१८ कम्पनीको पौने ६ अर्ब रुपैयाँको आईपीओ आउँदै

१८ कम्पनीको पौने ६ अर्ब रुपैयाँको आईपीओ आउँदै

काठमाडौँ — प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गरी राम्रो नाफा आर्जन गर्ने सोचमा हुनुहुन्छ भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका २० कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै छन् । तीमध्ये केहीले नियामक निकायबाट सेयर निष्कासन अनुमति पाइसकेका छन् । केही भने प्रक्रियामा छन् ।

२० कम्पनीमध्ये तेह्रथुम पावर कम्पनी र युनियन लाइफ इन्स्योरेन्सले धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाइसकेका छन् । तेह्रथुम पावर कम्पनीले स्थानीयका लागि १२ लाख कित्ता सेयर (१२ करोड रुपैयाँ) निष्कासन गर्न लागेको हो । युनियन लाइफले यही असार २४ देखि सर्वसाधारणका लागि ६४ लाख ५० हजार कित्ता (६४ करोड ५० लाख रुपैयाँ) सेयर निष्कासन गर्न लागेको हो । प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ रहेको यो कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनतम १० देखि अधिकत ३२ हजार २ सय ५० कित्ता आवेदन दिन सक्छन् ।

बाँकी १८ कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सामान्यतः बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ  । सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १८ कम्पनीले ५ अर्ब ७१ करोड ४० लाख रुपैयाँ बराबरको ५ करोड ७१ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्न लागेका छन् । तीमध्ये १३ वटा जलविद्युत्, २ वटा लघुवित्त, २ वटा बिमा र एउटा अन्य समूहअन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ  ।

आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये सयपत्री हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, दोर्दी खोला जलविद्युत्, अपर हेवाखोला हाइड्रोपावर, ग्रिन भेन्चर, न्यादी हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सामलिङ पावर कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, बलेफी हाइड्रोपावर, बुद्धभूमि नेपाल हाइड्रोपावर र साहस ऊर्जा लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि गरेर दुवै खाले सेयर निष्कासन गर्न अनुमति मागेका छन् । मैलुङ खोला जलविद्युत्ले सर्वसाधारणका लागि मात्र सेयर निष्कासन गर्न लागेको हो । यो कम्पनीले स्थानीयका लागि सेयर निष्कासन गरिसकेको छ ।

सानिमा लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै छन् । मानुषी लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् । जलविद्युत्, बिमा र लघुवित्तबाहेक डिस मिडिया नेटवर्क पनि बोर्डबाट सेयर निष्कासन अनुमतिको पर्खाइमा छ ।

पछिल्ला दिनमा दोस्रो बजारमा सूचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । कम्पनी थपिएसँगै बजारमा जलविद्युत् क्षेत्रको बाहुल्य पनि बढ्दै गएको छ । हाल सेयर बजारमा ४० वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । सेयर निष्कासनका लागि आवेदन दिएका संस्था जोड्दा ५३ हाराहारी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा आगामी एक दुई महिनाभित्रै सेयर बजारमा सूचीकृत कम्पनी पाँच दर्जनभन्दा बढी पुग्ने जानकारहरू बताउँछन् । निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये तिनै कम्पनी देखिएका छन् । सूचीकृत कम्पनी संख्या बढेपछि एकातिर कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ भने अर्कातिर लगानीकर्ताले लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने बताइएको छ । जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ ।

दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.३ प्रतिशत छ । जलविद्युत् कम्पनीको हिस्सा ८.४, लगानी कम्पनीको ७.८, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९, होटलको हिस्सा १.४, व्यापारिक संस्थाको हिस्सा ०.६ तथा अन्य समूहका कम्पनीको हिस्सा ९.६ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ ।

गत वैशाखमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या २ सय २० पुगेको छ । सूचीकृत कम्पनीमध्ये १ सय ४५ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका कम्पनी सूचीकृत छन् । २०७७ असारमा सूचीकृत कम्पनी संख्या २ सय १२ थियो । गत वैशाखसम्ममा सूचीकृत ५ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ६० अर्ब ८८ करोड रुपैयाँ छ ।

चालु आर्थिक वर्षको १० महिनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४३ अर्ब २० करोड रुपैयाँ बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष गरी कुल ३ खर्ब २७ अर्ब ४० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको बताइएको छ ।

-कान्तिपुरबाट

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय