स्थानीय निर्वाचन विशेष : यस्तो छ कर्णाली प्रदेशको चुनावी चित्र
खस राजा नागराज र उनका सन्तानले करिब तीन सय वर्ष शासन गरेको खसान क्षेत्र यतिखेर आउँदा कर्णाली भइसकेको छ। यसको ऐतिहासकि पहिचान समग्रमा खसान–जडान हो। पछिल्लो समयमा भौगोलिक कर्णाली नदीको नामबाट परिचय पाएको छ। कर्णाली सिंजा सभ्यताको उद्गम पनि हो। यसै क्षेत्रलाई पछिल्लो पटक राज्यको संघीय पुनर्संरचना गर्दा कर्णाली नाम दिइएको छ। खसानको ऐतिहासिक पहिचान यहाँ पछाडि परेको छ। निकट विगतको बाइसी पहिचान त यसै पनि हराउने नै भयो।
कर्णाली प्रदेशको चौहद्धि साविक ८ जिल्ला र साविक राप्तीमा रहेका सल्यान र रुकुम पश्चिमको क्षेत्र थपिएको हो। यो प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिकाहरु गरी ७९ स्थानीय तह छन्। नेकपा एमालेको चैत पहिलो साता सकिएको केन्द्रीय कमिटीको बैठकमा एमालेका प्रदेश अध्यक्षहरुले ७५३ स्थानीय तहमध्ये ३४४ तहमा जित्ने दावी गरेका थिए। त्यही बैठकमा एमालेका कर्णार्ली प्रदेश अध्यक्ष विनोद शाहले ७९ मध्ये २९ स्थानीय तह जितेर पहिलो हुने दावी पेश गरे।
कर्णाली प्रदेशमा गत २०७४ को निर्वाचनमा स्थानीय तहमा कसले कति जितेका थिए विवरण चार्टमा
गत निर्वाचनमा कर्णाली प्रदेशका २५ नगरपालिकामध्ये एमालेले १० नगरपालिका र ५४ गाउँपालिकामध्ये १७ गाउँपालिका गरी २७ स्थानीय तह जितेर प्रथम स्थान प्राप्त गरेको थियो। नेपाली कांग्रेसले ८ नगरपालिका र १७ गाउँपालिकासहीत २५ तह जितेको थियो। माओवादी केन्द्रले ७ नगरपालिका र १८ गाउँपालिकासहीत २५ स्थानीय तह जितेको थियो। स्वतन्त्रले २ स्थानीय तह जितेका थिए। यस बाहेक कुनै पनि दलले कर्णालीमा खाता खोल्न सकेका थिएनन् ।
एमाले टाँइटाँइ फिस्स
गत स्थानीय निर्वाचनको परिणामभन्दा पनि बढी जित्ने यस पटकको दावी एमालेको यसै पनि नपुग्ने देखिन्छ। पहिलो त सग्लो एमाले र विभाजनपछिको एमालेले गरेको यो दावी आफैमा हास्यास्पद छ। गत निर्वाचनभन्दा ४ वटा स्थानीय तह बढी जित्ने दावी आफैमा मनोगत पनि छ। गत निर्वाचनको हाराहारीमा जित्ने दावी गरेको भए भ्रमपूर्ण हुने थियो। तर, बढी नै दावी गरिएकोले एमाले कर्णालीबाट हदैसम्म बढारिन सक्ने देखिन्छ। यसै पनि एमालेले जितेका स्थानीय तहको कुनै उल्लेख्य मूल्याङ्कनमा छँदै छैन। त्यसमाथि पनि एमालेले नेतृत्व गरेका स्थानीय तहको बेरुजु र भ्रष्टाचारको कुहिगन्धले जनमानसमा नकारात्मक छाप परेको छ ।
अर्को सत्तारुढ दलको गठबन्धनसँगै एमालेको हर्कत न्यूनीकरण हुने सम्भावना बढेर जाने नै छ। विगतमा जस्तो ढोंगी राष्ट्रवादी मुद्धा पनि यतिखेर एमालेसँग छैन। एमालेसँग भएको कुल पुँजी भनेको अहिलेको परिवर्तन विरोधी कार्यसूचीमात्र हो। स्थानीय सरकार सञ्चालन गर्ने सुशासनको मुद्धा पनि उसको हातबाट फुत्किसकेको छ। भ्रष्टाचार, सुशासनजस्ता मुद्धा एमालेले बोकेर गए त्यो अर्को प्रहसन मात्र हुनेछ। विगतमा जस्तो चरणबद्ध निर्वाचन हुने भएको भए एमालेले शक्ति केन्द्रीकरण गर्ने मौका पाउने थियो। तर, यो चुनावमा त्यो मौका पनि एमालेले गुमाउने छ ।
अर्को पक्ष भनेको एमाले फुटको असर कर्णालीमा धेरै देखिन्छ। एमालेकै चार जना प्रदेश सभा सदस्यहरुले फ्लोर क्रस गर्दा माओवादी नेतृत्वको प्रदेश सरकार ढल्नबाट जोगिएको थियो। एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपाकालमा पार्टीभित्र विभाजनको बीउ रोपिएकै कर्णालीबाट हो। माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकार ढालेर आफू मुख्यमन्त्री बन्न मुख मिठ्याएर कस्सिएका एमाले नेता यामलाल कँडेलको सपना उनकै पार्टीका प्रदेश सांसदहरु प्रकाश ज्वालालगायतले चक्नाचुर पारिदिएका थिए। पछिल्लो समय एमाले फूटपछि कर्णालीमा प्रकाश ज्वालासहितका थुप्रै जनस्तरमा प्रभाव पार्ने नेताहरु माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा रहेका छन्। त्यसले गर्दा पनि कर्णालीमा एमालेको हविगत विजोग नै हुने देखिन्छ ।
उपनिर्वाचन : भोलिबाट मौन अवधि
काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।
रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।
आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।
राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।