रुपन्देहीमा वामगठबन्धनबाट विश्वकर्मा, पौडेल, भुसाल, गुल्जारी र आचार्यको उम्मेदवारी दर्ता
बुटवल, कात्तिक १६ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज रुपन्देहीमा उत्साहपूर्णरुपमा मनोनय दर्ता भएको छ ।
पाँच निर्वाचन क्षेत्र भएको रुपन्देहीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि २५० जनाभन्दा बढीेले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नं १ मा वाम गठबन्धनबाट एमाले पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका जिल्ला सभापति रहनुभएका खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमाले उपमहासचिव तथा पूर्वमन्त्री विष्णु पौडेल र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका महासमिति सदस्य युवराज गिरीले उम्मेदवारी दर्ता गराउनुभयो ।
क्षेत्र नं ३ मा वाम गठबन्धनबाट एमालेका अर्का उपमहासचिव घनश्याम भुसाल र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दीपक बोहराले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
क्षेत्र नं ४ मा राजपा नेपालबाट सोहि पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला, वाम गठबन्धनबाट ओमप्रकाश यादव गुल्जारी र लोकतान्त्रिक गठबन्धनबाट प्रमोद यादवले उम्मेदवारी दर्ता गराउनुभयो ।
क्षेत्र नं ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता डिलाराम आचार्य र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका नेता भरतकुमार शाहले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कूल मतदाता पाँच लाख २२ हजार ६०२ रहेको रुपन्देहीमा २०८ मतदानस्थल र ५९८ मदतान केन्द्र तोकिएको छ ।
अध्यक्ष प्रचण्ड गोरखामा
गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउनुभएको छ । उहालेँ गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि र डण्डी डाँडाको नव ज्योति मा.वि को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ
भीम रावलद्वारा मातृभूमि जागरण अभियानलाई पार्टी बनाउने प्रस्ताव
काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेका छन् । रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् । नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले पार्टी निर्माण गर्नेतर्फ लागेको उनले बताएका छन् । ‘अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रहरूको भूमिकाले नेपालमा पर्न सक्ने प्रभावलाई गम्भीर रूपमा बुझेर अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र व्यक्तित्व उज्यालो र सबल तुल्याउनु पर्ने छ । यसका लागि राजनीति, अर्थव्यवस्था, सामाजिक–सांस्कृतिक पक्ष लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा आवश्यक पुनरावलोकन, समीक्षा तथा व्यापक सुधार र परिवर्तनको खाँचो छ,’ रावलले भनेका छन्, ‘यिनै कुरालाई मनन गर्दै स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ ।’
रबि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले बुधबार यस्तो आदेश दिएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो । उनलाई पाँच करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो । जिल्ला अदालत, कास्कीले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । प्रहरीले उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा दायरको तयारी गरिरहेको छ ।
पूर्वअमेरिकी राष्ट्रपति कार्टरको अन्त्येष्टि आज गरिँदै
एजेन्सी । १०० वर्षको उमेरमा हालै निधन हुनुभएका पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको शव वाशिंगटन लगिएको छ । राष्ट्रपतिको शवयात्रा जर्जियाको एटलान्टाबाट प्रस्थान गरेको थियो । अमेरिकी क्यापिटलमा लगिनु अघि पेन्सिलभेनिया एभिन्यूमा रहेको अमेरिकी नौसेना स्मारकमा लगिएको छ । उपराष्ट्रपति कमला ह्यारिस, सिनेट बहुमत नेता जोन थुन र हाउस स्पिकर माइक जोनसनले श्रद्धाञ्जली अर्पण गर्दै क्यापिटल रोटुन्डामा एक स्मारक सेवा आयोजना गरिएको छ । कार्टरको परिवारका साथै कार्टरको राष्ट्रपति मन्त्रिपरिषद्का सदस्यहरू उपस्थित रहेका थिए । कार्टरको शववाहन रोटुन्डामा राखिनेछ । मंगलवारदेखि सार्वजनिक अवलोकनका लागि खुला राखिएको उहाँको पार्थिव शरीर बिहीवार श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । पूर्व राष्ट्रपति कार्टरको अन्त्येष्टि आज गरिँदैछ । आज जर्जियामा श्रीमती रोजलाइन कार्टरको समाधि स्थलसँगै उहाँको अन्त्येष्टि गरिनेछ । अन्त्येष्टि अघि अमेरिकी राष्ट्रपति जो बाइडेनले श्रद्धाञ्जली दिनुहुने कार्यक्रम तय गरिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले यसअघि जनवरी ९, २०२५ को दिनलाई पूर्व राष्ट्रपतिका लागि संयुक्त राज्य अमेरिकाभरि राष्ट्रिय शोक दिवसको रूपमा घोषणा गर्नुभएको थियो ।