स्याङ्जामा काँग्रेस, एमाले परित्याग गरी पचास जना माओवादीमा केन्द्रमा प्रवेश

स्याङ्जामा काँग्रेस, एमाले परित्याग गरी पचास जना माओवादीमा केन्द्रमा प्रवेश

स्याङ्जा, फागुन २२ । नेकपा माओवादी केन्द्र वालिङ कमिटीद्वारा आयोजित सहिद बेपत्ता सम्मान कार्यक्रम तथा कार्यकता प्रशिक्षण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सहिद सप्ताहको अवसर पारेर स्याङ्जाको वालिङ सिटिहलमा आयोजीत कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज रामराज रेग्मीले स्याङ्जामा विस्तारै माओवादी केन्द्रको गतिविधि बढ्दै गएकाले अवको स्थानीय चुनावमा चमत्कारीक जित माओवादीको हुने स्पष्ट पारे ।

उनले सम्पुर्ण उत्पीडित वर्ग, गरीब वर्ग र सर्वहारा वर्गको मुक्ति माओवादीबाट मात्र सम्भव भएकाले माओवादीलाइ साथ दिन सवैसंग अपिल गरे उनले स्थानीय चुनाव भनेकै मितिमा हुने भएकाले सवै नेता तथा कार्यकर्ताहरुलाइ चुनावी गतिविधिमा सरिक हुन आग्रह गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य लोकबहादुर थापाले माओवादी पार्टी परिर्वतनका लागि जन्मिएको पार्टी भएको स्मरण गराउदै माओवादीका कारण देशमा प्रमुख परिर्वतन भएको विचार व्यक्त गरे ।

उनले जनजातीको माघ माओवादीले मात्र सम्वोधन गर्न सक्ने ठोकुवा गर्दै सम्पुर्ण जनतातीहरु माओवादीमा गोल्वन्द हुनुको विकल्प नभएको उल्लेख गरे ।
कार्यक्रममा अर्का पोलिट्व्युरो सदस्य शैलेन्द्र घिमिरेले माओवादीमात्र जनताप्रति उत्तरदायी भएको पार्टी भएकाले माओवादी हुनुमा सबैले गर्व गर्नुपर्नेमा जोड दिए ।

उनले माओवादी पार्टी न्याय सत्य र समानताको पक्षमा रहेकाले सधैभरी माओवादी यी तीन चिज प्राप्तिका लागि लडिरहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पोलिट व्युरो सदस्य पारष सर्मा, अखिल नेकपा महिला संघ (क्रान्तिकारी) स्याङ्जाकी जिल्ला अध्यक्ष कल्पना अर्याल, सहिद परिवारका सदस्य डिल्लीराम रिजाल लगाएतले मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस र अन्य दलबाट ५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन भने जनयुद्धको क्रममा सहिद तथा वेपत्ता भएका परिवारका सदस्यहरुलाइ सम्मान गरिएको छ ।

यसभन्दा अघि प्रमुख अतिथीबाट वालिङ नगरपालिका भकुण्डेमा रहेको नेकपा माओवादी केन्द्र वालिङ नगरपालीकाको पार्टि कार्यलय उद्घाटन गरीएको थियो। सोही अवसरमा नारायण अस्यालको अध्यक्षतामा ५१ सदस्यी वाइसिएल वालिङ नगर किमिटी गठन गरिएको छ ।जसको उपाध्यक्षमा ओमराज गुरुङ, सचिवमा अनिता गहतराज, सह–सचिवमा रोशन श्रेष्ठ, कोषाध्यक्षमा दिपक गुरुङ र वाँकी सदस्यमा रहेका छन ।

त्यस्तै भगवती पराजुलीको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वालिङ नगर कमिटी गठन गठन गरिएको छ ।

जसको उपाध्यक्षमा जसमती गुरुङ, सचिवमा याम कला डुम्रे, सह–सचिवमा कल्पना पाराजुली, कोषाध्यक्षमा सुसिला डुम्रे र वाँकी सदस्यमा रहेका छन ।

त्यसैगरी श्याम विश्वकर्माको अध्यक्षतामा नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा वालिङ नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा गव बहादुर विश्वकर्मा, सचिवमा थमन विश्वकर्मा, सह–सचिवमा गिर वहादुर नेपाली, कोषाध्यक्षमा राम वहादुर सार्की र वाँकी सदस्यहरु रहेका छन ।

त्यस्तै, चित्रबहादुर रेग्मीको अध्यक्षतामा ३३ सदस्यी अखिल नेपाल किसान संघ (क्रान्तिकारी) वालिङ नगर कमिटी गठन गरिएको छ । जसको सचिवमा कमल न्यौपाने, कोषाध्यक्षमा कमलापति डुम्रे र वाँकी सदस्यमा रहेका छन ।

त्यसैगरी खगिसा भुसाल संयोजक रहने गरी १२ सदस्यीय सहिद परिवार समाज र ख्याम प्रसाद तमु संयोजक रहने गरि अखिल नेपाल भुतपुर्व सैनिक संगठन वालिङ नगर किमिटी गठन गरिएको छ । त्यस्तै चेतबहादुर गुरुङको अध्यक्षतामा २९ सदस्यी तमु राष्ट्रिय मुक्ति मोर्चा वालिङ नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा चित्रबहादुर गुरुङ, सचिवमा हुम वहादुर गुरुङ, सह–सचिवमा वेल वहादुर गुरुङ, कोषाध्यक्षमा जुन प्रसाद गुरुङ र वाँकी सदस्यहरु रहेका छन ।

सोही अवसरमा मणी प्रसाद पाठक अध्यक्ष रहने गरी २१ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठन वालिङ नगर कमिटी गठन गरिएको छ ।
जसको सचिवमा लोकराज कोइराला, कोषाध्यक्षमा यज्ञ डुम्रे र वाँकी सदस्यमा रहेका छन ।

त्यस्तै, लक्ष्मी रानाको अध्यक्षतामा २९ सदस्य मगर राष्ट्रिय मुक्ति मोर्चा वालिङ नगर किमिटी गठन गरिएको छ भने चिरञ्जीवी सुवेदी संयोजक रहने गरी घाइते अपाङग समाज वालिङ नगर कमिटी गठन गरिएको छ ।

नेकपा माओवादी केन्द्र वालिङ नगर कमिटिका सह–संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वालिङ नगर कमिटीका सह–इन्चार्ज निन्यानन्द तिवारीले गरेका थिए भने सञ्चालन नेकपा माओवादी केन्द्र वालिङका संयोजक प्रकास न्यौपाने (किरण) ले गरेका थिए ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय