राष्ट्र बैंकले दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र जारी गर्ने

राष्ट्र बैंकले दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र जारी गर्ने

काठमाडौं, फागुन २५ । नेपाल राष्ट्र बैंकले पञ्चवर्षीय नागरिक बचतपत्र जारी गर्ने भएको छ । पाँच वर्ष अवधिको यस बचतपत्रमा ९ प्रतिशत वार्षिक ब्याज पाइनेछ ।

राष्ट्र बैंकले कुल दुई अर्ब रुपैयाँको बचतपत्र निष्कासन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार यो बचतपत्रको ब्याजदर ६–६ महिनामा भुक्तानी गरिनेछ । बचतपत्र खरिद गर्न घटिमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनुपर्नेछ ।

बचतपत्रमा नेपाली नागरिकले मात्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस्तो बचतपत्र धितो राखी नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सक्नेछन् ।

बचतपत्र खरिद गर्ने समय चैत १ गतेदेखि २१ गतेसम्म तोकिएको छ । यही चैत २६ गते निष्कासन हुने बचतपत्रको २०७९ चैत २६ गते साँवा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ० पैसा र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ शुन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय