चलचित्र ‘हिच्की’ अभिनेत्री रानी मुखर्जीको सिल्भर स्क्रीनमा फर्किने सार्थक कोसिस

चलचित्र ‘हिच्की’ अभिनेत्री रानी मुखर्जीको सिल्भर स्क्रीनमा फर्किने सार्थक कोसिस

मुम्बई । ‘शिक्षण एक अत्यन्त महान् पेशा हो, जसले कुनै व्यक्तिको चरित्र, क्षमता र भविष्यलाई आकार दिन्छ । यदि मानिसहरुले मलाई असल शिक्षकका रुपमा सम्झन्छन् भने त्यो मेरो लागि सबैभन्दा ठूलो सम्मान हुनेछ ।’

भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम बालबालिकाका लागि प्रेरणाका स्रोतमात्रै थिएनन्, उनी एक असल शिक्षक पनि थिए । राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि उनी विद्यार्थीहरुसँगै देखिन्थे । कलाममा यो विश्वास थियो कि यदि बालबालिकाले असल शिक्षक पाए भने उनीहरु देशका असल नागरिक बन्नेछन् ।

‘तपाईंको असल टिचरको तलब कति थियो सम्झना छ ?’ यो संवाद हो रानी मुखर्जी अभिनित चलचित्र ‘हिच्की’ को । हामीमध्ये धेरैको जीवनमा एउटा शिक्षकले विशेष भूमिका खेलेका हुन्छन् ।

हामी ती शिक्षकको तलब याद राख्दैनौँ । हामी याद राख्छौँ त केवल उनले गर्दा आफ्नो जीवनमा आएको परिवर्तन । भारतका पूर्व राष्ट्रपति कलामले भनेझैँ हाम्रो चरित्र, क्षमता र भविष्यलाई आकार दिने काम एउटा खास शिक्षकले गरेको भूमिका निर्वाह गरेकी छिन् रानी मुखर्जीले ‘हिच्की’ मा ।

नैना माथुर (रानी मुखर्जी) दुर्लभ रोगबाट ग्रसित छिन् । उनले बेलाबेलामा अचम्मको आवाज निकाल्छिन् । त्यही आवाजका कारण उनी १२ वटा विद्यालयबाट निकालिइन् र १३ औँ विद्यालयबाट आफ्नो उच्च शिक्षा हासिल गरिन् ।

१३ औँ विद्यालयका प्रिन्सिपलका कारण नै उनको जीवनमा ‘टर्निङ प्वाइन्ट’ आउँछ । प्रिन्सिपलकै कारण उनी शिक्षक बन्ने अठोट राख्छिन् । तर उनमा रहेको टुरेट सिन्ड्रोम (भकभकाउने) का कारण थुप्रै विद्यालयमा उनलाई शिक्षकको रुपमा लिन अस्वीकार गरिन्छ । उनको योग्यता भन्दा पनि उनको आवाज हर ठाउँमा बाधक बनिदिन्छ । अन्तिममा आफैले पढेको विद्यालयमा उनी शिक्षकको रुपमा नियुक्त हुन्छिन् ।

तर उनले यस्ता विद्यार्थी पाउँछिन् कि जो न आफै पढ्न चाहन्छन् न त विद्यालयका शिक्षकले नै पढाउन चाहन्छन् । एउटा ‘एलिट’ स्कूलमा रहेका १४ जना गरिब विद्यार्थी रहेको सेक्सन ‘नाइन एफ’ लाई नैनाको जिम्मामा छोडिन्छ । जुन सेक्सनलाई पढाउन आएका शिक्षक एक महिना पनि टिक्न सक्थेनन् । हो सम्भ्रान्त परिवारका विद्यार्थी र शिक्षकबाट बेवास्ता गरिएका यीनै गरिब विद्यार्थीलाई सुधार्ने र अब्बल बनाउने प्रण गर्छिन् नैना माथुरले ।

विद्यालयमै बदमासीका लागि परिचित ‘नाइन एफ’ लाई विभिन्न कठिनाईका बाबजुद रानी सुधार्न सफल हुन्छिन् । त्यतिमात्रै होइन, पास हुन पनि धौधौ हुने नाइन एफकै उरुले क्लास टप गर्छिन् । चलचित्र प्रेरणादायी त छ नै । तर, पनि चलचित्रका निर्देशक कतिपय कुरामा चुकेको देखिन्छ । कतिपय दृश्यलाई अतिरञ्जनात्मक तरिकाले देखाउन खोज्दा चलचित्र फिक्का लाग्छ । लामो समयसम्म शिक्षक नैना माथुरलाई मन नपराउने विद्यार्थी एक्कासी सुध्रन्छन्।

त्यस्तै शहरकै पछाडि रहेको गरिब विद्याथीका बस्ती देखाउने क्रममा पनि निर्देशक चुकेका छन् । बस्तीमा पानीका लागि लामो लाइन लागेको देखाइन्छ तर त्यसमा वास्तविकता भन्दा बढी बनावटीपन देखिएको छ । धेरै ठाउँमा चलचित्रले आफ्नो रचनात्मकता गुमाएको छ ।

त्यस्तै जब शिक्षक अभिभावक मिटिङमा आफ्ना सेक्सनका विद्यार्थीका बुवाआमा विद्यालय आउँदैनन्, नैना उनीहरुको घरमै जान्छिन् । तर त्यो दृश्यमा उनले सबै विद्यार्थीका अभिभावकसँग भ्याएसम्म भेट्न खोजेको देखिन्छ । तर कुनै पनि अभिभावकसँग सार्थक सम्वादभन्दा पनि बाहिरबाट अवलोकन गरेर फर्किन्छिन् । उनले विद्यार्थीको घरघरमा जाँदा थाहा पाउने भनेको उनका विद्यार्थीले पढ्दैनन् मात्रै घरपरिवारलाई सघाउन विभिन्न काम पनि गर्दछन् ।

चलचित्रले सामाजिक टिप्पणी गरेको छ । जुन ‘नाइन ए’ र ‘नाइन एफ’को बीचले नै समाजमा रहेको विभेदको पर्खालबाट पनि चलचित्रले अझ राम्रो गर्न सक्थ्यो ।

चलचित्रमा अन्य चलचित्रमा जस्तै रानी मुखर्जीले केही फरक गर्न खोजेकी छिन् । टुरेट सिन्ड्रोमले ग्रसित नैना माथुरको भूमिकामा रानी मुखर्जी पूरै चलचित्रमा हावी देखिन्छिन् । कहिले हसाउँने तथा कहिले रुवाउने दृश्यले हलमा दुई घण्टा बितेको पत्तै हुँदैन ।

ब्राड कोहेनको पुस्तक ‘फ्रन्ट अफ् द क्लासः हाउ टुरेट सिन्ड्रोम मेड मि द टिचर आई नेभर ह्याड’ पुस्तकमा आधारित भएको भनिएको ‘हिच्की’ र त्यही पुस्तकमा आधारित हलिउड फिल्म ‘फ्रन्ट अफ् द क्लास’ हेर्नुभयो भने कथावस्तुमा समानता पाए पनि कलात्मकतामा भने फरक पाइन्छ । पटकपटक टुरेट सिन्ड्रोमका कारण रानी मुखर्जीले ‘चक–चक’ र ‘वा–वा’ आवाज निकाल्छिन् ।

एकदमै जटिल किसिमको लक्षण देखिने यस रोगमा रानीले निकै नै सरलीकृत हिसाबले भूमिका निर्वाह गरेकी छिन् । तर यसबाट ग्रसित मानिसहरुले अजिव आवाज निकाल्नुको साथै उनीहरुको शरीर फरफराउन पनि थाल्दछ । यसलाई भने चलचित्रमा नजरअन्दाज गरिएको छ । ‘फ्रन्ट अफ् द क्लास’ मा जेम्स वोल्कले जसरी ब्राड कोहेनको भूमिका फिजिकल्ली निभाएका छन् त्यो यो चलचित्रमा देखिँदैन ।

चलचित्र ‘ब्ल्याक’ मा जस्तो भूमिकामा यस चलचित्रमा रानी मुखर्जी नदेखिएपनि एउटा असल शिक्षकले विद्यार्थीको जीवनलाई कसरी आकार दिन सक्छ भन्ने सन्देश दिन उनी सफल भएकी छिन् ।

निर्देशकः सिद्धार्थ पी मल्होत्रा

लेखकः अंकुर चौधरी, सिद्धार्थ पी मलहोत्रा, अम्बर हादप, गणेश पण्डित

कलाकारः रानी मुखर्जी, नीरज कबी, शिवकुमार सुब्रमण्यम, आसिफ बसरा, हर्ष मयार, सुप्रिया पिलगांवकर, सचिन पिलगावंकर

एजेन्सीको सहयोगबाट

अभिनेत्री ज्याकलिनको ७ करोड २७ लाख जफत

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको ७ करोड २७ लाख भारु जफत भएको छ । मनी लन्ड्रिङ केसमा छानबिनको क्रममा रहेकी उनको प्रवर्तन निर्देशनालय (इडी) ले उक्त रकम जफत गरेको हो । २०० करोड भारुको सम्पत्ति शुद्धीकरणको मामिलामा इडीले अभिनेत्री ज्याकलिनविरुद्ध ठूलो कारवाही सुरु गरेको हो । यसअघि ५ डिसेम्बर सन् २०२१ मा देशबाहिर जाने प्रयास गरिरहेकी नायिकालाई मुम्बईको विमानस्थलमा रोकिएको थियो । उनीविरुद्ध इडीले देश छोडेर जान नपाउने गरि नोटिस जारी गरेको छ । इडीले अभिनेत्रीविरुद्ध थुप्रै प्रमाण जुटाएको छ । इडीले अभिनेत्री ज्याकलिन र २५० करोड ठगीमा संलग्न रहेका सुकेश चन्द्रशेखरबीच सम्बन्ध रहेको बताएको छ । सुकेशले ज्याकलिनलाई महङ्गो सुन र हिराको उपहार दिएको र ५२ लाखको एउटा घोडा र ९–९ लाखका चार पर्सियन बिरालो समेत उपहारमा दिएका थिए । ज्याकलिनसँग इडीले तीनपटक सोधपुछ पनि गरिसकेको छ । इडीको अनुसार चन्द्रशेखरले नायिकामाथि करिब १० करोड भारतीय रुपैयाँ खर्च गरेका थिए । दिल्लीबाट मुम्बई र यहाँबाट चेन्नई जाने चार्टर्ड विमानको व्यवस्था पनि सुकेशले गराएका थिए । ज्याकलिन पाँच तारे होटलमा बसेको खर्च पनि सुकेशले नै व्यवहोरेका थिए । सुकेश चन्द्र शेखरले यस अघि नै ज्याकलिनसँग आफ्नो सम्बन्ध रहेको भन्दै एउटा फोटो समेत सार्वजनिक गराएका थिए । तर, ज्याकलिन ले भने आफूहरू सम्बन्धमा नभएको भन्दै अस्वीकार गर्दै आइरहेकी थिइन्

अक्षय कुमारले जारि गरे ‘Bachchhan Pandey’को खतरनाक पोष्टर

मुम्बई । बलिउड नायक अक्षय कुमारले आगामी चलचित्र ‘बच्चन पाण्डे’को पोष्टर जारि गरेका छन् । चलचित्रको पर्खाईमा बसेका शुभचिन्तकहरुका लागि अक्षय कुमारले चलचित्रको पहिलो पोष्टर सार्वजनिक गरेका हुन । चलचित्र तयार भइसकेको छ । यसको ट्रेलर चाँडै नै रिलिज गरिने बताइन्छ । पोष्टर सार्वजनिक गर्दै अक्षय कुमारले यसको ट्रेलर १८ फेब्रुअरी २०२२ मा रिलिज हुने बताएका छन् । यो पोष्टरमा भने एक लाइन लेखिएको छ– मलाई भाई हैन, गडफादर भन्छन् । अक्षय कुमारले लेखेका छनः एउटा यस्तो क्यारेक्टर जसमा कुनै रङ्गहरुको पसल भन्दा बढी ङ्ग छ । बच्चन पाण्डे तपाईलाई डराउन, हँसाउन, रुवाउन, सबै कुराका लागि तयार छ । कृपया उसलाई आफ्नो प्रेम दिनुहोला । बच्चन पाण्डेमा अक्षयसँगै कृति सैनन, ज्याकलिन फर्नान्डिस, अरसद वारसी, पंकज त्रिपाठी, प्रतिक बब्बर र अभिमन्यु सिंहलगायतले अभिनय गरेका छन् । फरहद सामजीको निर्देशनमा बनेको चलचित्र १८ मार्चका दिन सिनेमाघरमा उपलब्ध हुने छ ।

पोर्न रेकेट प्रकरणमा शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश

एजेन्सी । पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् । अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारवाही नगर्नुहोला’, आदेशमा भनिएको छ । शर्लीनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आरोपीहरुलाई पहिला नै सुरक्षा दिइसकेको बताए । मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ । अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।

प्रत्येक एपिसोडमा कति पैसा पाउँछन् त ‘कपिल शर्मा शो’का कलाकार ?

कलाकार कपिल शर्माको कार्यक्रम मन नपराउने को होला ? भारतमा मात्रै नभएर विश्वभरी नै हिन्दी भाषा बुझ्नेहरुका लागि उनको कार्यक्रम लोकप्रिय रहेको छ । बेलाबखत कार्यक्रमको स्वरुप र स्टुडियोमा परिवर्तन गर्दै आएका कपिल शर्माको शोमा कलाकारहरु पनि फेरिने गर्दछन् । उनको कार्यक्रममा केही नियमित कलाकार रहेका हुन्छन् । यी कलाकारहरुको भूमिका पनि फरक फरक रहेको छ । कति पाउँछन् त यी कलाकारहरुले ? तपाईले कल्पना गर्नसक्नुहुन्छ ? कपिल आफैल कति पाउँछन् भन्ने अनुमान लगाउनु त ? कमेडि किङका रुपमा स्थान बनाउन सफल कपिलले अहिलेसम्म यो एक एपिसोडका लागि ३० देखि ३५ लाखसम्म पाउने गर्दछन् । तर केही श्रोतहरुले भने उनले अब प्रसारण हरेक कार्यक्रमका लागि ५० लाख पाउने बताएका छन् । यसबाट आयकर भने कपिल स्वयम्ले तिर्नुपर्दछ । कपिलको शोमा दर्शकहरुसँगै ठूलो कुसीमा नवोजित सिद्दु बस्ने गर्दथे । अहिले यो स्थानमा अर्चना पूरण सिंह रहेकी छिन् । अर्चनालाई एक एपिसोडका लागि १० लाख पाइन्छ । केटा भएर पनि केटीको भूमिकामा देखिने अभिषेक कृष्णालाई हरेक एपिसोडका लागि १० लाख दिने गरिन्छ । किकू शारदाको फि ५ लाख रहेको छ । उनी शोमा सबैभन्दा बढी सिर्जनशील मानिन्छन् । उनले बच्चा यादव, बम्परलगायत कैयन चरित्रमा भूमिका निर्वाह गरेका छन् । भारती सिहंले भने प्रत्येक एपिसोडका लागि १० देखि १२ लाख रुपैयाँ लिने गर्दछिन् । उनी तिलती यादव र कम्मो बुआको भूमिकामा देखिएकी छिन् । शोमा चिया बेचेर सबैलाई हँसाउने चन्दन प्रभाकरको चरित्रमा रहेका चन्दुले हरेक एपिसोडका लागि ७ लाख पाउने गर्दछन् । कपिल शर्माले सबैभन्दा बढी मजाक उडाउने सुमोन चक्रवर्तीलाई एउटा एपिसोडका लागि ७ लाख पाइन्छ ।

लोकप्रिय