६ देशका नागरिकलाई अमेरिका जान प्रतिबन्ध, ट्रम्पको चर्को आलोचना

६ देशका नागरिकलाई अमेरिका जान प्रतिबन्ध, ट्रम्पको चर्को आलोचना

वाशिंगटन, अमेरिकाले आतंकवाद नियंत्रणको नाममा ६ देशका नागरिकलाई भिसा नदिने घोषणा गरेको छ ।

सीरियाका प्रवासीहरूलाई अमेरिकाप्रवेशमा नियंत्रण गर्ने सम्बन्धी घोषणामा डोनल्ड ट्रंपलेइराक़, सीरिया, ईरान, लीबिया, सोमालिया, सूडान र यमन  समेत छ मुस्लिम देशका नागरिकलाई तीन महीने को रोक लगाएका हुन ।

‘कट्टरपंथी इस्लामी आतंकवादिहरू” लाई अमरीका आउनबाट रोक्न व्यापक एक्ज़ीक्यूटिव आदेशमा राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसको चर्को आलोचना भएको छ ।

यो आदेश अंतर्गत दस्तख़त आगामी ४ महीनासम्म शरणार्थि आऊन रोक लागेको छ । यसैगरि ट्रम्पले अमेरिका आऊने आप्रवासिहरूलाई कडा जाँच गर्ने आदेशमा समेत हस्ताक्षर गरेका छन ।
अमरीकी रक्षा विभाग पेंटागन मा जनरल जेम्स मैटिसलाई रक्षा मंत्री बनाए पछिको शपथ समारोह लगत्तै राष्ट्रपति ट्रंपले यसको घोषणा गरे ।

तिब्बतमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण गर्ने तयारी

तिब्बत । चीनले तिब्बतमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण गर्ने योजना स्वीकृत गरेको छ। यसले तिब्बतका समुदायहरूको विस्थापन र भारत तथा बंगलादेशका नदी प्रणालीमा वातावरणीय प्रभावको चिन्ता उत्पन्न गरेको छ। यो बाँध यारलुङ त्साङ्पो नदीको तल्लो भागमा निर्माण हुनेछ। यसले हाल विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना मानिने थ्री गर्जेज ड्यामको तुलनामा तीन गुणा बढी ऊर्जा उत्पादन गर्न सक्नेछ। चिनियाँ सरकारी सञ्चारमाध्यमले यस विकासलाई "पर्यावरण संरक्षणलाई प्राथमिकता दिने सुरक्षित आयोजना" को रूपमा चित्रित गर्दै यसले स्थानीय समृद्धिलाई बढावा दिने र बेइजिङको जलवायु तटस्थता लक्ष्यमा योगदान गर्ने बताएका छन्। तर मानव अधिकार समूह र विज्ञहरूले यस आयोजनाको प्रभावको विषयमा चिन्ता व्यक्त गरेका छन्। विशेष गरी, यसले स्थानीय समुदायलाई विस्थापित गर्ने, प्राकृतिक भू–परिवेशलाई ठूलो क्षति पुर्याउने, र तिब्बती पठारका जैविक विविधतायुक्त पर्यावरणीय प्रणालीमा नोक्सान पुर्याउने जोखिम रहेको छ। चीनले तिब्बती क्षेत्रहरूमा धेरै बाँधहरू निर्माण गरेको छ, जुन सन् १९५० को दशकमा तिब्बतलाई चीनमा गाभिएपछि बेइजिङले कडा नियन्त्रणमा राखेको क्षेत्र हो। यसअघि, कार्यकर्ताहरूले बीबीसीलाई बताएका थिए कि यी बाँधहरू तिब्बती र उनीहरूको भूमिको शोषण गर्ने बेइजिङको पछिल्लो कदमको उदाहरण हो। मुख्यतः बौद्ध धर्मावलम्बी तिब्बतमा विगतमा पटक–पटक कठोर दमन भएको छ, जसमा हजारौं मानिसको मृत्यु भएको विश्वास छ। यस वर्षको सुरुमा, चिनियाँ सरकारले अर्को जलविद्युत् बाँधको विरोध गर्ने सयौं तिब्बतीलाई पक्राउ गरेको थियो। उक्त विरोधमा केही मानिस गम्भीर घाइते हुनेगरी कुटिएका थिए। विरोध गाङ्तुओ बाँध र जलविद्युत् आयोजनाको निर्माण योजनाको विरुद्ध थियो, जसले धेरै गाउँलाई विस्थापित गर्ने र पुराना गुम्बाहरूलाई जलमग्न बनाउने थियो। बेइजिङले स्थानीयलाई स्थानान्तरण गरी मुआब्जा दिएको र प्राचीन भित्ताचित्रलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ। यारलुङ त्साङ्पो बाँधको हकमा, चिनियाँ अधिकारीहरूले यस आयोजनाले ठूलो वातावरणीय प्रभाव नपर्ने बताएका छन्। तर, यसले कति मानिसलाई विस्थापित गर्नेछ भन्ने विवरण खुलाइएको छैन। थ्री गर्जेज बाँधका लागि १४ लाख मानिसलाई पुनर्स्थापित गर्नु परेको थियो। प्रतिवेदनहरूका अनुसार, यो विशाल परियोजनाका लागि नाम्चा बार्वा पहाड हुँदै कम्तीमा चारवटा २० किमी लामो सुरुङ खन्नुपर्नेछ, जसले तिब्बतको सबैभन्दा लामो नदी यारलुङ त्साङ्पोको प्रवाहलाई मोड्नेछ। विज्ञहरू र अधिकारीहरूले पनि चिन्ता व्यक्त गरेका छन् कि यो बाँधले नदीको प्रवाहलाई नियन्त्रण गर्न चीनलाई बलियो स्थिति दिन सक्छ। यो नदी दक्षिणतर्फ भारतको अरुणाचल प्रदेश र आसाम हुँदै बंगलादेशतर्फ बग्दछ। सन् २०२० मा, अष्ट्रेलियाली थिंक ट्यांक लोवी इन्स्टिच्युटको प्रतिवेदनले उल्लेख गरेको थियो, "तिब्बती पठारका यी नदीहरूको नियन्त्रणले चीनलाई भारतको अर्थतन्त्रमा चोकहोल्ड दिने सम्भावना छ।" चीनले सन् २०२० मा यारलुङ त्साङ्पो बाँधको योजना घोषणा गरेपछि, एक वरिष्ठ भारतीय अधिकारीले रोयटर्सलाई भारत सरकारले चिनियाँ बाँध आयोजनाको प्रतिकूल प्रभावलाई कम गर्न ठूलो जलविद्युत् बाँध र जलाशय निर्माणको योजना बनाएको बताए। चीनको विदेश मन्त्रालयले सन् २०२० मा प्रस्तावित बाँधबारे भारतको चिन्ताको जवाफ दिँदै चीनलाई नदीमा बाँध निर्माण गर्ने "वैध अधिकार" रहेको र तलतिरका प्रभावलाई ध्यानमा राखेको जनाएको थियो। पछिल्लो एक दशकमा चीनले यारलुङ त्साङ्पो नदीको मार्गमा जलविद्युत् उत्पादनका लागि धेरै स्टेसनहरू निर्माण गरेको छ। यो नदी संसारकै सबैभन्दा गहिरो घाटीबाट बग्छ, जहाँ नदीको एक खण्डले ५० किलोमिटरको दूरीमा २,००० मिटरको उचाइ गुमाउँछ। यसले जलविद्युत् उत्पादनका लागि ठूलो सम्भावना प्रस्तुत गरेको छ। तर, नदीको यो चुनौतीपूर्ण भौगोलिक बनावटले इन्जिनियरिङ कठिनाइ पनि प्रस्तुत गर्दछ। हालको परियोजना चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो र महत्वाकांक्षी योजना हो। विकासस्थल भूकम्प–प्रवण टेक्टोनिक प्लेट सीमामा रहेको छ। यस क्षेत्रमा ठूलो स्तरको उत्खनन र निर्माणले पहिरोको सम्भावना बढाउने चिन्ता चिनियाँ अनुसन्धानकर्ताहरूले पहिले नै व्यक्त गरेका छन्। "भूकम्पजन्य पहिरो र चट्टानी प्रवाहहरू नियन्त्रण गर्न कठिन हुनेछन्। यसले आयोजनाका लागि ठूलो चुनौती प्रस्तुत गर्नेछ," सन् २०२२ मा सिचुआन प्रान्तीय भूवैज्ञानिक ब्युरोका एक वरिष्ठ इन्जिनियरले भने। चोङ्गी जल स्रोत ब्युरोको अनुमानअनुसार, यस आयोजनाको लागत एक ट्रिलियन युआन ($१२७ अर्ब; £१०९.३ अर्ब) सम्म पुग्न सक्छ। स्रोतः विविसी

