प्रतिक्रियावादीहरुले जति षडयन्त्र गरेपनि हामी घेरा तोडेर अघि बढ्छौं– प्रचण्ड

प्रतिक्रियावादीहरुले जति षडयन्त्र गरेपनि हामी घेरा तोडेर अघि बढ्छौं– प्रचण्ड

बुटवल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीलाई सिध्याउन जनयुद्दकालदेखि नै खोजिएको भएपनि प्रतिरोध गरेर अघि बढेकोले अहिले पनि प्रतिक्रियावादीको षडयन्त्र परास्त गर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले देशी तथा विदेशी प्रतिक्रियावादीहरुको मुख्य निशाना माओवादी भएको बताए । विगतमा संसद विघटनदेखि नेकपा विभाजनसम्मका घटनाहरु माओवादीलाई नै कमजोर बनाउने षडयन्त्रको उपज भएको उनको जिकिर थियो ।

“जनयुद्धलाई समाप्त गर्न थुप्रै अप्रशनहरु भए रोमियो, किलो सेरा टु, हत्या, दमन र बलात्कारका विभिषिका रचियो । घेरा हाल्ने र सखाप पार्ने रणतिनि तत्कालीन राज्यले र राजतन्त्रले यो अभियान चलायो ।” प्रचण्डले भने, “तर हामी क्रान्तिकारी विचार र नेतृत्वमुनि लामबद्ध भएर अनुशासनवद्धरुपमा अघि बढ्यौं र हरेक षडयन्त्र परास्त गर्न सफल बन्यौं ।”

प्रतिक्रियावादीहरुले विगतमा घेरा हालेर सखाप पार्न खोजेपनि प्रतिरोध गरिएको बताउँदै उनले भने, “हामीलाई प्रतिक्रियावादीको रणनिति घेरा हाल्ने र सखाप पार्ने थियो भने हाम्रो घेरा तोडने र प्रतिरोध गनेै रहेको थियो ।”
हामी विगतमा आत्मसमर्पणको अवस्थामा हिजो पनि थिएनौं र आज पनि छनौं । आत्मसमर्पण भन्दा मृत्यु हामीलाई स्वीकार्य छ ।”

आगामी निर्वाचनमा समेत जनयुद्दको बेला जस्तै योजनाबद्ध तयारीका साथ लडाईमा उत्रिनुपर्ने उनको भनाई थियो । अबको निर्वाचन पनि प्रतिगमन र अग्रगमनकारीबीचको लडाई भएकोले हतियारविहिनरुपमा जनताको घरदैलोसम्म पुगेर निर्वाचन जित्नुपर्नेमा उनले जोड दिए ।

“निर्वाचनमा एक भएर जाँदा राम्रो परिणाम ल्याउन सकिन्छ। हामी अराकता र गुुटबन्दीका विरुद्ध संघर्ष गरेर जानु पर्दछ ।” प्रचण्डले पार्टीभित्रको अन्तरविरोधलाई पद्दती अनुरुप हल गर्नुपर्नेमा समेत जोड दिँदै भने, “हामी आपसमा गुटबन्दी गर्ने, तानातान गर्ने अरुलाई हिलो छ्याप्ने दोष अरुलाई जस आफुलाई गर्ने प्रवृति पुँजिवादी प्रवृति हो । समाजवादी प्रवृति होइन ।”

नेपालको राजनैतिक आन्दोलनमा प्रतिक्रियावाद र यथास्थितिवादका विरुद्ध नै मुख्य संघर्ष चल्दै आएको बताउँदै उनले ०५२ साल पश्चात् यो संघर्ष सिधा र आमनेसामने भएर आएको स्मरण गरे । शान्ति प्रक्रियापछि पनि नेपाली राजनीतिमा माओवादीले पहिलो गणतान्त्रिक सरकारको नेतृत्व गर्नु सामान्य कुरा नभएको बताएँदै प्रचण्डले गणतन्त्रलाई प्रतिक्रियावादीले संसदीय गणतन्त्रमा लैजाने रणनीति खेलेको बताए । तर माओवादीले भने समावेशी गणतन्त्रमा लैजाने रणनीति लिएको उनको भनाई थियो ।

संविधानसभाबाट गणतन्त्र बनेपछि पनि यथास्थितिवादी र प्रतिक्रियावादीहरुको षडयन्त्र झनै चुलिएको उनले बताए । आफू संविधानसभाको निर्वाचनमा एक मिनेटको फरकले बाँचेको स्मरण गर्दै प्रचण्डले अहिले आएर पनि माओवादीमाथिको आक्रमण कम नभएको बरु प्रतिक्रियावादीहरु झन बढी भ्रम छर्नतर्फ लागेको बताए ।

“माओवादी पार्टीलाई पटक पटक जिरो जिरो हुने गरी बदनाम गरिएको छ । भएका र नभएका कुरा गरेर ।” उनले भने, “मिडियामा प्रचण्ड फेल भनेर भन्छन् । तिनले माया गरेर फेल भनेका हुने त ?”
सामाजिक सञ्जाल र अन्य मिडियामा अझै पनि बदनाम गर्न नछाडिएको बताउँदै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा फूट विवाद सिर्जना गर्ने षडयन्त्र समेत परास्त गर्नुपर्नेमा जोड दिए । “अहिले हामी एक्ला एक्लै भयो । म एक्लै तपाईहरु पनि एक्लै । जनयुद्धमा हामी एक जुट थियौं । हाम्रो अब पहिले कै रणनीति घेरा तोड्ने र अगाडि बढ्ने तिर हुनु पर्छ ।”

विगतमा नेकपाको एकताको प्रसंग स्मरण गर्दै अध्यक्ष प्रंचण्डले केपी ओलीलाई समेत समाजवादी क्रान्तितर्फ लैजाने रणनीति भएपनि उनी खलनायक भएर आएको बताए । µ हामीले ओलीलाई पनि क्रान्ति तिरै लैजाने भन्ने थियो । एमालेका धेरै कार्यकर्ताहरुले कमरेड तपाईमा हामीले मदन भण्डारी भेट्यौं भनेका थिए ।” उनले भने, “हामी नेकपा बनाउनु गल्ती थियो भन्ने कतिपयलाई लाग्छ । तर त्यस्तो होइन । हामीले विशाल कम्युनिष्ट आन्दोलन र समाजवादी व्यवस्था ल्याएर ४० ५० वर्ष कम्युनिष्टहरुले सत्ता चलाउने भनेका थियौं । जसलाई नायक बनाउने भन्यौ उ नै खलनायक निस्कियो ।”

यद्यपी नेकपा विभाजनलाई पराजयको रुपमा लिन नहुनेमा समेत उनको जोड थियो । “हामी पराजित भएको होइन । हामी नेकपा मा ७० प्रतिशत केन्द्रीय सदस्यहरुले केपी ओलीलाई निस्कासन गरेका हौं । संसदीय दलको बैठकले केपी ओलीलाई दल नेताबाट हटाएर मलाई दल नेता बनाएको हो ।

लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला र जनताले जनयुद्दमा विशिष्ट भूमिका खेलेको बताउँदै उनले भने, “यो क्षेत्र जनयुद्धसँग गहिरो समवेदना बोकेको प्रदेश हो । विविध प्रश्नहरु बोकेर बसेको प्रदेश हो यो ।”

उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो ।  उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’   

उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ ।  माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ ।  सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् ।   करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।  

बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)

काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो । प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ । 

उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने महत्वपूर्ण अवसर: प्रचण्ड

काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गर्नुभएको छ । ‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा ब्याप्त बेथिति, बिसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।’ उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँहरु सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसैको परिणामस्वरुप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ ।’ अध्यक्ष प्रचण्डले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट गर्नुभयो । ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’ उहाँले भन्नुभयो– ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’

लोकप्रिय