विवादको घेरामा अार्इजीपी अर्याल

विवादको घेरामा अार्इजीपी अर्याल

काठमाडौं ,साउन १४ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने ।

गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई ट्राफिक प्रहरी महाशाखा पठाउन मुख्यालयमा पत्र पठाएको स्रोतले जनाएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले अडान लिन नसक्दा विनाआरोप लामालाई काजमा तानिएको चर्चा मुख्यालयमा छ । लामा असार ३० गते एआईजी बढुवाको सिफारिसमा परेका थिए । मंगलबार मात्र उनलाई मुख्यालय तानेर डीआईजी बढुवा सिफारिसमा परेका एसएसपी खनाललाई महाशाखाको जिम्मेवारी सुम्पिएको छ । उच्च प्रहरी अधिकारीको काज सरुवाबारे पूर्वआईजीपी कुवेरसिंह राना भन्छन्, ‘बढुवा सिफारिसमा परिसकेको अवस्थामा नियमित प्रक्रियामा सरुवा गरेको भए राम्रो हुन्थ्यो, दबाब आयो भन्दैमा संगठन प्रमुखले गलत सन्देश दिने काम गर्नुहुँदैनथ्यो ।’

एसएसपीबाट डीआईजीका लागि बढुवा सिफारिस गर्दा पनि आईजीपी अर्याल विवादको घेराबाट बाहिर रहन सकेनन् । ब्याडमिन्टन खेल्दा लडेर अर्धचेत अवस्थामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठ बढुवा सिफारिसमा परेनन् । उनी एसएसपीमा तेस्रो नम्बरका अधिकृत हुन् । उनकै ब्याचका एक प्रहरी अधिकृत भन्छन्, ‘आईजीपीले यो राम्रो गर्नुभएन, उहाँले गृहमन्त्रीलाई कन्भिन्स गर्न सक्नुपर्थ्यो । एक तह सम्मानस्वरूप बढुवा दिएपछि अर्कोपटक विचार गर्न सकिन्थ्यो । श्रेष्ठलाई अन्तिम अवस्थामा अपमानित गरियो ।’ प्रहरी स्रोतका अनुसार एसएसपी श्रेष्ठलाई बढुवा गर्नुपर्ने आशयसहितको पत्र मन्त्रालयमा पुगेको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिसमा पनि आईजीपीको ‘स्वेच्छाचारिता’ देखिएको प्रहरी अधिकृत बताउँछन् । मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट निलम्वनको सिफारिस गरिएका डीएसपी सञ्जीव शर्मा दासलाई बढुवा सिफारिस गरेपछि अर्याल आलोचित बन्न पुगे । शर्मालाई बढुवाका लागि सिफारिस गरेको सार्वजनिक भएपछि सर्वत्र विरोध भएका कारण गृहमन्त्री शर्माले निलम्बन गर्न निर्देशन दिए ।

क्षेत्रबाट निलम्बन गर्नुपर्ने पत्र, मुख्यालयले गृहमा पनि दासलाई निलम्बन गर्नुपर्ने आशयको पत्र पठाइसके पनि बढुवा सिफारिसमा राखेपछि अर्यालले मन्त्री शर्माको हप्की नै खानुपरेको थियो । मुख्यालयमा भने गृहमन्त्रीनजिक र शक्तिकेन्द्र धाएकाहरूलाई अर्यालले बढुवा सिफारिसमा पारेको चर्चा छ । एसपीबाट एसएसपी, एसएसपीबाट डीआईजी र डीआईजीबाट एआईजी बढुवा सिफारिसमा प्रहरी नेतृत्व चुकेको उनीहरूको भनाइ छ । प्रतिस्पर्धी भए पनि बढुवामा नपरेपछि डीआईजी मधु पुडासैनी, एसएसपी सुवास चौधरी र एसपी विभूतिराज पाण्डेले अन्याय गरिएको भन्दै लोकसेवा आयोगमा उजुरीसमेत दिएका थिए ।

पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले तत्कालीन गृहमन्त्री वामदेव गौतम र विमलेन्द्र निधिसँग बढुवा सिफारिस गर्दा खटपट परे पनि प्रहरी अधिकृतको पक्षमा लबिङ गरेका थिए । एसएसपी रमेश खरेललाई नसिहत दिन गौतमले दिएको निर्देशनको अवज्ञा गर्दै उनी ‘राम्रा प्रहरी अधिकृतको वृत्तिविकासमा असर पर्ने खालको निर्णय नगरौं’ भन्दै खरेलको पक्षमा उभिएका थिए । निधिले काठमाडौं परिसरमा छविलाल जोशीलाई ल्याउन दबाब दिएका थिए । उपेन्द्रकान्तले अस्वीकार गरेपछि जोशीलाई एकलौटी ढंगले काठमाडौं परिसरमा ल्याउन निधि सफल भएका थिए ।

‘पूर्वआईजीपीजति पनि अडान अहिलेको आईजीपी साहेबमा छैन’, एक प्रहरी अधिकृत भन्छन्, ‘आईजीपी अर्यालको व्यस्तता अत्यधिक देखिए पनि विवादबाट मुक्त हुन सक्नुभएको छैन । गृह मन्त्रालयबाट एक सहसचिवले फोन गरे भने पनि आईजीपी साहेब आफैं पुग्नुहुन्छ, सचिवालयमा उहाँका सहयोगी राखेको के काम ? ‘

मुख्यालयका उच्च अधिकृतले संगठन सुदृढीकरणमा अर्यालको अडान नरहेको आरोप लगाए । ‘उहाँले गृहमन्त्रीलाई संगठनको धारणा यो हो भनेर पेस गर्न सक्नुभएको छैन’, ती अधिकृतले भने, ‘यसरी त संगठनको वृत्तिविकासमा नकारात्मक असर पर्छ ।’ प्रहरी नायब निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा गर्नुपर्ने प्रक्रियासमेत अहिले अवरुद्धजस्तै छ । धेरैजसो सई अहिले तत्काल बढुवा नभए अवकाशको मुखमा छन् ।

आईजीपी अर्यालले समकक्षीसँग आफूले राम्रो गर्न खोज्दाखोज्दै मन्त्री शर्माको चेपुवामा परेको बताउन थालेका छन् । प्रहरी अधिकृतले नेता प्रयोग गरी आफूलाई अनावश्यक दबाब दिन नछाडेको गुनासो उनले गर्न थालेका छन् । आईजीपी अर्याल भने आफू विधिसम्मत ढंगले अघि बढिरहेको दाबी गर्छन् । ‘बाहिर जे जति टीकाटिप्पणी भए पनि म विधिसम्मत ढंगले चलेको छु’, उनी भन्छन्, ‘संगठनलाई अझै सुधार्ने पक्षमा छु ।’ यसभन्दा बढी प्रतिक्रिया दिन उनले अस्वीकार गरेका छन्,अन्नपूर्ण पोस्टमा खबर छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय