४७ कम्पनीले १० अर्ब बढी बोनस दिने

४७ कम्पनीले १० अर्ब बढी बोनस दिने

काठमाडौं, फागुन १७ । विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।

नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो ।

चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर घोषणा गर्दै जानकारी गराउने क्रमसमेत बढेको बोर्डले जनाएको छ । बोर्डका अनुसार आठ वटा विकास बैंक, पाँच फाइनान्स, नौ माइक्रो फाइनान्स, छ वाणिज्य बैंक, दुई होटल, चार जलविद्युत् कम्पनी र दुई अन्य समूहका उद्योग तथा प्रतिष्ठानले बोनस शेयर उपलब्ध गराउने घोषणा गरेका छन् ।

आव २०७३÷७४ मा गरेको नाफाका आधारमा ती संस्थाले शेयरधनीलाई बोनस उपलब्ध गराउने घोषणा गर्दै नियमक निकायलाई जानकारी गराएका हुन् । बोनस घोषणा गर्नेमा सबैभन्दा अग्रस्थानमा राष्ट्रिय बीमा संस्थान कम्पनी लिमिटेड रहेको छ । सो कम्पनीले शेयरधनीलाई ११४ प्रतिशत बोनस दिने घोषणा गरेको छ ।

सांग्रिला विकास बैंकले १६ प्रतिशत, भार्गव विकास बैंकले २०, मिशन डेभलपमेन्ट बैंकले ११, वेस्टर्नले १०, काबेलीले २०, एक्सेलले ३० तथा कालिकाले १० प्रतिशत बोनस बाँड्ने घोषणा गरेका छन् । मेगा बैंकसँग एकीकृत भएको टुरिजम डेभलपमेन्ट बैंकले बोनस घोषणा गरे पनि उपलब्ध गराएन ।

यस्तै, वाणिज्य बैंकहरुमा नबिल बैंकले ३० प्रतिशत तथा लक्ष्मी र ग्लोबल आइएमई बैंकले समान १० प्रतिशत बोनस दिने घोषणा गरेका छन् । सानिमा बैंकले १६ प्रतिशत, एनआइसी एशियाले २० र लक्ष्मी बैंकले १८ दशमलव २९ प्रतिशत बोनस दिने घोषणा गरेका छन् । लक्ष्मी बैंकले अघिल्लो आवको समेत बोनस उपलब्ध गराउने घोषणा गरेको हो ।

यस्तै, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले बोनस उपलब्ध गराउने जानकारी गराए पनि कति प्रतिशत बोनस दिने उल्लेख गरेको छैन । आइसिएफसी फाइनान्सले २० प्रतिशत, सेती फाइनान्सले नौ, मल्टीपर्पोज फाइनान्सले अघिल्लो आवको १२ तथा आव २०७३÷७४ को नाफाबाट १५ प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेको छ ।

यसैगरी, स्वरोजगार लघुवित्तीय विकास बैंकले १६ दहमलव ६६ प्रतिशत, लक्ष्मी लघुवित्तले १०, ग्लोबल आइएमई लघुवित्तीय संस्थाले २०, छिमेकी लघुवित्तीय संस्थाले १९ दशमलव ८९, मेरो माइक्रो फाइनान्सले ३०, नवउत्थान सामुदायिक लघुवित्तीय संस्थाको २०, कालिका माइक्रो क्रेडिटको ६५, फस्ट माइक्रोफाइनान्सले १५ तथा मेरो माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् ।

जलविद्युत्तर्फ ङादी जलविद्युत् कम्पनीले १० प्रतिशत, अरुण भ्याली हाइड्रो पावर कम्पनीले १०, बरुण हाइड्रो पावरले पाँच र चिलिमे जलविद्युत् कम्पनीले १५ प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् ।

होटलतर्फ ओरियन्टल होटलले १८ प्रतिशत र सोल्टीले १५ प्रतिशत बोनस आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । अन्य समूहमा रहेका नागरिक लगानी कोषले २१ प्रतिशत र साल्ट टे«डिङ कर्पोरेशनले २० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् ।

बीमा समूहमा भने लाइफ इन्स्योरेन्स कम्पनीले २४ प्रतिशत, गुराँस लाइफले आठ, नेशनल लाइफ इन्स्योरेन्सले पाँच, राष्ट्रिय बीमा संस्थानले ११४, नेपाल इन्स्योरेन्स कम्पनीले पाँच, प्राइम लाइफले २५, नेको इन्स्योरेन्सले १०, प्रभु इन्स्योरेन्सले १९, सूर्य लाइफले १०, सिद्धार्थ इन्स्योरेन्सले २० तथा फ्रडेन्टियल इन्स्योरेन्सले २० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् ।

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय