निश्चित विधि र प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष प्रचण्ड

यस्ताे छ, प्रचण्डकाे सम्बाेधनकाे सम्पादित अंश

निश्चित विधि र प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी नेतृत्वको हस्तान्तरण निश्चित विधि र प्रक्रियाबाट हुनुपर्ने बताउनु भएको छ । आजदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरणको विषयलाई वैज्ञानिक र वस्तुवादी ढंगले छलफल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


उहाँले भन्नुभयो, 'मैले हिजोदेखि आजसम्म पार्टीमा, आन्दोलनमा, राष्ट्रको लागि, परिवर्तनको लागि जे जति गर्ने मौका पाए र मलाई लाग्छ अहिले पनि कम्युनिस्ट आन्दोलनको निम्ति, देशको निम्ति, अझ राष्ट्रिय स्वाधीनताको निम्ति वा वैचारिक विमर्श, बहस र संघर्षको निम्ति म आफ्नो जिम्मेवारीबाट पन्छिने, पलायन हुने मेरो दिमागमा बिल्कुलै छैन ।'


प्रचण्डले पार्टीका प्रमुख नेताहरूले राजनीति वा पदबाट छोड्नुपर्ने भन्ने चर्चा मिडिया र बाहिर चलेको सन्दर्भमा आफ्नो धारणा राख्नुभएको हो । उहाँले बताउनुभयो, 'पहिलो कुरा जिम्मेवारीबाट पन्छिने, पलायन हुने, अब चाहिँ पुग्यो भन्ने पक्षमा म छैन । अन्तिम समयसम्म पनि म लडिराख्नुपर्छ भन्ने संकल्प मभित्र छ ।'

तर, उहाँले पदमा बसिराख्नुपर्छ भन्ने लोभ आफूमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, 'मलाई अब पदमा बसिराख्नुपर्छ, त्यसको लागि भन्ने मलाई लाग्दैन । विगतमा पनि मैले केही संक्षिप्त र संकेतको रूपमा गएको केन्द्रीय समितिको बैठकमा पनि नेतृत्व सम्बन्धि चर्चा चल्दा, नेतृत्व हस्तान्तरण कसरी के हो त भन्ने बारे छलफल हुँदा मैले यो कुरा राख्ने नै गरेको छु ।'

प्रचण्डले नेतृत्व हस्तान्तरणलाई एउटा निश्चित विधि र प्रक्रियाबाट गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'नेतृत्व सधैं अध्यक्ष भइराख्नुपर्ने भए मात्रै नेतृत्व हुने, अध्यक्ष पद नभएपछि नेतृत्व नहुने भन्ने चाहिँ हुँदैन । हामीले एउटा निश्चित विधि र यस्ता निश्चित प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ, त्यसको तयारी गर्नुपर्छ । यो कसैलाई टिको लगाएर हुने कुरा होइन, यो वैचारिक पनि, राजनीतिक पनि, संगठनात्मक पनि एउटा प्रक्रियाबाट गुज्रेर नेतृत्व निर्माण गर्ने कुरा, नेतृत्व हस्तान्तरण गर्ने कुरालाई चाहिँ मार्क्सवादले, इतिहासले, घटनाक्रमले पुष्टि गरेको छ ।'

उहाँले विगतका भिडियो सन्देश र संविधान दिवसको कार्यक्रममा पनि नेतृत्व हस्तान्तरणबारे छलफल चलेको स्मरण गराउनुभयो । उहाँले बताउनुभयो, 'मैले दुइटा ठाउँमा बोलेको औपचारिक ढंगले, अध्यक्षको हैसियतले मैले भिडियो सन्देशमा पनि निश्चित विधि प्रक्रियाबाट हामी नेतृत्व हस्तान्तरण तिर अगाडि बढ्ने, बढिराखेका छौं भन्ने वाक्य प्रयोग गरेको पक्कै पनि कमरेडहरूले नोट गर्नुभएको होला ।' 

प्रचण्डले आफ्नो पार्टी इतिहास स्मरण गर्दै भन्नुभयो, 'मैले पार्टीको नेतृत्व मैले बल गरेर, अनेक गरेर लिएको नेतृत्व होइन । मेरो ४६ सालको ऐतिहासिक जनआन्दोलन अगाडि एउटा विशेष परिस्थितिमा तीन वर्षसम्म मलाई नेतृत्व गर् भन्दा हुँदैन भनेर रोक्दा रोक्दै रोक्दै अन्तिममा एउटा यस्तो परिस्थिति आइपर्‍यो, मैले लिनै पर्ने ।' उहाँले थप्नुभयो, 'पद लोभता मेरो नेचर होइन भन्न चाहन्छु । मलाई पद नभए नहुने भन्या जस्तो गरि प्रतिक्रियावादी र अवसरवादीहरूले जसरी प्रचार गर्ने गरेका छन्, त्यो सत्य होइन भन्ने मेरो अन्तर आत्माले भन्छ ।'

