लगानीकर्ताले एकै दिन गुमाए ६० अर्ब ७९ करोड, २७ महिनायताकै न्यून बिन्दुमा नेप्से

लगानीकर्ताले एकै दिन  गुमाए ६० अर्ब ७९ करोड, २७ महिनायताकै न्यून बिन्दुमा नेप्से

नेप्से परिसूचक भारी अंकले घट्दा लगानीकर्ताले एकै दिन ६० अर्ब ७९ करोड गुमाएका छन् ।

अघिल्लो कारोबार दिन १४ खर्ब २९ अर्ब रहेको लगानीकर्ताको सम्पत्ति यस दिन घटेर १३ खर्ब ६८ अर्ब पुगेको छ । यो दुई वर्षयताकै कम बजार पुँजीकरण हो । २०७२ फागुन ५ गते लगानीकर्ताको सम्पत्ति १३ अर्ब ६३ अर्ब रहेको थियो । सर्वसाधारण सेयरधनीको स्वामित्वमा रहेको सेयर बजार पुँजीकरण (फ्लोट बजार पुँजीकरण) अघिल्लो दिनको तुलनामा रू. २० अर्ब ६९ करोड घटेको छ ।

सोमबार नेप्सेमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य अधिक सस्तिएको छ । यस दिनको अन्तिम बजार मूल्यका आधारमा ४४ कम्पनीको सेयर मूल्य १ सयदेखि २ सयको बीचमा रहेको छ । त्यसैगरी, २४ कम्पनीको सेयर मूल्य २ सयदेखि ३ सयको बीचमा रहेको छ । नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने घटेर ८७ मा अन्तिम कारोबार भएको छ ।

यसदिन कारोबारमा आएका एक सय ५७ कम्पनीमध्ये प्रोग्रेसिभ फाइनान्स र स्वदेशी लघुवित्त वित्तीय संस्थाको मात्र सेयर मूल्य बढेको छ । प्रोग्रेसिभ फाइनान्सका सेयरधनीहरूले यस दिन करिब १० प्रतिशत कमाएका छन् । यस दिन एक सय ४४ कम्पनीका सेयर मूल्य घटेको छ भने बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । एनएलजी इन्स्योरेन्सको सेयर मूल्य यस दिन १० प्रतिशत घटेको छ भने अन्य १२ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो ।

तर, अन्त्यमा झिनो अंकले सुधारिएपछि ५१ दशमलव ८९ अंकले घटेर १ हजार १ सय ६८ बिन्दुमा बजार बन्द भएको छ । यो २०७२ पुस २७ गतेयताकै न्यून बिन्दु हो ।

सोमबार इन्भेष्टर्स फोरमले पत्रकार सम्मेलन गरी आन्दोलनमा जाने बताएका छन् । बजारको दर्दनाक अवस्थामा पनि सरकार मौन रहनु र सम्बन्धित व्यक्तिले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति फोरमले आपत्ति जनाएको छ ।

सरकारले जतिसक्दो छिटो सम्झौता गरिएको अवधिभित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागू गर्न, ब्रोकरको संख्या तथा क्षेत्राधिकार विस्तार गरी वाणिज्य बैंकहरूलाई समेत ब्रोकर लाइसेन्स दिनुपर्ने, गैरआवासीय नेपालीलाई पुँजी बजारमा प्रवेश गराउन आवश्यक कानुन निर्माण गर्न, धितोपत्र बोर्ड, नेप्से, सिडिएससीलगायतका निकायको क्षमता अभिवृद्धि गर्नुपर्नेलगायतका माग फोरमले राखेको छ ।

त्यस्तै, सेयर लगानीकर्ता संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै परिसूचकले नकरात्मक प्रवृत्ति देखाइरहँदा पनि सरकारमा रहेका पुँजी बजारसँग सम्बन्धित निकायहरू मूकदर्शक बनेको आरोप लगाएको छ ।

नयाँ पत्रिकामा प्रकाशित समाचार

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय