सुन ३० महिनामा २४ हजार महँगियो

सुन ३० महिनामा २४ हजार महँगियो

काठमाडौंः पछिल्ला ३० महिनामा सुनको भाउ तोला (११.६६४ ग्राम) मै २३ हजार ७ सय रुपैयाँसम्म महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २६ असार २०७४ मा ५२ हजार ८ सय रुपैयाँमा झरेको सुनको भाउ गत बुधबार ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो। त्यसयताका दुई दिनमै १ हजार ९ सय रुपैयाँ सस्तिसकेको भए पनि सुनको भाउ वास्तवमै ओरालो लागेको मान्न कठिन हुने सुनचाँदी व्यवसायी बताउँछन्।

पछिल्लो समय अमेरिका र इरानबीच सम्भावित युद्ध जोखिमका कारण विश्व बजारमा सुनको मूल्य उकालो लागेको छ। तर यो जोखिम अझै पूर्णतः टरिसकेको छैन। त्यहीकारण अझै पनि सुन महँगिने सम्भावना ‘ज्यूँका त्यूँ’ रहेको व्यवसायीले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा गत बिहीबार प्रतिऔंस २० डलर सस्तिएको सुनको भाउ शुक्रबार १० डलरभन्दा धेरैले महँगिएको छ। यसले नेपाली बजारमा आइतबार पुनः सुनको मूल्य उकालो लाग्ने देखिन्छ।

पछिल्लो साढे दुई वर्षको मूल्यले नै पनि नेपाली बजारमा पहेँलो धातुको भाउ हरेक दिन २६ रुपैयाँ र हरेक महिना ७ सय ९० रुपैयाँ महँगिएको देखाउँछ। आर्थिक वर्ष २०७३र७४ पछिको २ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २४ हजार ३ सय १४ रुपैयाँ बढेको केन्द्रीय तथ्यांक विभागले बताएको छ। सुनको भाउ पनि यही रफ्तारमा बढेको देखिएको छ।

पृथ्वीमा निकै दुर्लभ मानिने पहेँलो धातुको मूल्य चुलिएपछि नेपालले रेमिट्यान्सबाट कमाएको ठूलो रकम सुन किन्न खर्चनु परेको छ। त्यसो त, सुनको भाउ बढ्दै जाँदा यसले तस्करीजस्ता अपराधिक गतिविधि बढाएको नेपाल राष्ट्र बैंकका अधिकारी बताउँछन्। राष्ट्र बैंकले तीन वर्षअघि सार्वजनिक गरेको भुक्तानी सन्तुलनबारेको एक प्रतिवेदनले भारतसँगको व्यापारमा मात्रै झण्डै ४० प्रतिशत आयातको भुक्तानी गैरकानुनी बाटोबाट भएको देखाएको थियो। राष्ट्र बैंकका आन्तरिक प्रतिवेदनमा भने यो रकमको ठूलो हिस्सा सुन तस्करीबाट पूर्ति गरिएको उल्लेख भएको त्यहाँका अधिकारी बताउँछन्।

मूल्य निर्धारणमा फेरिएको शृंखला

२०४६ अघि हाम्रो बजारले नै सुनको मूल्य तय गथ्र्यो। काठमाडौंको बजारमा सुनको माग र आपूर्ति हेरेर तोलाको भाउ तोकिन्थ्यो। त्यसबेला हामीले सन्दर्भ मूल्यको रूपमा अघिल्लो दिन भारतीय बजारमा सुनको भाउ हेथ्र्यौं।

त्यसबखत साउन लागेपछि सुन सस्तिन थाल्थ्यो। मंसिरपछि सुनको भाउ महँगिने गथ्र्यो। हिउँदमा मान्छेले धान, कोदोजस्ता बाली उब्जाउँथे। त्यसको बिक्रीबाट आम्दानी हुने रकममध्ये केही पैसा सुन किन्नमा खर्चन्थे। माग बढेपछि सुन महँगिन्थ्यो। धेरैजसो विवाह पनि हिउँदमै हुने भएकाले माग बढी हुन्थ्यो।

बर्खा लागेपछि मानिससँग पैसा सकिन्थ्यो। अनि त्यही सुन बेचेर पैसा लिन थाल्थे। त्यसबाट पुनःबिक्री (रि–सेल)मा धेरै सुन सर्वसाधारणको हातबाट पसलमा फर्किन्थ्यो। २५–३० वर्ष अघिसम्म पनि पुनःबिक्रीका लागि आउने सुनको मात्रा कुल कारोबारको ४० प्रतिशतभन्दा बढी थियो। २०५० को दशकपछि यो दर १० प्रतिशतमा झर्‍यो। २०७२ को भूकम्पपछि फेरि यो अनुपात बढ्न थालेको छ। अहिले सुन पसलेले बेचिसकेको २०–२५ प्रतिशत सुन पुनः पसलमै फिर्ता हुन्छ।

प्रजातन्त्रको पुनर्बहालीपछि विश्व बजारसँग हाम्रो मूल्य संरचना जोडिन थाल्यो। यसले अन्तर्राष्ट्रिय बजारको मूल्यमा आउने फेरबदललको असर हाम्रो बजारमा क्रमशः बढ्दै गयो। अहिले त नेपाली बजारमा पनि सुनको मूल्य निर्धारणमा ७५ प्रतिशत प्रभाव पश्चिमा बजारले पार्ने गरेको छ। बाँकी २५ प्रतिशत योगदान भारतीय बजारको मूल्यमा भएको परिवर्तनले गर्छ। नेपालभित्र सुनको माग र आपूर्ति कति छ भन्ने कुराले कहिलेकाहीँ २–४ सय रुपैयाँ तलमाथि पार्नेबाहेक केही काम गर्न सक्दैन। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।

अखिल क्रान्तिकारी रामपुर क्याम्पसको ‘पढ्दै कमाउँदै’ अभियान

चितवन । अखिल (क्रान्तिकारी) को "पढ्दै कमाउदै अभियान" अन्तर्गत  अखिल (क्रान्तिकारी) रामपुर कृषि क्याम्पस खैरहनी चितवनले विगत लामो समय देखि सयपत्री फूलखेती, बेमौसमी तरकारी खेती, च्याउ खेती, मकै खेती तथा उत्पादन मूलक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।  यसै कार्यक्रम अन्तर्गत यस बर्ष पनि करिब ५ कठ्ठामा टमाटर खेती गरि रहेको छ। टमाटर खेतीबाट राम्रो आम्दानी हुने अनुमान गरिएको छ ।  गत वर्ष क्रान्तिकारी रामपुर क्याम्पस कमिटीले ६ कट्टा जमिन भाडामा जग्गा लिएर सयपत्री खेती गरेको थियो । गतवर्ष सयपत्री बेचेर २ लाख आम्दानी गरेको अखिल क्रान्तिकारीका नेता तथा रामपुर क्याम्पस सभापति चेतराज जोशीले बताएका छन् । यसपालिको तिहारको बेला बेच्ने गरि ४ कट्टामा सयपत्री खेती गरिरहेको क्रान्तिकारीले सयपत्री सोचेजस्तो नभएको जनाएको छ ।  अखिल क्रान्तिकारी रामपुर क्याम्पसले विभिन्न समयमा खेती गरेर तथा अन्य आय आर्जनका कार्यहरू गर्दै विद्यार्थी राजनीति लाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन खोजेको सभापति जोशीले बताए । 

स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

स्याङजा  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्व रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रबाह गर्न सकिने बताउनु भयो  ।  उहाँले भन्नुभयो, "जिल्ला जिल्लाका व्यावसायी साथीहरु  लगानीका लागि अबसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पुजीको कुनै समस्या हुदैन ।" अध्यक्ष ढकालले भन्नुभयो, "यतिबेला बैकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ ।यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रबाह गर्नुपर्छ ।" उहाँले यो डेढ बर्षको अबधिमा लगानी प्रबद्र्धनका लागि देश भित्र र बाहिर आफुहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउदै आफुहरुकै पहलममा सरकारले लगानी मैत्री बातावरण बनाउन ८ वटा कानून शंशोधन गरेको जानकारी गराउनुभयो  ।   नीजि क्षेत्रले उठाउदै आएको  मर्यादाक्रमको बिषय, कर सम्बन्धी समस्या लगायतका बिषयमा आफुहरु निरन्तर लागिरहेको जानकारी गराउनुभयो  ।

३७ अंकले बढ्यो नेप्से,कारोबार कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ३७.१३ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १.३९ प्रतिशतले बढेर २६९०।७२ विन्दुमा बन्द भएको छ । सोमबार सात अर्ब नौ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार ६ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। आइतबारको तुलनामा कारोबार रकम ९८ करोड ७७ लाख रुपैयाँले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। १७७ कम्पनीको सेयर मूल्य बढेको छ । ६६ कम्पनीको सेयर मूल्य घटेको छ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ । अरू सबै समूहको परिसूचक बढेको छ ।

नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार

काठमाडौं ।  चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४।९ प्रतिशत हुने एसियाली विकास बैंक ९एडीबी० ले प्रक्षेपण गरेको छ । सरकारले भने चालु आर्थिक वर्ष २०८१र८२ मा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । यस वर्ष कृषि उत्पादनमा सुधार, बिजुली उत्पादनमा वृद्धि र सुध्रिँदै गएको पर्यटन क्षेत्रलगायत कारण आर्थिक वृद्धिमा सुधार हुने एडीबीले जनाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले थालेको अर्थतन्त्र पुरुत्थानका नीतिगत सुधार र कार्यक्रमका कारण मुलुकको अर्थतन्त्रमा उल्लेख सुधार आउन थालेको विज्ञहरुले बताएका छन् ।  एडीबीको प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (सेप्टेम्बर २०२४) का अनुसार सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सकिएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकूलतामा निर्भर रहनेछ । विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिनेछ । पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरूलगायत गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ । लचिलो मौद्रिक नीति, पुँजीगत बजेट खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार, थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गाजस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा एडीबीको छ । यस वर्षका लागि एडीबीले गरेको नेपालको आर्थिक वृद्धिको प्रक्षेपण माल्दिभ्स, भारत, भुटान र बंगलादेशभन्दा कम हो भने पाकिस्तान र श्रीलंकाको भन्दा बढी हो । यस वर्ष भारतको आर्थिक वृद्धिदर ७.७, भुटानको ७, माल्दिभ्सको ५.४, बंगलादेशको ५.१, श्रीलंका र पाकिस्तानको समान २.८ प्रतिशत रहने एडीबीको प्रक्षेपण छ ।  व्यापार घाटामा गिरावट, उत्साहवर्द्धक रेमिट्यान्स आप्रवाह र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०/८१ मा नै बाह्य क्षेत्र सुदृढ देखिएको छ । यद्यपि, आर्थिक वर्ष २०८१ ८२ मा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्नसक्छ, जुन गत आर्थिक वर्षमा अर्थतन्त्र पुनरुत्थान तथा रेमिट्यान्स आप्रवाहमा मध्यम सुधारसँगै ३.९ प्रतिशतले बचतमा थियो । प्रतिवेदनले नेपाली अर्थतन्त्रका जोखिमहरू कमजोर हुँदै गएको देखाएको छ । यस वर्षका लागि एडीबीको अनुमानअनुसार सार्क क्षेत्रका ८ राष्ट्रमध्ये नेपाल धेरै मूल्यवृद्धि हुने तेस्रो राष्ट्र हुनेछ । एडीबीले पाकिस्तानको मूल्यवृद्धि दर १५ प्रतिशत र बंगलादेशको १०.१ प्रतिशत रहने अनुमान गरेको छ । सोही अवधिमा श्रीलंकाको मुद्रास्फीति नेपालकै बराबर ५.५ प्रतिशतभित्रै रहने अनुमान छ भने भुटान, माल्दिभ्स र भारतको नेपालको भन्दा कम हुने देखिन्छ । सन् २०२४ मा नेपाललगायत विकासशील अर्थतन्त्रहरूमा पर्यटक आगमनमा सुधार भएको एडीबीले जनाएको छ । एडीबीका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालमा पनि विदेशी पर्यटक बढेको छ । सन् १९६६ मा स्थापना भएको एडीबीमा ६८ सदस्यहरूको स्वामित्व छ, तीमध्ये ४९ एसिया तथा प्रशान्त क्षेत्रमा छन् ।

लोकप्रिय