सिफारिसअनुसार केन्द्र नभएको भन्दै विरोध

सिफारिसअनुसार केन्द्र नभएको भन्दै विरोध

प्रेम रौले

बाजुरा,चैत ३ । बाजुराको साबिकको बाँधु, रुविन र बिच्छ्या गाविस मिलाएर हिमाली गाउँपालिका बनाउन स्थानीय सहमति गरिएको थियो । गाउँपालिका बनाउने सहमतिसँगै गाउँमै गएर प्राविधिक समितिले केन्द्रको टुङ्गो लगाएको थियो ।

साबिक तीन गाविसबीचको स्थान भट्टेचौर केन्द्र बनाउने सहमतिसहित आयोगमा नामसहित प्रस्ताव गरियो । तर आयोगको सिफारिसअनुसार राजपत्रमा प्रस्ताव गरिएको स्थानमा नपरेको भन्दै स्थानीयबासीले विरोध जनाएका छन् ।

राज्यको पुरानो संरचना नै भएको स्थानमा केन्द्र बनाउनुपर्ने दाबीसहित बाँधु गाविस कार्यालय रहेको स्थानमा केन्द्र राख्न भनिएको छ । सरकारको निर्णयले बिच्छ्या र रुगिनका जनताका लागि विकेन्द्रीकरणले न्याय नभई अन्याय थपिएको स्थानीयको भनाई छ ।

बिच्छ्याबाट बाँधु पुग्न एकदेखि दुई दिनसम्म लाग्छ । भौगोलिक सीमा र अवस्थालाई ख्यालै नगरिएको बिच्छ्यावासीको आक्रोश छ । गाउँमा सेवा दिने भनेर सङ्घीय संरचना निर्माण गरियो । हाम्रा लागि न्याय होइन अन्याय भयो, बिच्छ्याका धर्मलाल सुनारले बताउनुभयो ।

जिल्लामा नौवटा स्थानीय तह निर्माण भएका छन् । तीमध्ये पाँचवटा स्थानीय तहका केन्द्र प्रस्ताव गरिएअनुसार छैनन्् जसले स्थानीयबीच गाउँमै आपसी विवाद बढेको छ । सर्वपक्षीय सहमतिमा एक निर्णय गरेर पठाइयो, माथिबाट अर्कै निर्णय भएर आयो, जनतालाई झगडाउने काम भयो, साविक दहकोट गाविसका देवबहादुर रोकायाले बताउनुभयो ।

साबिक दहकोट, मानाकोट र बडिमालिका नगरपालिका–१ मिलाएर बनाइएको गौमुल गाउँपालिकाको केन्द्र पनि मानाकोट राख्न भनिएको छ । घटमुनाको प्रस्ताव गरिएको थियो, माथिबाट अलग निर्णय आएपछि कुन स्थानमा कार्यालय राख्ने अन्यौल भएको रोकायाले बताउनुभयो ।

ब्रह्मतोला, बाह्विस र कुल्देवमाडौँ गाविसको केन्द्र फालासैन प्रस्ताव गरिएकामा टाँटे सारेदेउ भएर आएपछि विवाद उत्पन्न भएको छ । एक पक्षले सरकारले पठाएको परिपत्रअनुसार नै कार्यालय हुनुपर्ने भन्दै कार्यालय स्थापना गरिसकेका छन् भने अन्य स्थानीय आन्दोलित बनेका छन् । बाह्रविस र ब्रह्मतोलाका स्थानीयवासीले कुल्देवमाडौँको पुरानै गाविस भवनमा कार्यालय आफूहरुका लागि अस्वीकार्य भएको दाबी गरेका छन् ।

मङ्गलबार निमित्त कार्यकारी अधिकृत लिएर केही व्यक्तिले सारेदेउमा कार्यालय स्थापना गरिसकेका छन् । फालासैनमै केन्द्र राखिनुपर्ने माग गर्ने पक्ष भने कार्यालयमा तालाबन्दी गर्ने र कामकाज सञ्चालन हुन नदिने चेतावनीसहित आन्दोलित बनेको छ । सर्वपक्षीय सहमतिअनुसार नै काम हुनुपर्ने मागसहित आन्दोलन सुरु गरेको डम्मर थापाले बताउनुभयो ।

त्यस्तै, जगन्नाथ र गोत्री गाविस मिलेर बनेको पाण्डव गुफा गाउँपालिकाको केन्द्र जुड्डी प्रस्ताव गरिएपनि जगन्नाथ गाविस कार्यालय केन्द्र तोकिएर आएको छ । हाल जगन्नाथमै कार्यालय स्थापना भएको छ, बहुमतले निर्णय गरेर पछि जुड्डीमै सार्ने तयारी भएको बताइएको छ । वाई, जुकोट र साप्पाटाको केन्द्र सुइजिउला प्रस्ताव गरिएको वाई भएर आएको छ जहाँ पुग्न साप्पाटाबाट एक दिनको पैदल दूरी पर्छ ।

स्थानीयवासीले सरकारले गाउँ तथा नगरपालिकाको केन्द्र तोक्ने विषयमा जनभावनालाई समेट्न नसकेकोप्रति स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाबाट प्रस्तावित निर्णयको बेवास्ता गर्दै पुरानै इलाका र गाविस कार्यालयलाई केन्द्र तोकिएको प्रति स्थानीयवासीले विरोध जनाएका हुन् ।

राज्यले गर्ने निर्णय जनताको भावना सम्बोधन हुने गरी गर्नुपर्नेमा प्रस्तावित निर्णयलाई समेत उल्टाएर पठाएको स्थानीयवासीको आरोप छ । सर्वपक्षीय सहमतिबाट जिल्लास्तरबाट गरिएको प्रस्तावलाई बेवास्ता गर्दै मनोमानीरुपमा जनभावना विपरीत भौगोलिक दूरीको आङ्कलन नगरी केन्द्र तोकेर पठाएको प्रति स्थानीयवासीले निर्णय सच्याउन मागसहित जिल्ला समन्वय समितिलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

राजपत्रमा नै उल्लेख भइसकेकाले त्यो निर्णय सच्याउन समस्या हुने जिल्ला समन्वय समितिले प्रतिक्रिया दिने गरेको छ । सरकारले गरेको निर्णयमा समन्वय समितिले बोल्न नमिल्ने समन्वय समिति बाजुराका सूचना अधिकारी प्रेमबहादुर सिंहले बताउनुभयो ।

केन्द्रका विषयमा बढेको विवाद थपिँदै गएको छ । दलका नेताहरुले समेत जिल्ला समन्वय समितिका कर्मचारीलाई आफू अनुकूल गर्न दबाब दिने गरेको एक स्रोतको दाबी छ ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय