साउथ चलचित्रमा सुपरस्टार अमिताभको लुक्स सार्वजनिक !

साउथ चलचित्रमा सुपरस्टार अमिताभको लुक्स सार्वजनिक !

मुम्बई । बलिउडका सुपरस्टार अमिताभ बच्चनले साउथ इन्डियन चलचित्रमा डेब्यु गरेका छन् ।

यस फिल्ममा उनको लुक्स जन्मद‍िनको अवसरमा सार्वजनिक गरिएको छ । फिल्म ‘सई रा नरसिम्हा रेड्डी’ मा गेस्ट रोल गरेका उनको लुक्सको मोसन टिजर यूट्युबमा रिलिज गरिएको छ ।

भिडियोमा अमिताभ सेताम्मे दाह्री–जुँगा र निधारमा रातो टिका लगाएर देखिएका छन् । यो फिल्ममा सुपरस्टार चिरञ्जीवी प्रमुख भूमिकामा छन् । उक्त फिल्ममा अमिताभले मात्र केमियो रोल गरेका छन् । हालैमा यसको छायांकन हैदराबादमा भएको थियो ।

चिरञ्जीवीको यो फिल्ममा नाम सई रा नरसिम्हा रेड्डी छ ।

सो फिल्मको कहानी स्वतन्त्रता सेनानी यू नरसिम्हा रेड्डीको जीवनमा आधारित छ । आफ्नो भूमिकाको बारेमा केही दिन अगाडि अमिताभले आफ्नो ब्लगमा बताएका थिए ।

उनले लेखेका थिए, ‘म इतिहासको सबैभन्दा बहादुर भूमिका निभाउँदै छु ।’ यो चलचित्र चार भाषा तेलुगू, तम‍िल, कन्नड र मलयालममा रिलिज हुने छ । ‘सई रा नरसिम्हा रेड्डी’ का निर्देशक सुरेन्दर रेड्डी हुन् । एजेन्सीको सहयोगबाट

अभिनेत्री ज्याकलिनको ७ करोड २७ लाख जफत

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको ७ करोड २७ लाख भारु जफत भएको छ । मनी लन्ड्रिङ केसमा छानबिनको क्रममा रहेकी उनको प्रवर्तन निर्देशनालय (इडी) ले उक्त रकम जफत गरेको हो । २०० करोड भारुको सम्पत्ति शुद्धीकरणको मामिलामा इडीले अभिनेत्री ज्याकलिनविरुद्ध ठूलो कारवाही सुरु गरेको हो । यसअघि ५ डिसेम्बर सन् २०२१ मा देशबाहिर जाने प्रयास गरिरहेकी नायिकालाई मुम्बईको विमानस्थलमा रोकिएको थियो । उनीविरुद्ध इडीले देश छोडेर जान नपाउने गरि नोटिस जारी गरेको छ । इडीले अभिनेत्रीविरुद्ध थुप्रै प्रमाण जुटाएको छ । इडीले अभिनेत्री ज्याकलिन र २५० करोड ठगीमा संलग्न रहेका सुकेश चन्द्रशेखरबीच सम्बन्ध रहेको बताएको छ । सुकेशले ज्याकलिनलाई महङ्गो सुन र हिराको उपहार दिएको र ५२ लाखको एउटा घोडा र ९–९ लाखका चार पर्सियन बिरालो समेत उपहारमा दिएका थिए । ज्याकलिनसँग इडीले तीनपटक सोधपुछ पनि गरिसकेको छ । इडीको अनुसार चन्द्रशेखरले नायिकामाथि करिब १० करोड भारतीय रुपैयाँ खर्च गरेका थिए । दिल्लीबाट मुम्बई र यहाँबाट चेन्नई जाने चार्टर्ड विमानको व्यवस्था पनि सुकेशले गराएका थिए । ज्याकलिन पाँच तारे होटलमा बसेको खर्च पनि सुकेशले नै व्यवहोरेका थिए । सुकेश चन्द्र शेखरले यस अघि नै ज्याकलिनसँग आफ्नो सम्बन्ध रहेको भन्दै एउटा फोटो समेत सार्वजनिक गराएका थिए । तर, ज्याकलिन ले भने आफूहरू सम्बन्धमा नभएको भन्दै अस्वीकार गर्दै आइरहेकी थिइन्

अक्षय कुमारले जारि गरे ‘Bachchhan Pandey’को खतरनाक पोष्टर

मुम्बई । बलिउड नायक अक्षय कुमारले आगामी चलचित्र ‘बच्चन पाण्डे’को पोष्टर जारि गरेका छन् । चलचित्रको पर्खाईमा बसेका शुभचिन्तकहरुका लागि अक्षय कुमारले चलचित्रको पहिलो पोष्टर सार्वजनिक गरेका हुन । चलचित्र तयार भइसकेको छ । यसको ट्रेलर चाँडै नै रिलिज गरिने बताइन्छ । पोष्टर सार्वजनिक गर्दै अक्षय कुमारले यसको ट्रेलर १८ फेब्रुअरी २०२२ मा रिलिज हुने बताएका छन् । यो पोष्टरमा भने एक लाइन लेखिएको छ– मलाई भाई हैन, गडफादर भन्छन् । अक्षय कुमारले लेखेका छनः एउटा यस्तो क्यारेक्टर जसमा कुनै रङ्गहरुको पसल भन्दा बढी ङ्ग छ । बच्चन पाण्डे तपाईलाई डराउन, हँसाउन, रुवाउन, सबै कुराका लागि तयार छ । कृपया उसलाई आफ्नो प्रेम दिनुहोला । बच्चन पाण्डेमा अक्षयसँगै कृति सैनन, ज्याकलिन फर्नान्डिस, अरसद वारसी, पंकज त्रिपाठी, प्रतिक बब्बर र अभिमन्यु सिंहलगायतले अभिनय गरेका छन् । फरहद सामजीको निर्देशनमा बनेको चलचित्र १८ मार्चका दिन सिनेमाघरमा उपलब्ध हुने छ ।

पोर्न रेकेट प्रकरणमा शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश

एजेन्सी । पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् । अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारवाही नगर्नुहोला’, आदेशमा भनिएको छ । शर्लीनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आरोपीहरुलाई पहिला नै सुरक्षा दिइसकेको बताए । मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ । अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।

प्रत्येक एपिसोडमा कति पैसा पाउँछन् त ‘कपिल शर्मा शो’का कलाकार ?

कलाकार कपिल शर्माको कार्यक्रम मन नपराउने को होला ? भारतमा मात्रै नभएर विश्वभरी नै हिन्दी भाषा बुझ्नेहरुका लागि उनको कार्यक्रम लोकप्रिय रहेको छ । बेलाबखत कार्यक्रमको स्वरुप र स्टुडियोमा परिवर्तन गर्दै आएका कपिल शर्माको शोमा कलाकारहरु पनि फेरिने गर्दछन् । उनको कार्यक्रममा केही नियमित कलाकार रहेका हुन्छन् । यी कलाकारहरुको भूमिका पनि फरक फरक रहेको छ । कति पाउँछन् त यी कलाकारहरुले ? तपाईले कल्पना गर्नसक्नुहुन्छ ? कपिल आफैल कति पाउँछन् भन्ने अनुमान लगाउनु त ? कमेडि किङका रुपमा स्थान बनाउन सफल कपिलले अहिलेसम्म यो एक एपिसोडका लागि ३० देखि ३५ लाखसम्म पाउने गर्दछन् । तर केही श्रोतहरुले भने उनले अब प्रसारण हरेक कार्यक्रमका लागि ५० लाख पाउने बताएका छन् । यसबाट आयकर भने कपिल स्वयम्ले तिर्नुपर्दछ । कपिलको शोमा दर्शकहरुसँगै ठूलो कुसीमा नवोजित सिद्दु बस्ने गर्दथे । अहिले यो स्थानमा अर्चना पूरण सिंह रहेकी छिन् । अर्चनालाई एक एपिसोडका लागि १० लाख पाइन्छ । केटा भएर पनि केटीको भूमिकामा देखिने अभिषेक कृष्णालाई हरेक एपिसोडका लागि १० लाख दिने गरिन्छ । किकू शारदाको फि ५ लाख रहेको छ । उनी शोमा सबैभन्दा बढी सिर्जनशील मानिन्छन् । उनले बच्चा यादव, बम्परलगायत कैयन चरित्रमा भूमिका निर्वाह गरेका छन् । भारती सिहंले भने प्रत्येक एपिसोडका लागि १० देखि १२ लाख रुपैयाँ लिने गर्दछिन् । उनी तिलती यादव र कम्मो बुआको भूमिकामा देखिएकी छिन् । शोमा चिया बेचेर सबैलाई हँसाउने चन्दन प्रभाकरको चरित्रमा रहेका चन्दुले हरेक एपिसोडका लागि ७ लाख पाउने गर्दछन् । कपिल शर्माले सबैभन्दा बढी मजाक उडाउने सुमोन चक्रवर्तीलाई एउटा एपिसोडका लागि ७ लाख पाइन्छ ।

लोकप्रिय