रुपन्देही र कपिलवस्तुका ५० भन्दा बढी महिलाको चूल्ठो काटियो, चौतर्फ़ी आतंक

रुपन्देही र कपिलवस्तुका ५० भन्दा बढी महिलाको चूल्ठो काटियो, चौतर्फ़ी आतंक

भैरहवा : रुपन्देही र कपिलवस्तुका ५० भन्दा बढी महिलाको कपाल रहस्यमय ढंगले अदृश्य शक्तिले काटिदिएको छ। रुपन्देही र कपिलवस्तुका महिला अदृश्य शक्तिले कपाल काटिदिएपछि आतंकित बनेका छन्। रहस्यमय ढंगले अदृश्य शक्तिले हमाला गरी कपाल काटिदिएको घटना बढेपछि महिला आतंकित बनेका हुन्।

अन्नपूर्णपोस्ट आनलाइनमा प्रकाशित समाचारमा उल्लेख छ-

पीडित महिलाका अनुसार कसैलाई बेहोस बनाएर कपाल काटिएको छ। प्रहरी एवं स्वास्थ्यकर्मीको टोलीले यस विषयमा अनुसन्धान थाले पनि कपाल कसले काटेको हो भन्ने प्रष्ट हुन सकेको छैन।

‘श्रीमानले तिम्रो कपाल काटेछ भन्नुभयो,’ सिद्धार्थनगर नगरपालिका ९ डाँडागाउँ निवासी ३५ वर्षीया गीता ज्ञवालीले भनिन्, ‘कपाल काटेको देखेपछि हामी आतियौं र प्रहरीलाई खबर गर्यौं।’

उनले थपिन, ‘बिहान नुहाउदै गर्दा हातमा लामो कपाल देखेर एकपटक झस्याङ भएकी थिएँ। तर, त्यो कपाल त्यसै हरायो पछि देखिन। नुहाइसकेर कपाल गुजुल्टो पारेकी थिएँ, सुरुमा श्रीमानले कपाल काटेको देख्नुभएको हो।’

यसरी कपाल काटिने घटनाले स्थानीय महिला त्रासमा छन्। ‘त्यो घटनापछि मलाई निन्द्रा लागेको छैन। कुनै काम गर्न मन लाग्दैन। भारतमा यस्तो घटना भएको मैले सुनेकी थिएँ। तर, यहाँ पनि यस्तो हुन्छ भन्ने मैले सोचेकै थिइनँ। तर, म अच्चमसंग हमलामा परेँ।’

अर्की एक महिला ओमसतिया गाउँपालिका ६ की सावित्री जयसवालले पनि बुधबार नै आफ्नो कपाल गुमाइन्। सावित्रीमाथि भएको सो घटनालगत्तै पीडित महिला र परिवारका अन्य सदस्य भैरहवास्थित भिम अस्पताल आएका छन्।

‘फेसबुक र समाचारबाट कपाल काटेको हल्ला व्यापक सुनेका थियौं, विश्वास लागेको थिएन। तर आज आफ्नै श्रीमतीमाथि अदृश्य हजामले हमला गरेर कपाल खौरीदियो,’ कृष्ण ज्ञवालीले घटना सम्झदै भने, ‘यो घटना रहस्मय छ, अनुसन्धान गरी वास्तविकता पता लगाउनपर्छ।’
१० सेकेन्ड जतिमा बेहोस हुने र कपाल काट्ने सबै कुरा भइसक्छ। लुम्बिनी सास्कृतिक नगरपालिका, गैडहवा गाउँपालिकामा पनि यस्तै घटना भएको कुरा प्रहरी एवं अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह बस्ने किशोर यादवको छोरी १९ बर्षीया गंगा यादवको बिहानै सात बजे अकस्मात कपालको टुप्पो खसेको र पछि अचेत बनेपछि उपचारका निम्ति भारत पुर्याएको सुनाए।

यसैगरी सोही गाउँका घरभरन यादवकी छोरी २१ बर्षीया बबिताको कपाल भूईमा झरेपछि अचेत भएको पारिवारका सदस्यले बताए। बिरामी यादवको बोली बन्द भई सक्दा पनि ईशाराले टाउको दुख्ने प्रतिक्रिया जनाएपछि सामान रूपमा सलाइन पानी चढाउने गरेको उपचारमा संलग्न चिकित्सिक मोहम्मदजमाले बताए।

सबैभन्दा बढी लुम्बिनी सांस्कृतिक नगरपालिकाका महिलाको कपाल काटिएको छ। लुसाप २ भुजहिया निवासी प्रहलाद यादवकी बुहारी ३५ बर्षीया शान्ती यादव, वडा नं. ७ की सुमित्रा गोसाई, १३ की पूजारी यादवको १६ बर्षीया छोरी अनिता यादव, ओडवलियाका राजेश यादवको श्रीमती चन्द्रकला यादव, समरीमाई गाउँपालिका वडा नं. ३ थुम्हवा पिपरहवा निवासी ४० बर्षीया मैना धवलको पनि रहस्मयढंगले अदृश्य शक्तिले अकस्मात कपाल काटिदिएको घटना सार्वजनिक भइसकेका छन्।

केहीपीडित महिला डराएर अचेत भएपछि प्रहरी तथा स्थानीयको सहयोगमा एम्बलेन्सबाट भीम अस्पताल भैरहवा पठाइएको प्रहरी चौकी कालीदहका इन्चार्ज चिन्तामणि न्यौपानेले जानकारी दिए।

अकस्मात कपाल काटिएको घटनाले बिरामी हुँदा सामान्य उपचारपछि घर फर्काइएको छ।
कसैले कथित हमलाकारीलाई नदेख्नुबाट पनि अनुसन्धानमा जटिलता भएको प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले बताए। जिल्ला प्रहरी कार्यालयले कपाल काट्ने हल्ला मात्रै नभई घटनाका धेरै उजुरी प्राप्त भएकोले उनको भनाइ छ।
‘केवल पीडितले हमलाकारीलाई देखेको वा महसुस गरेको भनेका छन, हामी यस्ता घटनाको गहिराईमा पुग्छौं। त्यतिन्जेलसम्म म सबैलाई हल्लामा विश्वास नगर्न अपील गर्दछु,’ प्रहरी उपरीक्षक ज्ञवालीले भने।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय