शहीद छोरोको सालिक हेर्ने आमाको सपना अधूरै

शहीद छोरोको सालिक हेर्ने आमाको सपना अधूरै

कञ्चनपुर, फागुन २६ । गतवर्ष आजकै दिन, आफ्नै भूमिमा कल्भर्ट निर्माणको विषयलाई लिएर कञ्चनपुर पुनर्वास नगरपालिका–४ का गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएको थियो ।

शहीद गौतमको सम्झनामा आज उहाँकै घर छेउमै रहेको नमूना प्राविमा स्मृतिसभामा सहभागी शहीद गौतमकी आमा हरिदेवी गौतम निराश मुद्रामा देखिनुभयो ।

कार्यक्रममा शहीदको सम्मान र भूमिको रक्षार्थ गौतमले बलिदान दिएको चर्चा भइरहँदा शहीद गौतमकी आमाले भने वर्षदिन वितिसक्दा पनि सरकार र नेताबाट पाएको आश्वासन पूरा नभएकोप्रति दुखः व्यक्त गर्नुभयो ।

‘घटनाका बेला आनन्द बजारमा छोरो९गोविन्द०को सालिक बनाउनेदेखि बुहारीलाई जागिर दिनेसम्मका आश्वान धेरै पाएँ,’ हरिदेवीले भन्नुभयो–“न छोरोको सालिक बन्यो, न त बुहारीले जागिर नै पाइन ।”

आनन्द बजारको मुख्य चोकमा सालिक बनाउन पुनर्वास नगरपालिकाले जग हालेको भए पनि सालिक बनाउने काम शुरु भएको छैन ।

‘सालिक बनाउने ठाउँमा धुलोले पुरिँदैछ,’ उहाँले भन्नुभयो–“ढलेको ठाउँमा छोराको सालिक बनेको भए त्यै हेरेर बस्थेँ ।” घटनापछि सहानुभूति व्यक्त गर्न आउने सबै नेताहरुले आश्वासन बाँडेको उहाँको भनाईछ ।

‘सालिक हेरेर छोरो सम्झिने दिन कहिले आउँला रु’ उहाँले भन्नुभयो–“तीन नातिनीहरुलाई यहाँका स्थानीय स्कुलहरुले भने निःशुल्क पढाएका छन ।” बुहारी लक्ष्मी गौतम ९शहीद पत्नी० लाई तत्कालीन अवस्थामा नगरपालिकामा जागिर दिने भनिए पनि त्यो पनि हालसम्म पूरा हुननसकेको हरिदेवीले बताउनुभयो । ‘नगरपालिकामा पनि अहिले ठाउँ छैन भन्ने गर्छन्,’ उहाँले भन्नुभयो– “छोरो शहीद भएकाले मिलेको सहयोगले औषधि खानेदेखि परिवारको खर्च चलाएका छौं ।”

त्यसैगरी सोही घटनामा सख्त घाइते भएर अपांग जीवन विताइरहेका बेलौरी नगरपालिका–४ शान्तिपुरका टीकाराम चापागाईंले पनि आफ्नो भूमिका लागि लड्दा सरकारी तवरबाट खासै सहयोग नभएको बताउनुभयो ।

‘घाइते भएका बेला सरकारले १९ दिन काठमाडौँमा औषधि उपचार बाहेक केही गरेन,’ उहाँले भन्नुभयो–“श्रीमती जागिर र छोरीहरुलाई पढाइखर्च मागेको भए पनि वास्ता गरिएन ।” अशक्त अवस्थामा रहेका चापागाईंले घटनापछि विभिन्न संस्था र व्यक्तिबाट करिब रु आठ लाख सहयोग मिलेको बताउनुभयो ।

घटनापछि बन्द रहेको आनन्द बजार बसही नाका अझै सुचारु हुनसकेको छैन । घटनास्थल छेउ–छाउबाट भारततर्फ आवतजावत गर्दै सामान्य घरायसी समान किनमेल गर्न थालिए पनि नाका खोल्ने विषयमा पहल भएको देखिएको छैन ।

आनन्द बजार र सीमावर्ती भारतीय बसही बजारका व्यापारी नाका सुचारु गर्न सकरात्मक देखिका छन् । तर सुचारु गर्न पहल गरिदिने कोही नभएको आनन्द बजारका व्यापारी टीकादेवी मगर बताउनुहुन्छ । “नेता आउदा नाका खुल्छ भन्छन,” टीकादेवीले भन्नुभयो–“नाका नखुल्दा दुबै तर्फ व्यापार घाटा भएको छ ।”

शहीदको सम्झनामा स्मृतिसभा

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ आनन्द बजारमा गतवर्ष भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएका शहीद गोविन्द गौतमको सम्झनामा आज स्मृतिसभाको आयोजना गरिएको छ ।

गत फागुन २६ गते आजकै दिन आनन्द बजारमा रहेको स्थानीय खोलामा अस्थायी कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षकर्मीसितको विवादले उग्ररुप लिँदा गौतमले शहादत प्राप्त गर्नुभएको थियो ।

पुनर्वास नगरपालिका र शहीद गोविन्द गौतम सीमा संघर्ष समितिले संयुक्त रुपमा शहीद गौतमको प्रथम वार्षिक स्मृतिसभा आयोजना गरेका छन् । स्मृतिसभाको उद्घाटन समारोहमा बोल्दै प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा निर्माणमन्त्री पठानसिंह बोहरा नेपाल–भारतबीच हुने सीमा क्षेत्रका समस्याको समाधान दीर्घकालीन रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

‘यहाँको दक्षिण क्षेत्रमा सीमा सम्बन्धी धेरै समस्या छन्,’ मन्त्री बोहराले भन्नुभयो–“दबै छिमेकी मिलेर समस्या समाधान गर्नुपर्छ ।” उहाँले सीमाक्षेत्रको सडक, सिँचाइ, खानेपानी लगायतको पूर्वाधार निर्माणका विषयमा प्रदेश सरकार योजनासहित अघि बढ्ने जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य तारालामा तामाङले शहीद गोविन्द गौतमको नाममा स्मृति प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिदैं ‘शहीद गौतमको नाममा केही न, केही गछौं भन्नुभयो ।’

कार्यक्रममा शहीद गौतमका बुबा खिमलाल गौतम, आमा हरिदेवी गौतम र पत्नी लक्ष्मी गौतमलाई सम्मान गरिएको छ । त्यसैगरी सोही घटनामा गम्भीर घाइते भएका बेलौरी नगरपालिका–४ शान्तिपुरका टीकाराम चापागाईंलाई पनि सम्मान गरिएको थियो ।

पुरिएर बालिकाको मृत्यु

त्यसैगरी आज पुरैनामा सडकको नालीमा पुरिएको दश वर्षीया अर्मिता सार्कीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार निर्माणाधिन सडकको ६ फिट गहिरो नालीमा खेल्ने क्रममा माथिबाट माटो खस्दा सार्कीको मृत्यु भएको हो । मतृक सार्कीसँगै खेलिरहेका स्थानीय १२ वर्षीय सनिदेव चौधरी र सुरत चौधरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रहरीकाअनुसार सार्कीसँगै नालीमा आधा पुरिएको अवस्थामा चौधरीद्वयलाई देखेपछि तत्काल स्थानीयवासीले उद्दार गरेका थिए ।

त्यसैगरी शुक्रबार पुनर्वास नगरपालिका– ५ का ३१ वर्षीया अम्बिका ओझाले आफ्नै तीन महिने छोरी पुष्पा ओझाको सलले बेहेर हत्या गरेकी छिन् । छोरीको हत्या गरी आत्महत्या गरिरहेको अवस्थामा आमालाई स्थानीयवासीले उद्धार गरेका थिए ।

छोरीको हत्यामा संलग्न आमालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिनुभयो ।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय