रोहिंज्यामाथिको हमला जातीय सफाया : राष्ट्रसंघ
काठमाडौं, भदौ २६ । राष्ट्रसंघको मानव अधिकार परिषदसमक्ष बोल्दै राष्ट्रसंघका मानव अधिकार प्रमुख जेइद राद अल हुसेनले म्यानमारमा मुसलमान रोहिंज्यामाथि भएका हमला जातीय सफाया जस्तै भएको बताएका छन्।
राष्ट्रसंघका अनुसन्धानकर्ताहरुलाई उक्त क्षेत्रमा जान रोकिएकोले त्यहाँको वास्तविक अवस्थाबारे यथार्थ तथ्य बताउन नसकिने उनले बताए। तर त्यहाँको स्थिति जातीय सफाया झैं देखिएको उनले उल्लेख गरेका छन्।
यसअघि दलाई लामाले रोहिंज्या मुसलमानहरुको बहिर्गमनबारे बोल्दै तिनलाई बुद्धले मद्दत गर्ने थिए भन्ने टिप्पणी गरेका छन्। विगतमा उनले म्यानमारकी नेतृ आङ्ग सान सूचीलाई रोहिंज्याविरुद्धको निरन्तर हिंसा रोक्न कदम चाल्न आह्वान गरेका थिए।
गत महिनाको अन्ततिर शुरु भएको हिंसाका घटना यता हालसम्म करिब ३ लाख रोहिंज्या शरणार्थी भागेर छिमेकी बांग्लादेश पुगेका छन्। बिबिसी
इजरायली क्याबिनेटबाट युद्ध विराम स्वीकृत
जेरुसेलम । इजरायली क्याबिनेट गाजामा युद्ध विराम गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार साँझ उपस्थित ३३ क्याबिनेटका सदस्यले शनिबार बिहान सो प्रस्ताव पारित गरेका हुन्। यसअघि शुक्रबार नै सेक्युरिटी क्याबिनेटमा प्रस्ताव स्वीकृत भएर पूर्ण क्याबिनेटमा पुगेको थियो। बुधबार ड्राफ्ट भइसकेको सो युद्ध विराम आइतबारदेखि लागू हुनेछ। सुरुवातमा इजिप्टको सीमामा रहेका खाद्यान्नका ट्रक प्यालेस्टाइन प्रवेश गर्ने अनुमान गरिएको छ। युद्ध विरामको घोषणा भइसकेपछि पनि इजरायली आक्रमणमा सय जना भन्दा बढीको ज्यान गइसकेको छ। एकै सातामा सबै भन्दा धेरै जनाको ज्यान गएको युद्ध सुरु भएपछि यो पहिलो पटक हो। बुधबार युद्ध विराम भएपछि प्यालेस्टाइनी अथोरोटीका राष्ट्रपति मोहम्मद अब्बासले पहिलो पटक सञ्चार माध्यममा आफ्नो कुरा राखे। उनले युद्ध बिरामलाई पूर्ण रूपमा लागु गर्न आफू कटिबद्ध रहेको बताएका छन्। एक श्रोतका अनुसार पहिलो चरणमा छाड्ने भनिएका ३३ जना बन्दीमध्ये इजरायलीका साथमा विदेशी बन्दी हुनेछन्। उनीहरूको सबै विवरण बाहिर आइसकेको छैन। गाजामा बन्दी बनाइएका ८४ जना दुई देशका नागरिकता भएका छन्। यसैगरी थाइल्यान्डका ८, नेपालका १ र तान्जानियाका १ बन्दी छन्। स्रोतः बिबिसी
हमास र इजरायलले गरे युद्ध विरामको सहमति
जेरुसेलम । हमास र इजरायलले १५ महिना लामो युद्ध अन्त्यको टुङ्गोमा पुगेका छन्। आइतबारदेखि लागु हुने गरी युद्ध विरामको सहमति भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध विराम भएको घोषणा गरेका छन्। युद्ध विराम अनुसार हमासले बन्दी बनाएकाको रिहाइ हुनेछ भने गाजाबाट इजरायली सेना हट्ने छ। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेसले युद्धले भएको क्षतिमा राहत दिने लक्ष्य भएको बताउँदै प्यालेस्टाइनीमा आवश्यक सहयोग गर्ने बताए। आइतबार युद्ध विराम हुने भनिए पनि बुधबारसम्म इजरायलले आक्रमण जारी राखेको छ। हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भएको आक्रमणमा २० जनाको ज्यान गएको हो। ७ अक्टोबर २०२३ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जनालाई बन्दी बनाइएको थियो। यसको प्रत्याक्रमणमा इजरायलले गरेको आक्रमणमा ४६ हजार भन्दा बढीको ज्यान गएको छ। अहिले ९४ जना बन्दी अझै रिहा हुन बाँकी छन्। ३४ जना भने मारिएको अनुमान गरिएको छ। युद्ध विरामपछि गाजामा सर्वत्र खुसीयाली छाएको छ। युद्ध विरामपछि इजरायली प्रधानमन्त्री बेन्जासमन नेतान्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेन र राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। ट्रम्पलाई विशेष धन्यवाद दिँदै नेतान्याहुले उनीसँग एकदमै चाँडो वासिङ्टनमा भेट हुने बताएका छन्। आइतबार युद्ध विराम लागु हुने दिनको एक दिनपछि सोमबार नै अमेरिकामा निर्वाचित राष्ट्रपछि ट्रम्प कार्यालय प्रवेश गर्ने छन्। युद्ध विराममा सहमति भएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा यसले खुसी दिएको छ। विभिन्न नेताले प्रतिक्रिया दिन थाली सकेका छन्। यसरी प्रतिक्रिया दिनेमा जर्मनीका चान्सलर ओलार स्कोल्फ, स्पेनका प्रधानमन्त्री पेड्रो, सा्ँचेज, राष्ट्र सङ्घीय महासचिव एन्टेनियो गुटिरेस, राष्ट्र सङ्घीय मानव अधिकार कमिस्नर भोल्कर टर्क र युरोपियन कमिसनका प्रमुख उरुला भान डेर लियोनले युद्ध विरामको स्वागत गरी सकेका छन्।
तीब्र वेगमा चलेको हावाका कारण अमेरिकामा डढेलो नियन्त्रण चुनौतीपूर्ण
लस एन्जलस । दमकलकर्मीहरूले लस एन्जलसलाई धम्की दिइरहेका सबैभन्दा ठूला र प्राणघातक डढेलोहरूलाई शहरका विशेषतम छिमेकहरूमा फैलिन नदिन भरपूर प्रयास गरिरहेका छन्। आकाशे टोलीहरूले पालिसेड्स आगो नियन्त्रणमा राख्न पानी र आगो रोक्ने रसायनले दन्किरहेका पहाडहरूलाई निरन्तर प्रहार गरिरहेका छन्। यो आगो थप १,००० एकड क्षेत्रफलमा फैलिएको छ र अब ब्रेन्टवुडलाई धम्की दिइरहेको छ। दमकलकर्मीहरू तीव्र रूपमा फैलिएको आगोलाई नियन्त्रण गर्ने संघर्षमा व्यस्त रहँदा पानीका हाइड्रान्टहरू सुक्खा भएका घटनाले बढ्दो आक्रोशका बीच अधिकारीहरू बचाउको स्थितिमा छन्। हावाले फेरि रातभरि बल गर्ने अनुमान गरिएको छ, जसले आगोको झनै फैलावटलाई प्रोत्साहन दिनेछ। हालसम्म यस आगोले कम्तीमा ११ जनाको ज्यान लिइसकेको छ। "लस एन्जलस काउन्टीले अर्को रात अकल्पनीय त्रास र पीडाबाट गुजारेको छ," लस एन्जलस काउन्टीका सुपरभाइजर लिन्डसे होरभाथले शनिबार भने। दमकलकर्मीहरूले सबैभन्दा खतरनाक आगो, पालिसेड्स आगो, जसले झन्डै २३,००० एकड क्षेत्रफल जलाइसकेको छ र ११% नियन्त्रणमा आएको छ, नियन्त्रण गर्न केही प्रगति गरेका छन्। तर यो आगो म्यान्डेभिल क्यानियन छिमेकमा फैलिएको छ, जसका कारण ब्रेन्टवुड क्षेत्रका केही भागहरूका लागि जबरजस्ती उद्धार आदेश जारी गरिएको छ। यो क्षेत्र अरनोल्ड श्वार्जनेगर, डिज्नीका प्रमुख कार्यकारी बब आइगर र एनबीए स्टार लेब्रोन जेम्सजस्ता सेलिब्रिटीहरूको घर रहेको र सुविधासम्पन्न छिमेक हो। उद्धार क्षेत्रमा गेट्टी सेन्टर पनि पर्छ, जुन पहाडमाथिको संग्रहालय हो जसमा भ्यान गो, रेम्ब्रान्ट, रुबेन्स, मोनेट र डेगासजस्ता कलाकारका १,२५,००० भन्दा बढी कलाकृतिहरू छन्। हालसम्म भवनमा कुनै क्षति