अमेरिकामा झन् चर्कियो विद्यार्थी आन्दोलन : ३०० भन्दा बढी पक्राउ, केही निलम्बन

अमेरिकामा झन् चर्कियो विद्यार्थी आन्दोलन : ३०० भन्दा बढी पक्राउ, केही निलम्बन

क्यालिफोर्निया । अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया विश्वद्यिालयबाट सुरु भएको विद्यार्थी आन्दोलन देशका विभिन्न भागमा फैलँदै गएको छ । यसक्रममा प्रहरीले बुधबार विभिन्न स्थानबाट ३०० भन्दा बढी विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।

प्यालेस्टाइनको पक्षमा करिब दुई साताअघि यो आन्दोलन सुरु गरिएको थियो । प्रहरीले मंगलबार रातिबाट हस्तक्षेप गरेपछि आन्दोलन झन् चर्किएको छ ।

न्युयोर्कमा प्यालेस्टाइनको समर्थनमा धेरै विद्यार्थी लागेका छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जेल्समा भने इजरायल र प्यालेस्टाइन पक्षधर विद्यार्थीबीच झडप नै भएको छ ।

त्यहाँ युनिभर्सिटी प्रशासनले प्रहरीलाई हस्तक्षेप गर्न आग्रह गरेको थियो । त्यसपछि प्रहरी पुगेको थियो । तर, प्रहरीका तर्फबाट आवश्यक सहयोग नभएको भन्दै क्यालिफोर्नियाका गभर्नरका तर्फबाट नै आलोचना गरिएको छ ।

गभर्नर गाभीन न्युसोमका प्रवक्ताले भनेका छन्, “सीमित रूपमा र ढिलो मात्र गरिएको प्रहरी हस्तक्षेप अस्वीकार्य छ ।”

सयौँ प्रहरी बुधबार क्याम्पस र आसपासका स्थानमा खटिएका थिए । मंगलबार राति प्रहरी खटिनुअघि नै स्थानीय डिक्सन प्लाजामा दुई पक्षका विद्यार्थीबीच झडपको अवस्था सिर्जना भएको थियो । सो क्षेत्रमा केही मानिसले सुरक्षाकर्मीले छिटो कदम नचालेको आरोप लगाएका छन् ।

झडप करिब दुई घण्टा चलेपछि प्रहरीले बुधबार बिहानसम्ममा अवस्था नियन्त्रणमा लिएको जनाइएको छ ।

गभर्नर न्युसोमले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “कानुन प्रस्ट छ । स्वतन्त्र अभिव्यक्ति हिंसा, तोडफोड वा कानुनविहीनताको अवस्थामा पुर्‍याउने गरी उत्तेजना बढाउने हुनु हुँदैन ।” 

आन्दोलनरत विद्यार्थीहरू निलम्बन

अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयले क्याम्पस हातामा खडा गरेको विरोध शिविरहरू नहटाएका कारण विद्यार्थीहरूलाई निलम्बन गर्न थालेको छ।

ती विरोध शिविर हटाउन दिइएको समयसीमालाई सयौँ प्रदर्शनकारी विद्यार्थीहरूले अटेर गरेका थिए।

दुई सातादेखि जारी त्यस्ता विरोधका गतिविधि सोमवारसम्म अन्त्य नगरिए अनुशासनको कारबाही गर्ने कलेज अधिकारीहरूले चेतावनी दिएका थिए।

सोमवारको समयसीमा नजिकिँदै गर्दा अध्यापनमा सामेल दर्जनौँ कर्मचारीहरूले विद्यार्थीहरूलाई बचाउ गर्न वरिपरि घेरा हालेका थिएबीबीसीबाट ।

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ। स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ।  महानगरको हटलाइन ११८० मार्फत वा काठमाडौँ महानगरपालिकामा स्वयम् उपस्थित भएर उपलब्ध गराइदिन इच्छुक सबैमा अनुरोध गरेको छ।

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन्।  प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले अवरुद्ध गरिरहेका बेला अचानक सत्तापक्षले विश्वासको मत लिने भएको हो। गत वैशाख २३ गते जनता समाजवादी पार्टी नेपाल जसपा विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।  सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको छ। सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहानलाई संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।  कांग्रेसले शुक्रबार बिहान ८ः ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसद्‍मा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसद्को अवरोध जारी राखेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ।बिहीबारको बैठकमा पनि प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजे बैठक बस्नेगरी स्थगित गरिएको थियो।  बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि  तनाव उत्पन्न भएको थियो ।आज पनि संसद्मा  अवरोध जारी रहने कांग्रेसले बताएको छ।  हिजोको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको थियो।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो।सत्तापक्षसँग प्रतिनिधिसभा बैठकमा बिहीबार मुठभेडको अवस्था सिर्जना भएपछि गत चैत ६ गतेदेखि गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा रहेको संलग्नता छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको कांग्रेस र सत्तापक्षबीचको दूरी झन् बढेर गएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन मागसहित संंसद् अवरोध गर्दै आएको छ।सभामुख देवराज घिमिरेले गृहमन्त्री रबि लामिछानेलाई संसद्मा बोल्न आग्रह गरेपनि प्रतिपक्षीले अवरोध गरेका थिए। यता गृहमन्त्रीले आफू संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् ।  पछिल्लो समय संसद्को विवादमा दलहरूबीच सहमति हुन नसकेपछि यसले झनै उग्र रूप लिन लागेको छ । 

लोकप्रिय