स्थानीय तहमा कहाँ–कहाँ खटिन्छन् उपसचिव तहका कर्मचारी ?

स्थानीय तहमा कहाँ–कहाँ खटिन्छन् उपसचिव तहका कर्मचारी ?

काठमाडौं, भदौ ११ । स्थानीय तहमा कर्मचारी खटाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मापदण्ड प्रस्ताव गरेको छ । कर्मचारीलाई स्थानीय तहमा जान बाध्य पार्ने गरी मन्त्रालयले सरुवा मापदण्डको मस्यौदा तयार पारेको हो । मापदण्ड १ असोजबाट लागू हुने मन्त्रालयले जनाएको छ ।

निजामती सेवा नियमावली, २०५० को तेह्रौँ संशोधनअनुसार मन्त्रालयले भदौमा कर्मचारीहरूको अन्तरमन्त्रालय सरुवा गर्नेछ । त्यसपछि असोजभित्र मन्त्रालयहरूले कर्मचारीलाई मन्त्रालयअन्तर्गतका निकायमा सरुवा गर्नेछ । मन्त्रालयले भदौमा सरुवा भएर आउने कर्मचारीलाई स्थानीय तहमा पठाउन सरुवा मापदण्डको मस्यौदा तयार पारेको हो । मन्त्रालयले उपसचिव, अधिकृत र राजपत्र अनंकृत कर्मचारीको छुट्टाछुट्टै सरुवा मोडल तयार गरेको छ ।

कहाँ–कहाँ खटिन्छन् उपसचिव तहका कर्मचारी ? 

मन्त्रालयले कर्मचारी सरुवा, पदस्थापन वा काजमा खटाउँदा उपसचिव तहका कर्मचारीलाई उपमहानगरपालिका, नगरपालिका, जिल्ला समन्वय समितिमा सरुवा गर्ने गरी मस्यौदा तयार पारेको छ । त्यसमध्ये पनि कार्यअनुभव र ज्येष्ठताका आधारमा उनीहरूलाई उपमहानगरपालिका, नगरपालिका र समन्वय समितिमा समायोजन गरिने मापदण्ड प्रस्ताव गरेको मन्त्रालयका आन्तरिक कर्मचारी व्यवस्थापन महाशाखाका अधिकृत रवीन्द्रजंग थापाले जानकारी दिए । उपसचिवले कुनै कार्यालय प्रमुख भएर काम गर्दा ७० प्रतिशत वा सोभन्दा बढी बेरुजु फस्र्योट गरेको भए उसले चाहेको उपमहानगरपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिमा सरुवा गर्ने मस्यौदामा उल्लेख छ ।

भर्खर पास भएर स्थानीय तहमा खटिएका उपसचिवलाई भने उसको स्थायी ठेगाना भएको प्रदेशमा नगरपालिकाको कार्यकारी अधिकृतमा अनिवार्य रूपमा खटाउने मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालय र अन्तर्गतका कार्यालयमा काम गरेका उपसचिवलाई ज्येष्ठताका आधारमा निजको स्थायी ठेगाना भएको प्रदेशमा खटाइनेछ ।

यसैगरी मन्त्रालयले कुनै नगरपालिकामा उपसचिव तहको कर्मचारी अभाव भए त्यस्तो नगरपालिकामा कम्तीमा पाँच वर्ष शाखा अधिकृत भएर काम गरेको र कम्तीमा एक वर्षको कार्यकाल स्थानीय तहमा बिताएको कर्मचारीलाई निमित्त दिने प्रस्ताव गरेको छ ।

अधिकृत सरुवा गर्ने मापदण्ड

मन्त्रालयले गाउँपालिकालाई दुई समूहमा वर्गीकरण गरेर कर्मचारी सरुवाको मापदण्ड तयार पारेको छ । २० हजारभन्दा बढी जनसंख्या भएको गाउँपालिकामा वरिष्ठ अधिकृतलाई पठाउने प्रस्ताव छ । यस्तै ७० प्रतिशत बेरुजु फस्र्योट गर्ने कार्यालय प्रमुखलाई निजको मागका आधारमा २० हजारभन्दा बढी जनसंख्या भएको गाउँपालिकामा सरुवा गर्ने मन्त्रालयको तयारी छ । यसैगरी तत्कालीन जिल्ला विकास समितिमा बसेर योजना अनुगमन तथा प्रशासकीय अधिकृतका रूपमा एक कार्यकालभन्दा बढी काम गरेका अधिकृतलाई पनि सरुवा गर्दा प्राथमिकता दिइनेछ । उनीहरूलाई कम्तीमा २० हजारभन्दा बढी जनसंख्या भएको गाउँपालिकामा खटाइनेछ । र नगरपालिकाको रिक्त कार्यकारीको पदमा निमित्त दिँदा पनि उनीहरूलाई नै प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालय र अन्तर्गतका केन्द्रीय निकायहरूमा पाँच वर्ष वा त्यसभन्दा बढी समय काम गरेका अधिकृत २० हजारभन्दा बढी जनसंख्या भएको गाउँपालिका वा नगरपालिकाको रिक्त दरबन्दीमा निमित्त कार्यकारी अधिकृतको मुख्य दाबेदार हुनेछन् । नयाँ नियुक्ति भएका अधिकृत, यसअघि स्थानीय तहमा काम नगरेका अधिकृतलाई भने मन्त्रालयले २० हजारभन्दा कम जनसंख्या भएको गाउँपालिकामा खटाउने सरुवा मापदण्ड तयार पारेको छ ।