युक्रेनी ऊर्जा संयन्त्रमा रूसको भयानक हमला

काठमाडौं । रूसले युक्रेनको ऊर्जा संयन्त्रमा भयानक हमला गरेको छ । क्रिसमसकै दिन रूसले युक्रेनका कयौं शहरमा ब्यालेस्टिक र क्रुज मिसाइलबाट हमला थालेको हो । युक्रेनी ऊर्जामन्त्री जर्मन गलुशेन्कोले दुश्मन (रूस)ले आफ्ना ऊर्जा संयन्त्रमा पुनः व्यापक मात्रामा हमला गरिरहेको बताएका छन्‌ । सो हमलाबाट युक्रेनका कयौं स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सरकारले पनि हमलाका कारण बिजुली प्रवाह रोकिदिएको छ । युक्रेनको दोस्रो ठूलो शहर खारकीभमा रूसले सघन हमला गरेको छ । बीबीसीमा उल्लेखित समाचारअनुसार; यतिखर खारकीभ शहर रूसी मिसाइल हमलाबाट ध्वस्तजस्तै भएको छ । युक्रेनी ऊर्जामन्त्रीले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्‌ । उनले हमला रोकिएपछि मात्र ऊर्जा कम्पनीले क्षति अनुमान गर्न सक्ने बताएका छन्‌ । खारकीभका मेयर आयोर तेरेखोवले शहरमा ठूलो सङख्यामा मिसाइल दागिएको जानकारी दिएका छन्‌ । एकपछि अर्को धमाका भइरहेको छ, बिस्फोटको आवाज सुनिन छाडेको छैन । शहरका क्षेत्रीय प्रमुख ओलेह सिनेहुबोवले रूसी हमलाबाट कम्तिमा ६ जना घाइते भएको जनाएका छन् । कयौं भवन क्षतिग्रस्त भएका छन्‌ । खारकीभ शहर युक्रेनको उत्तर-पूर्वी इलाकामा रूस नजिक छ । हालैका महिनामा युक्रेनका अधिकांश ऊर्जा संयन्त्रमा रूसले हमला गरेको छ । रूसी हमलाकै कारण युक्रेनको राजधानी कियभ र निप्रो लगायत कयौं इलाकामा विद्युत कटौती भएको छ । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले आफ्नो थर्मल पावर प्लान्टमा रूसले आक्रमण गरेको जनाएको छ । कम्पनीका अनुसार: रूसी हमलाबाट प्लान्टमा निकै ठूलो क्षति पुगेको छ ।

सिरियामा सत्ता हस्तान्तरण गर्ने सहमतिः राज्यको सेना विद्रोही पक्षमा समायोजन हुने

सिरिया ।  सिरियाका पूर्व प्रधानमन्त्रीले विद्रोही शक्तिलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न सहमति जनाएका छन्। राजधानी दमासकसमा भएको बैठकपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणमा प्रधानमन्त्री मोहम्मद अल बासिर सहमत भएका हुन्। यो निर्णयपछि ५० वर्ष भन्दा लामो समयको असाद परिवारको बर्बरतापूर्ण शासनको अन्त्य भएको जनाइएको छ। यसैगरी विद्रोही सेनाले सिरियाको राज्य पक्षीय सेनालाई आफ्नै सेनामा आबद्ध गर्ने निर्णय गरेको छ। हायात ताहिर अल साम (एचटिएस)का सैन्य अपरेसन कमान्डले सो निर्णय गरेको हो। एचटिएसले पुरानो सत्ताका सबैले डकुमेन्ट र सामग्री बुझाउन आवश्यक रहेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले असाद सरकार ढलेपछि मध्यपूर्वमा शान्ति स्थापनाका बारे जोर्डनका राजा अब्दुल्लाहसँग वार्ता गरेका छन्। सन् २०१५ मै सिरियामा शान्ति स्थापनाका बारे रोडम्याप नै तयार भएको थियो। त्यसै रोडम्यापका बारे पनि चर्चा गर्ने सोच अहिले छ। सन् २०१२ मा गृह युद्ध सुरु भएपछि आफ्नो दूतावास हटाएको अमेरिकाले फेरि सिरियामा दूतावास राख्ने भएको छ। आसाद सरकार ढलेपछि कूटनीतिक सम्बन्ध राख्नका लागि भने अमेरिका तयार रहेको छ। पछिल्लो समय सिरियाका बारे संयुक्त राष्ट्र संघले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। बफर क्षेत्रमा इजरायलको उपस्थितिमा राष्ट्र संघले असहमत जनाएको हो। सन् १९७४ मा असंलग्न क्षेत्रका बारे गरिएको सम्झौता विपरीत अहिले इजरायलको उपस्थित भएको आरोप राष्ट्र सङ्घको छ। इजरायलले पनि नेतान्याहुको सरकार ढलेपछि मध्यपूर्व नयाँ मोडमा प्रवेश गरेको बताएको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको हिजबुल्लाहसँगको लडाइँका कारण सिरियामा परिवर्तन भएको जनाएका छन्। हिजबुल्लाह र असादका अर्को सहयोगी इरान कमजोर भएकै कारण सिरियामा परिवर्तन सम्भव भएको उनको दाबी छ।

सिरियाका राष्ट्रपति भागेर मस्को पुगे, बिद्रोहीले गरे पूर्ण स्वतन्त्रताको घोषणा

सिरिया ।  देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसार अल-असद मस्को पुगेका छन्। रुसको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई रुसले नै शरण दिनेछ। हायात ताहिर अल साम (एचटिएस)ले राजधानी दमासकस कब्जामा लिएपछि असद  भागेर रुस गएका हुन्। आइतबार नै विद्रोही शक्ति एचटिएसका नेता अबु मोहम्मद अल जलवानी सार्वजनिक भए। उनले पुरानो दमासकसको उमायाद मस्जिदमा उपस्थित हुँदै कार्यक्रमलाई सम्बोधन गरे। सो सम्बोधनमा उनले सिङ्गो इस्लाम राज्यको जित भएको बताए। उनले सन् २०११ यता सहिद भएकाहरू प्रति सम्मान व्यक्त गर्दै देशलाई भ्रस्टाचार मुक्त बनाउन आफ्नो ध्यान केन्द्रित रहने बताए। सिरियाका वर्तमान राष्ट्रपति असद । त्यही मस्जिदमा बसार अल असद र उनका बाबु हफिज अल असदले प्रार्थना गर्थे। त्यो सम्बोधन भन्दा अघि नै उनी राजधानी दमासकस पुगेर मुख्य स्थान भ्रमण गरेका थिए। भागेर छिमेकमा पुगेका धेरैजना अहिले सिरियामा फर्कने क्रम जारी छ। अहिले संसार भरी रहेका सिरियाली समुदायका व्यक्तिहरू खुसी मनाइरहेका छन्। असद शासन अन्त्यको यो शृङ्खला एकदमै छोटो समयको विकासक्रम हो। २७ नोभेम्बरमा एचटिएसले आक्रमणलाई तीव्र बनाउने घोषणा गरेको थियो। उत्तर पश्चिममा सरकारले आम मानिसलाई यातना दिइरहेको बताउँदै सो घोषणा भएको हो। ३० नोभेम्बरको दिन एचटिएसका सेनाले एलेप्पोमा प्रवेश गरेको घोषणा गरेको थियो। ५ डिसेम्बरका दिन हामा नियन्त्रणमा लिइएको थियो। ६ डिसेम्बरका दिन राष्ट्रपतिको विरुद्धमा विद्रोहको सुरुवात भएको डेरा प्रान्तमा एचटिएसका सेनाको उपस्थिति भएको थियो। डिसेम्बर ७ देशको तेस्रो ठुलो सहर होम्स नियन्त्रणमा लिएको एचटिएसले जनाएको थियो। डिसेम्बर ८ को दिन विद्रोही सेनाले राजधानी दमासकस प्रवेश गरेको घोषणा गरेको थियो। दुई घण्टाको अन्तरालमा राजधानी कब्जाको घोषणा गर्दै एचटिएसले विजयोत्सव मनाइसकेको थियो। तस्विरः बिबिसी

लोकप्रिय