राजधानीबाट ३३ मेट्रिकटन फोहर व्यवस्थापन

राजधानीबाट ३३ मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं, फागुन २६ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २५२औँ हप्तामा आज वाग्मती नदीको संयुक्त राष्ट्र संघीय उद्यान क्षेत्रमा सफाइ गरी आठ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दाबढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ३० संस्थाको संस्थागत सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अधिकृतको तालीम लिइरहेका १०० जना प्रशिक्षार्थीको समेत सक्रियता थियो ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख शहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१३औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

वाग्मतीको पानी फोहर भई छोडिएका बाच्छा पानी खाएर मर्न थालेपछि समाजले धाराको पानीमा नून हालेर खुवाउने अभियानलाई पनि निरन्तरता दिएको छ । यो अभियानमा सहयोग गर्नेको संख्यासमेत बढिरहेको अभियानले जनाएको छ । यसअघि यस क्षेत्रमा फोहर पानीका कारण हुर्किएका माछा पनि मरेका थिए ।

रुद्रमती सफाइको २०७औँ हप्तामा रातोपुल–कालोपुल–ज्ञानेश्वरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजले काठमाडौँ क्षेत्र नं ४ बाट निर्वाचित सांसद गगनकुमार थापा र प्रदेशसभा (क) बाट निर्वाचित सदस्य नरोत्तम वैद्यलाई स्वागत एवं सम्मान ग¥यो ।

सो अवसरमा उहाँहरुले सम्भव भएसम्म प्रत्येक हप्ताको सफाइ अभियानमा सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभयो । अभियानले केही हप्ताअघि कालोपुलमुनिबाट हटाइएको अव्यवस्थित तरकारी बजार भाडामा लिइएको स्थानमा व्यवस्थित गरिएको छ । सांसद थापा र प्रदेशसभा सदस्य वैद्यले तरकारी किनेर संयुक्तरुपमा बजारको उद्घाटन गर्नुभयो ।

वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५७औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताउनुभयो ।

मीनभवन क्षेत्रको आलोकनगर सफाइको ४८औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा उपत्यका बाहिरबाट पढ्न आएका विद्यार्थी सहभागी हुँदा पनि स्थानीयवासी भने घरबाट ननिस्किएको सफाइ संयोजक प्रमीला पौडेलले राससलाई जानकारी दिनुभयो ।

चक्रपथ सफाइको ४८औँ हप्तामा चक्रपथ क्षेत्रको दायाँबायाँ सडक किनारमा सफाइ गरी १२ मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

सफाइसँगै सडकको दायाँबायाँ भागमा लगाइएका फलामे रेलिङ भत्काइयो । केही मानिसले सडक किनारमा व्यापार गर्दा फोहर बढेकाले काठमाडौँ महानगरपालिकाले हटाउने निर्णय गरेको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

सफाइमा तीनवटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताललगायत संस्थाको सहभागिता थियो । आज अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष बस्नेत नेतृत्वको समूहले सफाइ अभियानको निरीक्षणसमेत गरेको थियो ।

चक्रपथको बाफल खण्ड सफाइको ३०औँ हप्तामा स्वयम्भू ठूलो भ¥याङबाट कारखाना चोकसम्म सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाउनुभयो ।

आजको सफाइ डिपार्टमेन्टल स्टोरअघि केन्द्रित भएको उहाँले बताउनुभयो । घरअघि फोहर फाल्नेको तस्वीर खिचिएकाले आगामी हप्ता सफाइकाक्रममै त्यसलाई सार्वजनिक गरिने अभियानले जनाएको छ ।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय