स्ववियु चुनावमा ६६ क्याम्पसमा क्रान्तिकारीको जित (कुन–कुनमा जित्यो ? सूचीसहित)

स्ववियु चुनावमा ६६ क्याम्पसमा क्रान्तिकारीको जित (कुन–कुनमा जित्यो ? सूचीसहित)

काठमाडौं,फागुन २० । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनमा माअोवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ६६ वटा क्याम्पसमा जित हासिल गरेको छ।

माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले ६६ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए ।
कुन–कुनमा जित्यो ?

१. इन्जिनियरिङ अध्ययन संस्थान,पुल्चोक केन्द्रीय क्याम्पस , -अध्यक्ष रोसन थापामगर
२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट- अध्यक्ष श्रीकुमार बुढाथोकी
३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम – अध्यक्ष नवराज के. सी .
४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम – अध्यक्ष जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम -अध्यक्ष राम बहादुर विष्ट
६. बनगाड क्याम्पस, सल्यान – अध्यक्ष इन्द्रबहादुर बुढाथोकी
७. फारुला बहुमुखी क्याम्पस, सल्यान – अध्यक्ष रामप्रसाद शर्मा
८. शिवजन क्याम्पस सितलपाटी, सल्यान – अध्यक्ष हरिप्रकाश वली
९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी – अध्यक्ष सिर्जना घिमिरे
१०. त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा – अध्यक्ष शालिकराम उप्रेती
११.लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला – अध्यक्ष नरबहादुर बिष्ट
१२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला – अध्यक्ष भुवन भण्डारी
१३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया – अध्यक्ष धनसरा ढकाल
१४.नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ -अध्यक्ष रामवावु विष्ट
१५.नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट -अध्यक्ष लक्ष्मण वुढा
१६.नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट -अध्यक्ष राजन राना
१७.सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं -अध्यक्ष मनिष खत्री
१८.महालक्ष्मी क्याम्पस ,ललितपुर लुभुमा -सरोज महर्जन
१९. प्रताप स्मृति कलेज,सिंगटी,दोलखा- नमराज बस्नेत
२०.प्रभा वहुमुखी क्याम्पस,कात्तिके देउराली,काभ्रे-
विनोद चौलागाई
२१.भाषा क्याम्पस ,धनकुटामा – अध्यक्ष नवीन पाैडेल
२२.पुष्पलता वहुमुखी क्याम्पस,लमजुङ -अध्यक्ष संगिता भुजेल
२३.मुसिकोट क्याम्पस,मुसिकोट रुकुम- अध्यक्ष नारायण केसि
२४.दाप्चाकृष्ण क्याम्पस,दाप्चा,काभ्रे -अध्यक्ष अमृत अधिकारी
२५.भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत, अध्यक्ष -रितकुमार बिक
२६.लाम्पन्टार ब. क्याम्पस, सिन्धुली-अध्यक्ष विमल रमौली मगर
२७.जुगल बहुमुखी क्याम्पस,साँगाचोक,सिन्धुपाल्चोक -जयन्द्र श्रेष्ठ
२८.पालुङ वहुमुखी क्याम्पस,पालुङ,मकवानपुर-मुकेस घोले
२९.शितल शिक्षा क्याम्पस,चौरजहारी,रुकुम, अनुप पोखरेल
३०.चौमाला बहुमुखी क्याम्पस ,कैलाली- अध्यक्ष प्रकाश आचार्य
३१.धुर्कोट पर्मानन्द भण्डारी व.क्याम्पस,गुल्मी -अध्यक्ष सितल थापा
३२.राडी शिक्षा क्याम्पस,आठविसकोट,रुकुम-अध्यक्ष खुवराज वली
३३.परोपकार आदर्श वहुमुखी क्याम्पस,जौवारी,गोर्खा -अध्यक्ष मिना पन्त
३४.जयपृथ्वीवहादुर सिंह वहुमुखी क्याम्पस,वझाङ,-रामचन्द्र रोकाय
३५.नवनेपाल क्याम्पस,जुगार ,रोल्पा-अध्यक्ष सुमित रानामगर
३६.सर्वमंगलादेवि बहुमुखी क्याम्पस,काभ्रे -अध्यक्ष तेजबहादुर मिजार
३७.सिरिङगेश्वर वहुमुखी क्याम्पस ,रानिवस-अध्यक्ष शिसन पाण्डे
३८.पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची -अध्यक्ष लक्ष्मण खड्का
३९.देवी वहुमुखी क्याम्पस,विर्तामोड,झापा-अध्यक्ष पदम खड्का रोशन
४०.विपि संस्कृत विद्यापिठ,सोलुखुम्बु -अध्यक्ष -युवराज वास्तोला
४१.तिलाकर्णाली वहुमुखी क्याम्पस,मान्मा,कालिकोट -अध्यक्ष -अध्यक्ष भीमप्रसाद आचार्य
४२.घ‍ोडाघोडी वहुमुखी क्याम्पस,कैलाली -जीतवहादुर विक
४३.सानोठिमी क्याम्पस, भक्तपुर – रमेश खड्का
४४.चाैतारा बहुमुखि क्याम्पस, सिन्धुपाल्चोक– मिलन लामा
४५.महेन्द्र बहुमुखी क्याम्पस धरान, सुनसरी- सरगम सागर चेम्जोङ
४६.थापाथली इन्जिनियरिङ क्याम्पस, काठमाडाैं– प्रज्ज्वल खत्री
४७.विश्वनिकेतन क्याम्पस काठमाडौं : कपिल दाहाल
४८.लिकु क्याम्पस डोल्पा : योगेन्द्र बुढा
४९.थर्पु क्याम्पस पाँचथर : ज्योति काङवाङ
५०.गरुवा क्याम्पस इलामः सरिता लिम्बू
५१.कालिका बहुमुखी क्याम्पस झापा : खगेन्द्र सुवेदी
५२.चकरघट्टी क्याम्पस सुनसरी : बुद्रोस लिम्बू
५३.मोती क्याम्पस झापा : विपिन बस्नेत
५४.रंगनाथ कलेज मोरङ : ताजिम अन्सारी
५५.वेतना कलेज मोरङ : प्रकाश चौधरी
५६.जनसेवा बहुमुखी क्याम्पस बाँके : रामसिंह थारू
५७.गल्फा बहुमुखी क्याम्पस हुम्ला : जल बुढा
५८.चतुर्देव विष्णुपूर्ण बहुमुखी क्याम्पस मुगु : नवराज कार्की
५९.तेह्रथुम बहुमुखी क्याम्पस तेह्रथुम : प्रेमबहादुर फोम्बो
६०.ह्यातुङ झरना क्याम्पस तेह्रथुम : युवराज गौतम
६१.जनज्ञानकुञ्ज क्याम्पस जाजरकोट : विष्णु बिसी
६२.सहयोगी क्याम्पस गोकर्ण काठमाडौं : संग्राम रानामगर
६३.शिवपुरी क्याम्पस शिवपुरी : सुजन तामाङ
६४.सदाशिव बहुमुखी क्याम्पस बर्दिया : शिला थारू
६५.कृण्ण वर्णेश्वर क्याम्पस रामेछाप : मञ्जिल मोक्तान
६६.मरिन बहुमुखी क्याम्पस सिन्धुली : नेत्र नेपाली

यो खबर अाजको नयाँ पत्रिकामा छ ।

बंगलादेशको अन्तरिम सरकार नेपालबाट बिजुली लैजान सकारात्मक

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले समेत नेपालबाट ४० मेगावाट बिजुली लैजान चासो देखाएको छ । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो ।  बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि साउन २२ मा राजीनामा दिँदै शेख हसिनाले देश छाडेकी थिइन् । हसिनाकै अगुवाइमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश लैजाने गरी ४० मेगावाट बिजुली खरिद प्रक्रिया अघि बढेको थियो । तर हसिनाले देश छाडेपछि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने थियो । अहिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेको कान्तिपुर दैनिकले लेखेको छ । यसअघि नै सबै कागजपत्र पूरा भइसके पनि तीन देशबीच सम्झौता गर्न मात्र बाँकी थियो ।  हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर ९१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार० आम्दानी हुने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर भारत–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

किन बढ्दै छ सरकारको स्थायित्वमाथि आशंका ?

काठमाडौं । राजनीतिक स्थायित्व, सुशासन, सेवा प्रवाह र संविधान संशोधनसहितको सातबुँदे सहमतिअनुसार गठन भएको संसद्का दुई ठूला दल नेपाली कांग्रेस–नेकपा (एमाले) सम्मिलित सरकारको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ। सरकार गठन भएको दुई महिना नपुग्दै राजनीतिक वृत्तमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयुका सम्बन्धमा विभिन्न टीकाटिप्पणीहरू हुन थालेको आजको नेपाल समाचारपत्रले लेखेको छ। सत्ता पक्षकै कतिपय सांसदहरूले वर्तमान सरकारको चाल हेर्दा लामो समय जाने संकेत नदेखिएको बताए । गत असार १७ गत मध्यरातमा एकाएक भएको कांग्रेस–एमाले सत्ता समीकरणसँगै आक्रामक बनेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बिचौलिया, तस्कर र भ्रष्टाचारीलाई बचाउन आफूलाई सरकारबाट हटाएको आरोप लगाउँदै आएको थियो । प्रतिपक्षको उक्त आरोपलाई सत्तापक्षका सांसदहरूले खण्डन गरे पनि पछिल्लो समयमा सरकारका गतिविधिप्रति मन्त्रीहरू नै सन्तुष्ट देखिएका छैनन्। एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भएकाले आ–आफ्नो राजनीतिक अभियानलाई सशक्त बनाएर जनतामाझ पुग्न कठिन भएको बताउन थालेका छन् । प्रतिपक्षी दलहरूले खेलिरहेको अवस्थामा सरकारकै मन्त्रीहरूले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले विवादित बनेका छन् । पछिल्लोपटक सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसको व्यापक आलोचना भएको छ । सो विषयमा आपत्ति जनाउँदै सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सदनबाटै सरकारको ध्यानाकर्षण गर्नुभयो । मन्त्रीहरूलाई जिब्रोमा ब्रेक लगाउन आग्रह गर्दै खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिनसमेत माग गर्नुभएको थियो । त्यस्तै, गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेको मन्त्रालय बेच्ने अभिव्यक्तिले अर्को तरंग उत्पन्न भएको छ । उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले गण्डकीमा मन्त्री पद पैसामा बिक्री गर्न शुरू भएको हो रु भन्दै सरकारसँग जवाफ माग्नुभएको छ । प्रदेश सांसद मनाङेले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएकोप्रति असन्तुष्टि जनाउँदै मन्त्रालय ३ करोडसम्ममा बिक्रीमा राखेको अभिव्यक्ति दिनुभएको थियो । यता, कांग्रेसका सहमहामन्त्रीसमेत रहेका संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि दुई प्रतिस्पर्धी दलबीचको गठबन्धनले पार्टी खुकुरीको धारमा हिँड्नुपरेको टिप्पणी गर्नुभएको थियो । उहाँले मन्त्री भएर काम गर्नै नसकेको भनेर पार्टीको केन्द्रीय समिति बैठकमा दिएको अभिव्यक्तिले समेत पार्टी र सरकारमा एकखालको तरंग छाएको थियो। केही समयअघि परराष्ट्रमन्त्री आरजू देउवा राणा भारत भ्रमणबाट फर्कनासाथ उहाँप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै अब महिला प्रधानमन्त्री बनाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभएको थियो– ‘म महिला प्रधानमन्त्री भएको देख्न चाहन्छु । मेरै पालामा महिला राष्ट्रपति, महिला सभामुख, महिला न्यायाधीश र महिला मुख्य सचिव बनाइसकिएको छ । अब महिला प्रधानमन्त्री बनाउने मेरो चाहना छ । त्यो चाँडै पूरा हुन्छ, तर केही महिना लाग्छ।’ उहाँको यस्तो अभिव्यक्तिलगत्तै आरजू राणालाई कतिपयले भाबी प्रधानमन्त्रीका रूपमा प्रचार नै गरेपछि राणाले आगामी सरकारको प्रधानमन्त्री आफू नभएर कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने लिखित धारणा सार्वजनिक गर्नुभएको थियो। सरकारले अपेक्षकृत रूपमा काम गर्न नसकेको टिप्पणीहरू भइरहेका बेला सरकारसम्बद्ध व्यक्तिहरूबाटै आएका यस्ता आलोचित र विवादित विषयले सरकारलाई थप कमजोर गर्दै लगेको विश्लेषकहरूले बताएका छन्। तर, सरकारका प्रमुख दलका शीर्ष नेताद्वय शेरबहादुर देउवा र केपी ओलीसमेत सरकारको आयुका विषयमा निश्चिन्त हुनुहुन्न । उहाँहरूले हतारमा अभिव्यक्ति दिँदै यो सरकार दुई दलबीच भएको सहमतिअनुसार जाने जिकिर गर्नुभएको छ। कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको दाबी गर्नुभयो । बुधबार सार्वजनिक कार्यक्रममा बोल्दै देउवाले भन्नुभएको छ– ‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ । कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो । यसमा चिन्ता लिनुपर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ।’ बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पोलिटब्युरो बैठकमा एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने पार्टी नेताहरूलाई आश्वस्त पार्नुभएको छ। सरकारलाई सय दिन पूरा नहुँदै घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न उहाँले नेताहरूलाई निर्देशन नै दिनुभएको छ। ‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ। यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ –उहाँले भन्नुभयो।

शीर्ष नेताको बैठक बस्दै, कार्यादेश टुंग्याउने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक आज बिहान बस्न लागिएको हो । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आज बस्ने तय गरिएको हो ।  

सुन तस्करीका लागि हङकङमा कार्यालय, यस्ता छन् कार्यालय खोल्ने नागरिक

काठमाडौं । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार हङकङका नेपाली र भारतीय व्यापारीहरूले कार्यालय खोलेर नेपालमा अनुकूल वातावरण तयार पारी सुन पठाउने गरेका छन्। ‘नेपाली र भारतीय व्यापारीहरूको हङकङमा संयुक्त कार्यालय रहेको छ, जहाँबाट सेटिङ मिलाएर मात्रै नेपालमा सुन पठाउने गर्छन्। कुनै बेला सेटिङ भत्कियो भने वा कमिसनमा कुरा मिलेन भने मात्रै सुन बरामद हुने गरेको छ,’ स्रोतले भन्यो। सुन तस्करीका लागि हङकङमा कार्यालय खोल्नेमा अधिकांश भारतीय नागरिक तथा भारतीय मूलका नेपाली व्यापारी छन्। यो नागरिक दैनिकमा आज प्रकासित समाचार हो ।

लोकप्रिय