विज्ञापन खर्च कटौतीले युनिलिभरको बिक्री घट्यो, प्रतिसेयर आम्दानी खस्कियो

विज्ञापन खर्च कटौतीले युनिलिभरको बिक्री घट्यो, प्रतिसेयर आम्दानी खस्कियो

काठमाडौं । शेयरबजारमा सबैभन्दा महङ्गो शेयर मूल्य भएको युनिलिभर नेपाल लिमिटेडले चालु आवको दोस्रो त्रैमासमा नाफा घटेको वित्तीय विवरण प्रस्तुत गरेको छ ।

कम्पनीले गतबर्षको दोस्रो त्रैमासको तुलनामा यो बर्षको नाफा १८।५ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीको उत्पादनहरुको बिक्रीमा आएको कमी र संचालन आम्दनाीमा ह्रास आएपछि नाफा घटेको हो ।

चालु आवको दोस्रोे त्रैमासमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गतवर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १८ करोड ७८ लाख रुपैयाँ थियो । गत आवको तुलनामा यो आवमा युनिलिभरको नाफा ३ करोड ४८ लाख कम हो ।

कम्पनीको उत्पादन बिक्रीमा गतबर्षको तुलनामा ३।६ प्रतिशतले घटेको छ । यसअवधिका कम्पनीको विज्ञापन खर्च समेत घटेको छ । गतबर्ष १७ करोड रुपैयाँ विज्ञापनमा खर्च गरेको कम्पनीले यसअवधिमा १३ करोडमात्र खर्च गरेको छ ।

समीक्षा अवधिमा युनिलिभरको आम्दानी घटेको छ । यसअवधिका कम्पनीले दश अर्ब २ करोडको उत्पादन बिक्री गरेको छ । गतबर्ष यस्तो कम्पनीले १० अर्ब ५ करोडको उत्पादन बिक्री गरेको थियो ।

विज्ञापन खर्च कटौती गरेपनि कम्पनी अन्य संचालन आम्दानी उच्चदरले घटेको छ । कम्पनीले यसअवधिमा अन्य संचालन आम्दानीबाट ३ करोड ३९ लाख मात्र आम्दानी गरेको छ । जबकी गतबर्ष उसको यस्तो आम्दानी १५ करोड ८६ लाख थियो ।

कम्पनीको नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेर १६६ रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा युनिलिभरको प्रतिसेयर आम्दानी २०४ रुपैयाँ थियो । यद्यपी युनिलिभर सबैभन्दा बढी ईपीएस भएको कम्पनी हो ।

युनिलिभरको अहिले दोस्रो बजारमा प्रतिकित्ता सेयर २८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३।६८ गुणा रहेको छ ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिलिभरले जगेडाकोषमा १ अर्ब २६ करोड रुपैयाँ राखेको छ ।

मेरोलगानीबाट साभार

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय