रानू मण्डलपछि भाइरल बन्दै ‘गायक ट्याक्सी ड्राइभर’ (भिडिओसहित)
सामाजिक सञ्जालले रानू मण्डललाई भाइरल बनाएको धेरै भएको छैन । पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाएर गुजारा गरिरहेकी ५९ वर्षीय मण्डलको यात्रा बलिउड पुगिसकेको छ । फेरि भारतमा एक जना ट्याक्सी चालक फेला परेका छन् । साह्रै मीठो गाउने उनले लखनउमा उबर कम्पनीको ट्याक्सी चलाउने गर्छन् ।
ट्वीटरमा सेयर गरिएको एउटा भिडिओमा विनोद शर्मा नाम गरेका ती ट्याक्सी चालकले १९९० को फिल्म आशिकीको सुपर हिट गीत ‘नजर के सामने…’ गाइरहेका छन् ।
मेलोडी किङ्गका नामले प्रख्यात कुमार सानुले गएको उक्त गीत सामाजिक संजालमा साझा गरिएपछि निकै लोकप्रिय भैरहेको छ ।
क्राउन गौरव भन्ने ट्वीटर ह्यान्डलबात १४ सेप्टेम्बरमा सेयर भएको उक्त भिडिओलाई हालसम्म लगभग १९ हजारले हेरिसकेका छन् भने यसलाई लगभग छ सय ७० जनाले रि-ट्वीट गरेका छन् ।
भिडियो सेयर गर्दै आफूलाई ह्यासट्याग सेभ प्रियान्सु भनेर चिनाउने ती प्रयोगकर्ताले लेखेका छन्, “लखनउमा उबर इण्डियाका एकजना ट्याक्सी चालक विनोद जीसँग भेट भयो । उनी गजबका गायक रहेछन्, मैले उनलाई एक गीत गाउन आग्रह गरे । अरु के चाहियो ?”
उनले अगाडि लेखेका छन्, “कृपया यो भिडिओ हेरेर उनलाई रसिद्ध बनाऔँ, उनको आफ्नै युट्युब च्यानल पनि रहेछ ।”
उबरले पनि गऱ्यो प्रशंसा
उबर इण्डियाले यसबारे थाहा पाउने बित्तिकै विनोदको प्रशंसामा एउटा ट्वीट गरेको छ । ट्वीटरमा रहेको भिडिओमा विनोदको प्रशंसा गर्दै उबरले लेखेको छ, “मिस्टर विनोद प्रसिद्ध ‘ड्राइभर पार्टनर’ हुन्, जसले यात्रुहरूलाई सांगीतिक यात्रा गराएर सकारात्मक प्रतिक्रिया पाउने गरेका छन् ।”
उबर इण्डियाले ट्वीट गर्दै भनेको छ, “हामीलाई उबर स्टारको मीठो अवाजले इन्टरनेटमा प्रसिद्धि पाउँदै गरेको देख्दा निकै खुसी लागेको छ । ”
हेर्नुस विनोदको भिडिओ:
अभिनेत्री ज्याकलिनको ७ करोड २७ लाख जफत
काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको ७ करोड २७ लाख भारु जफत भएको छ । मनी लन्ड्रिङ केसमा छानबिनको क्रममा रहेकी उनको प्रवर्तन निर्देशनालय (इडी) ले उक्त रकम जफत गरेको हो । २०० करोड भारुको सम्पत्ति शुद्धीकरणको मामिलामा इडीले अभिनेत्री ज्याकलिनविरुद्ध ठूलो कारवाही सुरु गरेको हो । यसअघि ५ डिसेम्बर सन् २०२१ मा देशबाहिर जाने प्रयास गरिरहेकी नायिकालाई मुम्बईको विमानस्थलमा रोकिएको थियो । उनीविरुद्ध इडीले देश छोडेर जान नपाउने गरि नोटिस जारी गरेको छ । इडीले अभिनेत्रीविरुद्ध थुप्रै प्रमाण जुटाएको छ । इडीले अभिनेत्री ज्याकलिन र २५० करोड ठगीमा संलग्न रहेका सुकेश चन्द्रशेखरबीच सम्बन्ध रहेको बताएको छ । सुकेशले ज्याकलिनलाई महङ्गो सुन र हिराको उपहार दिएको र ५२ लाखको एउटा घोडा र ९–९ लाखका चार पर्सियन बिरालो समेत उपहारमा दिएका थिए । ज्याकलिनसँग इडीले तीनपटक सोधपुछ पनि गरिसकेको छ । इडीको अनुसार चन्द्रशेखरले नायिकामाथि करिब १० करोड भारतीय रुपैयाँ खर्च गरेका थिए । दिल्लीबाट मुम्बई र यहाँबाट चेन्नई जाने चार्टर्ड विमानको व्यवस्था पनि सुकेशले गराएका थिए । ज्याकलिन पाँच तारे होटलमा बसेको खर्च पनि सुकेशले नै व्यवहोरेका थिए । सुकेश चन्द्र शेखरले यस अघि नै ज्याकलिनसँग आफ्नो सम्बन्ध रहेको भन्दै एउटा फोटो समेत सार्वजनिक गराएका थिए । तर, ज्याकलिन ले भने आफूहरू सम्बन्धमा नभएको भन्दै अस्वीकार गर्दै आइरहेकी थिइन्
अक्षय कुमारले जारि गरे ‘Bachchhan Pandey’को खतरनाक पोष्टर
मुम्बई । बलिउड नायक अक्षय कुमारले आगामी चलचित्र ‘बच्चन पाण्डे’को पोष्टर जारि गरेका छन् । चलचित्रको पर्खाईमा बसेका शुभचिन्तकहरुका लागि अक्षय कुमारले चलचित्रको पहिलो पोष्टर सार्वजनिक गरेका हुन । चलचित्र तयार भइसकेको छ । यसको ट्रेलर चाँडै नै रिलिज गरिने बताइन्छ । पोष्टर सार्वजनिक गर्दै अक्षय कुमारले यसको ट्रेलर १८ फेब्रुअरी २०२२ मा रिलिज हुने बताएका छन् । यो पोष्टरमा भने एक लाइन लेखिएको छ– मलाई भाई हैन, गडफादर भन्छन् । अक्षय कुमारले लेखेका छनः एउटा यस्तो क्यारेक्टर जसमा कुनै रङ्गहरुको पसल भन्दा बढी ङ्ग छ । बच्चन पाण्डे तपाईलाई डराउन, हँसाउन, रुवाउन, सबै कुराका लागि तयार छ । कृपया उसलाई आफ्नो प्रेम दिनुहोला । बच्चन पाण्डेमा अक्षयसँगै कृति सैनन, ज्याकलिन फर्नान्डिस, अरसद वारसी, पंकज त्रिपाठी, प्रतिक बब्बर र अभिमन्यु सिंहलगायतले अभिनय गरेका छन् । फरहद सामजीको निर्देशनमा बनेको चलचित्र १८ मार्चका दिन सिनेमाघरमा उपलब्ध हुने छ ।
पोर्न रेकेट प्रकरणमा शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश
एजेन्सी । पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् । अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारवाही नगर्नुहोला’, आदेशमा भनिएको छ । शर्लीनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आरोपीहरुलाई पहिला नै सुरक्षा दिइसकेको बताए । मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ । अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।
प्रत्येक एपिसोडमा कति पैसा पाउँछन् त ‘कपिल शर्मा शो’का कलाकार ?
कलाकार कपिल शर्माको कार्यक्रम मन नपराउने को होला ? भारतमा मात्रै नभएर विश्वभरी नै हिन्दी भाषा बुझ्नेहरुका लागि उनको कार्यक्रम लोकप्रिय रहेको छ । बेलाबखत कार्यक्रमको स्वरुप र स्टुडियोमा परिवर्तन गर्दै आएका कपिल शर्माको शोमा कलाकारहरु पनि फेरिने गर्दछन् । उनको कार्यक्रममा केही नियमित कलाकार रहेका हुन्छन् । यी कलाकारहरुको भूमिका पनि फरक फरक रहेको छ । कति पाउँछन् त यी कलाकारहरुले ? तपाईले कल्पना गर्नसक्नुहुन्छ ? कपिल आफैल कति पाउँछन् भन्ने अनुमान लगाउनु त ? कमेडि किङका रुपमा स्थान बनाउन सफल कपिलले अहिलेसम्म यो एक एपिसोडका लागि ३० देखि ३५ लाखसम्म पाउने गर्दछन् । तर केही श्रोतहरुले भने उनले अब प्रसारण हरेक कार्यक्रमका लागि ५० लाख पाउने बताएका छन् । यसबाट आयकर भने कपिल स्वयम्ले तिर्नुपर्दछ । कपिलको शोमा दर्शकहरुसँगै ठूलो कुसीमा नवोजित सिद्दु बस्ने गर्दथे । अहिले यो स्थानमा अर्चना पूरण सिंह रहेकी छिन् । अर्चनालाई एक एपिसोडका लागि १० लाख पाइन्छ । केटा भएर पनि केटीको भूमिकामा देखिने अभिषेक कृष्णालाई हरेक एपिसोडका लागि १० लाख दिने गरिन्छ । किकू शारदाको फि ५ लाख रहेको छ । उनी शोमा सबैभन्दा बढी सिर्जनशील मानिन्छन् । उनले बच्चा यादव, बम्परलगायत कैयन चरित्रमा भूमिका निर्वाह गरेका छन् । भारती सिहंले भने प्रत्येक एपिसोडका लागि १० देखि १२ लाख रुपैयाँ लिने गर्दछिन् । उनी तिलती यादव र कम्मो बुआको भूमिकामा देखिएकी छिन् । शोमा चिया बेचेर सबैलाई हँसाउने चन्दन प्रभाकरको चरित्रमा रहेका चन्दुले हरेक एपिसोडका लागि ७ लाख पाउने गर्दछन् । कपिल शर्माले सबैभन्दा बढी मजाक उडाउने सुमोन चक्रवर्तीलाई एउटा एपिसोडका लागि ७ लाख पाइन्छ ।

