लोकसेवाको विज्ञापनमा दरखास्त दिने घटे

लोकसेवाको विज्ञापनमा दरखास्त दिने घटे

काठमाडौँ , म‌ंसिर २७ । देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन।

आर्थिक वर्ष २०७२/७३ का लागि गरिएको विज्ञापनमा खुला, आन्तरिक, समावेशी सबैमा दरखास्त नपरेको जानकारी आयोगले दिएको छ।  दलित, अपाङ्ग, महिला, मधेसी, जनजातिका लागि समावेशीतर्फ छुट्टाइएका पदहरूमा समेत दरखास्त परेनन्।

आयोगले लिएको परीक्षामा अन्तर्वार्तामा छनोट भएका ५५ पदमध्ये २० पदमा कुनै उम्मेदवारको सिफारिस हुन सकेन।  यस्तै, १० वटा विज्ञापनबाट २६ पदका लागि दरखास्त परी लिखित परीक्षा सञ्चालन भएकोमा कुनै पनि उम्मेदवार परीक्षा दिन आएनन्।

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले कुल १२६ वटा विज्ञापनबाट १७२ पदका लागि दरखास्त आह्वान गरिएकोमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको बताए।  कोइरालाले भने, ‘दरखास्त नपर्नुको मुख्य कारणमा सम्बन्धित पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता नपुग्नु, तल्लो तहमा कार्यरत कर्मचारीको माथिल्लो पदमा दरखास्त दिने अवधि नपुग्नु, सम्बन्धित पदका लागि अनुभव नहुनु र यस्ता जनशक्ति बाहिर कतै व्यस्त रहनुले पनि दरखास्त नपरेको हो। ’

आयोगको सूचना तथा प्रकाशन शाखाका शाखा अधिकृत नारायण पोखरेलले शैक्षिक योग्यता तोक्ने, सेवा समूह सञ्चालन गर्ने कार्य सम्बन्धित मन्त्रालयले हो, सेवा प्रवेश गरेकाले आफ्नो योग्यता वृद्धि गर्न नसक्नु पनि दरखास्त नपर्नुको कारण भएको बताए।

आयोगका अनुसार, दरखास्त नपरेका पदहरूमा नेपाल स्वास्थ्य सेवातर्फ ११ औँ तह तथा राजपत्राङ्कित तृतीय श्रेणीतर्फ नेपाल इन्जिनियरिङ सेवाका पदहरू धेरै छन्।  राजपत्र अनङ्कित द्वितीय श्रेणीअन्तर्गत अमिन, सहायक महिला विकास निरीक्षक, फरेस्टरलगायत सबै पदमा निकटतम तल्लो पदमा कुनै उम्मेदवार नहुने कारणले आन्तरिक प्रतियोगितातर्फबाट पूर्ति हुने पदहरूमा कुनै दरखास्त नपरेको हो।

यसैगरी, नेपाल स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदहरूमा आवश्यक न्यूनतम योग्यता र सेवा अवधि तथा अनुभवको कमी एवम् केही पदको शैक्षिक योग्यताको जटिलताका कारणले कुनै दरखास्त नपरेको जानकारी आयोगले दिएको छ।

नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियररिङ समूह, माइनिङ इन्जिनियरिङ पद, सिभिल एभियसन समूह, सिभिल एभियसन अपरेसन उपसमूहको सिभिल एभियसन इन्जिनियरको शैक्षिक योग्यताको जटिलताले दरखास्त नपरेको निष्कर्ष आयोगको छ।  यसरी दरखास्त नपरेका पदहरूमध्ये अधिकांश पदमा आन्तरिक प्रतियोगिताका लागि विज्ञापन आह्वान गरिएको थियो।  यस्ता पदमा फेरि विज्ञापन गर्दा पनि दरखास्त आएन भने ती पदहरूलाई खुलातर्फबाट पदपूर्ति गरिनेछ।

राजपत्राङ्कित तृतीय श्रेणीका लागि रेखा विशेषज्ञ पद र नवौँ तहको कन्सलटेन्ट ग्यास्ट्रोइन्टोरोलोजिकल सर्जन पदका लागि गरिएको खुला विज्ञापनमा एउटा पनि दरखास्त परेन।  यसैगरी, स्वास्थ्य सेवाका लागि कम्तीमा ४४ वटा विज्ञापन आन्तरिक प्रतियोगिताका लागि गरिएकोमा एउटा पनि दरखास्त नपरेको पाइएको छ।  यस्तै, इन्जिनियरिङ, कृषि, शिक्षा सेवाका लागि आह्वान गरिएका विज्ञापनमा पनि कोही उम्मेदवारको दरखास्त परेन।

आयोगले लिएको परीक्षामा अन्तर्वार्तामा छनोट भएका ५५ पदमध्ये २० पदमा कुनै उम्मेदवारको सिफारिस हुन सकेन।  यस्तो हुनुको कारणमा एउटै उम्मेदवार धेरै वटा विज्ञापनको लिखित परीक्षाको नतिजामा छनोट भएका, अन्तर्वार्तामा अनुपस्थित भएका, प्रयोगात्मक परीक्षामा सामेल नभएका, शैक्षिक योग्यता र अनुभव नभएका आदि कारणले ती पदमा सिफारिस हुन सकेन।

यस आर्थिक वर्षमा आन्तरिक प्रतियोगितात्मक परीक्षा, खुला तथा समावेशीतर्फबाट पदपूर्ति हुन नसकेका विभिन्न श्रेणी÷तहतर्फका विभिन्न सेवा, समूहका २० पदहरूमा उम्मेदवारको सिफारिस हुन नसकेको जानकारी आयोगले दिएको छ।

आयोगको सूचना तथा प्रकाशन शाखाका शाखा अधिकृत पोखरेलका अनुसार, फाराम भर्ने विदेश जाने, परीक्षामा उपस्थित हुन नसक्नु, दुर्गम रहनुजस्ता विविध कारणले ती पदमा सिफारिस नभएको हो।

खरिदार पदका लागि आन्तरिक प्रतियोगितातर्फ विज्ञापन भएको सङ्ख्याभन्दा सिफारिस हुने सङ्ख्या कम छ भएको पाइएको छ।  यसो हुनुको कारण कार्यालय सहयोगी पदमा स्थायी नियुक्ति भई तीन वर्ष नपुगेका वा सङ्ख्या नै थोरै भएकाले पनि यस्तो भएको हो।  नेपाल सरकारले कार्यालय सहयोगी पदमा खुलातर्फबाट पदपूर्ति नगर्ने निर्णय गरेकाले पनि उम्मेदवारको सङ्ख्या कम भएको हो।

यसैगरी, आयोगका क्षेत्रीय निर्देशनालय तथा अञ्चल कार्यालयहरूबाट विभिन्न श्रेणी तथा तहअन्तर्गतका सेवा समूहका  १८३ पदका लागि भएको लिखित परीक्षाबाट कुनै पनि उम्मेदवार छनोट हुन नसकेको जानकारी आयोगले दिएको छ।

यस्तै, आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पूर्ति हुने पदहरूमा सम्भाव्य उम्मेदवार सङ्ख्याको कमी, बढुवा हुनेभन्दा निकटतम तल्लो श्रेणी÷तह तथा तह कायम नरहेको खुला तथा समावेशी दलहरूमा सङ्ख्याभन्दा न्यून सङ्ख्यामा लिखित तथा आन्तरिक अन्तर्वार्ताबाट छनोट हुने आदि कारणले राजपत्र अनङ्कित श्रेणीका ५१ पदमा कोही पनि सिफारिस भएनन्।

आयोगले १० वटा विज्ञापनबाट २६ पदका लागि दरखास्त परी लिखित परीक्षा सञ्चालन गरेकोमा कोही पनि उम्मेदवार परीक्षा दिन नै आएनन्।  यो पनि आन्तरिक प्रतियोगितात्मक परीक्षा थियो।

यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय