१५ महिनाभित्रै पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डिपिआर

१५ महिनाभित्रै पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डिपिआर

काठमाडौं, जेठ २९ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ ।

रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर सम्पन्न हुने नयाँ पत्रिकामा खबर छ ।  राष्ट्रिय गौरवको आयोजनाको रूपमा उच्च प्राथमिकता प्राप्त रेलवे पूर्व काँकडभिट्टा (झापा) देखि पश्चिम गड्डाचौकी (कञ्चनपुर) सम्मको करिब (अध्ययनपछि लम्बाइमा थपघट हुन सक्ने भएकाले) ९४५ किलोमिटरको हुनेछ ।

लामो यस आयोजनाको अहिलेसम्म बर्दिबासदेखि बुटवलसम्मको २ सय ९९ किलोमिटर खण्डको डिपिआर सम्पन्न भइसकेको छ । त्यस्तै, बर्दिबासदेखि पूर्व काँकडभिट्टासम्मको २ सय ४० किलोमिटरमा डिपिआर भइरहेको छ भने बुटवलदेखि गड्डाचौकीसम्मको ४ सय ६ किलोमिटरमा डिपिआर तयारीका लागि सम्झौता भइसकेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए ।

बर्दिबासदेखि काँकडभिट्टासम्म पुसभित्रै
अहिले डिपिआर भइरहेको बर्दिबासदेखि काँकडभिट्टासम्मका खण्डको तयारी कार्य १ भदौ २०७३ देखि थालिएको हो । सो खण्डको अध्ययन अहिले द्रुतगतिमा भइरहेको विभागका इन्जिनियर किरण कार्कीले बताए । ‘हामीले मंसिर पुसम्ममा प्रतिवेदन प्राप्त गर्नेछौं’ उनले भने । बर्दीबासदेखि इनरुवासम्म एक प्याकेज र इनरुवादेखि काकडभिट्टासम्म अर्को गरी दुई प्याकेजमा उक्त मार्गलाई विभाजन गरिएको छ ।

बुटवलदेखि गड्डाचौकीसम्मको सम्झौता पूरा
बुटवलदेखि गड्डाचौकीसम्मको करिब ४ सय ६ किलोमिटर लामो विद्युतीय रेलमार्गको डिपीआर तयारीको लागि जेठ दोस्रो सातामात्र सम्झौता भएको छ । चार ओटा प्याकेजमा बाँडिएको सो खण्डको डीपीआर चीन र दक्षिण कोरियाका कम्पनीले नेपाली कम्पनीसँगको संयुक्त उपक्रमले गर्ने भएका छन । चीनको चाइना रेलवे फस्ट सर्भे एण्ड डिजाइन, कोरियाको युङह्वा इञ्जिनियरिङ कन्सल्ट्याण्ट र दोङ म्योङ इञ्जिनियरिङ कल्सल्टेण्ट्स एण्ड आर्किटेक्चरले सो खण्डको डीपीआर गर्ने रेल विभागले जनाएको छ । त्यस्तै नेपालको सिल्ट कम्पनी पनि यसमा सहभाागी रहेको छ । कम्पनीलाई डिपीआर तयारको लागि चिठी केही दिनमा दिने तयारीमा विभाग रहेको छ । त्यसपछि तोकिएको खण्डमा डिपिआर तयार सुरु हुनेछ । काम थालेपछि १५ महिनामा डीपीआर तयार हुनेछ ।

आयोजनाको लागत साढे ६९ अर्ब
पूर्व पश्चिम रेलमार्गको कुल लागत ६९ अर्ब ५२ करोड रूपैयाँ प्रस्तावित छ । आयोजनालाई सम्पूर्ण रूपमा नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण गर्ने योजना छ । यस आयोजनाका लागि चालु आबमा १ अर्ब ९९ करोड ७७ लाख रूपैयाँ विनियोजन गएिको छ । गत आव २०७२÷७३ मा १ अर्ब ५६ करोड रूपैयाँ विनियोजन गरिएको थियो ।

आयोजनाले झेल्नुपरेका समस्या
वन क्षेत्रमा आयोजना निर्माण स्वीकृतीमा ढीलाई, जग्गा अधिग्रहण, रेखाकंन तथा मुआब्जा निर्धारणमा समस्या र दक्ष जनशक्तिको अभाव मूख्य समस्या छन् ।

नेपालमा रेलको इतिहास
नेपालमा रेल यातायातको सुरुआत सन् १९२७ देखि भएको हो । त्यसबेला भारतको इष्ट इण्डिया कम्पनीको सहयोगमा रक्सौल–अमलेखगञ्ज रेलवे बनेको थियो । यो रेलसेवा सन् १९७० सम्म सञ्चालनमा थियो, अहिले बन्द छ । सन् १९३७ मा इष्ट इण्डिया कम्पनीकै सहयोगमा भारतको जयनगरदेखि नेपालको महोत्तरी जिल्लाको बिजलपुरासम्म ५१ किलोमिटर रेल बनेको थियो । सन् २००१ मा बिघी खोलामा आएको बाढीले रेलमार्गका केही भाग बगायो र जनकपुर–जयनगर खण्ड (२९ किमी) मा सीमित भयो । यो सेवा पनि करिब ३ वर्षअघि (सन् २०१४) देखि बन्द छ । हाल, यो खण्ड स्तरोन्नतीको क्रममा रहेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकास उपाध्यायले जानकारी दिए ।

नेपालभर ८ सय मिटरमा मात्रै रेल सञ्चालन
अहिले भारतको रक्सौलदेखि नेपालको विरगञ्जस्थित सुख्खा बन्दरगाहसम्मको ब्रोड गेज रेल प्रणाली सञ्चालनमा छ । भारतको रक्सौलदेखि कुल ५ किलोमिटर लम्बाइ रहेको यस रेलमार्गमध्ये नेपालमा जम्मा ८ सय मिटर मात्र पर्छ । यस रेलमार्गमा चल्ने रेललाई यात्रु बोक्न नभइ सामान (कण्टेनर) ढुवानी गर्नको लागि मात्र प्रयोग गरिएको छ ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) के हो ?
कुनै पनि आयोजनाको बारेमा पूर्ण जानकारी समेटिएको दस्तावेज नै डिपीआर हो । अर्थात् जुन आयोजनाको डिपीआर गरिएको हुन्छ त्यस आयोजनाको लागत (लगानी), नक्साङ्कन तथा रेखांकन, कार्ययोजना, आयोजनाको बारेमा लिनुपर्ने आवश्यक निर्णय, स्वीकृति प्रक्रियालगायतका विषय समेटिएको हुन्छ । डिपीआर नै आयोजना कार्यान्वयन कार्ययोजना तयारीको आधार हो । यसले गुणस्तरयुक्त आयोजना निर्माणको लागि लाग्ने अधिकतम लागत पूर्वानुमान गर्न सघाउँछ । आयोजना रहने स्थान र लागत उठाउने अवधी निश्चित गर्छ । आयोजनामा लगानीयोग्य छ वा छैन पूर्वानुमान गर्न सघाउँछ । कुन निर्माण पद्धती अपनाएर निर्माण गर्न सकिन्छ भन्ने अनुमान गर्न मदत गर्छ

बर्दिबासदेखि लालबन्दीसम्म ट्र्याक निर्माण थालनी
रेल विभागले विस्तृत अध्ययन सम्पन्न भइसकेको बर्दिबासदेखि बुटवलसम्मको खण्डमध्ये ३० किलोमिटर ट्र्याक निर्माण थालिएसकेको छ । बर्दिबासदेखि लालबन्दीसम्म ट्र्याक निर्माण थालिएको हो । लालबन्दीदेखि बुटवलसम्मको विस्तृत अध्ययन सम्पन्न भइसके पनि अझै रूख कटान, जग्गा प्राप्तिलगायतका समस्याले अघि बढ्न सकेको छैन ।

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।  

दुर्गा प्रसाई पक्राउ

काडमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन् ।  असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।  प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । के थियो प्रकरण ?  आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ। गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।  

प्रधानमन्त्री ओलीको गुटेर्रेससँग भेट

काठमाडौं ।  नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग भेट गर्नुभएको छ । शनिबार दिउँसो स्थानीय समय अनुसार सवा ३ बजे संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ।  यसअघि प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । 

गलत कदम चाल्दा सरकार सुरुवातकै चरणमा असफल: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गर्नुभएको छ । नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्ने लगायतका गलत कदमका कारण सरकार सुरुवातकै चरणमा असफल भएको टिप्पणी गर्नुभएको हो । ‘नेपालबाट लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउन प्राविधिक र विज्ञताका हिसाबले त्यति ठूलो काम गरेर देशभरिका जनताको हृदयमा पसेको कुलमान घिसिङलाई अपमान गरेर निकाल्न खोजियो तर जनताको बिरोधपछि सरकार पछि हट्नुपर्यो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यस्तै आफैले बनाएको उपसभामुखलाई सोझोपनका कारण गरेको सामान्य प्राविधिक त्रुटिलाई लिएर कानुनी र नैतिक आधारविना नै हटाउन खोजियो, त्यसबाट पनि सरकार पछि हट्नुपर्यो ।’ उपसभामुखले महिला र बालबालिकाको क्षेत्रमा प्राप्त गरेको अन्तर्राष्ट्रिय ख्यातिको समेत बेवास्ता गरेर महिला र जनजाति समुदायलाई अपमान गर्ने गरी हटाउनका लागि हस्ताक्षर गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘त्यो जनतालाई स्वीकार्य थिएन र हामीले पनि अस्वीकार गरेपछि सत्तारुढ दलहरु पछि त हटे तर हस्ताक्षर गरिसकेको बेलामा हटाउन खोजेकै होइन भनेर प्रधानमन्त्रीले संसदलाई ढाँटेको पनि देखियो ।’ वर्तमान सरकारमा भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले यो सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारका विरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्रभावकारी रुपमा अघि बढाएको उल्लेख गर्दै उहाँले अब यसलाई समाजवाद निर्माणको आधार बनाएर लैजाने बताउनुभयो । माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम चाल्दैगर्दा भ्रष्टाचारीलाई जोगाउन सरकारबाट हटाइएको तथ्य नेता कार्यकर्ताले भन्दा चाँडो जनताले बुझेकोमा आफूहरु खुशी रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी अभियानका कार्ययोजना निर्माण गर्न यसले उर्जा थपेको बताउनुभयो । पार्टी परामर्श बैठकका क्रममा प्रदेशहरुमा पुग्दा र पछिल्लो समय भदौ २९ र ३० गते मोरङ, सुनसरी र झापा पुग्दा प्राप्त गरेको जनसमर्थनले आफू थप उत्साहित भएको पनि उहाँले स्पष्ट गर्नुभयो । ‘जनताले ठूलो पार्टी बनाए तर जनताको विश्वास बचाउन सकिएन । हाम्रो वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको साँचो हो’– उहाँले भन्नुभयो– ‘अलिअलि कांग्रेस, अलिअलि एमालेको रोग हामीलाई पनि सरेकै हो तर सबै हिसाबले अहिले फेरि पार्टी पुनर्निर्माणको ठूलो अवसर प्राप्त भएको छ, यसलाई खेर जान दिनुहुन्न ।’ खासगरी सरकारमा रहँदा थालेको भ्रष्टाचारविरोधी अभियानहुँदै विश्व मञ्चमा शान्ति र जलवायु परिवर्तनका मुद्दामा नेपालको पक्षमा लिएको अडानका कारण माओवादी केन्द्रको नेतृत्व थप स्थापित हुने अवसर प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नेतृत्व अहिलेजस्तो स्थापित कहिल्यै भएको थिएन । मलाई फरक खालको जोश आइरहेको छ ।  अहिले दिनरात खटिरहेको छु ।’ उहाँले अहिले नेपालमा तीनथरि सोंचका बीचमा रस्साकस्सी चलिरहेको बताउनुभयो । ‘अहिले शक्तिको रुपमा कमजोर भए पनि एकथरिले अराजकता मच्चाएर २०४७ सालभन्दा अघिको निरंकुश अवस्थामा मुलुकलाई लैजान सकिन्छ कि भन्ने प्रयासमा छन्’– अध्यक्षले भन्नुभयो– ‘कांग्रेस, एमाले र खासगरी एमालेको एउटा तप्का अहिलेको संविधान स्वीकार गर्न चाहिरहेको छैन । महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिमले पाएको अधिकार खोजेर २०४७ कै जस्तो संविधान बनाउन पाए हुन्थ्यो भन्नेमा छ ।’ यी दुबै खालेका सोंचका विरुद्ध जनताले नयाँ शक्तिको रुपमा रुचाएका प्रगतिशील, बामपंथी, लोकतान्त्रिक शक्तिहरु जनताको अधिकारको पक्षमा रहेको उल्लेख गर्दै उहाँले माओवादी केन्द्र यही शक्तिको नेतृत्वको गरेर अगाडि बढ्ने बताउनुभयो ।

लोकप्रिय