वडा अध्यक्षालार्इ २२ लाखको अख्तियारी

वडा अध्यक्षालार्इ २२ लाखको अख्तियारी

काठमाडौं, असार ७ । काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएपछि विद्यासुन्दर शाक्यले दोस्रोपटक नगर कार्यपालिकाको बैठक राखी सातवटा निर्णय गराएका छन् ।

यसअनुसार प्रत्येक वडालाई तत्काल २२ लाख २५ हजार रुपैयाँ बजेट दिने देखि ८० वर्ष नाघेका ज्येष्ठ नागरिकको भत्ता १० हजारबाट १२ हजार पुर्‍याउने र उक्त रकम तत्काल वितरण गर्नेसम्मका निर्णय भएका छन् ।

मेयर शाक्यले मंगलबार पत्रकार सम्मेलन गरी योजना सार्वजनिक गर्नुभएको हो । स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यले मतदाताको जनभावनाअनुसार काम गर्न सहरको विकास निर्माण र सहरी सेवा प्रभावसम्बन्धी कार्य गर्न भन्दै महानगरपालिकाले प्रत्येका वडाका लागि २२ लाख २५ हजार रुपैयाँ बजेट निकासा गर्ने भएको छ, जसअनुसार सडक तथा फुटपाथमा १० लाख, ढुंगा-इँटा छाप्न सात लाख, ढल मर्मतसम्भारमा तीन लाख, सडक सरसफाइ (क्लिन द सिटी अभियान कार्यक्रम) मा दुई लाख र अतिथि सत्कार (जलपान) मा २५ हजार रुपैयाँ बजेट निकासा गरिने जानकारी मेयर शाक्यले दिए ।

‘जनप्रतिनिधिले जनभावनाअनुसार काम गर्नुपर्छ, आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्छ । सोहीअनुसार तत्काल बजेट निकासा भएपछि विकास निर्माणमा लाग्न सबै नगरप्रमुखलाई निर्देशन दिएको छु’, शाक्यले भन्नुभयो, ‘फुटपाथ नभएको गुनासोलाई समेत समेटिएको छ ।’ बैठकले प्रत्येक वडास्तरमा तलबभत्ता र अन्य सुविधाबापत यो आर्थिक वर्षमै विनियोजित बजेटमा फरक नपर्ने उपशीर्षकमा ३५ लाख रुपैयाँ बजेट छुट्ट्याइने निर्णयसमेत गरेको छ । महानगरपालिमा निर्वाचित पदाधिकारी र नगर कार्यपालिकाअन्तर्गतका विभाग, महाशाखा, शाखा, एकाइ, सचिवालय, आयोजना, वडा कार्यालयका कर्मचारी पक्ष वा विपक्ष भई विभिन्न अड्डाअदालतमा मुद्दा दर्ता गर्न तथा प्रत्यर्थी भई निवेदन, फिरादपत्र, लिखित जवाफ, प्रतिउत्तरपत्र दर्ता गर्न र अन्य मुद्दा मामिला हेर्न व्यक्तिलाई अख्तियारी दिने र उसले हेर्ने गरी अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

अमेरिकामा बिरोधको तयारीपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।  

दुर्गा प्रसाई पक्राउ

काडमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन् ।  असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।  प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । के थियो प्रकरण ?  आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ। गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।  

लोकप्रिय