सल्यान अपडेटः माओवादीको बहुमत, एमाले तेश्रो हुने संकेत

सल्यान अपडेटः माओवादीको बहुमत, एमाले तेश्रो हुने संकेत

सल्यान, जेठ २ । सल्यानमा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार, माओवादी केन्द्रले जिल्लाका तीनवटा नगरपालिका र ७ वटा गाउँपालिकामध्ये बहुमत निकायमा अग्रता लिएको हो ।

हालसम्मको मत परिणाम अनुसार, बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, वागचौर गाउँपालिका, वनगाड कुपिन्डे गाउँपालिका, ढोरचौर गाउपालिका, दार्मा

गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा माओवादी केन्द्र प्रतिष्पर्धि नेकपा एमाले भन्दा निकै अगाडि छ । नेपाली काँग्रेसले त्रिवेणी, शारदा नगरपालिकामा अग्रता लिएको छ ।  कुमाखमालिका गाउपालिकामा वडा नम्वर १ मा मतदान भैरहेको छ । केही दिन पहिले नेपाली काँग्र्ेसका वडा सदस्यका उम्मेदवारको निधन भए पश्चात आज निर्वाचन हुन लागेको हो ।

सल्यानमा नेपाली कांग्रेस र एमालेबीच तालमेल भएको थियाे ।

नेपाली कांग्रेसले दुई र एमालेले भने जिल्लाको एक गाउँपालिकामा  जित्ने सम्भावना रहेको छ ।

यस्तो छ पछिल्लो मत परिणाम

१ शारदा नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ९२७ उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२
नेकपा एमाले, प्रमुख ः राम कुमार खड्की ८४० उपप्रमुख ः सरिता हमाल मल्ल ११२०
नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रमोद कुमार श्रेष्ठ ५६१ उपाध्यक्ष ः झरणा वुढाथोकी ४०३
राप्रपा, अध्यक्ष ः मनोज कुमार प्रधान ९०३

२ वागचौर नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री १५५० उपप्रमुख –मेनका चन्द १२२२
नेकपा एमाले, प्रमुख ः लोक बहादुर डागी १३३८ उपप्रमुख ः ओका कुमारि खत्री ९६४
नेकपा माओवादी केन्द्र अध्यक्ष ः लोकमान बुढाथोकी १९९१ उपाध्यक्ष ः कल्पना पुन १४३४

३ वनगाड कुपिन्डे नगरपालिका
नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ८७८
नेकपा एमाले प्रमुख ः गोविन्द कुमार पुन ९५६ उप प्रमुख ः तालमेल
नेकपा माओवादी केन्द्र अध्यक्ष ः कर्णवहादुर वुढाथोकी ९२९ उपाध्यक्ष ः मञ्जु यरी ८४२

४ ढोरचौर गाउपालिका
नेपाली काँग्रेस अध्यक्ष ः नरबिर चलाउने १०१० उपाध्यक्ष ः बिमला रेउले ९९१
नेकपा एमाले अध्यक्ष ः चित्र बहादुर चलाउने १५१० उपाध्यक्ष ः पुष्पा वोहोरा १५४०
नेकपा माओवादी केन्द्र अध्यक्ष ः नरविर चलाऊने ११९९ उपाध्यक्ष ः भूमि वुढाथोकी १२५७

५) दार्मा गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः रामचन्द्र के.सी.१४४३ उपाध्यक्ष ः तालमेल
नेकपा एमाले, अध्यक्ष ः तालमेल उपाध्यक्ष ः दल बहादुर केसी १३३२
नेकपा माओवादी केन्द्र अध्यक्ष ः निम बहादुर केसी २७५० उपाध्यक्ष ः टिका शर्मा वली २७४५

६) त्रिबेणी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः मान बहादुर डाँगी १८२४उपाध्यक्ष ः करुणा खड्का १४७८
नेकपा एमाले, अध्यक्ष ः लोकेन्द्र सिंह खड्का १२२४ उपाध्यक्ष ः पवित्रा केसी १२०२
नेकपा माओवादी केन्द्र अध्यक्ष ः अजय रोका ६०५ उपाध्यक्ष ः लिलावती वुढा ६८७
राप्रपा अध्यक्ष ः मंगलु पुन८४

७) कपुरकोट गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः दुर्गा गिरी ५६६ उपाध्यक्ष ः ओकी महतरा ६०८
नेकपा एमाले अध्यक्ष ः भिम बहादुर सेन १२७९ उपाध्यक्ष ः तिला बुढा मगर १२२०
नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रकाश भरारी ८२२ उपाध्यक्ष ः एलिना राना ८३७

८) कालिमाटी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः भरत पुन ८२३ उपाध्यक्ष ः कमला अधिकारी ६५७
नेकपा एमाले अध्यक्ष ः दान बहादुर खत्री केसी ७०८ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी ७९५
नेकपा माओवादी केन्द्र अध्यक्ष ः पुरुषोत्तम भट्टराई १०१८ उपाअध्यक्ष ः प्रिती डिसी विसि १०६७

९) छत्रेश्वरी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः सन्तोष के.सी. १११०उपाध्यक्ष ः सिता के.सी. ९३३
नेकपा एमाले अध्यक्ष ः ओज बहादुर बुढाथोकी १०६१उपाध्यक्ष ः बुद्ध कुमारी खत्री केसी ६७१
नेकपा माओवादी केन्द्र अध्यक्ष ः चित्र वहादुर केसी ११४३उपाध्यक्ष ः राधा कुमारी शर्मा घर्ति ९२८

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

लोकप्रिय