संघीय लिम्बुवान सामाजिक मञ्च कतारको दोस्रो अधिवेसन सम्पन्न

तिलविक्रम थेवे
दोहा, (कतार), माघ १७ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च कतारको दोस्रो अधिवेसन भव्यताका साथ सम्पन्न भएको छ ।
अधिवेसनबाट नरेन्द्र एभेङ्ग लिम्बु पुनः मञ्चको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् भने उनको नेतृत्वमा ०१७–०१९ को कार्यकालको लागी ५१ सदस्यीय केन्द्रिय कार्यसमिति गठन गरिएको छ ।
निर्वतमान महासचिव तिलविक्रम थेवे बरिष्ठ उपाध्यक्ष निर्वाचित भए भने निवर्तमान उपमहासचिव डम्बर लिबाङ मञ्चको महासचिव सर्वसम्मत निर्वाचित भएका छन् ।
दोस्रो अधिवेसनबाट रेखा राई, किरण लिङदेन, सागर तुम्बाहाम्फे, युवराज बेघा, चन्द्र आङदेम्बे सर्वसम्मत उपाध्यक्ष निर्वाचित भएका छन् । यस्तै सुमन सहयात्री योङहाङ उपमहासचिव र प्रेम हुक्पा चोङवाङ सचिव एवं प्रवक्ता निर्वाचित भए ।
कुमार योङहाङ अर्थसचिव र बविता नेम्बाङ सह–अर्थसचिव निर्वाचित भएका छन् । नगेन पाकसाँवा, तेन्जिङ शेर्पा (नरमल), होम फियाक, तेजबहादुर थेवे, मेघराज इजम, हर्क खजुम, सन्जय लिम्बु, सिताराम थेवे, ज्ञानेन्द्र लिङदेन, राज सिसाम लिम्बु, अविरमान सावदेन, हरी राई, नेत्र केरुङ, मंगलसिंह लिम्बु, मान बहादुर पाहिम, सन्जोक लिम्बु, डिकेन याक्थुङवा, मोहन केदेम, अर्जुन लक्सम, अमृत कुरुम्बाङ, राम जवेगु थेगिम, अमृत कुरुम्बाङ लिम्बु, सुश्री बिष्णु तामलिङ, मिथुन प्रसाद लिम्बु लगायत केन्द्रिय समितिमा निर्वाचित भएका छन् । अन्य सदस्यहरुलाई मञ्चको पहिलो वैठकले मनोनयन गर्नेछ ।
संघीय लिम्बुवान सामाजिक मञ्च कतारको अध्यक्ष नरेन्द्र एभेङ लिम्बुको अध्यक्षता, तिलविक्रम थेवे र डम्बर लिबाङको संचालन, रेखा राईको स्वागत मन्तव्य रहेको अधिवेसनलाई सम्बोधन गर्न नेपालबाट आएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन “मिराक” द्धारा गरिएको थियो ।
दोस्रो अधिवेसनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन “मिराक” ले संघीयताबादी र पहिचानबादी राजनितिक पार्टीहरुको गठबन्धनले उठाइरहेको पहिचानमा आधारित १०ं१ संघीयताको विषयमा, पहिचानको विषयमा, संविधान संशोधनको विषयमा, अघि बढीरहेका विभिन्न राजनितिक मुद्दाहरुको वारेमा प्रष्टयाउदै अव नेपालमा १०ं१ प्रान्तको संघीयता भएन भने मुलुकमा अर्कै परिस्थिति सृजना हुनसक्ने तर्फ सचेत गर्दै प्रवासबाट पनि वैचारिक शक्तिहरुको निर्माण हुदै जानुपर्ने आवश्यक रहेको र अन्तत यसले पनि संघीयता र पहिचानको स्थापनामा नैतिक बल पुग्ने बताउदै नेपालको शासन सत्ताको केन्द्रिय संरचनामै एकात्मकवाद हावी रहेकोले अन्तत आन्दोलन नगरीकन पहिचानमा आधारित प्रान्तहरु स्थापित हुन नसक्ने बताए ।
मुलुकको राजनितिलाई स्थायित्व दिन, संस्थागत गर्न र मुलुकलाई आर्थिक, सामाजिक समृद्धिमा लैजान संघीयताको आवश्यकता छ । एकात्मकबादी शासनले मुलुकको विकास भएन बरु एकपक्षलाई मात्र पक्षपोषण भएको भन्दै विश्व नै अहिले संघीयता र पहिचानयुक्त सिद्धान्त र मार्गतर्फ गइरहेको कुरा बताए । आफनो भाषा, भेषभुषा, धर्म, संस्कार, समुदाय, माटो, थातथलोमा पहिचानको भावना जिवन्त हुने बताउदै लिम्बुवान, खम्बुवान, तामसालिङ, तमुवान, मगरात नेवा, थारुहट, तराई मधेस, शेपा, खसान,दलित लगायतका समुदायले शदियौदेखि दवाएर राखिएको आफनो मुल पहिचानको सम्मान हुनुपर्ने, जातिजाति विचको इगो, दुश्मनी र शत्रुता नभएर समग्र विकास र स्थायित्वको लागि पहिचानमा आधारित १०ं१ प्रान्तको संघीयता हुनुपर्ने बताए ।
दोस्रो अधिवेसनलाई शुभकामना मन्तव्य राख्दै नेपाली जनप्रगतिशील मञ्च गल्फ उपशाखाका संयोजक शनि कुमार ओलीले आदिवासी जनजाति लगायत हिमाल पहाड तराई सवैलाई मिलाएर जानलाई संघीयता आश्यक रहेको बताए । अव संघीयता र पहिचान राष्ट्रिय मुद्दाको रुपमा आइसकेकोले यसको ग्यारेन्टीमा कसैले रोकेर नरोकिने बताए ।
नयाँ शक्ति नेपाल, कतारका संयोजक विवि खरालले कुनैपनि जनजातिले देश नवेचेको तर देश वेच्नेहरु अहिले राष्ट्रबादी भएकोमा आश्चर्य मान्दै देशमा अव हिजो पछाडी परिएको आदिबाासी जनजाति तराइ मधेसलाई अव पनि कतिसम्म पछाडी पारेर राख्ने हो भन्ने प्रश्न राख्दै संघीयता र पहिचानवादीहरुको आन्दोलनमा नयाँ शक्ति नेपालको ऐक्यवद्धता रहेको र संघीयता, पहिचान पक्षधरहरु विच धुव्रिकरण हुनुपर्ने र तथाकथित राष्ट्रबादीहरुलाई परास्त गर्नुपर्ने बताए ।
अन्य वैचारिक संगठनहरु नेपाली जनसम्पर्क समिति कतारका सभापति केशव भुसाल, नेपाली जनप्रगतिशील मञ्चका कार्यवाहक अध्यक्ष रकमधोज राई, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष गणेश शिवा, संंघीय समाज कतारका अध्यक्ष चन्द्रसेर राई, जनमुक्ति पार्टीका उपाध्यक्ष मन थापा, प्रवासी तराई मधेस मञ्चका मो. हुसैन खाँनले, कतार नेपाली एकता समाज उपाध्यक्ष मदन श्रीस, नेपाल पत्रकार महासंघ शाखा कतारका सभापति गणेश प्रसाद बन्जाडेले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाली प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिव शिव भुजेल, इलाम सेवा समाजका सदस्य लेखु काफले र नेपाल प्रवासी मगर संघ शाखा कतार सचिव रविन थापा मगर, किरात याक्थुङ चुम्लङ कतारका अध्यक्ष मनकुमार आङबो, सन्ध्या ग््रुप अलखोर कतारका अध्यक्ष विरेन्द्र याक्थुङवा, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष कवि तिर्थसंगम राई (कविता सहित), नेपाली महिला समाज कतारका प्रथम उपाध्यक्ष आमिना खाँन लगायतका सामाजिक संघसस्थाले शुभकामना मन्तव्य राखेका थिए भने नेपाली समुदायका अग्रज कमलमणी गुरागाई, दिलकिरण खजुमले शुभकामना मन्तव्य राखेका थिए ।
मञ्चको स्मारिका समेत विमोचन गरिएको सो उदघाटन कार्यक्रममा लिम्वुवान कलाकारहरुको केलाङ र विचविचमा गायक अमुत लिम्बु र अन्य गायकको लिम्बुवान भावना बोकेको गीतहरुको प्रस्तुतीले उदधाटन कार्यक्रममा रोचकता थपिएको थियो ।
देश र परिवार सम्झेर पसिना बगाउँदै आप्रवासी नेपालीहरु
सत्य नेपाली स्वदेशमा कामको अवसरको कमीले गर्दा लाखौं युवा विदेश जाने बाटो रोज्छन्। उनीहरूले आफ्ना घर परिवारलाई राम्रो जीवन दिने सपना बोकेर लामो यात्रामा निस्कन्छन्। तर, ती सपनाहरू विदेशको कठोर वास्तविकतामा पुगेपछि धेरैजसो खण्डित हुन्छन्। विशेष गरी, मध्यपूर्व र मलेसियाका देशहरूमा पुगेका नेपाली श्रमिकहरूले भोग्नुपरेका संघर्ष र पीडाले हरेक नेपालीको मन छोएको छ। विदेश जानुअघि नै उनीहरूको संघर्ष सुरु हुन्छ। धनकुटाका रमेश थापाले विदेश जाने तयारी गर्नका लागि आफ्नो घरको सानो जमिन बेच्नुपर्यो र छिमेकबाट ऋण लिनुपर्यो। उनलाई एक स्थानीय म्यानपावर एजेन्टले राम्रो तलब र सुविधाको सपना देखाएको थियो। तर, रमेशले एकमुष्ट चार लाख रुपैयाँ बुझाएपछि जागिरको विवरण अस्पष्ट पाइयो। जब उनी मध्यपूर्व पुगे, उनले दिनको १२ घण्टा भीषण गर्मीमा काम गरे पनि सम्झौतामा उल्लेख भएको भन्दा निकै कम तलब पाउन थाले। उनले घरमा ऋण चुक्ता गर्न सक्ने आशामा आफूलाई सम्हाले, तर एक वर्षपछि पनि उनको पारिश्रमिक ठगिएको खबर आयो। रमेशको कथा त्यस्ता हजारौं नेपालीको प्रतिनिधित्व गर्दछ, जसले विदेशमा मात्र होइन, आफ्नो घरको भूमिमा पनि अनगिन्ती दुःख सहनुपर्छ। दाङकी माया चौधरीको कथा झन् पीडादायक छ। उनी साउदी अरेबियामा घरेलु कामदारका रूपमा गएकी थिइन्। विदेश जानुअघि उनले घरमा रहेको थोरै खेत बेचिन् र छोरीको शिक्षा रोक्दै ऋणको व्यवस्था गरिन्। म्यानपावर एजेन्टले मायालाई सुरक्षित र सम्मानजनक जागिर हुने आश्वासन दिएको थियो। तर, साउदी पुगेपछि उनको वास्तविकता अर्कै भयो। उनलाई दिनरात काम गर्न लगाइयो, खानपिनको कमी भयो, र शारीरिक तथा मानसिक यातनाको शिकार बनाइयो। आफ्नो पीडा बयान गर्न र सहयोग माग्न पनि उनलाई अनुमति थिएन। माया जस्ता थुप्रै महिलाहरूले यस्ता यन्त्रणा सहँदै आफ्नो भविष्यको लागि लडिरहेका छन्। नेपालका कूटनीतिक नियोगहरू पनि यस विषयमा धेरैपटक असफल देखिएका छन्। श्रमिकहरू संकटमा परेको बेला राजदूतावास वा अन्य कूटनीतिक निकायहरूले समयमै सहयोग पुर्याउन नसक्ने धेरै घटनाहरू बाहिर आएका छन्। श्रमिकहरूले आफ्नो समस्या लिएर राजदूतावासमा जाँदा धेरैजसो समय उनीहरूको कुरा नसुन्ने वा सहायता नगर्ने गुनासो गरिरहेका छन्। कतिपय अवस्थामा कूटनीतिक नियोगका अधिकारीहरूले नै गम्भीर लापरवाही देखाउने गरेका छन्। कामदारहरूले उत्पीडनमा परेका बेला सहयोगको लागि आग्रह गर्दा, कूटनीतिक नियोगको उदासीनताले उनीहरूको समस्या झन् जटिल बनेको छ। विदेश जाने प्रक्रियामा नै म्यानपावर एजेन्टहरूको शोषण अत्यधिक देखिन्छ। धेरैजसो एजेन्टहरूले श्रमिकहरूलाई आकर्षक जागिरको सपना देखाएर ठूलो रकम असुल्ने गर्छन्। सम्झौतामा उल्लेख भएजस्तै काम र तलब उपलब्ध गराइँदैन। झनै, श्रमिकहरू विदेश पुगेपछि पासपोर्ट जफत गरिन्छ, जसले गर्दा उनीहरू बन्धक जस्तै जीवन बिताउन बाध्य हुन्छन्। नेपाल सरकारले म्यानपावर कम्पनीहरूको अनुगमनका लागि केहि कदम चाले पनि ठगीका घटना रोक्न अझै प्रभावकारी हुन सकेको छैन। विदेशमा श्रमिकहरूले भोग्नुपरेका कठिनाइहरूको सबैभन्दा ठूलो असर उनीहरूका परिवारहरूमा देखिन्छ। धेरैजसो परिवारहरूले ऋण तिर्नको लागि खेत-जग्गा बेच्नुका साथै, घरको आर्थिक अवस्था सुधार्ने आशामा रहेका हुन्छन्। तर, श्रमिकले विदेशमा पठाएको पैसा अधिकांश समय ऋण चुक्ता गर्नमै खर्च हुने गर्छ। घरमा रहेका बालबालिका र वृद्धवृद्धाहरू पनि यस आर्थिक अन्यायको प्रत्यक्ष शिकार बन्छन्। यसको समाधानका लागि प्रभावकारी नीति र कदमहरू आवश्यक छ। सरकारले म्यानपावर कम्पनीहरूको कडाइका साथ अनुगमन गर्नुपर्छ। साथै, कूटनीतिक नियोगहरूको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक छ। संकटमा परेका श्रमिकहरूलाई तुरुन्त सहायता उपलब्ध गराउन र उनीहरूको अधिकारको सुरक्षा गर्नका लागि ठोस रणनीति बनाउनुपर्छ। श्रमिकहरूको तालिम र शिक्षामा लगानी गर्नाले उनीहरूलाई जागिरको राम्रो अवसर मिल्न सक्छ। साथै, वैदेशिक रोजगारीलाई वैकल्पिक बनाउँदै देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ पनि सरकारको ध्यान जानुपर्छ। नेपाली युवाहरूको पसिना र संघर्षले सिंगो देशको अर्थतन्त्रलाई बलियो बनाएको छ। अब उनीहरूका लागि सम्मानजनक आप्रवासन सुनिश्चित गर्नु सरकार र सम्पूर्ण समाजको कर्तव्य हो। यी सबै कठिनाइहरूको बाबजुद, नेपाली श्रमिकहरूले आफ्नो सपना र परिवारको लागि दिएको बलिदान प्रेरणादायी छ। उनीहरूको दुःख र संघर्षको कथा हामी सबैका लागि गहिरो चिन्तनको विषय हुनुपर्छ। सम्मानजनक आप्रवासन सुनिश्चित गर्ने काम अब टार्न मिल्ने छैन।
अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या आधा घटाउने अष्ट्रेलिया सरकारको निर्णय
सिड्नी । अष्ट्रेलियन सरकारले आफ्नो मुलुकमा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा भारी कटौती गर्ने निर्णय गरेको छ । उसले अब राम्रा विद्यार्थी र दक्ष जनशक्तिलाई मात्र पीआर दिने भएको छ । सरकारले सन् २०२५ का लागि मात्र दुई लाख ७० हजार मात्र अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना लिने नीति अघि सारेको छ । अष्ट्रेलियामा यसअघि पाँच लाखको हाराहारीमा विद्यार्थी उच्च अध्ययन गर्न आउने गर्थे । त्यतिमात्र नभई विश्वविद्यालय र निजी क्षेत्रमा समेत ‘कोटा सिस्टम’ लगाउने भएपछि शैक्षिक व्यवसायीहरू समेत त्राहिमाम भएका छन् । दुई लाख भन्दा बढी नेपाली बसोबास गर्दै आएको अष्ट्रेलियामा पछिल्लो वर्षहरूमा पीआरसमेत कटौती हुँदैछ । यो वर्ष अध्यादेश जारी गर्दै चालीस प्रतिशतको हाराहारीमा अन्तर्राष्ट्रिय विद्यार्थी संख्या घटाउनेमा दुई ठूला राजनीतिक दल लेबर र लिबरल दल सहमत भइसकेका छन् ।
पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा केजिन राई चयन
युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ । अधिवेशनले उपाध्यक्षहरुमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण रिजाल, बासु सत्याल, महासचिव शेरबहादुर परियार, उपमहासचिवमा कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिव महिन्दो वाइवा, रमेशराज बाँस्तोला, दिनेश गौतम (साइप्रस), कोषाध्यक्ष इन्दिरा चाम्लिङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भोला लामिछाने (स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली (स्पेन), किशोर सुब्बा (पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड), दिपक भण्डारी (पोर्चुगल), बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल), जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले (माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक (माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी), बलराम राइ (पोर्चुगल) कमल पन्थी (हंगेरी) माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुभाष चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल), अमृता राई (रोमानिया), मनि तमु रहेका छन् । बुधबार सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ बलियो र एकताबद्ध बनाउनुपर्ने बताए । उनले त्यसो भएमा मात्रै पत्रकारहरु दरिलो हुने र जस्तोसुकै अप्ठ्यारोमा लड्न सकिने बताए । कार्यक्रममा बेनेलक्स तथा युरोपियन युनियनकालागि राजदूत गेहेन्द्र राजभण्डारी, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल ,समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी नेपाल केन्द्रीय उपाध्यक्ष देविका घर्ती, फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल अमेरिका पत्रकार संघ (नेजा) अध्यक्ष सुरज भण्डारी, पत्रकार महासंघ जापान शाखा अध्यक्ष शान्त पहारी, प्रेस सेन्टर नेपाल केन्द्रीय उपमहासचिव राजेश चाम्लिंग राई, प्रवास इञ्चार्ज इञ्चार्ज आरबी खड्का, प्रवास अध्यक्ष हरि नेपाली, एनआरएनए अभियन्ताहरु रामशरण सिंम्खडा, प्रवासी नेपाली मञ्च युरोप संयोजक मुक्त गुरुङ, जनसम्पर्क समिति युरोप महामन्त्री गंगाधर गौतम ,नेपाली जनप्रगतिशिल मञ्च युरोप उपाध्यक्ष गंगाप्रसाद भुसाल, प्रवासी नेपाली एकता मञ्च युरोप इन्चार्ज सुवास पोखरेल, एनपिपीएृफ आयरल्याण्ड महासचिब मिलन छन्त्याल, एनपिपीएफ जर्मनी अध्यक्ष गोबिन्द भण्डारी , राप्रपा पोर्चुगल निबर्तमान अध्यक्ष दिपक शर्मा , प्रेस युनियन पोर्चुगल सभाति बसुदा सत्याल ,प्रवासी पत्रकार महासंघ बेलायत पूर्व अध्यक्ष चिरन शर्मा, प्रवास नेपाली सम्पर्क विभाग९रास्वपा० भोला लामिछाने, पोर्चुगलकालागि पर्यटन नेपाली प्रवर्द्धक रमेशराज बाँस्तोला, एनआरएनए बेल्जियम एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, अनेसास पोर्चुगल महासचिव एनबी अन्जान, पानी अभियान्ता मित्रलाल पार्देलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले अधिवेशनको सफलताको शुभकामना दिएका थिए। पत्रकार महासंघले तोकेका केन्द्रीय प्रतिनिधि नरेश खपांगी मगर तथा पत्रकार महासंघ केन्द्रीय सचिव श्रृजना अर्यालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुनिल खड्का, रमेश खतिवडा ,सरिता बराईली, केसी लामिछाने तथा रिंकु कुमारी मिश्र रहेको निर्वाचन समितिले नयॉ कार्यसमिति चयनको प्रक्रिया पूरा गर्दै बन्द सत्र सम्पन्न गरेको थियो। उक्त कार्यक्रमको सभापतित्व प्रेम परियार, संचालन द्रोण रिजाल र स्वागत मन्तव्य राजकुमार थापाले गरेका थिए । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले १० बुँदे प्रस्तावहरू पारित समेत गरेको छ। पारित प्रस्तावहरुः १. युरोपमा रहेका नेपाली दूतावासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवासीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ । २. प्रवासमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघका शाखाहरुलाई नेपालकै शाखासरह मान्यता दिन र केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सदस्यहरुलाई पनि मतदान गर्न पाउने ब्यवस्था गर्न तथा प्रवासमा रहेका पत्रकारहरुलाई पनि महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन यो अधिवेशन माग गर्दछ। ३. युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी तालिम तथा अन्य क्षमता अभिवृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने तथा युरोप क्षेत्रका पत्रकारहरुको हकहित तथा पेशागत सुरक्षाकालागि यो अधिवेशन प्रतिवद्धता व्यक्त गर्दछ । ४. श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि यो अधिवेशन सम्बन्धित निकाय र व्यक्तिहरुमा खबरदारी गर्दछ । ५. सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं । स्वरोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ । ६. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई यो अधिवेशन आह्वान गर्दछ। ७.नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई विधानको व्यवस्था अनुरुप प्रभावकारी रुपमा लागू गर्न यो अधिवेशन माग गर्दछ। ८. सर्वोच्च अदालतले गरेको पछिल्लो हस्तक्षेपकारी आदेश तथा अन्य प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ । ९. युरोप क्षेत्रमा रहेका नेपालीहरु राहदानी नविकरण गर्न नपाएर गैरकानुनी भएर बस्नु पर्ने समस्या धेरै जटिल बन्दै गएकोले अविलम्ब युरोपका देशहरुमा राहदानी नविकरण टोली पठाउन नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ। १०. यस अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल,प्रेस सेन्टर केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,प्रेस चौतारी केन्द्रीय उपाध्यक्ष देविका घर्तीलगायत सबै अतिथिहरूलाई यो अधिवेशन धन्यवाद ज्ञापन गर्दछ।
जनप्रगतिशील मंच न्यु साउथ वेल्सको संयोजकमा जीवन न्यौपाने
सिड्नि । नेपाली जनप्रगतिशील मंच अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको तेस्रो अधिवेसनबाट जिवन न्यौपाने संयोजकमा निर्वाचित भएका छन् । २० अप्रिलमा सम्पन्न तेस्रो अधिबेशनले न्यौपानेको संयोजकत्वमा ११ सदस्यको कार्यसमिति गठन गरेको हो । अघिवेसनबाट उपाध्यक्षमा रमन के.सि., सचिवमा रबिन अधिकारी, कोषाध्यक्षमा नवकिरण गौतम, सहसचिवमा भरत न्यौपाने तथा कार्यकारी सदस्यहरूमा संतोष काण्डेल, विष्णु भुसाल, सुदीप शर्मा, गोविन्द बहादुर थापा र अशोक श्रेष्ठ चयन भएका छन्। कार्यक्रममा प्रमुख अतिथि मंचका अध्यक्ष प्रबिन कंडेलले नेपालीहरुको पहिचान दिन र सुखदुखमा साथ दिन जनप्रगतिशील मञ्चले प्रभावकारी काम गरेको बताए । महासचिव चुन्ना क्षेत्रीले मञ्चलाई अझै धेरै नेपालीहरुसामु पु¥याउनुपर्नेमा जोड दिए । न्यु साउथ वेल्स राज्यको संयोजक बाबुराम गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन न्यु साउथ वेल्स राज्यको उपसंयोजक सुमन न्यौपाने गरेका थिए । सम्मेलनले अष्ट्रेलियामा नेपाली समुदायको उपस्थिति र प्रभावलाई थप सुदृढ गर्दै छलफल र सञ्जालका अवसरहरू संलग्न गराउने मञ्चको रूपमा काम गरेको नवनिर्वाचित संयोजक जीवन न्यौपानेले बताए । न्यौपानेले यस सम्मेलनले अष्ट्रेलियामा रहेका नेपाली समुदायको उपस्थिति र प्रभावलाई अभिवृद्धि गर्ने, छलफल र सञ्जालका अवसरहरू उपलब्ध गराउने मञ्च प्रदान गर्ने विश्वास ब्यक्त गरे । नवनिर्वाचित कार्यसमितिलाई मंचका अध्यक्ष, महासचिव तथा केन्द्रीय सदस्य खिम भण्डारि लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।