नवलपरासीमा चौधरी ग्रूपले बनायो सात बिघामा फैलिएको शाश्वतधाम

नवलपरासीमा चौधरी ग्रूपले बनायो सात बिघामा फैलिएको शाश्वतधाम

नवलपरासीको दुम्कौलीस्थित सिजी औद्योगिक पार्कभित्र एक दर्जन आकर्षणसहितको विशाल शाश्वतधाम निर्माण भएको छ । सात बिघामा फैलिएको शाश्वतधामको उद्घाटन फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ ।आजको अन्नपुर्ण पोष्टमा खबर छापिएको छ ।
उद्घाटन समारोहमा भारतको काञ्चीकामाकोटी पीठका पीठाधीश शंकराचार्य श्री जयेन्द्र सरस्वती र आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक गुरुदेव श्री श्री रविशंकरको विशेष उपस्थिति रहने छ ।

शाश्वतधामले आइतबार सिजी औद्योगिक पार्कभित्र पत्रकार सम्मेलन गरी शाश्वतधामका आकर्षण र यसको उद्घाटन समारोहबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले शाश्वतधाम निर्माणमा १४ वर्ष समय लागेको जानकारी दिए ।
‘शाश्वतधाम सबैको हो, नेपालको गौरव हो’, चौधरीले भने, ‘शाश्वतधाम निर्माणमा समय र रकम धेरै नै लगानी भए पनि यसको मूल्य निर्धारण हुन सक्दैन । हामीले खर्चको रेकर्ड राखेका पनि छैनौँ ।’ खजुखाहो शैलीमा निर्माण गरिएको इकाम्बरेश्वरा शिव मन्दिर शाश्वतधामको प्रमुख आकर्षण रहेको र गुरुकुल, सात्विक रेस्टुराँ, गौशालालगायत दर्जनभन्दा बढी क्षेत्रको अवलोकन गर्न सकिने प्रबन्ध निर्देशक चौधरीले बताए ।

शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीयस्थलको रूपमा विकास हुने चौधरी ग्रुपका अध्यक्ष तथा शाश्वतधाम संस्थापक विनोद चौधरी बताउँछन् । ‘पूर्वीय सनातन धर्मप्रति आस्थावान सबैको भावनाको कदर स्वरूप निर्मित यो शाश्वतधाममा मानिसले आध्यात्मिक ऊर्जा प्राप्त गर्नेछन्’, संस्थापक चौधरी भन्छन्, ‘यहाँ मानिसले शान्तिपूर्ण तथा ऊर्जायुक्त वातावरणमा मानसिक शान्ति र

आत्मीय आनन्दको अनुभव गर्न सक्नेछन् ।’ सनातन कालदेखि सम्पदाको रूपमा रही आएको आध्यात्मिक ज्ञानको गंगामा डुबुल्की मार्न चाहनेका लागि शाश्वतधाम एक उत्कृष्ट गन्तव्य बन्ने उनको विश्वास छ।
शाश्वतधामका प्रमुख कार्यकारी अधिकृत आशुतोष चावलाले शाश्वतधाम स्थापनाका लागि उद्योगपति विनोद चौधरीलाई प्रेरणा दिएपछि यसको परिकल्पना गरिएको जानकारी दिए ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय