समाजवादी क्रान्तिको आधार तयार पार्ने संकल्पमा छौं
मलाई आज विशेष गर्वको महसुस भएको छ । जम्मा चार दिनको तयारी मुख्यतः बागमती प्रदेशसँग सम्बन्धित, विशेष प्रदेश र समपर्क समन्वय प्रदेशको संयुक्त आयोजना र तयारीमा तपाईहरुको यो अपार उपस्थितिको निम्ति म तपाईहरु सबैप्रति पार्टी र मेरो तर्फ आभार व्यक्त गर्न चाहन्छु । हृदयदेखि अभिवादन गर्न चाहन्छु ।
भनिन्छ, विहानले दिउँसोको संकेत गर्दछ । यो खबरदारी सभाको सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ । म सरकारलाई गम्भीर रुपले दिन चुनौती दिन चाहन्छु । कमरेडहरु र मित्रहरु । म विषयमा जानुभन्दा अगाडि गत महिना आएको अविरल वर्षाबाट नेपालमा जुन अपूरणीय क्षति भयो, यसप्रति दुःख व्यक्त गर्दै विपतमा ज्यान गुमाउने सबैमा श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु । शोक सन्तप्त परिवारप्रति म हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।
हिजो मात्रै मैले मकवानपुरको सिस्नेरीमा छ जना होनहार बालकहरू 'जो खेलका माध्यमबाट देशको भविष्य सजाउने भन्ने मनोविज्ञानका साथ प्रशिक्षणमा गएका थिए' का परिवारसँग भेट गरेको छु । सरकारलाई खबरदारी भन्न चाहन्छु– हिजोको लापरवाही फेरि नदोहोरियोस् । उद्धार, राहत र पुनस्र्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस् । यो एतिहासिक खबरदारी सभामार्फत युगान्तकारी परिवर्तनको निम्ति आफ्नो प्राणको आहुति दिने सहिद र बेपत्ता योद्धाहरु सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । घाइते, अपाङ्ग र सबै सहिद तथा बेपत्ता योद्धा परिवारप्रति पार्टी र मेरो तर्फबाट हार्दिक सम्मान गर्न चाहन्छु ।
यो खबरदारी सभा हो । तपाईहरुलाई पक्कै पनि थाहा छ, मैले अन्तिमपटक विश्वासको मत लिँदै गर्दा मैले भनेको थिएँ, प्रतिनिधि सभामा यो सरकार नयाँ बनेकोमा मलाई र हाम्रो दललाई कुनै चिन्ता छैन । सरकार नयाँ बन्यो भन्ने चिन्ता होइन तर यो सरकार केका निम्ति बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनकाविरुद्ध बन्यो । यो सरकार भ्रष्टाचारीहरु बचाउन बन्यो र यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर जालझेल र षड्यन्त्रको तरिकाले बन्यो । यो सरकार दलालहरुका घरघरमा गएर रातको १२ बजे बन्यो । अप्राकृतिक संसर्गबाट बन्यो । हाम्रो चिन्ता त्यहाँ छ भनेर मैले भनेको थिएँ ।
हामीले प्रतिनिधि सभामा जे व्यक्त गरेका थियौं, आज सय दिन बित्दा त्यो पुष्टि भएको छ । सरकार आफैंले पुष्टि गरेको छ । खबरदारी सभा राख्ने बित्तिकै तपाई हामीले देख्यौं, सत्तापक्षमा भएका राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याएर सडकबाट सरकार परिवर्तन गर्न खोजे, त्यसो गर्न संविधान विरोधी हुन्छ भन्ने होहल्ला गरेको पनि देख्यौं ।
मैलै प्रतिनिधिसभा भनेको थिएँ, तपाईहरुको सरकार पूरै अवधि चलोस् । अब हामी तपाईहरूको सरकार ढाल्नको लागि मुख्य काम त्यसलाई बनाउने छैनौं । सरकार पूरै चलोस् तर मैले साथसाथै भनेको थिएँ, तपाईहरु जसरी भ्रष्टाचारीहरुको रक्षाको निम्ति सुशासनका विपक्षमा बिचौलियाहरुको पक्षमा जाँदै हुनुहुन्छ । तपाईहरु आफै कुहिएर झर्नुहुनेछ । हामीलाई दोष दिन पाउनुहुने छैन । अहिले हामीले सरकार ढाल्नका लागि यो खबरदारी सभा गरेको पनि होइन् । हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति हामीले के गर्नुपछ भन्ने राम्रोलाई गहिरो गरी बोध छ ।
बरु हामीले यो खबरदारी सभाको घोषणा गर्नेबित्तिकै सत्ता पक्षमा जुन आतंक देखापर्यो, सरकार आजै ढल्छ, भोलि नै ढल्छ तर हामीले त्यसो भनेका छैनौं । खबरदार तपाईहरुको सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला । अझ बढी भ्रष्टाचारीहरूको संरक्षणतिर नजानुहोला । हामी यो खबरदारी तपाईहरुलाई भन्न चाहन्छौं ।
संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको संविधान माओवादी केन्द्रको मुख्य त्याग, बलिदान र उसको संर्घषको जगमा बनेको छ । यसमा कही कतैबाट आघात नहोस् भन्ने कुरामा हामी सबभन्दा बढी गम्भीर र जिम्मेवार छौं । त्यसकारण हामीले यो खबरदारी सभा नगर्ने हो, सरकारको बेथिति र भ्रष्टाचारका गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ ।
अराजकतावादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरूले टाउको उठाउने खतरा पैदा हुन्छ । त्यसकारण हामीले संविधानको रक्षाको निम्ति, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति र यो देशका जनताले जे जति उपलब्धि संविधानसभाबाट प्राप्त गरेका छन्, त्यसको रक्षा र अझ त्यसको सकारात्मक परिमार्जन समाजवादको निम्ति गर्न हामीले आन्दोलनमा जान जरुरी ठानेका छौं ।
हामीले खबरदारीमा जान जरुरी ठानेका हौं । तपाईहरुमा यो भ्रम छकि माओवादीले अहिले नै सडकबाट सरकार फेर्न हतारो गरेको छ । तपाईहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुहोस् । हामीले के समीक्षा गरेका छौं भने तपाईहरु जस्ता दलाल पुँजीपति बिचौलिया र भ्रष्टहरूको प्रतिनिधिका रुपमा जो पार्टीहरु रहनुभएको छ, हामीले केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्यौं ।
हामीले तपाईहरुसँग समीकरण गरेर गल्ती गर्यौं । तपाईहरुको रोग हामीलाई सर्यो भन्ने चिन्ता छ । हामी गम्भीर आत्मसमीक्षामा छौं । त्यसकारण तपाईहरु हामीसँग ढुक्क भए हुन्छ, अब तपाईहरुसँग समीकरण गरौं, हामीलाई मन्त्री बनाइदिनुस्, प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौं ।
म त बरु तपाईंहरुलाई धन्यवाद दिन चाहन्छु, हामी अलिअलि बिग्रिन थालेका थियौं । हामी अलिअलि जनताबाट कट्न थालेका थियौं । अलिअलि प्रतिक्रियावादीसँग हिँड्दाहिँड्दा हामी पनि उस्तै उस्तै हुने हो कि भन्ने खतरा पैदा भएको थियो । तपाईहरुले हामीलाई बेलैमा निकाल्दिनु भयो र जनतातर्फ फर्कादिनुभयो । त्यसकारण हामीले तपाईहरुलाई धन्यवाद भनिराखेका छौं ।
तपाईहरुले मेरो यो भनाइलाई हल्का रुपले नलिनु होला । मैले निकै गम्भीर रुपले भनेको छु । हामीले पार्टी केन्द्रमा गम्भीर आत्मसमीक्षा गरेका छौं । यस्ता भ्रष्ट पार्टी, यस्ता भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि कता कता के हो के हो भन्ने जनतालाई परेको थियो । अब हामी जनतातिर फर्केर आत्मालोचना गर्दै आत्मसमीक्षा गर्दै जनतासँग भन्ने छौं, हामी जाली फटाहसँगको संगतले अलिअलि बिग्रियौं । हामी सच्चिएर तपाईहरुको मुक्ति नहुँदासम्म हामी संर्घष गर्ने छौं भन्न पाएका छौं ।
हामीले भ्रष्टाचारका विरुद्ध सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा युगान्तकारी काम इमान्दारपूर्वक गर्दै थियौं । नेपालको इतिहासमा युगान्तकारी केही कामका रेकर्ड सबभन्दा माथिल्लो तहमा हामीले पुर्याएकै थियौं । चाहे भारतसँगका हाम्रा विद्युतसँग सम्बन्धित सम्झौताहरु हुन् । या सीमासँग सम्बन्धित सम्झौता र सहमति होउन । चीनसँग क्रस बोर्डर ट्रान्समिसन लाइनदेखि आठवटा परम्परागत नाका खोल्ने र एग्रो टेक्निकल पार्क बनाउने सहमतिसम्म हेर्दा केही ऐतिहासिक र युगान्तकारी सहमति चाइनासँग पनि भएको थियो । बडो राम्रो सम्बन्ध छिमेकीसँग हाम्रो परराष्ट्र नीति, हाम्रो स्वतन्त्रता, आत्मनिर्भरता राष्ट्रिय स्वाधिनतालाई सुदृढ गदै अगाडि बढेको थियो ।
हाम्रो नेतृत्वको सरकारले संयुक्त राष्ट्रसंघको महासभामा गरेका सम्बोधनहरु या खाद्यसँग सम्बन्धित इटालीको रोममा गरिएको सम्बोधन या जलवायु परिवर्तन सम्बोधन या हस्तक्षेपहरु इतिहासमा रेकर्ड बनेका छन् । नेपालको इजत, सम्मान र प्रतिष्ठा दुनियाँमा धेरै माथि पुगेको छ । हामी निष्कलङ्क रुपले सरकार चलाउँदै थियौं । अर्थतन्त्रका गम्भीर समस्याहरू समाधान गर्न एकपछि अर्को कदम चाल्दै यसलाई देशको पक्षमा लयमा फर्काउन कोशिस गरिँदै थियो।
राणा साशनको अन्त्यपछि सुशासनको पक्षमा कुनै क्रान्तिकारी कदम चालेको छ भने माओवादी केन्द्रको नेतृत्वको सरकारले चाल्यो । यो कसैले इतिहासमा मेटाएर मेटिने छैन । यो एतिहासिक रेकर्ड कायम भई नै सक्यो । यिनै रेकर्डहरुको बीचमा काग्रेस एमालेका साथीहरु बडो अप्राकृतिक, अपरादर्शी र जालझेलपूर्ण ढंगले आउनुभयो । यहाँ सबैले बुझ्नुभएको छ ।
अघिल्लो दिन राति हस्ताक्षर गरेर सरकार बनाइसक्ने निर्णय गरेपछि भोलिपल्ट बिहान चार घण्टा मसँग कुरा गरेर कांग्रेस जस्तो भ्रष्ट पार्टीसँग म मिल्छु त रु मैले जति कसले भोगेको छ, बुझेको छ कांग्रेस जस्तो भ्रष्टाचारी विदेशी दलाललाई रु तपाई र हामी अब मरे पनि सँगै, बाँचे पनि सँगै यस्तो जालीझेली कुरा गरियो । हामी त कल्पना पनि गर्न सक्दैनौं । यस्तो संस्कार त हाम्रो रगत र नशामा नै छैन । त्यस्तो जालझेल र सडयन्त्रबाट बनेको सरकारबाट जनताले के आश गर्ने ?
मलाई खुशी र गर्व के छ भने मैले, हाम्रो पाटी र हाम्रा नेताहरुले जनतालाई धेरै भन्न परेन, जनताले आफै बुझ्नुभयो । यो सरकार भ्रष्टाचारीहरुलाई बचाउन बनेको हो, जुन दिन दुई जना फरार अभियुक्तहरु पक्राउ परे रातारात सरकार परिवर्तन गर्ने खेल भयो । यिनहरु कालेकाले मिलेर खाउ भाले हुन भन्ने कुरा जनताले बझ्यो।
हामी अहिले खबरदारी मात्रै भनेका छौं, तपाईहरुलाई गलत्याउने भनेका पनि छैनौ, गर्दैनौ पनि । तर तपाईहरुले हाम्रो कुरालाई अस्ति बुझाएको ज्ञापनपत्रका मुद्दाहरु, जनताको मुद्दाहरुलाई, अविरल वर्षाबाट भएको जनधनको क्षति, राहत र पुनःस्थापनाको कामलाई अघि बढाउनुभएन, भ्रष्टाचारीहरुलाई जोगाउने षड्यन्त्रपूर्वक गरिएका क्रियाकलापलाई रोक्नुभएन, हामीले शिक्षामा सुरु गरेको मेरिटोक्रेसी, स्वास्थ्यको सुधारमा गरेको तमाम काम उल्टाउने काम गरेमा स्थिति सोचेजस्तो हुने छैन ।
हामीले विद्युत प्राधिकरणमा नियुक्त गरेका योग्य अधिकारीलाई हटाउने प्रयास भइरहेको छ । आम नेपालीलाई अब छर्लङ्ग थाहा छ, लोडसेडिङको भयानक अन्धकार युगबाट नेपाललाई उज्यालो युगमा कसले ल्यायो रु माओवादी केन्द्रले होइन रु यो अहिलेको सरकारलाई यो आँखाको कसिङ्गर भएको छ । विद्युत प्राधिकरण, कुलमान घिसिङ, माओवादी, प्रचण्ड, जनार्दन नारायणकाजी श्रेष्ठ भनेपछि उनीहरुलाई आतंक हुने गरेको छ ।
आज भोलि उहाँहरुले के भन्नुहुन्छ भने जबसम्म यो माओवादी रहिराख्छ, प्रचण्ड रहिराख्छ, हामीले सुख पाउने भएनौं । त्यसैले यो माओवादी सिध्याउनुपर्छ भनेर रातदिन लाग्नुभएको छ । माओवादीलाई फुटाउन सकिन्छ कि रु अरु नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ भन्ने षड्यन्त्र उहाँले चलाइराख्नु भएको छ ।
जनतालाई भने विस्तारै माओवादी बलियो भएन भने हामी बर्बाद हुन्छौं भन्ने बोध हुँदै गएको छ । त्यसकारण माओवादी बलियो हुनैपर्छ भन्ने जनतामा परेको छ । प्रतिक्रियावादीलाई कसरी माओवादी कमजोर पार्ने भन्ने छटपटि छ भने जनतालाई एकपटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता भएको देखेको छु । म सम्पूर्ण नेपालीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईहरुको भावनाप्रति इमान्दार भएर अन्तिम समयसम्म हामी जनताको हक अधिकार र मुक्तिको निम्ति लगिराख्नेछौं ।
हामीले पहिले नै भनेका छौं, अब हामी चुनाव तपाईहरु जस्ता बेइमान र भ्रष्ट बिचौलियाका प्रतिनिधि पार्टीसँग मिलेर लड्ने छैनौं । जति ल्याए पनि एक्लै लड्ने छौं । हामीले ६४ मा एक्लै लडेको हो र देशको सबैभन्दा ठूलो पार्टी भएको हो । हामीले बीचमा केही गल्ती गर्यौं । जनतासँग सम्बन्ध जति बलियो बनाउनुपथ्र्यो, सकेनौं । हामी त्यो गल्ती सच्याउन चाहन्छौं ।
हामी जनतातिर फर्किन चाहन्छौं । अस्ति चितवनमा भएको बेपत्ता योद्धा कमरेड दण्डपाढाी न्यौपानेको स्मृति कार्यक्रममा कमरेड विप्लबले हामी एकता गर्छौं, ८४लाई ६४ बनाएर देखाउछौ भनेर उद्घोष गर्नुभयो । माओवादी फेरि एक हुन्छ र बनाइन्छ र एक्लै चुनाव लडेर कांग्रेस र एमाले जस्ता बेइमान र भ्रष्ट पार्टीहरुलाई उचित सजगाय जनताकै तहबाट दिइन्छ।
हिजो सामन्ती निरंकुशताकाविरुद्ध, राजतन्त्रकाविरुद्ध हामीले जनयुद्धका माध्यमबाट जनमुक्ति सेना खडा गरेर देशका सबै उत्पीडित वर्ग, जाति क्षेत्र, लिङ्ग समुदाय सबैलाई जगाएर एउटा नयाँ राजनीतिक आन्दोलनका साथ देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्यायौं । मलाई अहिले पनि के विश्वास छ भने अर्को एउटा नयाँ अभियान (त्यो सशस्त्र होइन्च) लाइने छ, त्यो जनक्रान्तिको माध्यमबाट जसलाई ग्रिन रिभलुसन भन्छन् आजकल ।
माओवादीले गरेको खबरदारी सभामा त जनताको यत्रो उपस्थिति रहेको छ भने भोलि हामीले विरोध सभा भनेर देशैभरिबाट जनता ल्यायौं भने त्यो एउटा नयाँ क्रान्ति हुनेछ । त्यो क्रान्तिबाट अहिलेका सबै बिचौलिया, दलालह र भ्रष्टहरूको शासन अन्त्य हुनेछ र जनताको वास्तविक साशन स्थापना हुनेछ । त्यसको निम्ति मैले विभिन्न ठाउँमा भनेको छु म थाकेको छैन । हाम्रा नेताहरू कोही पनि थाकेका छैनन् । हाम्रा कार्यकर्ता र हाम्रा समर्थक थाकेका छैनन् ।
जब माओवादी जनतातिर फर्किन्छ, मलाई विश्वास छ जनताले फेरि आफ्ना छोराछोरीहरुलाई माया गर्नेछन् । आफ्ना छोराछोरीहरुलाई माफी दिनेछन् । र फेरि यही पार्टीको नेतृत्वमा एउटा नयाँ अभियानमा जानेछन् । मैले अब जनताका छोराछोरीलाई बन्दुक बाँड्नु छैन, उत्पादनको औजारका औजार बाँडेर, देशमा अर्थतन्त्रलाई नयाँ गति दिएर नेपाली युवालाई देशभित्रै रोजगारीका अनगिसन्त अवसर सृजना गर्ने सपना पूरा गर्नुपर्ने छ । हामीले पार्टीको हेटौडा महाधिवेशनबाट उत्पादन ब्रिगेडको परिकल्पना गरे पनि लागु गर्न सकेनौं, अहिले म त्यसको समीक्षा गर्दैछु ।
अब युवाहरुलाई उत्पादनका औजारसहित उत्पादनको एउटा नयाँ सेना बनाएर दलालहरुको भ्रष्टाचार र बेइमानी अनि विदेशीको हैकम र हस्तक्षेपको अन्त्य गर्ने एउटा नयाँ अभियान चलाउने आँट गर्दैछौं । मैले भन्ने गरेको छु, मलाई अहिले फरक जोश आइरहेको छ । हुन त म ७० वर्ष भएँ तर ७० पुगे जस्तै लाग्दैन । म फेरि एउटा क्रान्तिको नेतृत्व गर्नसक्छु भन्ने आँट छ । म आफूले हेर्दाहेर्दै यत्रो ठूलो परिर्वन बिचलनतिर जालाकि भन्ने सबैभन्दा ठूलो डर छ । त्यसो भएको हुनाले हामी एउटा नयाँ आन्दोलन, नयाँ अभियानमार्फत उपलब्धिको रक्षा मात्रै होइन थप उपलब्धि हासिल गर्न सक्नेछौं भन्ने विश्वास लिएको छु ।
भ्रष्टाचारको कुरा गर्दा हाम्रो सिस्टमलाई सोच्नुपर्ने हुन्छ । जबसम्म हाम्रो देशमा चुनाव लड्नको लागि करोडौं खर्च गर्ने सिस्टम रहन्छ, भ्रष्टाचार रोकिँदैन । केही मान्छेलाई कारबाही गर्दैमा सिस्टम गलत भयो भने भ्रष्टाचार त्यहीबाट जन्मिराख्छ । त्यसकारण जनताद्वारा निर्वाचित कार्यकारी प्रमुख भयो र उसले विज्ञहरुलाई मन्त्री बनाउने व्यवस्था भयो भने भ्रष्टाचारको अन्त्य त्यहीबाट गर्न सकिन्छ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाइयो भने त्यहाँ भ्रष्टाचार हुँदैन ।

अर्थतन्त्रको स्थिति के भएको छ अहिले रु दिन प्रतिदिन ओरालो लागिरहेको छ । हामीले उकालो लगाउँदै लगेका थियौं । अहिले ओरालो लागेको छ । त्यो जनता, व्यापारी व्यावसायीले भोगिराखेका छन् । त्यसकारण हामीले सरकारलाई हामीले धेरै भन्नु पर्दैन, जनताले राम्रोसँग बुझेका छन् ।
मलाई एउटा आरोप थियो, यो भाटभटेनी भन्ने प्रचण्डको हो । दुईचार वर्ष अगाडिदेखि म होइन भन्छु, पत्याउने कसैले होइन, प्रचण्डकै हो भन्याछन् हिड्याछन् मान्छेहरु । अब हाम्रो सरकारले छोपेर मुद्दा चलाउँदा पनि यो प्रचण्डकै हो भनेका थिए मान्छेहरुले । म हैरान थिएँ, यो के गरी कसरी क्लियर गर्ने होला भनेर । अहिले केपीजीले क्लियर गर्दिनुभयो, धन्यवाद केपी जी । त्यसको सेयरहोल्डर त तपाई पो रहेछ । भ्रष्टाचारी त तपाई पो रहेछ भनेर तपाईले नै क्यिर गरिदिनुभयो मैले बोल्नै परेन ।
अब आजभोलि एउटा समाचार सुन्छु । मलाई अनौठो लाग्छ । मैले केहीदिन अगाडि एउटा कार्यक्रममा रबिन्द्र मिश्रसँग भेट भयो, त्यो कार्यक्रममा उनले तपाईसँग भेट्न चाहान्छु भने र मैले हुन्छ भनें । अब मैले उनलाई भेट्नै नहुने त कुरा होइन। हिजोको पत्रकार, अहिलेको राजनीति गर्ने मान्छे । मैले उनलाई के भेटेको थिएँ, प्रचण्डले ज्ञानेन्द्र शाहलाई भेट्यो भन्ने स्याल हुँइया छ ।
एकथरिले यही भेट्यो भन्ने र एकथरिले झापा गएको बेला भेट्यो भने । हिजो एक जना वरिष्ठ पत्रकारले ज्ञानेन्द्र शाहलार्ई भेट्यो प्रचण्डले भनेर लेखिदिनुभएछ । म यस्ता भ्रामक झुटा बैमानीपूर्ण प्रचार गर्नेहरुप्रति खेद प्रकट गर्दछु, भर्त्सना गर्न चाहान्छु । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति फेरि एउटा क्रान्ति गर्छु भनेर अगाडि बढ्या छ, उसलाई बदनाम गर्न ज्ञानेन्द्र भट्यो भनियो, यो सबै झुट हो ।

हामीले चाँहे मिटरब्याज पीडितका कुरा गरौं, चाहे नागरिकताविहिन नेपाली नागरिकलाई नागरिकता दिने कुरा । सामाजिक सुरक्षा कोषमा आबद्धका निम्ति नीति नियम बनाउने कुरा गरौं । हामी लगातार यसमा अगाडि बढि नै राख्यौं । अहिले कताकता फेरि एकथरीले के भन्छन् भने यो खबरदारी सभा प्रचण्डले किन राखेको रे भने रवि लामिछानेलाई मुद्दाबाट बचाउन भनेर प्रचार भएको छ । हामीले बडो प्रष्ट हिजो पनि भनेका थियौं, दोषी कोही बच्न हुँदैन, निर्दोष कोही फस्न हुँदैन ।
हामीले हिजो भ्रष्टाचारविरुद्धको अभियानमा त्यही हो भनेको र हामी अहिले पनि भन्छौं, सबै सहकारी पीडितहरुले न्याय पाउनुपर्दछ । लघुवित्त पीडितहरूले न्याय पाउनुर्दछ । मैले सरकारमा हुँदा सहकारी पीडितहरुको पक्षमा न्याय दिनको लागि पचासौं बैठक सिंहदरबारमा राखेको छु । सहकारी ठगहरुलाई कारबाही गर्नुपर्छ भन्ने कुरामा हामी कहिकतै अन्योलमा थिएनौं । मैले भनेको यति मात्रै हो, जतिबेला संसदमा सहकारीसँग सम्बन्धित बहस चल्यो, मैले छानविन समिति बनाउन उचित हुन्छ भन्ने कुरा राखेको हो ।
तपाईहरुलाई थाहा होस्, त्यतिबेला रवि लामिछानेको कुरा चलिराख्या थियो । रवि लामिछानेसँग कुरा गर्दा रवि लामिछानेलाई पनि समिति बनाएर छानबिन गर्नु उचित हुन्छ, तपाईं दोषी हो भने तपाईले कारबाही भोग्न तयार हुनुपर्छ । तपाई दोषी होइन भने तपाई उन्मुक्ति पाउनुपर्छ, डराउनुपर्ने कारण छैन भन्या हो मैले । त्यहीअनुसार रबिले पनि बनोस् भनेको हो । बरु बन्न हुँदैन भन्ने केपी ओलीजी हो । रबिलाई हरहालतमा बचाउनैपर्छ भन्ने हिजो केपी ओली हो । तर अहिले सरकारले फरक रवैया अपनाएको छ । यसमा हाम्रो आपत्ति छ ।
अस्ति हामीले ज्ञापनपत्र बुझाउँदा पनि सरकारलाई भन्यौं । त्यही प्रतिवेदनमा नाम उल्लेख भएका अझ गम्भीर गल्तीको नाम उल्लेख भएका एमाले र कांग्रेसका नेता किन पक्राउ गिरिएन ? राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने तरिका जो छ, सरकारको बेठिक छ । हामीले भनेकै हो ।
तपाईहरुलाई पक्कै याद होला, प्रचण्ड र प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीका विरुद्ध कारबाही गर्दा यदि भ्रष्टाचारको मुद्दामा प्रचण्डै देखापर्यो भने त्यसलाई पनि गिरफ्तार गर भन्या हो मैले । यहाँ त्यतिबेलाको गृहमन्त्री र म सँगै सिआबीसँग बसेर तपाईहरुले माओवादीको मान्छे पर्यो भनेर बचाउन पर्दैन । अरुको कुरा छोड्दिनु, प्रचण्ड देखापर्यो भने पनि पक्रिनु भन्ने मान्छेले आज कसैलाई बचाउन सभा गर्नुपर्छ ?
हाम्रो पार्टीलाई र मलाई केमा गर्व छ भने केही सकारात्मक र राम्रा कामका कारणले र एमाले कांग्रेसका नकारात्मक कामका कारणले जनताले एकचोटी माओवादीलाई फेरि हेर्नपर्ने ठान्यो । हामीलाई गर्व छ । हामी खुशी छौं । जनतालाई हामी विशेष रुपले बधाई भन्न चाहन्छौं ।
हामीलाई केही धुलोमैलो लागेकै थियो । यो हामीभित्रको धुलो मैलो पखाल्ने अवसर हो । हामीलाई एउटा मौका चाहिएको छ । माओवादी बलियो भएन भने अहिले तपाई हामीले देखेका छौं । मध्यपूर्वमा एउटा लडाईको विष्फोटक स्थिति छ । मान्छेहरुले तेस्रो विश्वयुद्ध सुरु भैसक्यो समेत भनेका छन् ।
कोहीले छिट्टै अब तेस्रो विश्वयुद्ध हुन्छ भन्न थालेका छन् । त्यो स्थिति एकातिर छ भने नेपालको भूराजनीतिक स्थितिका कारणले यदि हामी नेपाली जनता सजग, संगठित र जागरुक भएनौं, हामी आन्दोलित भएनौं भने राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता दिनप्रतिदिन खतारामा पर्ने स्थिति छ । नयाँ शीयुद्धको इपिसेन्टर केन्द्रविन्दु नेपाल त हुने होकी भन्ने चिन्ता पैदा भएको छ ।
यहाँ अघि कुरा आयो स्टेट पार्टनरशीप प्रोग्राम ९एसपीपी० अमेरिकाको सुरक्षासँग सम्बन्धित एउटा ठूलो रणनति मानिएको छ र हामी नेपालले त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सक्दैन भन्दैआएका छौं । यसमा सैद्धान्तिक सम्झौता हिजो आजकै प्रधानमन्त्री भएको बेलामा उहाँकै प्रतिनिधि परराष्ट्रमन्त्री भएको बेलामा भएको थियो । हिजो अमेरिकाका केही मिडियाहरुमा नेपालले २०१९ मै सम्झौता गरेको थियो भनेर समाचारहरु आएका छन् । त्यसकारण हामी सबै सजग हुन जरुरी छ ।
तपाई हामी सजग हुँदा नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्छ । यस सन्दर्भमा माओवादी केन्द्रले सबै देशभक्त, वामपन्थीहरु सबैलाई एकताबद्ध गर्ने र सबभन्दा पहिले माओवादीलाई नै एकताबद्ध गर्ने एउटा संकल्प लिएको छ । हामी नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न चाहन्छौं। म यसको निम्ति अपिल गर्न चाहन्छु ।
म अर्को कुरा के भन्न चाहन्छु भने अर्थतन्त्र र उद्योगका सम्बन्धमा मैले पछिल्लो प्रधानमन्त्रीत्वकालमा हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योग, बुटवल धागो कारखाना, विराटनर जुट मिललगायतका रुग्ण र बन्द भएका उद्योगहरुलाई पुनः सञ्चालनका लागि दजनौं बैठक गरेर प्रक्रिया अगाडि बढ्दै थियो । तर, अहिलेको सरकारले बाँकी रहेका सार्वजनिक संस्थान र उद्योगहरुलाई पनि निजिकरण गर्ने निर्णय गरेको छ । बिचौलियाहरुलाई बेच्दै छ । म यहीबाट फेरि भन्न चाहन्छु, एउटा पनि सार्वजनिक संस्था बिचौलियालाई बेच्ने काम भयो भने त्यो नेपाली जनतालाई सैह्य हुनेछैन ।
म प्रधानमन्त्रीजीको बारेमा मैले केहि भन्न चाहान्न । तपाईहरुलाई थाहा नै छ । प्रधानमन्त्रीजीको एकदमै खास स्वभाव छ, एकदमै खास । अरुले ‘गर्नुहुन्न’ भनेपछि त्यही नगरी नहुने । कहीँ न कहीँ स्थिति भत्काउनै पर्ने, नियम मिच्नै पर्ने, शक्तिको दुरुपयोग गर्नैपर्ने । कसै न कसैलाई होच्याउनैपर्ने, अपमानित गर्नैपर्ने । प्रतिशोध र संसद विघटनको धङ्धङीबाट पनि उहाँ अझै व्युँझनुभएको छैन । खासमा व्युँझने र आत्मसमीक्षा गर्ने उहाँको चरित्र नै होइन ।

अपराध पनि उहाँ उत्सवका रुपमा गर्नुहुन्छ । उहाँको शैली, चरित्र, व्यवहार र सोच केहीले पनि लोकतन्त्रको प्रतिनिधित्व गर्दैन । बाढीपहिरोमा देखिन्न सरकार । प्राकृतिक विपत्तिमा देखिन्न । कहाँ देखिन्छ रु दल विभाजन गर्न, उपसभामुख हटाउन, कुलमानहरु हटाउन । आजकल कसैले सोध्दा पनि सोध्दैन–कहाँ पुग्यो भुटानी शरणार्थी काण्ड र? कहाँ पुग्यो बाँसवारीको जग्गा काण्ड ? कहाँ पुग्यो गिरिबन्धु काण्ड ? कहाँ पुग्यो वालमन्दिर काण्ड ? किनकि सबैलाई थाहा छ, यो काण्ड खोतल्न होइन, काण्ड मिलाउन आएको सरकार हो ।
विद्युत प्राधिकरणमा सरकार जे गर्न खोज्दै छ, हाम्रो खबरदारी छ । भूटानी शरणार्थी काण्डलाई जता पुर्याउन र इमान्दार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ, हाम्रो खबरदारी छ ।
विश्वविद्यालयमा मेरिटोक्रेसी मिच्दै हुनुहुन्छ, हाम्रो खबरदारी छ । गिरिबन्धुलगायतका नीतिगत भ्रष्टाचारहरुमा रफु भर्दै हुनुहुन्छ, हाम्रो खबरदारी छ । अहिलेकै प्रधानमन्त्रीे हिजो प्रधानमन्त्री हुँदा बनाएका वैदेशिक श्रमका मापदण्ड कसका लागि किन उल्ट्याउँदै हुनुहुन्छ, हाम्रो खबरदारी छ । नत्र, संसद र सडकमा तपाइँहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ जसको तपाईहरुले कल्पना गर्नुभएको छैन । हामी चाहन्छौं, त्यस्तो गर्न नपरोस्, त्यस्तो नहोस् ।
आज हामी यो खबरदारी गर्न सडकमा छौं कि देश कांग्रेस एमालेको विर्ता होइन । संख्याको प्राविधिक बलमा जस्तासुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्यो भन्दामाथि जनताको अदालत छ भन्ने नबिर्सुन् । अब भनिरहनु पर्दैन, सरकारका पछाडि विचौलिया छ ।
सरकारका पछाडि माफिया छ । सरकारका पछाडि देशको दोहन गरिरहेको अपराधिक समूह छ । नक्कली भूटानी शरणार्थी काण्ड सामसुम पारियो । संसारले हेरेको छ यो घटनालाई । यसमा एकले अर्कालाई चोख्याएर कांग्रेस र एमालेले मुलुकको विश्वसनियता समाप्त पार्ने भए । त्यसकारण चाहिने भयो खबरदारी । चाहिने ठाउँमा कहीँ छैन सरकार । नचाहिने ठाउँमा जताततै छ ।
सरकारलाई केले चलाएको छ रु विचौलियाहरुको दबाब र प्रभावले । पछिल्लो निर्णय सुन्नुभयो होला, बचेखुलेका उद्योगहरु पनि अब सरकारले निजीकरणका नाममा स्वार्थ समूहहरुलाई सुम्पिँदै छ ।
टिनको छानोमाथि उभिएको एउटा परिवारले काठमाडौंको मुटुमा चार घण्टासम्म उद्धार पाएन । यिनीहरुको सरकारले यो सय दिनमा ७० नम्बर ल्यायो रे १ मैले भनेको होइन, यिनीहरु आफैंले भनेको हो । अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर कस्तो होला रु मैले निरन्तर भन्दै आएको छु, संसदको पहिलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो दल एमालेलाई विश्वास, आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको छ ।
केपी जीले बेलाबेलामा भन्ने गर्नहुन्छ दुई तिहाई छ हामीसँग । तपाईले दुई तिहाईको कुरा गरेको विल्कुल सुहाउँदैन । नेकपा एक्लैको दुई तिहाई भएको बेला प्रधानमन्त्री हुँदा आफ्नै दुईतिहाईमा बञ्चरो हान्ने नेताले कांग्रेसको बैशाखीको दुईतिहाईको धाक दिन मिल्छ रु आफ्नै दुई तिहाई हुँदा त संविधान मिचेर संसद विघटन गर्ने र त्यो दुईतिहाईलाई प्रहार गर्नेले कांग्रेसको बुई चडेर मेरो दुई तिहाई छ भनेको छ, कति लाजमर्दो ?
त्यसकारण संख्या होइन सत्य ठुलो कुरा हो । संख्या होइन जनता ठूलो कुरा हो । हामी सत्य र जनताको पक्षमा छौं । हाम्रो जीत हुन्छ । छोटो समयको सूचनामा खबरदारीसभामा देखिएको अपार उपस्थिति र उत्साहले हामीलाई एउटा नयाँ उर्जा दिएको छ, एउटा नयाँ आन्दोनको निम्ति, एउटा नयाँ अभियानको निम्ति । हामी हतारोमा छैनौं । तर जनतासँग मिलेर एउटा नयाँ अभियानमार्फत समाजवादको आधार, समाजवादी क्रान्तिको आधार तयार पार्ने संकल्पमा छौं । यसलाई कसैले खेलाची नठानोस् । म तपाईहरु सबैलाई यही अपिल गर्न चाहन्छु ।
अब खबरदारीसभालाई देशका सबै पालिकामा, देशका सबै वडामा हामी कार्यक्रम बनाएर पुर्याउने छौं । अन्तिममा जरुरी पर्यो र सरकारले निउ खोज्यो भने संसदभित्र विशेष अधिवेशनको माग गर्नेछौं । विशेष अधिवेशन माग गर्नसक्ने संख्या विपक्षीहरुसँग छ । त्यो माग्ने छौं र संवैधानिक तरिकाले उनीहरुका विरुद्धमा संर्घषमा जानेछौं । दिन उनीहरुले हाम्रो कुरालाई गम्भिर रुपले लिएनन् भने यो खबरदारी सभा विशाल विरोध सभा र आन्दोलनमा परिणत हुने छ । अब हेक्का राख्ने जिम्मा सरकार कै हो ।
धन्यवाद । अभिवादन ।
(अध्यक्ष प्रचण्डले २०८१ कार्तिक १० गतेको खबरदारीसभामा गर्नुभएको सम्बोधनको सम्पादित अंश)
किन नेपाली युवाहरूको भरोसाको केन्द्र नेकपा ?
काठमाडाैं । नेपाली युवाहरूले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई किन सम्झनुपर्छ ? किनकि नेकपा नेपाली इतिहासको सबैभन्दा ठूलो परिवर्तनको संवाहक हो, युवा ऊर्जाको अभिभावक हो र भविष्यको सुनौलो सपनाको रक्षक हो । आजको युवा पुस्ता बेरोजगारी, वैदेशिक पलायन, शिक्षा–स्वास्थ्यको महँगो बोझ र राजनीतिक निराशाको घेरामा छ । तर नेकपा यही युवा पुस्ताको आशा, विश्वास र क्रान्तिकारी ऊर्जालाई संस्थागत गर्ने पार्टी हो । नेकपाको ७० वर्षभन्दा लामो गौरवपूर्ण इतिहास, समाजवादी दृष्टिकोण र हालै सार्वजनिक गरिएको चुनावी प्रतिबद्धता पत्रले प्रमाणित गर्छ—नेकपा नेपाली युवाको भरोसाको पार्टी हो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना वि.सं. २००६ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको थियो । त्यतिबेला राणाशासनको अन्धकारमा देश डुबेको थियो । नेकपाले नै पहिलो पटक ‘जमिन जोत्नेको हुनुपर्छ’ भन्ने नारा उठायो, किसान र मजदुरको अधिकारको आवाज उठायो । युवाहरू त्यसबेलादेखि नै नेकपाको झण्डामुनि गोलबन्द भए । २००७ को क्रान्ति, २०१५ को संसदीय व्यवस्था, २०३६ को विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन, २०५२ देखि २०६२/६३ को जनयुद्ध र दोस्रो जनआन्दोलन—हरेक परिवर्तनमा नेकपाका युवा योद्धाहरूले रगत बगाए । माओवादी जनयुद्धमा हजारौँ युवा लडाकुले सामन्तवाद र राजतन्त्रविरुद्ध संघर्ष गरे । तिनै युवाहरूको बलिदानले नेपाललाई गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताको उपहार दियो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिस्ट घटकहरूको एकताबाट बनेको यो नेकपाले त्यही क्रान्तिकारी विरासत बोकेको छ । युवाहरूले नेकपालाई सम्झनुपर्छ, किनकि यो पार्टीले उनीहरूलाई इतिहासको नायक बनायो, केवल मतदाता मात्र होइन । आजको युवा पुस्ता १६ देखि ४० वर्षसम्मका करिब ४० प्रतिशत जनसंख्यालाई प्रतिनिधित्व गर्छ । तर उनीहरू विदेशिन बाध्य छन् । वर्षेनी लाखौँ युवा खाडी र मलेसियाको श्रम बजारमा पसिना बगाइरहेका छन् । नेकपाले यो पीडालाई बुझेको छ । त्यसैले उसको चुनावी प्रतिबद्धता पत्र ‘युवा–केन्द्रित’ छ । नेकपाले आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने, वार्षिक ५ लाख नियमित रोजगारी र थप १ लाख ५० हजार आत्मनिर्भर रोजगारी थप्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । यो केवल संख्या होइन, युवाको सपना हो । बाँझो जमिन, नदी–नाला, वन, खनिज र जैविक स्रोतलाई उत्पादनमूलक बनाएर युवा जनशक्तिलाई स्वदेशमै काम दिने योजना छ । कृषिलाई ‘लगानी दशक’ बनाउने, सहकारी मोडेलमार्फत युवालाई कृषि, पर्यटन, सूचना प्रविधि र उद्योगमा जोड्ने प्रतिबद्धता छ । विदेशबाट फर्किएका कम्तीमा एक लाख युवालाई उद्यमी बनाउने, स्टार्टअपलाई सहुलियत ऋण र कर छुट दिने योजना युवा उद्यमशीलताको क्रान्ति हो । नेकपाको प्रतिबद्धतापत्रले युवालाई मात्र रोजगारी होइन, सम्मानजनक रोजगारी दिने वाचा गरेको छ । निजी क्षेत्रका उद्योगलाई रोजगारी सिर्जनाका आधारमा कर छुट र सहुलियत कर्जा दिने, सामूहिक/सहकारी मोडेल अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । यसले युवालाई ‘मालिक’ बनाउँछ, केवल मजदुर होइन । १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यले युवाको प्रतिभालाई राष्ट्रिय विकासमा जोड्छ । बहुआयामिक गरिबीलाई २०.१५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने योजना युवा परिवारको आर्थिक मुक्ति हो । स्मार्ट सिटी र स्मार्ट भिलेज निर्माण, १० हजार मेगावाट थप विद्युत् उत्पादन, राष्ट्रिय ग्रिड विस्तार—यी सबैले युवालाई प्रविधि, ऊर्जा र पूर्वाधार क्षेत्रमा अवसर दिन्छन् । शिक्षा र स्वास्थ्यमा पनि नेकपाको दृष्टि युवामैत्री छ । गुणस्तरीय, सीपमूलक र रोजगारीसँग जोडिएको शिक्षा प्रणाली बनाउने, प्राविधिक शिक्षालाई प्राथमिकता दिने योजना छ । महिला स्वास्थ्यमा विशेष ध्यान—स्तन क्यान्सर, पाठेघर खस्ने जस्ता रोगको निःशुल्क उपचार । युवा स्वास्थ्यलाई समेटेर समग्र सामाजिक सुरक्षाको जालो बुनिनेछ । राजनीतिक रूपमा नेकपाले संविधान संशोधनमार्फत शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचनामा सुधार गर्ने प्रस्ताव अघि सारेको छ । युवा प्रतिनिधित्व बढाउने, मेरिटोक्रेसी लागू गर्ने, भ्रष्टाचारमुक्त प्रशासन, ई–शासन, अनुहाररहित र कागजरहित सेवा—यी सबैले युवालाई ‘सुशासन’को अनुभूति दिलाउँछन् । जेन–जी विद्रोहको भावनालाई आत्मसात् गर्दै नेकपाले युवा पुस्तालाई अभिभावकत्व दिएको छ । नेकपाले मात्र युवालाई ‘परिवर्तनको संवाहक’ मानेको छ भन्ने दाबी प्रस्तुत गरिएको छ । अन्य दलहरूले युवालाई भोट बैंक मात्र ठानेका छन् भन्ने आलोचना गरिएको छ । नेकपाले उनीहरूलाई नेतृत्व दिन तयार रहेको उल्लेख छ । पार्टीको समाजवादी लोकतान्त्रिक दृष्टिकोणले युवालाई वर्गीय न्याय, समानता र समृद्धिको बाटो देखाउँछ । नेकपाको इतिहासले प्रमाणित गर्छ-यो पार्टीले कहिल्यै युवा ऊर्जालाई दबाएन, सधैँ अघि बढायो । आजको युवा, जसले ‘देश बनाउने हो, विदेश भाग्ने होइन’ भन्ने सपना देखेको छ, उसको साथ नेकपा नै हो भन्ने दाबी गरिएको छ । नेपाली युवाहरू, अब समय आएको छ । २०८२ फागुन २१ को निर्वाचनमा नेकपालाई साथ दिनुहोस् । किनकि नेकपा युवाको भरोसा हो, क्रान्तिको निरन्तरता हो, समृद्धिको ग्यारेन्टी हो भन्ने दाबी गरिएको छ । नेकपाले दिएको प्रतिबद्धता केवल कागजको अक्षर होइन, युवा जीवनको यथार्थ बन्ने विश्वास व्यक्त गरिएको छ । युवा नेतृत्व, युवा रोजगारी, युवा उद्यम, युवा स्वास्थ्य र युवा सहभागिताको सपना नेकपासँगै पूरा हुनेछ भन्ने आशा राखिएको छ । नेकपा नै नेपाली युवाको पार्टी हो हाे । नेकपा नै भविष्यको पार्टी हो । युवाहरूले नेकपालाई सम्झनु मात्र होइन, यसलाई जिताउनु पर्छ । किनकि यो पार्टीले युवालाई इतिहासमा स्थान दियो, अब युवाले यसलाई सत्ता दिने छ । नेकपा जिते युवा जित्छन्, नेपाल जित्छ । त्यसैले युवाहरुले पाँचकुने तारा चिन्हमा मतदान गर्नु आव्हान गर्नुपर्छ ।
जेन्जीको म्यान्डेट, बहुधार कम्युनिस्ट आन्दोलन र नेकपाको नेतृत्वको ऐतिहासिक आवश्यकता
-आस्था केसी/पत्रकार नेपाल फेरि एक निर्णायक मोडमा उभिएको छ। राजनीतिक संक्रमणका वर्षहरू पार गर्दै हामी संस्थागत स्थायित्वको खोजीमा छौँ। जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण र संघीयता कार्यान्वयनश-यी सबै चरणहरू केवल राजनीतिक घटनाक्रम होइनन्; यी राष्ट्र पुनर्संरचनाका ऐतिहासिक अध्याय हुन्। तर यति धेरै परिवर्तनपछि पनि नागरिक सन्तुष्ट छैनन्। विशेषतः युवा पुस्ता प्रश्न गरिरहेको छ: परिवर्तनको परिणाम कहाँ छ? जेन्जी आन्दोलन : आक्रोशभन्दा बढी उत्तरदायित्वको माग जेन्जी आन्दोलनलाई कतिपयले भावनात्मक उछाल ठान्छन्। तर गहिराइमा हेर्दा यो प्रणालीप्रतिको असन्तोषको संगठित अभिव्यक्ति हो। यो आन्दोलनले स्पष्ट सन्देश दिएको छ—नाराले होइन, नतिजाले विश्वास जितिन्छ। युवाहरू रोजगारी चाहन्छन्। उद्यमका अवसर चाहन्छन्। डिजिटल सुशासन र पारदर्शिता चाहन्छन्। भ्रष्टाचारमुक्त प्रशासन चाहन्छन्। उनीहरूलाई भाषण होइन, कार्यान्वयन चाहिएको छ। यही नै जेन्जीको म्यान्डेट हो। तर प्रश्न उठ्छ-यो म्यान्डेट कसरी सम्बोधन हुन्छ? के केवल नयाँ अनुहारले मात्र? कि अनुभव, राजनीतिक जटिलता र संस्थागत स्मृति बोकेको नेतृत्व पनि आवश्यक पर्छ? इतिहासले देखाउँछ-क्रान्तिको ऊर्जा युवा दिन्छन्, तर संरचना स्थिर गर्न परिपक्व नेतृत्व आवश्यक पर्छ। सडकको आवाजलाई नीतिगत संरचनामा रूपान्तरण गर्न सक्ने क्षमता अनुभवबाट आउँछ। कम्युनिस्ट आन्दोलन : एक धार होइन, बहुधारको विकासक्रम नेपालको कम्युनिस्ट आन्दोलनलाई केवल एउटा धारमा सीमित गर्नु इतिहासको सरलीकरण हो। विभिन्न कालखण्डमा २५/२६ भन्दा बढी घटक, विचारधारात्मक समूह र संगठनहरूले योगदान दिँदै यो आन्दोलन विकसित भएको हो। बहस, विभाजन, पुनर्गठन र एकताका प्रक्रियाबाट यसले आफ्नो मार्ग तय गरेको छ। त्यसैको एउटा महत्वपूर्ण धारका रूपमा रहेको नेपाली कम्युनिस्ट पार्टी (खासगरी नेकपा माओवादी केन्द्र) सशस्त्र संघर्षदेखि शान्तिपूर्ण राजनीतिक प्रक्रियासम्मको यात्रामा निर्णायक भूमिका खेलेको छ। जनयुद्धको नेतृत्वदेखि शान्ति सम्झौता र संविधानसभासम्मको यात्रा केवल सत्ता परिवर्तनको कथा थिएन; त्यो राज्य संरचना पुनर्गठनको एजेन्डा थियो। संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, राज्यका अंगहरूमा प्रतिनिधित्व विस्तार-यी उपलब्धिहरू आकस्मिक होइनन्, ती दीर्घ राजनीतिक संघर्षका परिणाम हुन्। युद्धबाट शान्तिसम्म : नेतृत्वको निरन्तरता नेपालले सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा प्रवेश गर्दा सबैभन्दा ठूलो चुनौती थियो—विश्वासको पुनर्निर्माण। बन्दुक बिसाएर संविधानसभाको बाटो रोज्नु ऐतिहासिक निर्णय थियो। संक्रमणकालीन राजनीतिमा सहमति निर्माण, विपक्षीसँग संवाद र जटिल समीकरण व्यवस्थापन गर्ने नेतृत्व आवश्यक थियो। यही सन्दर्भमा पुष्पकमल दाहाल (प्रचण्ड) को भूमिका उल्लेखनीय रह्यो। युद्धकालदेखि शान्ति प्रक्रिया र संविधान निर्माणसम्म उनले नेतृत्वको निरन्तरता कायम गरे। वैचारिक मतभेद हुँदाहुँदै पनि सहकार्यको राजनीतिमा प्रवेश गर्नु, बहुदलीय प्रतिस्पर्धालाई स्वीकार्नु र संविधान निर्माण प्रक्रियामा अग्रसर हुनु-यी सबै कदमले संक्रमणलाई संस्थागत बनाउने आधार तयार गर्यो। आजको राजनीतिक संरचना बहुदलीय, प्रतिस्पर्धात्मक र जटिल छ। यस्तो अवस्थामा कठोर अडानभन्दा सहमतिको राजनीति बढी प्रभावकारी हुन्छ। अनुभवसहितको नेतृत्वले मात्र विविध स्वार्थ र दृष्टिकोणबीच साझा मार्ग निकाल्न सक्छ। किन अझै एक कार्यकाल? संक्रमणकालीन नेतृत्वलाई स्थायित्व निर्माणको अवसर दिनु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक चरण हो। अधूरा सुधार र अस्थिर गठबन्धनले दीर्घकालीन लक्ष्य पूरा गर्दैनन्। यदि जेन्जी आन्दोलनको म्यान्डेटलाई संस्थागत रूप दिनुछ भने नीतिगत निरन्तरता आवश्यक हुन्छ। प्रशासनिक सुधारलाई तीव्रता दिनु, डिजिटल पारदर्शिता लागू गर्नु, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नु, युवालाई नीति निर्माणमा सहभागी गराउनु। यी सबै काम एकै कार्यकालमा चमत्कारिक रूपमा सम्भव हुँदैनन्। यसका लागि स्थिर सरकार र स्पष्ट बहुमत चाहिन्छ। अनुभव, सहकार्य क्षमता र राष्ट्रिय सहमति निर्माण गर्ने योग्यता भएका नेतृत्वलाई अझै एक कार्यकाल जिम्मेवारी दिनु समयको माग हुन सक्छ भन्ने तर्क बलियो हुँदै गएको छ। पुस्ता संघर्ष होइन, पुस्ता सहकार्य आजको बहस “पुराना भर्सेज नयाँ” हुनु हुँदैन। यो बहस “असक्षम भर्सेज सक्षम” हुनुपर्छ। जेन्जी आन्दोलनले ऊर्जा दिएको छ, अब त्यो ऊर्जालाई संस्थागत परिणाममा रूपान्तरण गर्न पाको नेतृत्व आवश्यक छ। देशलाई न केवल आक्रोशले चलाउँछ, न केवल अनुभवले। देशलाई चलाउँछ ऊर्जा र रणनीतिक परिपक्वताको संयोजनले। नेपालको राजनीतिक इतिहासले धेरै मोड देखिसकेको छ। अबको मोड भनेको स्थायित्व, उत्पादनमुखी अर्थतन्त्र र युवामुखी नीतिगत पुनर्संरचना हो। यदि हामीले फेरि अस्थिरताको चक्र रोज्यौँ भने परिवर्तनको उपलब्धि कमजोर हुनेछ। यदि हामीले स्थिरता, सहकार्य र परिणाममुखी शासन रोज्यौँ भने समृद्ध नेपालको मार्ग खुल्नेछ। अन्ततः चुनाव केवल दलगत प्रतिस्पर्धा होइन, यो राष्ट्रिय दिशा निर्धारणको क्षण हो। यो समय निराशा होइन, निर्माण रोज्ने घडी हो। अस्थिरता होइन, स्थायित्व रोज्ने समय हो। जेन्जीको म्यान्डेटलाई सम्मान गर्दै, बहुधार कम्युनिस्ट आन्दोलनको ऐतिहासिक योगदानलाई स्वीकार गर्दै र अनुभवसहितको नेतृत्वलाई अवसर दिँदै अगाडि बढ्नु नै अहिलेको सबैभन्दा विवेकपूर्ण राजनीतिक मार्ग हो। समृद्ध नेपाल भाषणले होइन, जिम्मेवार निर्णयले बन्छ। अब निर्णय हाम्रो हातमा छ। (केसी, नेपालकी पत्रकार तथा मिडिया अनुसन्धानकर्ता हुन्, जो लोकतन्त्र, समावेशिता र भुईँस्तरको पत्रकारितामा कार्यरत छिन्। उनी राजनीतिक विश्लेषण तथा नीतिगत संवादमा विशेष रुचि राख्छिन्।)
जनयुद्धको विरासतमा चिनियाँ जनमुक्ति सेनाका ८० वर्ष
जाङ ची र मा सियाओमेङ | चाइना डेली | यो वर्ष चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध (१९३१-४५) र विश्व फासिस्टविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सव हो। यो वर्ष जनमुक्ति सेना (PLA) को सन् २०२७ मा शताब्दी लक्ष्यहरू प्राप्त गर्ने यात्राको अन्तिम चरण पनि हो, जसले गर्दा सही मार्गमा रहन, "जनयुद्ध" को मूल शक्तिहरूलाई उपयोग गर्न र जनतालाई न्यायपूर्ण कारणहरूका लागि परिचालन गर्न आवश्यक छ। मार्क्सवादले भन्छ कि इतिहास भनेको मानव श्रमद्वारा मानवले सिर्जना गरेको कुरा हो। अर्को शब्दमा, जनता नै प्रगतिको निर्णायक शक्ति हुन्। जनयुद्धको सिद्धान्त यो सिद्धान्तमा आधारित छ र यो जोड दिन्छ कि हतियारहरू होइन, जनताले नै युद्धको परिणाम निर्धारण गर्छन्। जनयुद्धको विरासत विगत ८० वर्षदेखि विकसित हुँदै आएको छ। आजको बहु-क्षेत्रीय प्रतिस्पर्धाको युगमा, विजय जनतासँग बलियो सम्बन्ध कायम राख्ने, प्राविधिक र रणनीतिक परिवर्तनहरूमा अनुकूलन गर्ने, र जनतालाई परिचालन गर्ने कुरामा निर्भर हुन्छ। चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्धको समयमा, चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई परिचालन गर्यो, शत्रुको पछाडि आधार क्षेत्रहरू स्थापना गर्यो, र समाजको विभिन्न वर्गबाट समर्थन प्राप्त गर्यो। गोरिल्ला बल र मिलिसिया संगठित गरेर, पार्टीले प्रशिक्षित सैनिकहरू, सशस्त्र नागरिकहरू र स्थानीय बलहरूलाई एकीकृत गर्ने युद्ध प्रणाली विकास गर्यो। पार्टी-नेतृत्वको जनयुद्ध PLA को युद्ध प्रभावकारिताको आधार र यसको मुख्य रणनीतिक लाभ हो। यसको मूलमा जनता नै सैन्य शक्तिको वास्तविक स्रोत हुन् भन्ने सत्य निहित छ। यो सिद्धान्तद्वारा मार्गदर्शन प्राप्त गर्दै, जनताको सशस्त्र बलहरूले आफ्नो साधारण सुरुवातबाट एक प्रमुख सैन्य शक्तिमा रूपान्तरण गरेका छन्। अध्यक्ष माओत्सेतुङले "प्रोट्र्याक्टेड वार" मा जोड दिएझैँ, जनतालाई परिचालन गर्नाले कमजोर उपकरणको कमी पूर्ति गर्छ र प्रतिकूल परिस्थितिमा पनि विजय ल्याउँछ। उत्तर चीनको खुला मैदानहरूमा, जहाँ प्राकृतिक आड सीमित थियो, पार्टी-नेतृत्वको सैनिक र नागरिकहरूले लुकेका सुरुङहरू बनाए, बारुदी सुरुङहरू राखे, र "स्प्यारो वारफेयर" (हिट-एन्ड-रन) रणनीति प्रयोग गरेर जापानी बलहरूलाई अचल बनाए, शत्रुको "मपिङ-अप" अभियानलाई विफल बनाए। यो अभियानले युद्धमा जनताको रचनात्मकता र निर्णायक भूमिकालाई प्रदर्शन गर्यो। जनयुद्धको दर्शनलाई पालना गर्दै, पार्टीले वास्तविक परिस्थितिमा आधारित रणनीति र रणकौशलको पूर्ण प्रणाली विकास गर्यो। रातो सेनाको गोरिल्ला युद्धदेखि जापानी बलहरूलाई अचल बनाउने, अमेरिकी आक्रमणविरुद्धको युद्ध र कोरिया सहायता युद्ध (१९५०-५३) को समयमा रणनीतिक समायोजन, र १९४९ पछिका सैन्य सुधारहरूमा, PLA ले आफ्ना अनुभवहरूबाट सिक्दै आएको छ। जनयुद्धको अवधारणालाई समयको विकाससँगै अगाडि बढाउँदै, PLA ले युद्धमा बलियोशत्रुहरूलाई परास्त गर्ने र शान्तिकालमा राष्ट्रिय हितहरूको रक्षा गर्ने उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। आज, सूचना सञ्जाल, कृत्रिम बुद्धिमत्ता, र बहु-क्षेत्रीय युद्धक्षेत्रहरू जस्ता क्षेत्रहरूमा प्राविधिक प्रगतिले युद्धको प्रकृतिलाई परिवर्तन गरेको छ, संयुक्त सैन्य अभियानहरू आधुनिक युद्धको मूल बनेका छन् र राष्ट्रिय रक्षामा जनताको सहभागिताका लागि नयाँ अवसरहरू सिर्जना गरेका छन्। तर युद्धमा विजय अझै पनि जनताबाट प्राप्त हुन्छ। PLA ले आफ्ना शताब्दी लक्ष्यहरू प्राप्त गर्न र विश्वस्तरीय रक्षा बल बन्न सुनिश्चित गर्न, चीनले जनयुद्धको सिद्धान्त र उन्नत प्रविधिहरूलाई संयोजन गरेर भविष्यको रक्षा रणनीति तय गर्नुपर्छ। सूचना र सञ्चार प्रविधि, डेटा, र नवप्रवर्तनमा जनताको विशेषज्ञता आधुनिक युद्धमा एक महत्त्वपूर्ण रणनीतिक स्रोत र निर्णायक लाभ हो। त्यसैले, चीनले बिग डेटा, AI, र क्लाउड कम्प्युटिङ जस्ता डिजिटल उपकरणहरूको उपयोग गरेर साइबर खुफिया क्षमता बढाउन र राष्ट्रिय रक्षामा जनमत निर्माण गर्न सञ्चार संयन्त्र सुधार गर्न आवश्यक छ। त्यसैले, PLA, सरकार, र जनताबीचको एकतलाई सुदृढ गर्न र राष्ट्रिय रक्षालाई प्रोत्साहन दिन बलियो सामाजिक भावना प्रवर्द्धन गर्न आवश्यक छ। इतिहासले हामीलाई बताउँछ कि जनता नै सैन्य सफलताको आधार हुन्। नयाँ प्राविधिक चुनौतीहरूको सामना गर्दै आफ्ना शताब्दी लक्ष्यहरूको खोजीमा, PLA ले जनतामा निर्भर रहनुपर्छ, तिनीहरूको संयुक्त शक्तिको उपयोग गर्नुपर्छ र तिनीहरूको हितहरूको रक्षा गर्नुपर्छ। जनयुद्धको सिद्धान्तलाई पालना गर्दै, नयाँ रणनीतिहरू विकास गर्दै, र उन्नत प्रविधिहरूलाई आफ्नो सैन्य आधुनिकीकरण योजनामा एकीकृत गरेर, चीनले आफ्ना सशस्त्र बलहरूलाई सुदृढ गर्न सक्छ र तिनीहरूले आक्रमणलाई रोक्न, द्वन्द्वलाई रोक्न, र शान्ति कायम गर्न सुनिश्चित गर्न सक्छ। जाङ ची PLA राष्ट्रिय रक्षा विश्वविद्यालयका प्राध्यापक हुन् र मा सियाओमेङ PLA राष्ट्रिय रक्षा विश्वविद्यालय पुस्तकालयका पुस्तकालयाध्यक्ष हुन्।
कहाँ बोल्ने, के बोल्ने, जनवादी केन्द्रीयता भनेको के हो ?
काठमाडौं । हालैका दिनमा कतिपय कम्युनिष्ट पार्टीमा नेतृत्वले बोल्न दिएन या अभिव्यक्ति स्वतन्त्रता भएन भन्दै केहीले बिभिन्न माध्यमबाट कुरा उठाएको पाइन्छ । उनीहरुको तर्क हुन्छ, आफूलाई कुनै कुरा मन नपरे निर्धक्कसँग बोल्न पाउनुपर्छ । सर्सती हेर्दा यो ठीकै लाग्छ । तर गहिरिएर हेर्दा असहमति या असन्तुष्टि प्रकटको प्रक्रियालाई विधिसम्मत तवरले हल नगरिँदा यसले संगठनात्मक अराजकता र समग्र आन्दोलनलाई नै कमजोर बनाउँछ । कम्युनिष्ट पार्टी अन्य पार्टी जस्तो यथास्थितिमा नै राजनीति गर्न स्थापना भएको हुँदैन । बरु यो त युगौंदेखि एकथरि मानिसहरुले श्रोत, साधन र राज्यसत्तामा कब्जा जमाइराख्ने र अर्काथरि श्रमिक किसानहरु उपेक्षित उत्पीडित भएर बाँचरिहने अवस्था उल्ट्याउन गठन भएको हुन्छ । त्यसैले कम्युनिष्ट पार्टीले गरिब, किसान, मजदूरहरुको सत्ता ल्याउन स्थापित ठूलै शक्तिविरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने हुन्छ । यो अवस्थामा दरिलो, कसिलो र अनुशासित कम्युनिष्ट पार्टी भएन भने यो लक्ष्य प्राप्त गर्न असम्भव हुन्छ । यही कुरालाई मनन गरेर लेनिनले संगठनात्मक सिद्धान्त अन्तर्गत जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिवादन गरेका हुन । यो सिद्धान्तले एकातिर पार्टीभित्र खुलेरै सबै विषयमा छलफल गर्ने वातावरण तयार गर्छ भने अर्कोतर्फ ती छलफलहरुबाट गरिएको निर्णयलाई आफ्नो असहमतिका वावजूद दृढताका साथ पालना गर्नुपर्नेमा जोड दिन्छ । अहिलेको जस्ता आज बैठक भयो, आफ्नो कुरा मानिएन या त्यसमा निर्णय भएन भने एकैछिनमा सामाजिक सञ्जालबाट असन्तुष्टि व्यक्त गर्ने प्रवृतिलाई यो सिद्धान्तले ठाडै अस्वीकार गर्दछ । संगठनमा फरक मत हुन्छन् । सबैका मत अनुसार सर्वसम्मत निर्णय नहुन सक्छ । यी फरक मतहरु कतिपय वैचारिक हुन्छन् , कतिपय व्यक्तिगत, कतिपय संगठन या कार्यशैलीसँग जोडिएका हुन्छन् । छलफलका क्रममा यी सबै मत राख्न पाइन्छ । तर यी सबै मतकै आधारमा निर्णय नहुन सक्छ । त्यस्तो अवस्थामा निर्णय भइसकेपछि त्यसमा चित्त नबुझेपनि असल कम्युनिष्ट कार्यकर्ताले त्यसको पालना गर्दछन् । आफ्नो मत भने उनीहरुले आफू सम्मिलित समितमा राख्छन्, परिस्कृत गर्छन । र, अर्को निर्णय नहुँदासम्म यो कोशीस गरिरहन्छन् । यदि आफूलाई कुनै कुरा चित्त नै बुझेन, र बहुमतको निर्णय मान्नै सकिन्न भन्ने लागेको अवस्थामा उनीहरुले आफ्नो भिन्न मतसहित पार्टी परित्याग गर्छन् । यसले संगठनभित्र गुटको जन्म हुँदैन । अराजकता बढ्दैन । पार्टी अनुशासित हुन्छ । लोकतान्त्रिक प्रणालीको मूल आत्मा भनेको सहभागिता र सामूहिक निर्णयको सम्मान हो। कुनै पनि संस्था, संगठन वा राष्ट्रमा निर्णय प्रक्रिया त्यत्तिकै पारदर्शी र प्रभावकारी हुन्छ, जतिसम्म त्यसमा सहभागी सबै पक्षले प्रक्रियालाई मात्र होइन, त्यसको नतिजालाई पनि आत्मसात गर्छन्। हाम्रो समाजमा, विशेष गरी राजनीतिक र संस्थागत संरचनाहरूमा, यस्तो संस्कारको अभाव गहिरो रूपमा देखिन्छ। हामी बहस गर्छौं, तर्क गर्छौं, छलफलमा भाग लिन्छौं, तर जब अन्तिम निर्णय आफ्नो चाहनाविपरीत जान्छ, तब हामी त्यसबाट टाढिन थाल्छौं। आफू पराजित भएँ भनेर त्यो निर्णय अस्वीकार गर्ने, वा असहयोग गर्ने प्रवृत्ति देखाउँछौं। यो प्रवृत्ति लोकतान्त्रिक संस्कारको विरोधमा जान्छ। किनभने लोकतन्त्रमा महत्वपूर्ण कुरा भनेको सबैको आवाजलाई सुन्ने प्रक्रिया हो, निर्णयमा सबैको सहभागिता सुनिश्चित गर्नु हो। जबसम्म यो प्रक्रिया न्यायपूर्ण र समावेशी छ, त्यसको नतिजा आफूअनुकूल नभए पनि स्वीकार गर्नु आवश्यक हुन्छ। किनभने निर्णय प्रक्रियामै सहभागिता जनाइसकेपछि, त्यो निर्णय सामूहिक हो, त्यसमा आफ्नो मत अस्वीकार भए पनि, निर्णय भनेको सम्पूर्ण समूहको प्रतिनिधित्व हो भन्ने बुझाइ हुनुपर्छ। हाम्रो समाजमा गहिरिएको अर्को समस्या भनेको गुटबन्दीको मानसिकता हो। कुनै निर्णय वा चुनावी प्रक्रियामा आफू सफल भएन भने, हामी समर्थन गर्नुको सट्टा नयाँ गुट बनाउने, असहयोग गर्ने, वा संस्थालाई नै निष्क्रिय बनाउने प्रयास गर्छौं। यस्तो प्रवृत्तिले संस्थागत विकास र सुदृढ पार्टीलाई गम्भीर क्षति पुर्याउँछ। यो सोचाईले केवल व्यक्तिगत स्वार्थ र अहंकारको परिपुष्टि गर्छ, सामूहिक हित र दीर्घकालीन स्थायित्वको ख्याल गर्दैन। जनवादी व्यवहार भनेको केवल बहस गर्ने र आफ्नो कुरा राख्ने मात्र होइन, बहसपछि निस्किएको निष्कर्षलाई पनि जिम्मेवारीपूर्वक आत्मसात गर्ने प्रक्रिया हो। कुनै निर्णयमा असहमत हुने अधिकार हरेक व्यक्तिलाई हुन्छ, तर त्यो असहमतिको अभिव्यक्ति निर्णयको प्रक्रियामा सीमित हुनुपर्छ। निर्णय भइसकेपछि त्यसलाई समर्थन गर्नु, त्यसको कार्यान्वयनमा योगदान पुर्याउनु, र भविष्यमा सुधारका लागि फेरि अर्को बहसको तयारी गर्नु नै लोकतान्त्रिक परिपक्वताको संकेत हो। हामीले बुझ्नुपर्ने कुरा के हो भने सगठनमा हुने निर्णय कुनै व्यक्तिको जित वा हारको कुरा होइन, समष्टिगत चेतनाको अभ्यास हो। व्यक्तिगत भावनाभन्दा माथि उठेर संस्थागत निर्णयलाई स्वीकार गर्नु, त्यसमा योगदान गर्नु र समग्र संस्थालाई सफल बनाउनु नै दीर्घकालीन सफलता र स्थायित्वको आधार हो। असहमति हुनु स्वस्थ संकेत हो, तर असहमतिको आधारमा विघटनतर्फ जानु विनाशको संकेत हो। हामीले जति छिटो यो अन्तर बुझ्न सक्छौं, त्यति नै छिटो हामी लोकतान्त्रिक अभ्यासमा परिपक्व बन्छौं। त्यसैले आवश्यक कुरा के हो भने, हामीले छलफल र बहसमा सहभागी हुनुपर्छ, आफ्ना तर्क र विचार प्रष्ट राख्नुपर्छ। तर निर्णय भएपछि, चाहे त्यो व्यक्तिगत चाहनाभन्दा फरक किन नहोस्, त्यसलाई साथ दिनु, कार्यान्वयनमा सहभागी हुनु, र संस्थागत अखण्डतालाई प्राथमिकता दिनु हाम्रा कर्तव्य हुन्। जनवादी संस्कृतिमा सहभागीता मात्र पर्याप्त होइन, निर्णयको पालना गर्नु र त्यसको जिम्मेवारी लिन सक्नु नै मार्क्सवादी चेतनाको मूल मर्म हो। हामी भने असमति हुनेबित्तिकै पार्टी, नेतृत्व र संगठनलाई धारे हात लगाउँदै आलोचना गछौं । जबकि हामीले गरेको आलोचना पार्टी संगठनले बहुमतले अस्वीकृत गरेको हुन्छ । यस्तो अवस्थामा असहमति भएपनि त्यो कुरा पार्टी समितिमा राख्नुपर्नेमा हामी त्यसो गर्दैनौं , यसको फाइदा विरोधीहरु लिन्छन् । कतिपय अवस्थामा विरोधी शक्तिहरुले कम्युनिष्ट पार्टीभित्रका यस्ता असहमितहरुलाई उचाल्ने, प्रभावमा लिने काम समेत गर्दछन् । किनभने उनीहरुको उद्देश्य कम्युनिष्ट पार्टी कमजोर गर्नु हुन्छ । त्यसैले के भन्न सकिन्छ भने सच्चा कम्युनिष्टले आफू सम्बद्ध समितिभित्र जतिसुकै छलफल गरेपनि आफू अनुकुल नभएको अवस्थामा आफू भएकै स्थानबाट छलफल गर्नुपर्छ न कि सार्वजनिकरुपमा त्यो असहमति पोख्ुनुपर्छ । सार्वजनिकरुपमा पोखिने असहमति न त उक्त व्यक्तिका लागि लाभदायी हुन्छ, न पार्टीका लागि नै । आउन्स, अब जनवादी केन्द्रीयतको सिद्धान्तका बारेमा बुझौं । जनवादी केन्द्रीयता जनवादी केन्द्रीयता कम्युनिस्ट र समाजवादी आन्दोलनहरूमा प्रयोग हुने एक संगठनात्मक सिद्धान्त हो, जसले जनतान्त्रिक छलफल र निर्णय प्रक्रियालाई केन्द्रीकृत कार्यान्वयनसँग जोड्छ। यो सिद्धान्तले संगठनभित्र स्वतन्त्र छलफल, विचारको आदानप्रदान र सामूहिक निर्णयलाई प्रोत्साहन गर्छ, तर एकपटक निर्णय लिइसकेपछि सबै सदस्यहरूले त्यसलाई एकताबद्ध रूपमा कार्यान्वयन गर्नुपर्छ। यो अवधारणा मूलतः भ्लादिमिर लेनिनले विकास गरेका थिए र मार्क्सवादी(लेनिनवादी संगठनहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ। जनवादी केन्द्रीयताको आधारभूत सिद्धान्तहरू जनवादी केन्द्रीयताको मूलभूत सिद्धान्तहरू निम्नलिखित छन्स् जनतान्त्रिक छलफल संगठनका सबै सदस्यहरूलाई नीति, रणनीति र कार्यक्रमहरूमा खुला छलफलमा भाग लिन प्रोत्साहन गरिन्छ। यसले विभिन्न दृष्टिकोण र विचारहरूलाई समेट्न मद्दत गर्छ। सामूहिक निर्णय छलफल र बहसपछि बहुमतको आधारमा वा सहमतिमा निर्णय लिइन्छ। यो निर्णय संगठनको सामूहिक इच्छालाई प्रतिबिम्बित गर्छ। केन्द्रीकृत कार्यान्वयन एकपटक निर्णय लिइसकेपछि, सबै सदस्यहरूले त्यसलाई अनुशासित र एकताबद्ध रूपमा कार्यान्वयन गर्नुपर्छ, चाहे उनीहरू व्यक्तिगत रूपमा सहमत नहुन्। अनुशासन र एकता संगठनको एकता र प्रभावकारिताका लागि सबै सदस्यहरूले निर्णयको पालना गर्नुपर्छ। व्यक्तिगत मतभेद भए पनि संगठनको सामूहिक लक्ष्यलाई प्राथमिकता दिइन्छ। आलोचना र आत्मआलोचना संगठनभित्र गल्तीहरू सुधार गर्न र कार्यक्षमता बढाउन आलोचना र आत्म(आलोचनाको संस्कृतिलाई प्रोत्साहन गरिन्छ। जनवादी केन्द्रीयताको ऐतिहासिक पृष्ठभूमि जनवादी केन्द्रीयता सिद्धान्तको विकास भ्लादिमिर लेनिनले रुसी समाजवादी आन्दोलनको सन्दर्भमा गरेका थिए। सन् १९०२ मा प्रकाशित उनको पुस्तक के गर्ने ? मा यो अवधारणालाई स्पष्ट रूपमा प्रस्तुत गरिएको थियो। लेनिनले तर्क गरे कि क्रान्तिकारी संगठनलाई प्रभावकारी बनाउन अनुशासित र केन्द्रीकृत संरचना आवश्यक छ, तर त्यसका लागि जनतान्त्रिक प्रक्रियालाई पनि सुनिश्चित गर्नुपर्छ। यो सिद्धान्त बोल्सेभिक पार्टीको संगठनात्मक ढाँचामा लागू गरियो, जसले सन् १९१७ को रुसी क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेल्यो। पछि, यो सिद्धान्त सोभियत संघ र अन्य कम्युनिस्ट पार्टीहरूमा पनि अपनाइयो। जनवादी केन्द्रीयताको विशेषताहरू सदस्यहरूको सहभागिता संगठनका सबै तहका सदस्यहरूलाई नीति निर्माणमा सहभागी हुने अवसर प्रदान गरिन्छ। यसले संगठनलाई समावेशी बनाउँछ। केन्द्रीकृत नेतृत्व संगठनको नेतृत्वले सामूहिक निर्णयलाई कार्यान्वयन गर्न केन्द्रीकृत भूमिका खेल्छ। यसले संगठनलाई एकताबद्ध र दिशानिर्देशित राख्छ। लचकता र अनुशासनको सन्तुलन जनवादी केन्द्रीयताले स्वतन्त्र छलफल र अनुशासित कार्यान्वयनबीच सन्तुलन कायम गर्छ। यसले संगठनलाई गतिशील र प्रभावकारी बनाउँछ। संगठनात्मक एकता यो सिद्धान्तले संगठनभित्र गुटबाजी र विखण्डनलाई रोक्न मद्दत गर्छ। सबै सदस्यहरूले सामूहिक लक्ष्यप्रति बफादार रहनुपर्छ। यसरी हेर्दा, जनवादी केन्द्रीयता एक शक्तिशाली संगठनात्मक सिद्धान्त हो, जसले जनतान्त्रिक सहभागिता र अनुशासित कार्यान्वयनलाई सन्तुलनमा राख्छ। यो सिद्धान्तले क्रान्तिकारी आन्दोलनहरू र कम्युनिस्ट संगठनहरूलाई एकताबद्ध र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

