साझाको अपांगतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

साझाको अपांगतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

ललितपुर । लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूतिगृह, वीरअस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म होचो बस गुड्ने छ । यस बसमा ज्येष्ठ नागरिक सजिलै चढ्न र झर्न सक्नेछन् । अपांगता भएका व्यक्तिलाई पनि बसमा चढ्नका लागि अरुको सहयोगको आवश्यकता पर्ने छैन ।

बसमा सवार बालबालिका, गर्भवती महिला वा अशक्तलाई आवतजावत गर्न हैरान हुनुपर्ने छैन । अस्पतालमा जानका लागि होस् वा अन्य ठाउँमा जानका लागि ज्येष्ठ नागरिक अपांग, अशक्तले कसरी पुग्ने भन्ने चिन्ता गर्नुपर्ने छैन ।

झट्ट सुन्दा नपत्याउँदो लागे पनि केही महिनापछिको काठमाडौँ उपत्यकाको दृष्य हुनेछ यो । साझा यातायातले गत साता होचो (सेमि लो फ्लोर) बस भित्र्याइसकेको छ । नेपालमा पहिलोपटक अपांग र अशक्तमैत्री बस गुड्न लागेको हो ।

बस अर्काे महिनाबाट सञ्चालनमा ल्याउन लागिएको साझा यातायातले जनाएको छ । बस अहिले दर्ताको प्रक्रियामा रहेको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “दर्ता सकिएपछि रुटको काम हुनेछ ।”

करोडभन्दा बढी मूल्यको यो गाडी साझाले झण्डै रु ३५ लाखमा भित्र्याएको हो । बसको क्षमता ४१ जना रहेको छ । साझाले बोलपत्रमार्फत बस खरिद गरेको हो । भारतीय कम्पनी अशोक लेल्याण्डले सहुलियत दरमा बस किनेको पाण्डेय बताउनुहुन्छ ।

रुट छान्दा साझाले लक्षित वर्गलाई सजिलो पर्ने र बस पनि गुड्न सक्ने कुरामा ध्यान दिएको छ । होचो बस हुनाले खाल्डाखुल्डी सडकमा गुड्न नसक्ने पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “लगनखेलबाट बाँसबारीसम्म सडक तुलनात्मक रुपमा राम्रो छ ।”

बसमा एउटा मात्रै खुड्किला हुन्छ जसले गर्दा अपांगता भएका व्यक्ति सजिलै उक्लन र ओर्लन सक्छन् । त्यो एउटा स्टेप पनि सजिलै फोल्ड गर्न मिल्छ । ह्विलचेयर सजिलै उक्लन र ओर्लन सक्ने साझाले जनाएको छ ।

साझाका अरु बसमा जस्तै यसमा पनि ७० वर्ष कटेका ज्येष्ठ नागरिकले निःशुल्करुपमा यात्रा गर्न पाउने उहाँ बताउनुहुन्छ । क र ख वर्गका अपांग र पाँच वर्षका बालबालिकाले निःशुल्करुपमा यात्रा गर्न पाउँछन् । उहाँ भन्नुहुन्छ, “महँगोमा खरिद गरेको भए पनि बसमा लक्षित वर्गमध्ये निःशुल्क चढ्ने यात्रु धेरै छन् ।”

साझाले उपत्यकाभित्र चल्ने र बाहिरका लागि गरेर २९ वटा नयाँ बस ल्याउन लागेको छ । यी बसमा सिटी बस र डिलक्स दुवै छन् । अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् । ४४ वटा बस अहिले काठमाडौँ उपत्यकामा र दुई वटा बस काठमाडौँदेखि बागलुङसम्म गुडिरहेका छन् । काठमाडौँ उपत्यका र उपत्यका बाहिर दुवैतिर साझाको माग छ ।

साझा अहिले स्थानीय निकाय र सरकारी लगानी सबैभन्दा बढी भएको यातायात सेवा भएको छ । यसमा काठमाडौँ महानगरपालिकाले रु १५ लाख र ललितपुर महानगरपालिकाले रु एक करोडको शेयर खरिद गरेका छन् । उपत्यकाका अन्य नगरपालिका पनि साझासँग सहकार्य गर्न इच्छुक रहेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय