सीपीएलः चौथो खेलमा सन्दीप आवद्ध बार्बाडोसको शानदार जित

सीपीएलः चौथो खेलमा सन्दीप आवद्ध बार्बाडोसको शानदार जित

काठमाडौंः क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सेन्ट लुसिया जुक्सविरुद्धको खेलमा सन्दीपआवद्ध बार्बाडोस ट्रिडेन्ट ७१ रनले विजयी भएको छ ।

सन्दीपको टिमले दिएको १७३ रनको लक्ष्य पछ्याएको जुक्सले १४.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।

उसका लागि हार्दुस् भिल्जोइनले सर्बाधिक ३१, कोलिन डी ग्रान्डहोमले २८ र आन्द्रे फेलेचरले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा बार्बाडोसका जसन होल्डर, जोसुवा विश्वपले २–२, सन्दीप लामिछाने, जोश लालोर र रेमोन रिफरले एक–एक विकेट लिए ।

कस्तो रह्यो सन्दीपको ३.५ ओभर?

सेन्ट लुसिया जुक्सविरुद्ध अन्तिम ओभरमा सन्दीप मंहगा सावित भए । उनले यो ओभरमा एक विकेटसहित १६ रन दिए । जसमा २ छक्का, ३ रन र सिंगल रन सामेल थियो । यसअघि उनले तेस्रो ओभरमा बिनाविकेट २ रन दिए ।

सन्दीपले यो ओभरको पहिलो र पाँचौ बलमा सिंगल रन दिए । सन्दीपले दोस्रो ओभरमा रनआउटसहित ७ रन दिएका थिए ।

उनले यो ओभरमो पहिलो बलमा ४ चौका रन दिए । सन्दीपले आफ्नो दोस्रो ओभरको पहिलो बलमा क्याच आउटको मौका दिए पनि जेपि डुनिमीले क्याच गर्न सकेनन् । जसले गर्दा उनले पहिलो बलमा चार रन खर्चिए ।

सन्दीपले पहिलो बलमा ४ रन दिएका थिए । उनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा क्याच आउटको मौका दिए पनि जेपि डुनिमीले क्याच गर्न सकेनन् । जसले गर्दा सन्दीपले पहिलो बलमा चार रन खर्चिए ।

उनले दोस्रो बल डट, तेस्रो बलमा कोलिन डी ग्रान्डहोमको रन आउट, चौथो बलमा डट, पाँचौमा २ र अन्तिम बलमा एक रन दिए ।

यसअघि सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले ४ सिंगल रन दिए । उनले २ बल डट फालेका थिए ।

सन्दीपले आफ्नो तेस्रो बलमा रनआउटको मौका गुमाउन पुगे । उनले ३ ओभरमा बलिङ गर्दा बिनाविकेट १३ रन दिए । आजको खेलमा सन्दीपले ३.५ ओभरमा २८ रन दिएर १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनायो ।

उसका लागि जस्टिन ग्रेभ्सले ५७, जनसन चाल्सले २८, जनाथन कार्टरले ३०, जेपी डुमिनीले १८, एश्ले नर्सले १५, कप्तान जसन होल्डरले नटआउट १० रन बनाए ।

बलिङमा लुसिया जुक्सका किस्रीक विलियम्सले ३, ओबीड म्याकओईले २, रहकीम क्रोनवालले एक विकेट लिए । सन्दीपको टिमको पाँचौ खेल २३ सेप्टेम्बर गुयाना अमेजन वारियर्सविरुद्ध छ ।

जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्‍यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।

नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।

नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ ।    सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।  

फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र  सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।  खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।  

लोकप्रिय