राष्ट्रिय सम्मेलन र संगठनसम्बन्धी माओवादीले यस्ताे गर्याे निर्णय

राष्ट्रिय सम्मेलन र संगठनसम्बन्धी माओवादीले यस्ताे गर्याे निर्णय

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी केन्द्रिय समितिको बैठकले राष्ट्रिय सम्मेलनकाे तयारिका लागि अध्यक्ष प्रचण्डले पेश गरेकाे संगठनात्मक प्रस्तावलाई अन्तिम रुप दिएकाे छ । अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि ८ वटा समूहमार्फत छलफल गरिएको थियो । आज बिहान स्थायी समिति बैठकपछि सबै समूहहरुले आफ्नो निश्कर्ष र रिपोर्ट प्रस्तुत गरेका थिए । अध्यक्ष प्रचण्डले क्रान्तिकारी विचार र क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकतामा जोड दिँदै एक्काइसौं शताब्दीको समाजवादको रणनीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिएका थिए । यसैगरी बैठकले केन्द्रीय समितिमा २२ जना नयाँ सदस्य थप्ने निर्णय गरेको छ । नयाँ सदस्य थप्दा समावेशी सिद्धान्त र युवाहरुलाई प्राथमिकता दिने निर्णय समेत माओवादीले गरेको छ । योसँगै माओवादीको केन्द्रीय समिति दुई सदस्यी हुनेछ । यससम्बन्धी आवश्यक निर्णय स्थायी कमिटी बैठकले गर्ने छ ।

अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आएका छलफललाई समेटेर आगामी राष्ट्रिय सम्मेलनमा दस्तावेज तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ ।

केन्द्रीय सदस्यहरुको राय सुझाव र प्रतिक्रियापछि बसेको स्थायी कमिटी बैठकले संगठनसम्बन्धी आवश्यक निर्णय गर्दै बैठक समक्ष प्रस्तुत गरेको थियो । आज सम्पन्न केन्द्रीय समिति बैठककाे संगठनात्मक प्रस्तावकाे सारसंक्षेप यसप्रकार छ ।
१. २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।
२. २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
३. २०७८ असोज २० गते वडा सम्मेलन
४. २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
५. २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन
६. २०७८ पौष ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।
७. संघियताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समितिमात्रै रहने ।

८. जनवर्गिय एवं विभिन्न जातिय/क्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू अशोज मसान्तासम्म सम्पन्न गर्ने ।
९. जनयुद्दका घाईते, अपांग तथा छापामारलाई परिचयपत्र दिईने ।
१०. विधान संशोधन सहित पारित गरिएको छ ।
११. उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने ।
१२. सबै रिक्त कमिटिमा पदपुर्ति गर्ने । जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसिमा दिएर स्थायी समितिलाई जिम्मा ।

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)

काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा  उल्लेख गरिएको छ ।   विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ ।  के छ त प्रतिवद्वतापत्रमा ?  

प्रधानमन्त्री सडकमा

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली सडकमा ओर्लिने भएका छन् ।सरकारले भ्रष्टाचारी संरक्षण गरेको, विपक्षीहरुलाई अनावश्यक प्रतिशोध साधेको लगायतका विषयमा प्रर्दशन हुन र सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री स्वंयम पार्टीको शक्ति परिचालन गर्दै सडकमा उत्रिन लागेका हुन् । प्रधानमन्त्रीको दल नेकपा (एमाले)ले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन  गर्न लागेको छ भने सो प्रर्दशनको प्रमुख वक्ता प्रधानमन्त्री  नै रहेका छन्। प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ । सभा अघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ । शुक्रबार काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेकाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय