शहर छोडेर गाउँ रोजे प्रचण्डले, बाजागाजासिहत भव्य स्वागत

शहर छोडेर गाउँ रोजे प्रचण्डले, बाजागाजासिहत भव्य स्वागत

झलारी, असार ९ । प्रदेश नम्बर ७ को चुनावी सभालाई सम्बोधन गर्न धनगढी आइपुगेका प्रचण्डले सदरमुकाम छोडेर गाउँका सभालाई प्राथमिकता दिनु भएको छ ।

कैलालीको सरदमुकाम धनगढी र कञ्चनपुरका सदरमुकाम महेन्द्रनगरमा आमसभा गर्न स्थानीय पार्टी प्रतिनिधिले निकै अनुरोध गरेपनि प्रचण्डले गाउँका जनतासँग कुरा गर्ने भन्दै गाउँका विभिन्न सभामा सहभागी भई सम्बोधन गर्नुभयो ।

कैलालीको फूलबारी, कञ्चनपुरको पुर्नबास, वनसाहलगायत अध्यक्ष गाउँ–गाउँमा पुगेका अध्यक्ष प्रचण्डलाई स्थानीयबासीले बाजागाजासहित भव्य स्वागत गरे ।

ठूलो संख्यामा सहभागी भएका स्थानीय जनतालाई अध्यक्ष प्रचण्डले पैसा र शक्तिको बलमा हुने भाटको किनबेचतर्फ सचेत हुन आग्रह गर्नु भयो ।
साथै उहाँले नेपाली कांग्रेस, नेकपा एमाले परिवर्तन बिरोधी भएको आरोप लगाउँदै भन्नु भयो ‘हिजो महिला, दलित, आदिबासीका अधिकारका कुरा गर्दा, उत्पिडनका, परिवर्तनका कुरा गर्दा हाम्रो टाउकाको मोल तोक्नेलाई अहिले कुन नैतिकताले भोट दिने ? चोरलाई चौतारो र साधुलाई सुलिको परम्परा तोड्नु प¥यो ।’

अध्यक्ष प्रचण्डले जनयुद्धमा जनताको त्याग र बलिदानले नै अहिलेको परिवर्तन सम्भव भएको बताउँदै भन्नुभयो ‘हामीले संघर्ष गरेकै कारण हिजो छुवाछुत र हिंसा सहन बाध्य दलित तथा महिलाहरु अहिले हजारौंको संख्यामा स्थानीय नेतृत्व सम्हाल्न सक्षम भएका छन ।’

कांग्रेस तथा एमालेप्रति निकै आक्रोशित देखिनु भएका प्रचण्डले एमाले अध्यक्ष ओलीले बेइमानी गरेको आरोप लगाउनु भयो । एमालेले सत्ता र शतिmका लागि संविधान निमार्णदेखि अहिलेसम्मका हरेक सहमाति र समझदारी लत्याएकोले एमालेमा राजनीतिक इमान्दारिता नभएको बताउँनु भयो ।
परिवर्तनको एजेण्डा बोकेर त्यसलाई टुङ्गोमा पु¥याउने इमान्दार पार्टी नेकपा माओवादी केन्द्रमात्रै भएको जिकिर गर्दै प्रचण्डले यसपालीको मत परिवर्तनको पक्षमा हाल्न अपिलसमेत गर्नुभयो ।

सभामा प्रचण्डले आरक्षपिडितका समस्यादेखि अन्य स्थानीय मुद्धामा आफू सत्तामा रहदासमेत पहल गरेको स्मरण गराउँदै आगामी दिनमा पनि जनताका माग पुरा गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । चनावी सभामा स्थानीय प्रतिनिधिहरु स्थानीय भाषामा बोल्नुका साथै कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

अमेरिकामा बिरोधको तयारीपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।  

दुर्गा प्रसाई पक्राउ

काडमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन् ।  असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।  प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । के थियो प्रकरण ?  आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ। गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।  

लोकप्रिय