शेयरबजारमा ६ महिनामै २८ अर्ब लगानी थपियो, १५ अर्बको सेयर पाइपलाइनमा

शेयरबजारमा ६ महिनामै २८ अर्ब लगानी थपियो, १५ अर्बको सेयर पाइपलाइनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आवको पहिलो ६ महिनामा करिब २८ अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले सार्वजनिक गरेको अर्धवार्षिक समिक्षा अनुसार सार्वजनिक निष्काशन गत आवको तुलनामा ६.९८ प्रतिशत तथा रकम ३०.४५ प्रतिशतले बृद्धि भएको छ।

बोर्डका अनुसार ६ महिनामा ४६ वटा संस्थाहरुले २७ अर्ब ७६ करोड रुपैयाँको सार्वजनिक निष्काशन गर्ने अनुमति पाएका छन्। जसमध्ये ९ वटा कम्पनीलाई २ अर्ब ८६ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन (आइपिओ) को लागि अनुमति दिएको छ।

त्यस्तै ३ वटा कम्पनीले २ अर्व ६७ करोड रुपैयाँको थप सार्वजनिक शेयर निष्काशन (एफपिओ), ४ वटा सामूहिक लगानी कोषले ४ वटा योजनाको लागि ४ अर्व ७० करोड रुपैयाँको इकाई निष्काशन तथा ३० वटा कम्पनीले १७ अर्व ५३ करोड रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएका छन्।

३० संस्थाको ७ अर्व ८२ करोडको बोनस दर्ता

त्यसैगरी यस अवधिमा बोर्डले संगठित संस्थाको मुनाफाबाट भएको बचत तथा जगेडा कोषलाई पूँजीकरण गरी अतिरिक्त शेयरको रुपमा विद्यमान शेयरधनीहरुलाई प्रदान गरिने ३० वटा संगठित संस्थाहरुको ७ अर्व ८२ करोड रुपैयाँ बरावरको बोनस शेयर दर्ता गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा ५२ वटा कम्पनीले १० अर्ब ८९ करोड रुपैयाँको बोनस शेयर शेयर दिएका थिए।

सार्वजनिक निष्काशन प्रकृया फास्ट ट्रयाकमा

बोर्डले सार्वजनिक निष्काशन अनुमति दिने प्रकृयालाई छिटो छरितो (फास्ट ट्रयाक) रुपमा सम्पन्न गर्न धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्दे्शिका २०७४ का प्रावधानहरु लागु गरेको छ।

नियमावलीमा तोकेका सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको मितिले ७ कार्य दिनभित्र निवेदन साथ संलग्न विवरण तथा कागजातमा आवश्यकता अनुसार सुझाव दिने र तत्पश्चात सुझावअनुसार आवश्यक सुधार गरी विवरण तथा कागजात प्राप्त भएको ५ कार्य दिनभित्र निष्काशन अनुमति प्रदान गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

१५ कम्पनीको झण्डै ४ अर्बको आइपिओको पाइपलाइनमा

यस अवधिमा १५ वटा संस्थाले आईपिओ निष्काशनको लागि आवेदन दिएका छन । जसमध्ये ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजातहरुमा अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ। १० वटा कम्पनीहरुको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधनकालागि बोर्डले पठाइएकोमा सम्बन्धित संस्थाबाट प्राप्त हुन बाँकी रहेको छ। आवेदन गरेका १५ वटा संस्थाको आईपिओ निष्काशनको रकम ३ अर्व ९० करोड रहेको बोर्डले जनाएइको छ ।

१७ कम्पनीको ११ अर्व ७६ करोडको हकप्रद आउँदै

त्यसैगरी १७ कम्पनीले हकप्रद शेयर निष्काशनको लागि अनुमतिका लागि आवेदन गरेका छन । १७ संस्थाले ११ अर्व ७६ करोड बराबरको हकप्रद निष्कासनको माग गरेका छन् । जसमध्ये ३ वटालाई अनुमति प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ भने ११ वटा कम्पनीको प्राप्त बिवरणमा आवश्यक सुधारका लागि लेखी पठाएको बोर्डले जानकारी दिएको छ ।

मेरोलगानीबाट साभार

१४ अंकले बढेको नेप्सेमा कारोबार पनि बढ्यो

काठमाडौं । मंगलबार आज नेपाल स्टक एक्सेच (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको छ ।  नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको छ । आज १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक शेयर किनबेच भएको छ । यस्तै १३ वटा समूहमध्ये २ वटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचलुअल फण्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशतले, फाइनान्स १.६२ प्रतिशतले, होटल तथा पर्यटन ०.९४ प्रतिशतले, हाइड्रोपावर ०.७१ प्रतिशतले, लगानी ०.९६ प्रतिशतले, जीवन बिमा ०.२८ प्रतिशतले, लघुवित्त ०.९५ प्रतिशतले, निर्जीवन बिमा ०.५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशतले बढेको छ।

नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लागि आज यस साताको अन्तिम कारोबार दिन बिहीबार १३.९५ अंकले बढेको छ । यस दिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रहेका छन् ।  दोहोरो अंकले बजार बढ्दा १० अर्ब ३२ करोड बराबरको सेयर खरिद–बिक्री भएको छ । दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर एक लाख एक हजार ५४५ पटकमा खरिद–बिक्री भएको छ । गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, माइक्रो फाइनान्स, म्युचअल फन्ड र अन्य समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । 

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

लोकप्रिय