सातै प्रदेशमा फुटबल प्रतिष्ठान स्थापना गरिने

सातै प्रदेशमा फुटबल प्रतिष्ठान स्थापना गरिने

काठमाडौं, वैशाख २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले फुटबललाई व्यावसायिक रुपमा विकास गर्न देशभरबाट जनशक्ति उत्पादन गर्न ती प्रतिष्ठान खोलिने बताउँदै तल्लोस्तरसम्मै खेलको वातावरण निर्माण गर्न सोमबार बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने बताउनुभयो ।

‘म्याचफिक्सिङ’ रोक्न तत्काल कानून आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “म्याचफिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउन सरोकारवाला निकाय, सरकार र संसद्ले विशेष पहल लिनुपर्छ ।”

नवनिर्वाचित अध्यक्ष शेर्पाले अनुशासन कमिटी र अपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतो तथा अनियमितता रोक्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामी सबै खेलाडीको गतिविधि नियाल्छौँ, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् रु त्यसको विषयमा पनि जानकारी लिन्छौँ ।”

अहिले विभिन्न खेलमा ‘म्याचफिक्सिङ’ हुन थालेको र त्यसलाई रोक्नका लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको जानकारी गराउँदै उहाँले भन्नुभयोे, “त्यो सफ्टवेयरमार्फत नेचुरल ९स्वाभाविक० र अननेचुरल ९अस्वाभाविक० गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फत हामी अघि बढ्छौँ ।”

पछिल्लो समय फुटबलमा ‘म्याचफिक्सिङ’ गरेको आरोप लागेको बताउँदै उहाँले भन्नुभयो, “फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्नेमा नयाँ नेतृत्व केन्द्रित हुन्छ, यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौँ ।” एन्फामा देखिएको अनियमितता रोक्नका लागि आर्थिक नियमावली जारी गरेर पारदर्शीता कायम गर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष शेर्पाले फुटबल प्रशासनलाई सूचना प्रविधिमा लैजाने विश्वास दिलाउँदै क्लब दर्तादेखि लिएर खेलाडीको दर्ता पनि अब अनलाइनबाटै गरिने र उनीहरुहरुले क्लब परिवर्तन गर्दा पनि अब अनलाइनबाटै गर्नसक्ने व्यवस्थाको विकास गरिने जानकारी दिनुभयो ।

नेपाली फुटबलको विकासका लागि सबै क्लबलाई आर्थिक तथा भौतिक रुपमा दिगो बनाउने आफ्नो लक्ष्य रहेको सुनाउँदै उहाँले भन्नुभयोे, “म छुट्टीको दिनमा पनि स्तरीय लिग खेल खेलाउने तयारीमा छु ।”

अध्यक्ष शेर्पाले अझैपनि नेपाली फुटबल खेलाडीले मासिक रु डेढ लाखदेखि दुई लाखसम्म कमाउन सक्ने अवस्था रहेको बताउँदै अब एन्फाले व्यावसायिक लिग खेलाउने तयारी गरिरहेको बताउनुभयो ।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय