संशाेधन गर्दा अर्काे नाम फेर्न पाइदैन, विवरण मात्र सच्च्याउन सकिन्छ- निर्वाचन आयाेग

संशाेधन गर्दा अर्काे नाम फेर्न पाइदैन, विवरण मात्र सच्च्याउन सकिन्छ- निर्वाचन आयाेग

दलहरूले बुझाएको समानुपातिकतर्फको सूची पूरै फेरबदल गर्न सम्भव नभएकोप्रवक्ता गुरुप्रसाद वाग्लेले बताएका छन् । ‘बन्दसूचीमा देखिएको कमजोरी सुधार गर्न समय दिन्छौं, दलहरूले आयोगले दिएको सुझावअनुसार एक साताभित्र संशोधन गरेर पेस गर्नुपर्ने हुन्छ,’ कान्तिपुर।दैनिककाे एक समाचारमा वाग्लेले भनेका छन्,‘संशोधन भनेको सबै नयाँ नाम ल्याउने होइन । आयोगले जुन सच्याउनु भनेको छ, त्यो मात्रै सच्याउने हो ।’ संशोधन गर्दा प्राथमिकता निर्धारण भने तलमाथि गर्न सक्ने उनले बताए । ‘अहिले डमी नाम पेस गरेर पछि संशोधन गर्दा अर्को नाम थप्न मिल्दैन,’ वाग्लेले भने, ‘आइतबार र सोमबार पेस भएको बन्दसूची नै वास्तविक हो । कानुनले तोकेको क्लस्टरमा नमिलेको नाम मात्रै सच्याउन सकिन्छ । अरू केही गर्न मिल्दैन ।’ निर्वाचन अधिकृतले उम्मेदवारको बन्दसूची सच्याउन सूचित गरेपछि सम्बन्धित दलले त्यस्तो बन्दसूची संशोधन गरी दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराएर तोकिएको समयावधिभित्र निर्वाचन अधिकृतसमक्ष पेस गर्नुपर्ने हुन्छ ।

उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले निर्वाचन कार्यक्रममा तोकिएको समयावधिभित्र आफ्नो नाम फिर्ता लिन चाहेमा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ । नाम फिर्ता लिन निवेदन परेमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारको नाम उम्मेदवारको बन्दसूचीबाट हटाएर दललाई जानकारी दिने कानुनी प्रावधान छ ।

उम्मेदवारले नाम फिर्ता लिएको जानकारी प्राप्त भएपछि निर्वाचन कार्यक्रममा तोकिएको समयावधिभित्र त्यस्तो दलले केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई अर्को उम्मेदवार मनोनयन गरी पठाउनुपर्ने हुन्छ । दलले अर्को उम्मेदवार पठाउँदा जुन समावेशी समूहको उम्मेदवारी फिर्ता लिएको हो, सोही समूहमा मनोनयन गरी पठाउनुपर्छ । त्यस्तो उम्मेदवारको प्राथमिकता फिर्ता लिएको उम्मेदवारकै क्रम वा बन्दसूचीको अन्तिम क्रममा समावेश गर्नुपर्ने हुन्छ । उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्दा दलले पेस गरेको उम्मेदवारको बन्दसूचीमा रहेको क्रमसमेत खुलाई सम्बन्धित समावेशी समूहका उम्मेदवारको नाम क्रमबद्ध रूपमा प्रकाशन गर्नुपर्ने हुन्छ ।

आज जुम्लामा जनसभाको तयारी, अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने

जुम्ला ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनसभालाई सम्बोधन गर्न आज जुम्ला पुग्नुभएको छ । उहाँले सिंजा क्षेत्रको कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  नेकपा माओवादी केन्द्र जुम्लाका अनुसार खस भाषा र सभ्यताको केन्द्र सिंजाको कनकासुन्दरीमा अवलोकन तथा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष नवराज न्यौपानेका अनुसार कनकासुन्दरीको गोरुचौरमा जनसभाको तयारी हुँदैछ । जिल्ला ईन्चाज नरेश भण्डारीका अनुसार अध्यक्ष प्रचण्डले अहिले राराको अवलोकन गरिरहनुभएको छ । 

भ्रष्टाचारको जगमा बनेको ओली सरकार ढाल्नैपर्छः लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस भएको आरोप लगाएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा ओलीले जनतालाई सधैँ दुःखमा राखेर र आफूलाई डेढ वर्ष लगाएर झुटो मुद्दामा फसाएको बताए । उनले सरकार नढलेसम्म ओलीले निर्दोष मान्छे फसाउँदै जाने भएकाले सरकार ढल्नुपर्ने तर्क पनि गरे । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । म फेरि पनि भन्छु – न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु ।’ आफू अदालती प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले थपे, ‘यिनीहरूको यो वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाइँ हो । राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार

पोखरा। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

म न्यायिक प्रक्रियालाई सघाउन आएको छुः लामिछाने

पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई लाई सघाउन आएको बताएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ म न्याय प्रक्रियालाई लाई सघाउन आएको छु ।’  उनले सरकारको राज्य सत्ता कब्जा गर्ने आफ्नो बर्चस्व कायम गर्ने योजना रहेको समेत उनले बताए । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने । आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् । सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।

लोकप्रिय