सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्न लागिपरेका छौं : प्रधानमन्त्री प्रचण्ड

सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्न लागिपरेका छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वस्थ नागरिक नै देशको सर्वाङ्गीण विकासको आधार हो भन्ने मान्यता अनुरूप सरकारले गुणस्तरीय र सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा सबै नागरिकका समान पहुँच पुर्‍याउन लागिपरेको बताएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा आयोजित कार्यक्रमलाई काठमाडौंको कमलादीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । उनले पूर्णरूपमा स्वस्थ र आरोग्यताका लागि शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने पूर्णरूपमा स्वस्थ र आरोग्यताका लागि शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्वपूर्ण छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको प्रत्याभूत गरेको छ । स्वस्थ नागरिक नै देशको सर्वाङ्गीण विकासको आधार हो भन्ने मान्यताअनुरूप गुणस्तरीय र सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा सबै नागरिकका समान पहुँच पुर्‍याउने कार्यलाई नेपाल सरकारले प्राथमिकतामा राखेको छ ।

यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त मन्तव्य

सबैभन्दा पहिला २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० जना नेपालीको दुःखद् निधन भएकोमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने एवं घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

यस अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको छु । यसका लागि नेपाल सरकारको तर्फबाट सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

पूर्णरूपमा स्वस्थ र आरोग्यताका लागि शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्वपूर्ण छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको प्रत्याभूत गरेको छ । स्वस्थ नागरिक नै देशको सर्वाङ्गीण विकासको आधार हो भन्ने मान्यताअनुरूप गुणस्तरीय र सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा सबै नागरिकका समान पहुँच पुर्‍याउने कार्यलाई नेपाल सरकारले प्राथमिकतामा राखेको छ । सबै नागरिकको मानसिक सुस्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको छ ।

नेपालमा १० मध्ये एक जना नागरिक मानसिक स्वास्थ्य समस्यासँग बाँचिरहेका छन्, दैनिक १९ जनाले यसका कारण ज्यान गुमाउने गरेका छन् । यो निकै दुःखको कुरा हो । हाम्रो समाजमा गरिबी, बेरोजगारी, लैङ्गिक, जातीय वा भूगोलमा आधारित कलंक र भेदभाव जस्ता समस्याहरू छन्, जसले मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन् । यस्ता सामाजिक विभेदले आफ्नो मानसिक स्वास्थ्यको बारेमा खुला रूपमा छलफल गर्न र उपचार लिन चुनौती थपेको छ । यस्ता प्रचलनहरू अन्यायपूर्ण र नेपालको संविधान प्रदत्त मौलिक अधिकारको विरूद्धमा छन् । यी कारणहरूले भएका सेवाहरूको समेत उपयोग हुन सकेको छैनन् ।

त्यसैले, मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कूरीतिलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्नेछ । समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्छ, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्दछ ।

हामीले मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ । त्यसैले, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ । यस वर्ष असोज २३ गते मनाउँदै गरिएको विश्व मानसिक स्वास्थ्य दिवसको मूल नारा ‘‘मानसिक स्वास्थ्यः सबैको अधिकार’’ले पनि यसको लागि आह्वान गरेको छ ।

सबै क्षेत्रहरूले पनि मानसिक स्वास्थ्य प्रवर्धनका कार्यहरूलाई प्राथमिकता दिनु उत्तिकै महत्वपूर्ण छ । हाम्रा परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलहरूमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका हाम्रा नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न हामीले अन्य देशहरूसँग समन्वय गर्न आवश्यक छ ।

स्वास्थ्य सेवा नीति निर्माताले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस सम्बन्धी नीति निर्माण र योजना तर्जुमा गर्दा सरोकारवाला पक्ष र निकायको प्रतिनिधित्व गराउनेतर्फ गम्भीर ध्यान दिनुपर्छ । तर्जुमा गरिएका योजना र कार्यक्रमहरू कार्यान्वयनका लागि प्रभावकारी समन्वय र सहकार्य जरूरी छ । त्यसका लागि आवश्यक पर्ने स्रोत र साधनको प्रबन्ध गर्न नेपाल सरकार गम्भीर रहेको कुरा पनि म जानकारी गराउँछु ।

हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट मानसिक स्वास्थ्यको सम्बोधनका लागि योगदान गर्न सकिन्छ । तसर्थ, स्वस्थ जीवनशैलीका लागि स्वस्थ आहार, पर्याप्त आराम र निन्द्रा, नियमित व्यायाम गरौँ । मद्यपान वा सुर्तीजन्य पदार्थको सेवन नगरौँ । दुःखमा साथी, सहकर्मी, आफन्तको सहयोग लिउँ र सहयोग गरौँ । तनाव र समस्यामा परेकाको कुरा सुनौँ र मद्दत गरौँ । यदि मानसिक स्वास्थ्यमा केही समस्या देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिन नहिच्किचाउँ। अन्य व्यक्तिलाई उपचार सेवा लिन उत्प्रेरित गरौँ । भेदभावरहित समाज निर्माण गर्न र सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरेमा पनि मानसिक स्वास्थ्यको निम्ति ठूलो लगानी हुनेछ ।

अन्त्यमा, विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा सबै नागरिकहरूमा सुस्वास्थ्य र दीर्घायूको कामनासहित विदा हुन्छु, धन्यवाद ।

काठमाडौंमा माओवादी केन्द्रको जुलुस (तस्विरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस  सुरु भएको छ । भ्रष्टाचार  र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो । 

काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस  सुरु भएको छ । भ्रष्टाचार  र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो । सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजारहुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित आज प्रदर्शन र खबरदारी सभा गर्दैछ । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारीसभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदवाव श्रृष्टि गर्ने पनि माओवादी केन्द्रको एजेण्डा रहेको छ । सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न, मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरुलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारी सभा गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरण लगायत सार्वजनिक संस्थाहरुमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्वपूर्ण सार्वजनिक संस्थानको बिक्री तयारीविरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्यको दबाब दिनुलाई खबरदारीसभाको एजेण्डा राखिएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन, सहकारी, मिटरब्याज र लघुवित्तपििडतहरुका समस्या समाधानका लागि आवाज बुलन्द गर्न र ठगीमा संलग्नलाई विना भेदभाव कारवाहीका लागि दबाब दिने तथा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्धनलाई पनि माओवादी केन्द्रले खबरदारी सभाको एजेण्डाको रुपमा अघि सारेको छ ।

कुलमान थप आक्रामकः बक्यौता नतिर्ने अन्य उद्योगको लाइन काट्ने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको लगानी रहेका अन्य उद्योग, कार्यालय तथा घरमा समेत लाइन काट्ने तयारी गरेको छ । लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत चौबिसै घण्टा विद्युत् उपभोग गरेर वर्षौँसम्म अर्बौँ रुपैयाँ प्रिमियम महसुल नतिर्ने उद्योगमा प्राधिकरणले बिहीबार रातिदेखि फेरि लाइन काट्न सुरु गरेको छ । बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा मात्र विद्युतको लाइन काट्दा बक्यौता नउठेको खण्डमा उनीहरूले लगानी गरेका अन्य उद्योगहरूमा पनि लाइन काट्ने तयारी प्राधिकरणले गरेको हो । त्यसपछि पनि बक्यौता नतिरेमा उद्योगीको घरमै समेत लाइन काट्ने रणनीति बनाइएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । ‘हामीले बक्यौता नतिर्ने उद्योगमा लाइन काट्न सुरु गरिसकेका छौँ, अझै बक्यौता तिर्न अटेर गरेमा उनीहरूका अन्य उद्योग तथा कार्यालयमा पनि लाइन काट्नेछौँ, त्यति गर्दा पनि बक्यौता नतिरे घरमा पनि लाइन काट्नेछौँ,’ ती कर्मचारीले भने, ‘यसका लागि कानुनले प्राधिकरणलाई पर्याप्त अधिकार पनि दिएको छ ।’ प्राधिकरणले ४९ उद्योगलाई बिहीबार कार्यालय समयसम्म बक्यौता बुझाउन अल्टिमेटम दिएको थियो । तर, बिहीबार राति बक्यौता नतिर्नेमध्ये ३४ उद्योगमा लाइन काटिएको थियो । बक्यौताको किस्ता बुझाउन सुरु गरेपछि शुक्रबार बुटवलका दुई उद्योगको लाइन जोडिएको छ । अहिले ३२ उद्योगमा लाइन काटिएको प्राधिकरणले जनाएको छ । बक्यौता बाँकी रहेका ४९ मध्ये ६ उद्योगले तोकिएको म्यादभित्रै पहिलो किस्ता बुझाएका थिए । सात उद्योगले अदालतबाट ‘स्टे अर्डर’ लिएको हुँदा लाइन काटिएको छैन । प्राधिकरणले बक्यौता नतिरेका उद्योगमा लाइन काट्न नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ र विद्युत् महसुल संकलन नियमावली, २०७८ ले दिएको अधिकार प्रयोग गरेको छ । विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा २३ मा पनि बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने व्यवस्था छ । विनियमावलीको विनियम १० मा पनि सोही व्यवस्था छ । मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाए विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्न सकिने व्यवस्था छ ।

माओवादी केन्द्रको खबरदारी सभा आज, यस्तो छ तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा आयोजना गर्दै छ । भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो । बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी  पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले जानकारी दिनुभयो ।  आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिनुभयो । सबै तयारी पुरा भइसकेको छ ।  जुलुस बागबजार, प्रदर्शनी मार्ग हुँदै १२ः ३० मा भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने छ । करिब २ घण्टामा कार्यक्रम सकिने छ । जुलुसमा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुनेछन् ।  सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन गरिएको छ । माओवादी केन्द्र प्रतिपक्षी दल बनेपछि आयोजना गरिएको यो पहिलो सभा हो । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताको कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधानका लागि माओवादीले खबरदारी गर्न लागेको जनाएको छ । यस्तै, यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागेको माओवादीले बताएको छ । यो पनि पढ्नुहोस् माओवादी केन्द्रले कात्तिक १० गते गर्ने खबरदारी सभाका लागि १० एजेण्डा तय

लोकप्रिय