अफगानिस्तानमा आँधी र बाढी : दुई सय बढिको मृत्यु

अफगानिस्तानमा आँधी र बाढी : दुई सय बढिको मृत्यु
तस्बिर : एपी

एजेन्सी । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा २०० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन, बगलान–ए–मरकाजी र बरका जिल्लाहरू, साथै प्रान्तीय राजधानी पुल–ए–खुमरी, प्रकोप व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक हेदायतुल्लाह हमदर्दले बताए। विदेशी सञ्चारमाध्यमहरुले संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनलाई उद्धृत गर्दै बगलानमा २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र १५ सय भन्दा बढि घरहरुमा बाढिले क्षति पुर्याएको छ भने सयौंको संख्यामा हताहत भएको छ ।

तखार प्रान्तको नामक अब, इश्कामिश, फरखार र काफगान जिल्लाहरूमा पनि आँधी र बाढीले २० जनाको ज्यान गएको र १४ जना घाइते भएको तखारको प्रकोप व्यवस्थापन प्राधिकरणका प्रमुख अहमद सर साजिदले शनिवार बताए । उनका अनुसार ३ सय घर, बिजुली र सञ्चार सेवामा गम्भीर क्षति पुगेको छ।

अफगानिस्तानले गत महिनादेखि भारी वर्षा र बाढीको सामना गरिरहेको छ । तुफान र बाढीले बदख्सान र सामंगन लगायत अन्य उत्तरी प्रान्तका अधिकांश भागहरूमा पनि क्षति पु¥याएको छ ।

राहुल गान्धीले छोडेको वायनाडबाट प्रियंका चुनाव लड्ने

काठमाडौं । भारतीय नेशनल कांग्रेसकाका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने भएका छन्।हालै सम्पन्न लोकसभा  निर्वाचनमा राहुलले  उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड गरि दुई ठाउँबाट चुनाव जितेका उनले वायनाड क्षेत्र छाड्ने भएका हुन् । कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिए। यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो । अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनावमा उठाउने भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार अध्यक्ष खड्गेले भने-‘राहुल गान्धी दुई सिटबाट निर्वाचित भएका छन् । कानुन अनुसार उनले एउटा सिट खाली गर्नुपर्छ र उनी एउटा सिटमा सांसद रहन सक्छन् । हामीले निर्णय गरेका छौँ कि राहुल गान्धी रायबरेली सिटबाट सांसद हुनेछन्, किनभने उनको परिवार पहिलेदेखि नै रायबरेलीसँग नजिक छ।’ राहुल गान्धीले समाचार एजेन्सी एएनआईलाई रायबरेली र वायनाड दुवैसँग आफ्नो हृदयको सम्बन्ध रहेको बताए । उनले  प्रियंका गान्धी वायनाडबाट चुनाव लड्ने बताएका छन् ।

मोदीलाई प्रचण्डको बधाई

काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय ४० सिटमा जित हासिल गर्दै बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् । मोदीलाई बधाई दिंदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्-' भारतका जनताको उत्साहपूर्ण सहभागितामा विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासको सफल समापन भएकोमा हामी खुसी छौं।' प्रधानमन्त्री प्रचण्डको बधाई तथा शुभकामना सन्देशलाई आफ्नो एक्स हेन्डलमा सेयर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सम्बन्ध मदबुत बनाउने बताएका छन् । उनले भनेका छन् 'नेपाल-भारत मित्रतालाई मजबुत बनाउन निरन्तर सहयोगको अपेक्षा गर्दछु' भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई बहुमत प्राप्त भएसँगै तेस्रो कार्यकालका लागि मोदी पुनः भारतको प्रधानमन्त्री निर्वाचित हुने पक्कापक्कि भएको छ। Thank you Prime Minister @cmprachanda ji for your kind wishes. Look forward to continued cooperation to strengthen India-Nepal friendship. https://t.co/bLW23jFXFt — Narendra Modi (@narendramodi) June 4, 2024

वाइडेनलाई नेतान्याहुको जवाफ -'हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य हुँदैन'

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले द्वन्द्वको एक हिस्सा हमास भएको बताउँदै हमासको बिनास नभएसम्म युद्धको अन्त्य नहुने बताएका छन्।शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहपछि उनको यस्तो प्रक्रिया आएको हो । युद्धको अन्त्यका लागि इजरायलको अवस्था परिवर्तन नभएको जनाउँदै इजरायली नेताले हमासको विनासबाट मात्रै सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको सुनिश्चित गर्ने विज्ञप्तिमार्फत जनाएका हुन् । प्रस्ताव अन्तर्गत, इजरायलले स्थायी युद्धबिराम लागू गर्नु अघि यी सर्तहरू पूरा गर्नुपर्नेमा जोड दिएको छ । यी सर्त पूरा हुनुअघि इजरायल स्थायी युद्धबिराममा सहमत नहुने धारणा नेतान्याहुले उल्लेख गरे। शनिबार, बाइडेनले इजरायललाई गाजामा पूर्ण युद्धबिरामका लागि नयाँ रोडम्याप प्रस्ताव गरिरहेको बताए। उनले युद्धबिराम तीन चरणको प्रस्तावमा छ हप्तादेखि गाजाको सबै क्षेत्रबाट इजरायली सेना फिर्ता हुने बताए।युद्धको अन्त्यसँगै सयौँ प्यालेस्टिनी कैदीको रिहाइको बदलामा महिला, वृद्ध–वृद्धा घाइतेलगायत धेरै बन्धकको रिहाइ हुने बाइडेनले उल्लेख गरेका छन् ।  इजरायल र प्यालेस्टिनीले स्थायी युद्धबिरामका लागि छ हप्तामा वार्ता गर्ने र वार्ताको क्रममा युद्धबिराम जारी रहने बाइडेनले जनाए।हमासले बाइडेनले बनाएको योजनालाई सकारात्मकरूपमा लिएको जनाइएको छ ।

टर्कीमा केबलकार दुर्घटना हुँदा एकको मृत्यु, दश घाइते

एजेन्सी । टर्कीको दक्षिणी प्रान्त अन्टाल्यामा शुक्रबार एउटा केबलकारको केबिन भाँचिएर पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। त्यहाँको स्थानीय समय अनुसार शुक्रबार बेलुका ५ः२३ मा केबलकारका २४ वटा केबिन हावामा फसेका थिए। केबलकारको केबिनमा अड्किएका ११२ जनालाई उद्दार गरीएको छ भने । ६० भन्दा बढी व्यक्ति १६ घण्टा देखि  हावामै फसिरहेको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । हावामा अड्किएका नागरिकहरुको स्वास्थ्यमा कुनै समस्या नरहेको विपत व्यवस्थापन प्राधिकरणले जनाएको छ । अहिले उद्दारका लागि ७ वटा हेलिकप्टर र ५०० उद्दार कर्मी परिचालन गरिएको छ । शनिबार साँझसम्म उद्दार कार्य सक्ने गरी काम गरिरहेको अधिकारीहरुले बताएका छन् ।

लोकप्रिय