वडासचिवको भूमिकामा 

मन्त्रालयले साबिकका गाविससचिवलाई हालको वडासचिवमा निरन्तरता दिने गरी प्रस्ताव गरेको छ । यस्तै गाउँपालिकाको कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा ज्येष्ठताका आधारमा निमित्त भई काम गर्न दिइनेछ । यस्तै त्यस्ता कर्मचारीलाई निजको स्थायी ठेगाना भएको जिल्ला वा प्रदेशमा सरुवा गर्ने नीति बनाएको छ ।

सरुवाका अन्य आधारहरू

मन्त्रालयले कुनै पनि कर्मचारीलाई एकपटक सरुवा गरेपछि कम्तीमा दुई वर्षसम्म काज खटाउने वा सरुवा नगर्ने बताएको छ । तर, शारीरिक अस्वस्थता, फरक क्षमता भएका कर्मचारीलाई भने सम्भव भएसम्म निजको मागका आधारमा स्थायी ठेगाना भएको स्थानीय तहमा सरुवा वा पदस्थापन गरिने मन्त्रालयको भनाइ छ । यस्तै विभागीय कारबाही भोगिरहेका कर्मचारीलाई भने एक तहमुनिको पदमा सरुवा गर्ने र उनीहरू जहाँ खटायो त्यहीँ विनासर्त जानुपर्ने मापदण्डमा उल्लेख छ ।

श्रीमान्–श्रीमती दुवै निजामती कर्मचारी भएकाहरूलाई सकभर एकै जिल्लाभित्र खटाउने नीति बनाइएको छ । मन्त्रालयले स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेका कर्मचारीलाई अन्य मन्त्रालयमा सरुवा भएर जान सहमति नदिने पनि जनाएको छ । तर, सुत्केरी, कडा रोग लागेर अशक्त भएका, फरक क्षमता भएका कर्मचारी भने अन्य मन्त्रालयमा सरुवा भएर जान सक्नेछन् ।

के हो दरबन्दी सर्वेक्षण ? 

स्थानीय तह नयाँ संरचना हो । नयाँ संरचनाको काम, कर्तव्य, अधिकार, बजेटका विषयमा अध्ययन गरिन्छ । त्यसका आधारमा ती जिम्मेवारी पूरा गर्न कस्तो संगठन संरचना बनाउनुपर्छ र कुन तहका कति जनशक्ति आवश्यक पर्छ भन्ने निर्धारण गरिन्छ । त्यस्तो अध्ययनलाई दरबन्दी सर्वेक्षण भनिन्छ ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा कस्तो संगठन संरचना बनाउने, त्यसमा कति कर्मचारी आवश्यक पर्छ, त्यसको नेतृत्व कुन तहको कर्मचारीले गर्ने भन्ने टुंग्याउने काम दरबन्दी सर्वेक्षणको हो । स्थानीय तहको दरबन्दी सर्वेक्षण हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या परेको मन्त्रालयले जनाएको छ ।

कर्मचारी व्यवस्थापनमा समस्या

स्थानीय तहमा दरबन्दी सर्वेक्षण गर्न सामान्य प्रशासन मन्त्रालयले ढिलाइ गर्दा कर्मचारी व्यवस्थापनमा थप समस्या देखिएको छ । दरबन्दी सर्वेक्षण नहुँदा स्थानीय तहमा कति कर्मचारी चाहिएको हो, कति छ, कति अपुग भन्ने अन्योल छ ।

हरेक सरकारी संयन्त्रमा दरबन्दी सर्वेक्षण गर्ने जिम्मेवारी सामान्य प्रशासन र अर्थ मन्त्रालयको हो । सामान्य प्रशासनले भने कर्मचारी समायोजन ऐनको अभावमा दरबन्दी सर्वेक्षणको काम हुन नसकेको बताएको छ । सचिव मोहनकृष्ण सापकोटाले कर्मचारी समायोजन विधेयक संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन हुँदा ढिलाइ भएको बताए । ‘दरबन्दी सर्वेक्षणको काम थाल्न केही ढिला भएको हो, समायोजन ऐन नआउँदा पनि अप्ठेरो भयो,’ उनले भने, ‘अब हामी काम सुरु गर्ने तयारीमा पुगेका छौँ ।’

उनले कर्मचारी व्यवस्थापनका लागि दरबन्दी सर्वेक्षण नै मुख्य काम भएकाले चाँडै काम अघि बढाउने बताए । दरबन्दी सर्वेक्षण गर्न अधिकार सम्पन्न प्रशासन पुनर्संरचना समितिले पनि गृहकार्य थालेको उनले बताए ।

स्थानीय तह सेवा सञ्चालन ऐन बाधक

सामान्य प्रशासन मन्त्रालयका एक उपससचिवले भने स्थानीय तह सेवा सञ्चालन ऐनको अभावमा स्थानीय तहको दरबन्दी सर्वेक्षणको काम गर्न नसकेको बताएका छन् । उनले चाँडै मस्यौदाका रूपमा भए पनि अध्ययन थाल्ने तयारी भएको बताए । उनले दरबन्दी सर्वेक्षण गर्दा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि हिमाल, पहाड र तराई गरी छुट्टाछुट्टै अध्ययन गर्न लागेको जानकारीसमेत दिए । नयाँ पत्रिकाबाट 

रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयले भन्यो– मनगढन्ते धारणा, अराजनैतिक प्रचार

काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उहाँको मनगढन्ते धारणा भएको बताउनुभएको छ । ‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भन्नुभएको छ– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’ पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भन्नुभएको छ– ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै के भने ? (सम्बोधनको पूर्ण पाठ)

काठमाडौं । श्रीलङ्कामा निर्वाचनबाट कम्युनिष्ट नेता अनुरा कुमारा दिसानायकेले चुनाव जितेपछि अहिले संसारभरि र अझ बढी दक्षिण एशियामा यसलाई चासोका साथ हेरिएको छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै कतिपय महत्वपूर्ण घोषणा गर्नुभएको छ । नेपालीहरुका लागि पनि चासोको विषय हुने भएकाले उहाँको सम्बोधनको पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ । "हाम्रो देशको प्रजातन्त्रको प्रमुख विशेषता भनेको जनताले शासन गर्नका लागि शासकलाई चुनिन्छन्। तर प्रजातन्त्रको मतलब केवल मतदान गरेर शासक छान्नु मात्र होइन। यद्यपि यो प्रजातन्त्रको आधारभूत पक्ष हो, हाम्रो देशमा प्रजातन्त्रलाई बलियो बनाउन हामीले शासनका सम्बन्धित संस्थाहरू र कानूनी संरचनाहरूलाई सुदृढ गर्नुपर्छ। त्यसैले, मैले सबैभन्दा पहिला जनतालाई जानकारी दिन चाहन्छु कि मेरो कार्यकालभरि म यस देशको प्रजातन्त्रप्रति मेरो पूर्ण प्रतिबद्धता देखाउनेछु। त्यस्तै, हाम्रो देशमा निर्वाचनपछि प्रजातान्त्रिक तरिकाले सत्ता हस्तान्तरण गर्ने इतिहास छ। कुनै नेताले कहिल्यै निर्वाचनको परिणाम अस्वीकार गरेका छैनन्। यसै सन्दर्भमा, म पूर्व राष्ट्रपति रणिल विक्रमसिंहेलाई जनताको जनादेश स्वीकार गरेर सत्ता हस्तान्तरणको उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु। हामीलाई थाहा छ कि हामीलाई एक कठिन चुनौतीको सामना गर्नुपर्दैछ। हाम्रो देशको राजनीति यसभन्दा सफा हुन आवश्यक छ। जनताले अपेक्षा गरेको स्वस्थ राजनीतिक संस्कारको निर्माण आवश्यक छ। हामी त्यसमा आफूलाई समर्पित गर्न तयार छौं। अहिले नागरिकहरूले राजनीतिज्ञ र राजनीतिप्रतिको नकारात्मक धारणालाई बदल्नुपर्छ। धेरै मानिसले राजनीति उपयुक्त छैन भन्ने धारणा राखेका छन्। त्यसकारण, हामी जनताको विश्वास र सम्मान कायम गर्न राजनीति र राजनीतिज्ञहरूलाई सकारात्मक रूपमा अगाडि बढाउन हाम्रो पूर्ण प्रयास गर्नेछौं। हामीलाई थाहा छ, अहिलेको गम्भीर संकटलाई केवल सरकार, कुनै पार्टी, वा कुनै एक व्यक्तिले समाधान गर्न सक्दैन। मैले पहिले पनि भनेको छु कि म कुनै जादुगर होइन, म एक साधारण नागरिक हुँ। म केही गर्न सक्छु, र केही गर्न सक्दिन। म केही कुरा जान्छु, केही कुरा जान्दिनँ। तर मेरो मुख्य जिम्मेवारी भनेको आफूमा भएका क्षमता र ज्ञानलाई एकत्रित गरेर सही निर्णय गर्न र त्यसअनुसार काम गर्न हो। त्यसकारण, यो संकट समाधान गर्न सबै नागरिक र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको जिम्मेवारी हो। म सबैको समर्थनको अपेक्षा गर्दछु। म बुझ्दछु कि राष्ट्रपतिको रूपमा यो कार्यलाई नेतृत्व दिन मेरो प्रमुख जिम्मेवारी हो। म यो चुनौती पार गर्नका लागि मलाई दिइएको जिम्मेवारी पूरा गर्नेमा पूर्ण प्रतिबद्ध छु। यसका साथै, हाम्रो देशलाई अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता छ। हामी हाम्रो परराष्ट्र नीतिलाई हाम्रो हितमा अघि बढाउँछौं, चाहे विश्वमा शक्ति विभाजन जे जस्तो भए पनि। हामी संसारबाट अलग बस्न चाहँदैनौं, बरु विश्वसँग मिलेर अगाडि बढ्न चाहन्छौं। यसका लागि आवश्यक निर्णय गर्न हामी तयार छौं। उद्यमी र उद्योगपतिहरूले हाम्रो देशको विकासमा ठूलो भूमिका खेल्न सक्छन्, र हामी सरकारको विकास योजनामा उनीहरूको सहयोगको अपेक्षा गर्छौं। अन्त्यमा, म भन्न चाहन्छु कि म लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति हुँ। जनताले मलाई समर्थन गरेर मतदान गरेका छन्, तर केही मतहरू मलाई दिइएन। त्यसैले हामी जितको संरचना र परिमाण राम्रोसँग बुझ्छौं। म यो सुनिश्चित गर्न चाहन्छु कि मेरो कार्यकालमा हामी सबैको विश्वास जित्न सकौं, चाहे उनीहरूले पहिले हामीलाई मतदान गरेका होऊन् वा होइनन्। भविष्यमा यसलाई सबैले अनुभव गर्नेछन्। म सबैको समर्थनको अपेक्षा गर्दछु।" स्रोतः जेभिपीको आधिकारिक अनलाइन

त्रिविमा २०५८ पछिका परीक्षार्थीले एकपटक जाँच दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछिका वार्षिक प्रणाली अन्तरगतका परीक्षार्थीहरुले एक पटकका लागि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । त्यसैगरी सेमेष्टर प्रणाली अन्तरगत ०६९ देखि समयसीमा कटेका परीक्षाथीहरुले पनि मौका परीक्षा दिन पाउने सूचनामा उल्लेख गरिएको छ । सोमबार बसेको त्रिवि परीक्षा सुधार समितिको बैठकले यस्तो निर्णय गरेको त्रिभुवन विश्व विद्यालय शिक्षाध्यक्षको कार्यालयले जनाएको छ । बैठकपछि जारी सूचनामा भनिएको छ,‘त्रिवि अन्तरगतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून शंकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका विद्यार्थीहरुको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ सालदेखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरुका लागि एक पटकका लागि मौका परीक्षाको अवसर दिने व्यहोरा सूचित गरिन्छ ।’ त्यसैगरी त्रिविले जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गरिने जनाएको छ । हेर्नुहोस् सूचना 

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताउनुभएको छ । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’ वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको पनि उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘काग्रेस एमालेका नेताहरुले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसदमा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।’ कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको तर त्योभन्दा अघि कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । ‘सबैभन्दा पहिले कार्यान्वयन गर्नतिर जोड दिनुपर्छ र कार्यान्वयनमा समस्या आए, कुन कुन विषयमा फेर्नुपर्ने हो, त्यसको निर्क्योल गरेर मात्रै संविधानको समीक्षा गर्न सकिन्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर संविधान जसरी पनि कार्यान्वयन गर्नेतिर होइन, कमजोर बनाउनेतिर राजनीतिक नेतृत्वको माइन्डसेट बनेको छ । संविधान बनाउँदा माओवादी एजेण्डा स्वीकार गरिदिएको रुपमा लिएका नेताहरुले अहिले कार्यान्वयनमा पनि इमान्दारिता देखाएका छैनन् । कार्यान्वयन नगर्ने तर संशोधन मात्रै भनेर औचित्यपूर्ण हुँदैन ।’ संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन ठूला दलहरुको सहयोग नपाएको स्मरण गराउँदै उहाँले संघीय निजामति ऐन संसदसम्म पुर्याउन १८ महिना लागेको,  बल्लतल्ला पुर्याउँदा पनि त्यसलाई पारित गर्न तत्परता नदेखाएको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताउनुभयो । उहाँले यो संविधान शान्ति सम्झौताको अंग भएकाले संशोधनको चर्चा गर्दा शान्ति सम्झौताको पक्षमा पनि विचार गर्नुपर्ने बताउनुभयो । अहिलेको भन्दा अन्तरिम संविधान बढी प्रगतिशील रहेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘किनकि अन्तरिम संविधान माओवादीको रापतापमा बनेको थियो । माओवादीलाई कमजोर नबनाई संविधान बनाउँदा अन्तरिम संविधानभन्दा प्रगतिशील बन्ने डरले पहिलो संविधानसभा तुहाइयो ।’ दोस्रो संविधासनभाबाट पनि नबन्ने अवस्था रहेकोमा भूकम्पका कारण मुलुकमा संकट सिर्जना भएपछि भूकम्पको पुनर्निर्माण र जनतलाई राहत दिने अनि संविधान निर्माणमा बिपक्षी नभई आफूले सत्तापक्षकै जस्तो भूमिकामा निर्माण गरेको स्मरण पनि उहाँले गराउनुभयो । संविधान निर्माण गर्दा आन्तरिक र बाह्य दुबै हिसाबले आफूले जोखिम मोलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रै एकथरि साथीहरु अब क्रान्तिकारी संविधान नबन्ने भयो भनेर पार्टी विभाजन गरेर निस्कनुभयो । तर मैले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले त्यसरी भाग्न मिल्दैन्थ्यो । ठूलो जोखिम मोलेर भए पनि शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुर्याएरै छाडें ।’ यसरी शान्ति प्रक्रियाको एउटा विशिष्ठ अंगको रुपमा रहेको संविधान संशोधनको बहस गर्दा शान्ति प्रक्रियाको एउटा पक्षसँग सरोकार नराखिएकाले संविधान संशोधनको चर्चामा गम्भीरता नदेखिएको उहाँले दोहोर्याउनुभयो । अब संविधान संशोधनमा जानुपर्ने अवस्था आयो भने विभिन्न समुदायले पाएको समानुपातिक समावेशी अधिकार नखोस्ने गरी राजनीतिक स्थायित्व र भ्रष्टाचार अन्त्यका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नतिर जोड गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले स्पष्ट गर्नुभयो । ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले समाजमा रहेका विज्ञहरुबाट मन्त्री बनाउने र सांसदहरु मन्त्री बन्ने होइन, ऐन कानुन बनाउनतिर लाग्ने गरी बहस अघि बढाउनुपर्छ’– उहाँले भन्नुभयो– ‘करोडौं खर्च गरेर सांसद बन्ने, सांसद बनेपछि मन्त्री बन्नैपर्ने र मन्त्री बनेपछि चुनाव खर्च उठाउन लाग्ने अहिलेको पाराले अब अघि बढ्न सकिदैन । राजनीतिक भ्रष्टाचारको जग निर्वाचन प्रणाली भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।’ तर, संविधान संशोधनको बहस संवेदनशील भएर धेरै सोचेर मात्र अघि बढ्नुपर्ने उहाँको धारणा छ । अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘संविधान संशोधन गम्भीर र संवेदनशील विषय हो । पन्डोराको बाकस खोलेजस्तो पनि हुनसक्छ । अहिलेसम्म भएको प्रणाली भत्कने र अराजकता निम्तने खतरा आयो भने मुलुक नयाँ द्वन्द्वको भुमरीमा फस्ने खतरा छ । यसमा बढी नै ध्यान दिनुपर्छ ।’ संविधान निर्माणको मुख्य पहलकर्ता र शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको हैसियतले संविधानलाई बढी सर्वस्वीकार्य बनाउन पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।      

लोकप्रिय