विद्यार्थीलाई माघ २० सम्म खोप लगाइसक्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रह

विद्यार्थीलाई माघ २० सम्म खोप लगाइसक्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रह

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न भनेको छ । शैक्षिक गतिविधि नियमित सञ्चालन गर्न विद्यार्थीहरु जोखिम मुक्त हुनु जरुरी भएकाले अनिवार्य खोपको व्यवस्था गर्न लागिएको हो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् ।

त्यसैले आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि खुल्ने भएका छन् ।

काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ । त्यसका लागि महानगरका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ । यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ ।

के सोच्दैछ नयाँ पुस्ता ?

आजको विद्यार्थी अर्थात नयाँ पुस्ता प्रविधि र नवप्रवर्तनप्रति निकै आकर्षित देखिन्छ। डिजिटल क्रान्तिको प्रभावले उनीहरूलाई नयाँ प्रविधिहरू सिक्न, प्रयोग गर्न र आफ्नै आइडिया प्रस्तुत गर्न प्रेरित गरेको छ। कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन जस्ता क्षेत्रहरूमा उनीहरूको रुचि बढिरहेको छ, जसले उनीहरूलाई भविष्यको करियर निर्माणका लागि तयारी गराइरहेको छ। जेड जेनेरेसन अर्थात जेनजी भनिने आजको नयाँ पुस्ता परम्परागत रोजगारभन्दा उद्यमशीलता र स्टार्टअप कल्चरप्रति बढी आकर्षित देखिन्छ। आफ्नै व्यवसाय थाल्ने, स्वतन्त्र पेशा अपनाउने वा क्रिएटिभ फिल्डमा करियर बनाउने सोंच नयाँ पुस्ताको प्राथमिकतामा पर्न थालेको छ।  यसले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर र सृजनात्मक बनाउने विश्वास बढ्दै गएको छ । सामाजिक न्याय र वातावरणीय समस्याप्रति विद्यार्थीहरूको चासो उल्लेखनीय रूपमा बढेको पाइन्छ । उनीहरू जलवायु परिवर्तन, लैंगिक समानता, र सामाजिक न्यायका मुद्दाहरूमा सक्रिय रूपमा संलग्न हुँदै आएका छन्। सामाजिक मिडिया र अनलाइन प्लेटफर्महरूको प्रयोग गर्दै उनीहरू आवाज उठाउन, जनचेतना फैलाउन र सकारात्मक परिवर्तन ल्याउन लागिपरेका छन्।  नयाँ पुस्ताले जीवनशैली र मानसिक स्वास्थ्यलाई पनि उच्च प्राथमिकता दिन थालेको छ । कार्य र व्यक्तिगत जीवनको सन्तुलन, आत्म( संवेदनशीलता र मानसिक स्वास्थ्यको महत्त्वबारे सचेत रहँदै उनीहरू स्वास्थ्यप्रद जीवनशैली अपनाउने र अन्तर्राष्ट्रिय शिक्षा तथा विभिन्न संस्कृतिहरूको अनुभव गर्न चाहन्छन्। यसले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न, फरक सांस्कृतिक दृष्टिकोणहरू बुझ्न र बहुआयामिक ज्ञान आर्जन गर्न सहयोग गरेको छ।  नयाँ पुस्ता असाधारण गतिमा बदलिरहेको प्रविधि र सञ्चारको क्षेत्रमा आकर्षित हुँदैछ। सूचना प्रविधिको तीव्र विकास, इन्टरनेटको व्यापकता र डिजिटल उपकरणहरूको सर्वसुलभताले उसको जीवनशैली, अध्ययनको तरिका र भविष्यको दृष्टिकोणलाई नयाँ आकार दिएको छ।  नयाँ पुस्ताको दैनिक जीवनमा प्रविधिको भूमिका दिनप्रतिदिन गहिरो बन्दै गएको छ। अनलाइन शिक्षा प्लेटफर्महरू, एप्स र वेब उपकरणहरूले अध्ययन प्रक्रियालाई सजिलो र पहुँचयोग्य  बनाइरहेको छ। यो पुस्ता इन्टरनेटमा उपलब्ध श्रोतहरू प्रयोग गर्दै  नयाँ सीपहरू सिक्न र तिनलाई जीवनमा प्रयोग गर्न सक्षम बन्दै गएको छ । प्रविधिले उनीहरूलाई आफ्नो गति अनुसार सिक्न र बृहत् स्रोतहरूको पहुँचबाट लाभ उठाउन सक्षम बनाएको छ।  नयाँ पुस्ता अब आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, र अन्य नवीन प्रविधिहरूमा अघि बढ्दैछ । यो पुस्ता प्रविधिहरूको माध्यमबाट भविष्यका चुनौतीहरूको सामना गर्ने सीपहरू विकास गर्न चाहन्छ। यसरी प्रविधिले नयाँ पुस्तालाई सिर्जनशीलता, समस्या समाधान क्षमताको विकास, र नवप्रवर्तनको मार्गमा अग्रसर गराइरहेको छ। सञ्चारको क्षेत्रमा भएको क्रान्तिले नयाँ पुस्ताको जीवनशैलीलाई व्यापक परिवर्तन गरेको छ। सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले यो पुस्ताको ज्ञानको दायरा बढाएको छ, साथै नयाँ विचारहरू र तिनको आदानप्रदानको अवसर प्रदान गरेको छ। फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा सक्रिय नयाँ पुस्ता विश्वव्यापी सञ्जालमा आवद्ध हुँदै फरक सांस्कृतिक र सामाजिक सन्दर्भहरू बुझ्ने प्रयास गर्दैछ।  सञ्चार प्रविधिले यो पुस्तालार्य विभिन्न देशहरूका साथीहरुसँग जोडिन, अन्तर्राष्ट्रिय शैक्षिक अवसरहरूको खोजी गर्न र विभिन्न अभियानमा संलग्न हुन प्रेरित गरेको छ। यो प्रविधिको प्रयोगले नयाँ पुस्तालाई आफ्ना विचारहरू प्रस्तुत गर्न, जनचेतना फैलाउन र सकारात्मक परिवर्तनका लागि सक्रिय भूमिका खेल्न पनि सक्षम बनाएको छ। समग्रमा नयाँ पुस्ता जिज्ञासु, नवप्रवर्तनशील र स्वतन्त्र विचारमा आकर्षित छ। यो पुस्ता आफ्नो मूल्य, रुचि र लक्ष्यहरूलाई स्पष्टसँग परिभाषित गर्दै अघि बढिरहेको, जसले व्यक्तिगत र व्यावसायिक भविष्यलाई उज्ज्वल बनाउन मद्दत पुगिरहेको छ । नयाँ पुस्ता प्रविधि र सञ्चारको आकर्षणमा परेको देखिन्छ, जसले उनीहरूको सोच, अध्ययन शैली, र भविष्यको योजना बनाउने तरिकामा सकारात्मक प्रभाव पारेको छ। प्रविधि र सञ्चारले यो पुस्तालाई सिर्जनशील, उर्जावान र सामाजिक रूपले सचेत बनाइरहेको छ, जसले गर्दा यो पूता आफूलाई मात्र होइन, समाजलाई पनि अगाडि बढाउन सक्षम बन्दै गएको छ । यसले नयाँ पस्तालार्य भविष्यको चुनौतीहरूसँग सामना गर्न र अवसरहरूको सदुपयोग गर्न बलियो आधार प्रदान गरिरहेको छ। अब गरिने राजनीतिक र सामाजिक आन्दोलनहरु यो पुस्ताको मनोविज्ञानसँग साक्षात्कार गर्दै अघि बढेन र तदअनुकूल नीति कार्यक्रम र कार्ययोजना बनाउन सकेन भने अबको नयाँ पुस्ता परम्परागत राजनीति र सामाजिक गतिबिधिमा सामेल हुने संभावना न्यून बन्दै जानेछ । (लेखक अखिल क्रान्तिकारी दाङका प्रवक्ता हुनुहुन्छ)

लाेकसेवा भन्छ कोभिड संक्रमणकालीन अवस्थामा परीक्षामा सामेल हुने उम्मेदवारले निम्न नियमहरु पालना गर्नु

  १. उम्मदेवारले नाक, मखु राम्रोसँग छोपिने गरी अनिवार्य रूपलेमा मास्क लगाउनपुनेछ । आवश्यकता अनुसार स्यानिटाइजर समते प्रयोग गर्नुपनेछ । २. कोभिड(१९ संक्रमण एिको वा लक्षण एिको उम्मदेवारले परीक्षा शरूु हुनुभन्दा अगाभडि अनिवार्य रूपले परीक्षा सञ्चालन गने कार्यालय र शाखामा जानकारी गराउनुपर्नेछ । ३. परीक्षा केन्द्रमा उम्मेदवारले भिडभाड नगरी लाइनबद्ध रूपमा आफ्नो नाम र कोठा नम्बर एकिन गरी तोकिएको स्थानमा पालैपालो प्रवशे गर्नुपुर्नेछ । ४. उम्मदेवारलेपरीक्षाको समय अघि वा पछि समहूमा बस्ने र कुराकानी गर्ने गर्नुहुदँैन । परीक्षा सम्पन्न भएपछि सरासर रूपमा पररक्षा भवन बाहिर जानुपर्नेछ । ५.उम्मेदवारले आफ्नो लागि पिउनेपानी लगायत स्वास्थ्य सरक्षा सामाग्रीको प्रबन्ध आँफैले गर्नुपर्ने छ । ६.सबै उम्मेदवारले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा आयोगको ध्भदकष्तभ मा गई विद्यतुीय माध्यमबाट कोभिड सम्बन्धी स्वय घाँेषणा फाराम अनिवार्य रूपमा भर्नुपर्ने छ । साथै सरक्षा निकाय तथा सगं सगठित संस्थाको परीक्षामा सामले हुने उम्मदेवारले सम्बन्धित सरक्षा निकाय तथा संगठित संस्थामा आफ्नो स्वास्थ्य सम्बन्धी अवस्थाको बारेमा अग्रिम जानकारी गराउनु पनेछ । ७. कोभिड १९ संक्रमणजन्य रोगबाट बच्न नेपाल सरकारलेतोकेको अन्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ ।  

जिल्ला शिक्षा कार्यलय र शिक्षा बिभागमा तालाबन्दी गरिँदै

काठमाडौं, बैशाख १५ । निजि चर्को शुल्क बृद्धिको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठनले आज जिल्ला शिक्षा कार्यलय तथा शिक्षा बिभागमा तालाबन्दी गर्दैछन् । बिहान ११ बजे जिल्ला शिक्षा कार्यलय तथा शिक्षा बिभागमा तालाबन्दी गर्ने कार्यक्रम रहेको विद्यार्थी नेताहरुले जानकारी दिएका छन् । भोली जिल्ला शिक्षा अधिकारी तथा शिक्षा मन्त्रालयका अघिकारिलाई सार्बजनिक बहिष्कार गर्ने र पर्सी सरकारी गाडी चल्न निषेध गगर्ने कार्यक्रम पनि तय भैसकेको छ । अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले यसअघि देशभरका निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरिसकेका छन् ।

लोकप्रिय