‘कर्णाली विकास खान्या चलन बेरुजुबाटै देखिन्छ’

‘कर्णाली विकास खान्या चलन बेरुजुबाटै देखिन्छ’

सुर्खेत, फागुन ७। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी छ। अर्थात् विकासका योजना अनियमितता र भ्रष्टाचार छ। कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट देखिने विकासविद् रमेश अधिकारीले बताउँछन्। 

‘कर्णालीमा सबैभन्दा धेरै बेरुजु निस्किएको छ, तीमध्ये केही बेरुजु विकास खान्याको हो,’ कर्णाली उत्सवको ‘विकास अन्र्या विकास खान्या’ सत्रमा वक्ताका रुपमा सहभागी अधिकारीले भने, ‘यहाँ विकास गरिएको मात्र छैन, खाईएको पनि छ, कर्णालीमा पुँजीगत खर्च गर्न नसक्नु पनि अर्को विकास हुन नसक्नुको कारण हो।’

कर्णालीमा विकास गर्नका लागि संघीय राज्यले कर्णालीलाई गर्ने व्यवहार बदल्नुपर्ने र कर्णाली भित्रका सरकारले पनि आफ्नो औचित्य खोज्नुपर्ने उनले औंल्याए। कर्णालीमा सबै किसिमको विकास हुन बाँकी रहेको उनले बताए। कर्णालीका नागरिक पनि सम्मानपूर्वक अगाडि बढ्न पाउनेगरि राज्यले व्यवहार गर्नुपर्ने अधिकारीले बताउ। ‘राज्यले आफूलाई शासकको रुपमा सोच्यो भने नागरिक टाढा हुन्छन्, नेपालमा भएको त्यही हो, कर्णाली पनि अहिले यस्तै कारणले राज्यसँग नजिक छैन।’ उनले भने। पहिले र अहिलेको कर्णाली फरक भएकाले यहाँका विकासका लागि संघीय सरकारले कर्णालीका लागि फरक किसिमबाट बजेट र योजना निर्माण गर्नुपर्ने कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियारले बताए। 

‘कर्णालीका जनता र नेता आफै विकास वादी हुन्, कर्णाली खस राज्य हो, हिजो राज्य सञ्चालन भएकाले विकास कसरी गर्न सकिन्छ, योजना कसरी अगाडि बढाउनुपर्छ भनेर कर्णालीले जानेको छ,’ उनले भने, ‘कर्णालीमा कुनै सरकारले नहेरेका बेला पनि विगतमा हामीले आफैंले विकास ग¥यौं, अबको आधुनिक विकास कालागि केन्द्र सरकारले विशेष ढंगले हेर्नुपर्छ।’ प्रतिनिधि सभा सदस्य विनिता कठायतले राज्यको प्रतिनिधित्व गर्ने सबै कर्णाली र कर्णालीको विकासमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताईन्। अहिले सिर्जना भएको ‘कर्णालीमा विकास भएको छ त’ भन्ने भाष्यले कर्णालीमा हुनुपर्ने जति विकास नभएको उनी बताउँछिन्।

 ‘भ्रष्टाचार न्युनिकरण गर्न नसकिएका देशमा पनि विकास राम्रो भएको छ, किनभने ती देशहरुमा विकासमा केन्द्रित हुने चलन छ,’ उनले भनिन्, ‘कर्णालीको सन्दर्भमा अहिलेसम्म विद्युतको राष्ट्रिय प्रसारण लाईन नै बन्न सकेको छैन, कर्णाली राजमार्गलाई प्राथमिकतामा राखिएकै छैन, अब सबै कर्णाली केन्द्रित हुन जरुरी छ।’ अब कर्णालीले समानतालाइ बिर्सिएर समतामुलक विकास खोज्नुपर्नेमा उनले जोड दिईन्। कर्णालीलाई संघीय सरकारले हेर्ने नजर नै फरक रहेको उनले बताईन्। 
कर्णालीको विकास खाने चलन अन्त्य गरेर विकास गर्ने वानी बसाल्न जनप्रतिनिधिहरु एकजुट हुनुपर्नेमा सांसद कठायतले औंल्याइन्। ‘हामी जुम्लाबाट चार जना सांसद छौं, हामी मिलेर जुम्लाको विकास गर्न सक्छौं,’ उनले भनिन्, ‘हामी संसदमा भएका दशवटै जिल्लाका प्रतिनिधि एकजुट भएर योजना बनाएर अघि बढ्यौं भने साँच्चिकै कर्णालीको विाकस गर्न सकिन्छ, यसमा कसैल मैंले वा मेरो भनेर भन्नु हुँदैन।’

राष्ट्रिय रैथाने खाना महाेत्सव पुस १२ गते देखि

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकाेत्सबकाे अबसरमा राष्ट्रिय खाना महाेत्सव आयाेजना गरिने भएकाे छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनकाे मेघाैलीमा खाना महाेत्सव गर्न लागिएकाे हाे । मेघाैलीकाे जानकी माध्यामिक बिध्यालय मेघाैलीमा आयाेजना गर्न लागिएकाे महाेत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयाेजक मायाराम चाैधरीले जानकारी दिनुभयाे । उहाँका अनुसार रु ६१ लाखकाे अनुमानित खर्चमा लाग्ने आज यहाँ पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकमरी दिईयाे । चाैधरीका अनुसार स्थानिय थारु, कुमाल, दराई, मगर,  गुरुङ, वाेटे, मुसहर समुदाय सहितका स्थानिय जातका खाना महाेत्सवमा राखिने छ ।  स्थानिय समुदायकाे जीवन स्तरमामा सुधार ल्याउन महाेत्सव फलदायी हुने चाैधरीले बताउनुभयाे । महाेत्सबमा १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएकमे छ । पत्रकमर सम्मेलनमा बाेल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षकाे समयमा लक्ष्य भन्दा वढि पर्यटक महानगरमा भित्रिएकाे बताउनु भयाे । महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलाेकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकिय क्षेत्रकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धनमा टेवा पुगेकाे, आन्तरिक तथा बाह्य पर्यटककाे संख्या बृद्विमा महत्वपूर्ण भुमिका पुगेकाे उहाँले बताउनु । दिगाे पर्यटन विकासका पूर्वाधारहरु थपिएकाे, हाेटल रेष्टुरेन्टमा सेवा बृद्वि भएकाे, पर्यटककाे संख्या, बसनई अबधि एवं आर्थिक कृयाकलापहरुमा बृद्वि भएकाे उहाँले बताउनुभयाे । महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनाैतिहरु देखिए पनि अपेक्षा अनुसार काम भएकाे बताउनु भयाे । राजनैतिक अस्थिरता, स्थानिय पालिकाबाट पहिलाेपटक आयाेजना गरिएकाे हुँदा सिकाे गर्ने ठाउँ नहुनु, भाैतिक निर्माणमा तदारुपताका साथ काम हुन नसक्नु मुख्य समस्यकाे रुपमा रहेकाे बताउनु भयाे । महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाकाे बिकास संगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्वेश्यले भ्रमणा वर्षकाे आयाेजना गरिएकाे र साे उद्वेश्य प्राप्तिमा सफल भईएकाे बताउनुभयाे । स्थानिय जनतामा याे महाेत्सवले थप उर्जा मिल्ने उहाँले बताउनुभयाे । यस महाेत्सब स्थानिय खाना संगै ७७ जिल्लाकाे प्रतिनिधत्व गर्दै ७७ मिटर लम्वाईकाे नेपालकाे नक्सा विशेष आकर्षककाे रुपमा रहने उहाँले बताउनुभयाे ।

प्याब्सन दाङकाे अध्यक्षमा न्याैपाने

दाङ  । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे अध्यक्षमा निर्मल न्याैपाने विजयी भएका छन् । आइतबार भएकाे प्याब्सन दाङकाे १६ओैँ अधिवेशनबाट न्याैपाने अध्यक्षमा निर्वाचित भएका हुन् ।  न्याैपाने ६२ मतका साथ विजयी भएका हुन्  । उनका निकटतम प्रतिद्वन्द्वी विजयमान जिएमले ५६ मत लिएका थिए । कुल १५७ मतमा ११८ मत खसेकाे थियाे ।  त्यस्तै बरिस्ठ उपाध्यक्षमा बिरेन्द्र चन्द विजयी भएका छन् । चन्दले ६० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गिरीराज डाँगीले ५८ मत लिएका थिए ।  उपाध्यक्षमा शाेभाखर भुसाल, सचिवमा आदिम केसी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै काेषाध्यक्षमा हरि वली ६० मतका साथ निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पाेषण न्याैपानेले ५८ मत लिएका थिए ।  सहसचिवमा कृष्णप्रसाद पाेख्रेल, सहकाेषाध्यक्षमा बिमल अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।  सदस्यमा विजय गाैतम, हरि प्रसाद पाैडेल, सुनिल गाैतम, केश कुमार खड्का, बामदेव शर्मा, पार्वता भुसाल, पुष्करदेव चाैधरी, गाेविन्द खनाल,  दिपक पाेख्रेल र विष्णु हमाल निर्विरोध निर्वाचित भएका छन् ।

रामेछापमा जुनारको उत्पादन बढेपछि किसान खुसी

रामेछाप । मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ । रामेछाप नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनी, वडा नम्बर ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा नम्बर ४ सालु र वडा नम्बर १३ र १४ फुलासीमा भएका बगैँचामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री थालिएको हो । गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन् । जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिन प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन पनि बढेको छ । मन्थली र रामेछाप नगरपालिकामा लगाइएको बगैँचाबाट मात्र यस वर्ष २२ करोड ७५ हजार बराबरको जुनार बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी प्राविधिक भवानी बस्नेतले बताइन् । परियोजनाका अनुसार गत वर्ष बगैँचाबाट १९ करोडको मात्र जुनार बिक्री भएको थियो । पन्ध्र रोपनी क्षेत्रफलमा आफूले गरेको व्यावसायिक जुनार खेती राम्रो भएकाले गत वर्षको तुलानमा ५० प्रतिशत नै बढी उत्पादन भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान हिमाल तामाङले बताए । अघिल्लो वर्ष दुई लाख ५० हजारको जुनार बिक्री गरेको भए पनि यस वर्ष भने तीन लाख ५० हजार बराबरको जुनार बिक्री गर्ने योजना रहेको तामाङले बताए । ओख्रीनीकै दिलमाया तामाङले पनि आफूले सात रोपनी क्षेत्रफलमा लगाएको जुनार गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा बढी उत्पादन भएको बताइन् । ओख्रेनीका अर्का किसान शेरबहादुुर तामाङले पनि आफूले २० रोपनीभन्दा बढी जग्गामा गरेको जुनार खेतीको उत्पादन गत वर्षको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको बताए । ओख्रेनीका मात्र नभइ सुकाजोरका रामकुमार कार्की र ज्ञानुका कार्कीको बगैँचामा पनि जुनार पहेँलपुर भएको छ । पुरुष मात्र होइन, जुनार उत्पादनमा महिलाको पनि त्यत्तिकै बढी सकृयता रहेको छ । जुनारको बगैँचाभित्र भटमास, तोरी, लसुन, प्याज, काउली जस्ता कोसेबाली र तरकारी बाली लगाएर छुट्टै आम्दानी गर्न सकिने हुनाले जुनार किसानले दोहोरो फाइदा लिने गरेका छन् । ओख्रेनीकै युगराज पाख्रिन, डेगराज तामाङलगायत किसानको बगैँचामा रहेको जुनारको उत्पादन पनि बढेको उनीहरूले बताएका छन् । रामेछाप नगरपलिकामा बढी जुनार उत्पादन हुने क्षेत्र हिमगङ्गा, रापमुर सुकाजोर, ओख्रेनी, गोठगाँउ र रामेछाप हो । रामेछाप नगरपालिकाका बाली संरक्षण अधिकृत कृष्ण भुजेलले वडाहरूमा गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन झण्डै ५० प्रतिशतले वृद्धि भएको बताए ।

राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको अध्यक्षमा बस्याल

बाँके । राष्ट्रिय दलित पत्रकार संघ नेपालको लुम्बिनी प्रदेश अधिवेशनबाट बाँकेका टेकेन्द्र बस्यालको अध्यक्षतामा लुम्बिनी प्रदेशको कार्य समिति निर्वाचित भएको छ ।  जसको बरिष्ठ उपाधयक्षमा लोकेन्द्र सुनार (प्युठान), उपाध्यक्षहरु कृष्ण  दर्नाल (पाल्पा) र भरत नेपाली (रोल्पा), सचिव अनिल नेपाली (अर्घाखाँची), सहसचिवहरुमा  विवेक विश्वकर्मा (रुपन्देही) र  अमृतकुमार नेपाली  (दाङ) तथा कोषाध्यक्षमा बिधुत्मा रैका (बाके) रहनुभएको मछ । सदस्यहरुमा जगलाल नेपाली (रुपन्देही), सिग्मति रैका (नवलपरासी), रामबहादुर गन्धर्व (कपिलवस्तु), रामसरण रैदाश (कपिलवस्तु), रावन बिश्वकर्मा (बर्दिया) र अनिता नेपाली (बाके) निर्वाचित हुनुभएको छ । 

लोकप्रिय