पुगेको छैन। दोस्रो ठूलो आगो, इटन आगो, १४,००० एकडभन्दा बढी क्षेत्र जलाइसकेको छ र १५% नियन्त्रणमा आएको छ। दमकलकर्मीहरूले दुई साना आगोहरू, केनेथ र हर्स्ट आगोहरूलाई लगभग नियन्त्रणमा लिएका छन्। तर राष्ट्रिय मौसम सेवा (NWS)ले सुरूमा आगो फैलाउने तेज सान्टा आना हावा फेरि शनिबार र आइतबारसम्म बढ्ने चेतावनी दिएको छ। छिमेकी सात राज्य, संघीय सरकार, क्यानडा र मेक्सिकोले क्यालिफोर्नियामा साधनहरू पठाएका छन्। हालसम्म यी आगोहरूको कुनै कारण पत्ता लागेको छैन। दुई ठूला आगोहरूले संयुक्त रूपमा म्यानहट्टनको क्षेत्रफलको दुई गुणा भन्दा बढी क्षेत्र नष्ट गरिसकेका छन्। झन्डै १,५३,००० बासिन्दाहरूलाई अनिवार्य उद्धार आदेश दिइएको छ भने १,६६,००० जनालाई पनि तयारी अवस्थामा बस्न भनिएको छ। यसको राजनीतिक प्रभाव सुरु भइसकेको छ। शुक्रबार, डेमोक्रेट र सम्भावित राष्ट्रपतिको आकांक्षा भएका गभर्नर गेभिन न्युसमले किन एउटा प्रमुख जलाशय सेवा बाहिर रहेको र केही आगो नियन्त्रण गर्ने हाइड्रान्टहरू सुक्खा भएको भनेर अनुसन्धान गर्न आदेश दिए। लस एन्जलस दमकल प्रमुख क्रिस्टिन क्राउलीले यस अभावको बारेमा असन्तुष्टि जनाएकी छन्। "जब दमकलकर्मी हाइड्रान्टमा पुग्छन्, त्यहाँ पानी हुन्छ भन्ने आशा गरिन्छ," उनले भनिन्। प्रमुख क्राउलीले पनि सहर नेतृत्वले आफ्नो विभागको बजेट कटौती गरेको र मेकानिक पदहरू हटाएकोमा आलोचना गरिन्, जसका कारण १०० भन्दा बढी दमकल सवारी साधन सेवा बाहिर रहेको उनले बताइन्। स्रोतः विविसी
अमेरिकामा डढेलोबाट ६ जनाको मृत्यु, डेढ लाख बढी विस्थापित
लस एन्जलस । अमेरिकामा सल्किएको डढेलोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ। लस एन्जलसमा लागेको डढेलोको मुस्लो अझ डरलाग्दो हुँदै जान सक्ने चेतावनी विज्ञले दिएका छन्। केही समय अघि गरिएको पत्रकार सम्मेलनमा शुक्रबार र आउँदो मंगलबार अझ धेरै हुरी बतास र आगोको मुस्लोका कारण अझ भयावह अवस्था आउने चेतावनी दिइएको छ । विज्ञ ५३ सय संरचना ध्वस्त पार्ने त्यस आगोको उत्पत्ति कसरी भएको भन्ने पत्ता लगाउने प्रयासमा छन्। सो आगोका कारण विस्थापित हुनेको सङ्ख्या करिब दुई लाख अर्थात् लाख ७९ हजार पुगेको छ। आगो लागि रहेको समयमा घरमा पसेर लुटपाट मच्चाउनेको पनि कमी छैन। यसै काममा सरिक भएका २० जनालाई प्रहरीले गिरफ्तार गरेको छ। लस एन्जलस र भेन्टुराको सीमामा पर्ने केही स्थानमा नयाँ आगोको लप्का निस्किए पछि त्यहाँका मानिसहरूलाई अनिवार्य अन्यत्र सर्न सर्कुलर गरिएको छ। आगलागीका कारण सबैभन्दा धेरै असर अल्टाडेना समुदायमा परेको छ। इटनमा १३ हजार ६९० आर्क अहिले प्रभावित भएका छन्। रुखहरू ढलेका छन्। पातहरू भुइँमा छरपस्ट भएका छन्। त्यहाँका अग्नि नियन्त्रकका प्रमुख मार्सले डढेलोको कारण कुनै व्यक्तिले लगाएको आरोप पुष्टि भएमा यसलाई हत्याको रूपमा हेरिने बताएका छन्। अहिले आगो नियन्त्रणमा ल्याउनका लागि १५ सय २७ जना सक्रिय छन्। त्यस आगोका कारण अहिलेसम्म मर्ने ६ भए पनि यो संख्या थपिने जनाइएको छ। कतै मानिस मरेको भए पनि यसको जानकारी आइनसकेको हुनसक्ने अधिकारीले जनाएका छन्।