खबरदारी सभापछि के भन्छन् माओवादी नेताहरु ?

खबरदारी सभापछि के भन्छन् माओवादी नेताहरु ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले गरिरहेको बेथिति र भ्रष्टाचारका विरुद्ध १० कार्तिकमा काठमाडौंमा खबरदारी सभा गरेको छ । सो सभाले माओवादी केन्द्रका नेताहरुलाई उत्साहित बनाएको छ । 
खबरदारी सभापछि अब माओवादी केन्द्रको आगामी कार्यक्रम के हुन्छन् भन्ने विषयमा विभिन्न नेताहरुको प्रतिक्रिया समेटेका छौं । 

nullशालिकराम जमरकट्टेल
जनतामा आएको उत्साहलाई संगठनमा बदल्नु आजको प्रमुख काम हो । माओवादी पार्टीको मुख्य समस्या भनेको संगठनको काममा ध्यान नदिनु हो । व्यवस्थित र बलियो संगठित जनआधार नै आन्दोलन र चुनाब जित्ने मुख्य साधन हो । जिल्ला जिल्लामा कति जनता संगठित गर्ने हो, त्यसको निर्धाारण गरौं । आठौ महाधिवेशनले पास गरेको बिचार र कार्यदिशालाई लागु गर्दै संगठन, संगठन र फेरि पनि संगठन भन्ने कुरा लाई आत्मासाथ गरौं।

null
सूर्य सुवेदी ‘पथिक

आज चार दिनको छोटो तयारीमा बागमती प्रदेश समिति र उपत्यका मा कार्यरत दुईवटा गैर भौगोलिक प्रदेश समितिको संयुक्त आयोजनामा खबरदारी सभा सम्पन्न भयो। ओलीको संसद विघटन र प्रतिगमन का विरुद्ध भएको विशाल आन्दोलन पछाडि हाम्रो पार्टी व्यवस्थित रुपमा सडकमा आएको यो पहिलो पटक हो।  आज आयोजित यो कार्यक्रम र यसमा जनता र कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति र प्रदर्शनले थुप्रै सकारात्मक सन्देश दिएको छ। 

पहिलो, जनता केपी ओलीको सरकारको जन र राष्ट्र विरोधी गतिविधिबाट आजित छन् भन्ने पुष्टि गरेको छ। पछिल्लो मिनबहादुर गुरुङ प्रकरणसम्म आइपुग्दा जनता यो सरकारलाई माओवादीले लगाएको भ्रष्टाचारको आरोपसँग पूरै सहमति भएको देखिएको छ। 

दोस्रो, जनता नेकपा माओवादी केन्द्रलाई केही प्रश्न र आलोचनासहित पुनः एकपटक देशको नेतृत्व गरेको हेर्न चाहिरहेका छन्। बीचको अवधिमा जनता अलि बढी दिग्भ्रमित भएको देखिन्थ्यो। कांग्रेस, एमाले र माओवादीलाई उस्तै ठान्नेसम्मको स्थिति बनेको र अरु केही विकल्प हुन सक्छ कि भन्ने परीक्षण पनि गरेको देखिन्थ्यो। तर कांग्रेस एमालेको प्रतिगामी र प्रतिक्रियावादी रवैया र अन्य नयाँ भनिएका पार्टीहरूको पनि त्यति राम्रो छवि नबनेको स्थितिमा जनता माओवादीलाई सशर्त पुनः परीक्षण गर्ने मनस्थितिमा पुग्दै गएको देखिन्छ।

तेस्रो, कमरेड प्रचण्डको नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा र एक हदसम्म समृद्धिको सन्दर्भमा सकारात्मक काम गरेको महसुस गरिरहेका छन्। यो विषय कमरेड प्रचण्डले सरकारको नेतृत्व गर्दा भन्दा अहिले ओलीको काम कारबाहीबाट आजित भएपछि यसको बुझाई झन् बढेको देखिन्छ। 

तेस्रो, यसबीच नेकपा माओवादी केन्द्र पनि कांग्रेस र एमाले जस्तै संसदीय आहालमा चुर्लुम्म डुबेको र यसबाट निस्कनै नसक्ने हो कि भन्ने चिन्तासहित जनताको माओवादी केन्द्रप्रति अलि बढी खबरदारी थियो । सरकारको बहिर्गमनपश्चात् पार्टीले जनताको बीचमा यसबीच गरेका वाचा कबुल र आत्मालोचनाबाट एक हदसम्म जनता आश्वस्त बन्दै गएको आजको कार्यक्रमले देखाएको छ। 

चौथो, जनता र कार्यकर्ताले आन्दोलनको आवश्यकता महसुस गरे भने छोटो तयारीमै यति धेरै जुट्न सक्दो रहेछ भन्ने देखाएको छ। अझ रोचक कुरा के छ भने ६२÷६३ पछाडि सबै यस स्तरका केन्द्रीकरणको पार्टीले नै लगानी गरेर जनतालाई केन्द्रीकरण गर्दै थियो। तर यसपटक पार्टीले मञ्च झण्डा र ब्यानर मात्र लगानी गर्यो र सबै नेता कार्यकर्ता र जनता स्वस्फूर्तरुपमा आफै खर्च गरेर यो स्तरको केन्द्रीकरणमा आइपुगे । यो एउटा ठूलो उपलब्धि हो। 

पाँचौं, प्रमुख वक्ताको रुपमा कमरेड प्रचण्डले जे जसरी सम्बोधन गर्नुभयो, त्यसले पार्टी नेता कार्यकर्ता र आम जनतामा अत्यन्त उत्साह बढाएको छ। हामी कांग्रेस एमालेसँग अब गठबन्धन गर्दैनौं, एक्लै चुनाव लड्छौं र त्यो भन्दा पनि महत्वपूर्ण कुरा समाजवादको लागि अर्को एउटा क्रान्तिको नेतृत्व हाम्रो पार्टीले गर्ने, यसको लागि सबै देशभक्त प्रगतिशील र वामपन्थीहरूको एकतालाई अर्को स्तरमा उठाउने र यसको सुरुवात माओवादीका विभिन्न धाराहरूको बीच पार्टी एकताबाट प्रारम्भ गर्ने जुन उद्घोष गर्नुभयो, त्यो अत्यन्त सारगर्वित र अहिलेको क्रान्तिकारीहरूको पहिलो कार्यसूचीको काम हो। 

छैटौं, देशलाई प्रतिगमन हुनबाटबाट रोक्दै अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको कृडास्थलबाट बचाउँदै समाजवादको आधार तयार पार्ने र क्रमशः देशलाई समाजवादमा पुर्याउन जनताको अर्को एउटा क्रान्ति को नेतृत्व गर्ने कुरा निकै नै चुनौतीपूर्ण छ। यसको लागि पार्टीले धेरै नै मेहनत गर्ने संकल्प चाहिएको छ। यसको लागि एउटा सही विचार कार्यदिशा नेतृत्वको अभूतपूर्व रूपान्तरण पार्टीभित्रको पूर्ण एकता र समाजवादका पक्षधरबीच बृहत एकता निर्माण गर्न आजको कार्यक्रमले नेतृत्वलाई आत्मविश्वास बढाएको छ। 

सातौं, प्रतिक्रियावादीहरूले माओवादीलाई सिध्याउने यसबीचमा निकै धेरै कसरतहरु गरिए र गरिरहेका छन्। उनीहरुले माओवादी क्रमश कमजोर हुँदै गयो र यसलाई अझ बढी कमजोर बनाउन यस मा फुट पार्ने अनेकौं षड्यन्त्र र कोसिसहरु गरे आजको यो कार्यक्रम पश्चात उनीहरू अझ बढी यो प्रयत्न बढाउने नै छन्। पार्टीले आफ्नो सही विचार र श्रमजीवी जनताको बीच मजबुत एकता बनाएर प्रतिक्रियावादीहरूका षड्यन्त्रहरुलाई चक्नाचुर पार्नु अझ बढी मेहनत गर्नु पर्ने देखिन्छ।

null

घनश्याम प्रसाद रजक
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान परिस्थितिमा आम नेपाली जनतालाई पार्टीमा संगठित गर्न र पार्टीभित्र शुद्धीकरणको अभियान अघि बढाउन निम्न कामहरू गर्न सक्छः

जनतालाई संगठित गर्नका लागि
–आधारभूत आवश्यकता र सेवामा ध्यानः शिक्षा, स्वास्थ्य, र रोजगारमा आधारित ठोस कार्यक्रमहरू सञ्चालन गर्नु, जसले जनतालाई प्रत्यक्ष लाभ दिन्छ र पार्टीलाई जनप्रिय बनाउँछ।
–सीप विकास र स्वावलम्बन कार्यक्रमः युवाहरूलाई सीप तालिम, लघु उद्यमका लागि सहयोग, र आर्थिक अवसर सिर्जनामा जोड दिनुपर्छ। यसले युवाहरूलाई संगठनमा सक्रियतापूर्वक सामेल हुन प्रेरित गर्दछ।
–समाज सेवामा अग्रसरताः आपतकालीन सेवा, स्वास्थ्य शिविर, र अन्य राहत कार्यक्रम मार्फत पार्टीलाई समुदायसँग जोड्नु।
–जनताको मुद्धामा प्रत्यक्ष सम्बोधनः स्थानीय समस्याहरू, जस्तै महंगी, भ्रष्टाचार, र सरकारी लापरवाहीमा पार्टीको सक्रिय भूमिकाले जनविश्वास बढाउँछ।

आन्तरिक सुधार र शुद्धीकरणका लागि
–नेतृत्वमा पारदर्शिता र अनुशासनः निर्णय प्रक्रियामा पारदर्शिता बढाउन नेतृत्वले उदाहरण प्रस्तुत गर्नु। आर्थिक लेनदेन, पदस्थापनामा नीतिगत सुधार र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनु।
–पार्टी सदस्यहरूको समीक्षाः सदस्यहरूको योग्यता, अनुशासन, र समर्पणको आधारमा नियमित समीक्षा गरि पार्टीमा मात्र इमानदार र प्रतिबद्ध कार्यकर्ताहरूलाई अघि बढाउनु।
–संगठनात्मक संवाद र लोकतान्त्रिक अभ्यासस् निर्णयमा कार्यकर्ताहरूको सहभागिता सुनिश्चित गर्दै पार्टीभित्र स्वस्थ संवाद कायम गर्नुपर्छ। संगठनात्मक पुनर्संरचना र नेतृत्व परिवर्तनलाई पार्टीभित्र स्वीकार्ने वातावरण बनाउनु।
–नेतृत्व र कार्यकर्तामा राजनीतिक शुद्धतास् माओवादी आदर्श र सिद्धान्तलाई केन्द्रमा राख्दै, व्यक्तिगत स्वार्थबाट टाढा रहन, निष्ठा कायम राख्न, र जनताको सेवामा केन्द्रित रहन सबै स्तरका सदस्यलाई प्रेरित गर्नु आवश्यक छ। 

यी उपायहरूले जनताको विश्वास जित्न, संगठन विस्तार गर्न, र पार्टीलाई आन्तरिक रूपमा सशक्त बनाउन मद्दत पुर्याउनेछ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

गणतन्त्र दिवस–२०८३: गणतन्त्रको रक्षा, सामाजिक न्याय र समृद्धिका लागि प्रचण्डद्वारा एकतामा जोड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक शक्ति तथा नागरिकबीच एकता आवश्यक रहेको बताउनु भएकाे छ ।  गणतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा प्रचण्डले न्याय, समानता र स्वतन्त्रताका पक्षधर सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएकाे छ ।  उहाँले संविधानले सुनिश्चित गरेको गणतान्त्रिक व्यवस्था कुनै व्यक्ति वा राजनीतिक दलको मात्र नभई परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको स्पष्ट गर्दै संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्न नहुने बताउनु भएकाे छ । संविधानको मूल मर्मबाट पछि हट्ने वा लोकतान्त्रिक उपलब्धिलाई कमजोर पार्ने प्रयासप्रति सचेत रहन आग्रह गर्दै उहाँले परिवर्तनका उपलब्धिको रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएकाे छ ।  प्रचण्डले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्दै राज्य सञ्चालन प्रक्रियामा विद्यमान परम्परागत परिपाटी तथा स्वेच्छाचारिताको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनु भएकाेएकाे छ । जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको वास्तविक सम्मान हुने उहाँको भनाइ छ। सन्देशमा उहाँले “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो” भन्ने धारणा दोहोर्‍याउँदै समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएकाे छ । उपेक्षित, उत्पीडित वर्ग, समुदाय तथा क्षेत्रका अधिकारलाई थप मजबुत बनाउनु आजको आवश्यकता भएको उहाँको भनाइ छ। देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धितर्फ अग्रसर गराउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माणलाई साझा राष्ट्रिय संकल्पका रूपमा अघि बढाउनुपर्ने बताउनु भएकाे छ।  राजनीतिक मतभेद र संसदीय अंकगणित फरक भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्यको संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको बताउनु भएकाे छ।  उहाँले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएकाे छ। गणतन्त्र दिवस–२०८३ को अवसरमा जारी शुभकामना सन्देशको अन्त्यमा प्रचण्डले सम्पूर्ण नेपाली जनतामा पुनः हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ। 

लोकप्रिय