ।

परिषद्ले वित्तीय विवरणमा आयतर्फ बढी देखाएको रु ३० लाख २०७४÷७५ मा संशोधन गरी घटाएको र खर्चतर्फ रु एक करोड ३५ लाख ७५ हजार वृद्धि गरी संशोधन गरेकामा सोको खुलासा गरेको छैन । यथार्थ वित्तीय विवरण पेश नगर्ने सम्बद्ध कर्मचारीलाई जिम्मेवार बनाई यथार्थ विवरण पेश गर्ने व्यवस्था मिलाउन परिषद्लाई निर्देशन दिइएको छ ।

स्वीकृत कार्यक्रमअनुसार यो वर्ष पूर्वाधार निर्माण र कार्यक्रमतर्फका दुई हजार २३७ क्रियाकलापका लागि रु एक अर्ब २९ करोड ७७ लाख २९ हजार विनियोजन भएकामा एक हजार ९४७ क्रियाकलाप सम्पन्न भई रु एक अर्ब दुई करोड ६९ लाख (७९.१२ प्रतिशत) खर्च गर्न सफल भएको छ । भौतिक प्रगति ८७।०४ प्रतिशत रहे पनि स्वीकृत कार्यक्रमध्ये २९० क्रियाकलाप सम्पन्न गरेको नपाइएकाले न्यून प्रगति भएका पूर्वाधारलगायतका कार्यक्रमको समस्या पहिचान गरी लक्ष्यअनुसार प्रगति गर्न सुझाव दिइएको छ ।

खेलकूद प्रगतिमा ७१ क्रियाकलापमध्ये शहीद किमबहादुर थापा स्मृति भलिबल, नोभिन कप राष्ट्रिय बक्सिङ, क्रिकेट विदेशी प्रशिक्षक प्रशिक्षण खर्च, राष्ट्रिय लिग फुटबल प्रतियोगिता र मिनी स्टारको अन्तर्राष्ट्रिय आमन्त्रण अल्ट्रा म्याराथुन प्रतियोगितामा रु एक करोड १२ लाख ५३ हजार विनियोजन गरेपनि सञ्चालन नभई बजेट निष्क्रिय रहेको पाइएकाले वार्षिक कार्यक्रममा तोकिएअनुसारका कार्यसञ्चालन गर्न परिषद्लाई निर्देशन दिइएको छ । दशरथ रङ्गशालाको कभर्डहल, खुला रङ्गशाला र प्याराफिट रहेको कित्ता नं २१६ को जग्गाको स्वामित्व परिषद्सँग नरहेकाले उक्त जग्गा परिषद्को नाममा ल्याउन विशेष पहल गर्नुपर्ने महालेखाले जनाएको छ । रासस

आज नेपाल र बङ्गादेशबीचको फाइनल खेल

काठमाडौ । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ [दक्षिण एसियाली फुटबल महासङ्घ] च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ ।  सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौँ । तर यसपटक बङ्गलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौँ ।” प्रशिक्षक तामाङले बङ्गलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गर्नुभयो । यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।  बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो ।  सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो । त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो । सोही संस्करणबाट सावित्री भण्डारी ९साम्बा० ले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले नेपाली टोलीबाट उत्कृष्ट खेल पस्कदै नेपाली खेलप्रेमीको मन जित्न सफल भएकी छिन् ।  साम्बाले यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । बङ्गलादेश बलियो टोली भएको उल्लेख गर्दै उनले नेपालले उपाधि जित्नेमा विश्वास व्यक्त गरिन् । घरेलु दर्शकको भरपुर साथ र समर्थन हुने भएकाले पनि आफूहरुलाई फाइदा हुने उनको भनाइ थियो ।  उनले भनिन, “यसअघि पाँच पटक उपविजेतामा चित्त बुझाएका थियौँ, विगतका हारबाट धेरै कुरा सिकेका छौँ । विगतका गल्तीलाई नदोहो¥याइ उपाधि उचाल्ने सोचका साथ मैदानमा उत्रनेछौँ ।” साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् । युरोपका प्रतियोगितामा खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत रहेकी साम्बा फ्रेन्च क्लब इए अभान्ट गुइग्याम्पमा खेलेर नेपाल आएकी हुन् । उनले यस संस्करणको साफ च्याम्पियनसिपमा समूह चरणको पहिलो खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा बेञ्चमा बसेकी थिइन् । उनले समूह चरणको अन्तिम खेल श्रीलङ्काविरुद्ध भने खेलेकी थिएन । साम्बाले नेपालका लागि ४८ खेलमा सर्वाधिक ५५ गोल गरिसकेकी छन् । त्यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । उनले भनिन्, “हामी गत संस्करणमा बङ्गलादेशसँग पराजित भएका थियौँ । तर यसपटक भने हामी उपाधि जित्ने गरी तयारी गरेका छौँ ।” सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बङ्गलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

महिला साफमा आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

काठमाडौं । साफ वुमेन्स च्याम्पियनसिपमा आइतबारदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्। काठमाडौंमा जारी साफको सेमिफाइनलमा पहिलो खेल बंगलादेश र भुटानबीच हुँदैछ। दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ। दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ। महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो। अघिल्लो संस्करणहरूमा चारपटकसम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ। सन् २०२२ मा  भएको खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको थियो। त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो। यद्यपि यसपालि अनुभवी खेलाडी र घरेलु मैदानको लाभ नेपालले लिन सक्छ। नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो। समूह चरणमा नेपाल अपराजित रह्यो। नेपालले दुई जित र १ बराबरी खेलेर ७ अंक जोड्दै ७ अंक बनाएको थियो। नेपालको समूहमा रहेको भुटानले पनि २ जित र १ बराबरी खेल्दै सातै अंक बनाएको थियो। पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । गोलअन्तरले नेपाल समूह बिजेता र भुटान उपविजेता बनेको थियो।साविक विजेता बंगलादेश समूह बी को विजेता र भारत उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।  

आईसीसी विश्वकप लिग– २ मा आज अमेरिकासँग खेल्दै नेपाल

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा आज अमेरिकाको सामना गर्दै छ। एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार आज राति ९: १५ बजेदेखि अमेरिकाको डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा सुरु हुने छ। यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ। नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजवंशी र सन्दीप लामिछाने रहेका छन् ।  देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ। नेपालले अक्टोबर २९ मा स्कटल्याण्डसँग, नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ। लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ। नेपालले अहिलेसम्म खेलेका ८ खेलमा केवल एक खेल मात्र जितेको छ भने ६ खेलमा पराजित भएको छ। जबकी एक खेल अनिर्णीत हुँदा अङ्क बाँडेको थियो। अहिलेसम्म १२ खेल खेल्दै १६ अङ्कसहित क्यानडा शीर्ष स्थानमा छ भने अमेरिका ९ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेदरल्याण्डस् ८ खेलमा १२ अङ्क हासिल गर्दै तेस्रो र स्कटल्याण्ड ८ खेलमा ११ अङ्क हासिल गर्दै चौथो स्थानमा छ भने नामिबिया १२ खेलमा १० अङ्क हासिल गर्दै पाँचौँ स्थानमा छ।

महिला साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, यस्तो छ खेल तालिका

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको सातौं संस्करण आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात हुनेछ। खेल साँझ ५ः३० बजे सुरु हुनेछ। सन् २०१० देखि सुरु भएको साफ च्याम्पियनसिपको ६ संस्करणमा ५ पटक विजेता बनेको‌ थियो। दुई वर्षअघि नेपालमा भएको पछिल्लो संस्करणमा भने भारत सेमिफाइनलमा पराजित भएको थियो। त्यति बेला नेपालसँग पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको थियो। नेपालले भारतलाई महिला फुटबलमा‌ हराएको त्यो पहिलो पटक थियो। भारत सदा जस्तै प्रतियोगिताको मुख्य दाबेदार मध्येको‌ टोली हो। पाकिस्तानको भने साफ च्याम्पियनसिपमा‌ कमजोर उपस्थिति रहँदै आएको छ। २०१० मा‌ बाहेक पाकिस्तान सेमिफाइनलमा पनि पुग्न सकेको‌ छैन। भारतलाई रोक्न सके वा हराउन‌ सके पाकिस्तानी फुटबलका‌ ठूलो नतिजा ‌हुनेछ। भारत, पाकिस्तानसँगै बंगालादेश समूह एमा‌ छन् । नेपालसहित भुटान, श्रीलंका र माल्दिभ्स अर्को समूहमा छन्। भुटानसँग शुक्रवार खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ। खेल ५ः३० बजे सुरु हुनेछ।‌ त्यसअघि शुक्रवार श्रीलंका र माल्दिभ्स बीच खेल हुनेछ। नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिपको‌ आयोजना गर्दैछ। हेर्नुहोस् खेल तालिका   

आज काग तिहार

लोकप्रिय