उहाँले देशी–विदेशी प्रतिक्रियावादीहरूको चलखेल र षड्यन्त्र बढेको सन्दर्भमा नेतृत्वको विषयलाई उजागर गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'नेताहरूको कार्यकर्ताहरूको जीवन शैलीको बारेमा, कार्य शैलीको बारेमा, सांस्कृतिक आचरणको बारेमा विभिन्न विभिन्न रूपमा कुरा उक्सिएका छन्, उठेका छन् । यो उठ्नेमा एउटा इमान्दार जनताले र आम आदिहरूले अपेक्षा गरे अनुसार काम नभएको हुनाले पार्टी प्रति, नेताहरू प्रति वितृष्णा साँच्चै मनमा लागेकै छ जनतालाई ।'

प्रचण्डले यो केन्द्रीय समिति बैठक र विशेष महाधिवेशनसम्म पुग्दा नेतृत्वबारे छलफलले सबैको बुझाइमा स्तर उन्नति हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'यो पटक यो केन्द्रीय समिति र यहाँबाट विशेष महाधिवेशनसम्म पुग्दा हामीले गर्ने विचार विमर्श छलफलले नेतृत्व बारे हामी सबैको बुझाइमा अझ स्तर उन्नति हुने, अझ विकसित र परिमार्जित हुने र नेतृत्व हस्तान्तरणको सही विधि प्रक्रिया पनि अवलम्बन हुने छ भन्ने मेरो विश्वास म सुरुमै कमरेडहरूलाई भन्न चाहन्छु ।'

उहाँले अन्त्यमा पार्टी एकताबद्ध बनाउने र विचारलाई अपग्रेड गर्ने विषयमा जोड दिनुभयो ।

यस्ताे छ, प्रचण्डकाे सम्बाेधनकाे सम्पादित अंश

कमरेडहरु मैले केन्द्रीय समितिको बैठकको आह्वान गर्नु अगाडि र पदाधिकारीको बैठकबाट नयाँ परिस्थितिको सामना गर्न सिंगो पार्टी पक्तिलाई केन्द्रित गर्न जरुरी छ । यसका लागि सबैको सुझावहरुलाई केन्द्रित गर्न जरुरी छ भन्दै गर्दा बाहिर देख्ने आन्दोलनले पैदा गरेको परिस्थितिमा दुइटा कुरा चाहिँ अझ विशेष रुपले चाहिँ उठेको छ । मलाई लाग्छ तपाईहरु सबैले पनि सुनि राख्नु भएकै छ । हेरि राख्नु भएकै छ ।

एउटा पार्टीहरु अझ ठुला भनिएका हिजोका पार्टीहरुको प्रमुख नेताहरुले छोड्नु पर्छ राजनीतिबाट या पदबाट भन्ने निकै ठुलो मार्केटमा चर्चा मिडियामा चर्चा भइराखेको छ । तपाईँहरु सबैले सुनेका पनि छौँ । अझ हाम्रै पार्टीको बारेमा र मेरो बारेमा त ३५/३६ वर्षदेखि कति गरेको भन्ने कुरा पनि विगत देखि पनि हुँदै गरेका हुन् । अहिले पनि भइराखेकै छ । म कमरेडहरुलाई अहिले अरु व्याख्या नगरिकन के भन्न चाहन्छु भने मैले हिजो देखि आज सम्म पार्टीमा आन्दोलनमा राष्ट्रको लागि परिवर्तनको लागि जे जति गर्ने मौका पाए र मलाई लाग्छ अहिले पनि कम्युनिस्ट आन्दोलनको निम्ति देशको निम्ति अझ राष्ट्रिय स्वाधीनताको निम्ति या वैचारिक विमर्श बहस र संघर्षको निम्ति म आफ्नो जिम्मेवारीबाट पन्छिने पलायन हुने मेरो दिमागमा बिल्कुलै छैन भन्ने कुरा म पहिले नै सबै कमरेडहरुलाई राख्न चाहन्छु । पहिलो कुरा जिम्मेवारीबाट पन्छिने पलायन हुने अब चाहिँ पुग्यो भन्ने पक्षमा म छैन । अन्तिम समय सम्म पनि म लडि राख्नु पर्छ भन्ने संकल्प म भित्र छ । त्यसो भनिरहँदा म अर्को कुरा पनि सायद समृद्धले विगत देखि पनि मेरो भनाई सुनि राख्नु भएको छ । मलाई अब पदमा बसि राख्नु पर्छ त्यसको लागि भन्ने मलाई लाग्दैन । विगतमा पनि मैले केही संक्षिप्त र संकेतको रुपमा गएको केन्द्रीय समितिको बैठकमा पनि नेतृत्व सम्बन्धि चर्चा चल्दा नेतृत्व हस्तान्तरण कसरी के हो त भन्ने बारे छलफल हुदा मैले यो कुरा राख्ने नै गरेको छु । नेतृत्व सधै अध्यक्ष भइराख्नु पर्ने भए मात्रै नेतृत्व हुने अध्यक्ष पद नभएपछि नेतृत्व नहुने भन्ने चाहिँ हुदैन भन्दै हामीले एउटा निश्चित विधि र यस्ता निश्चित प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ त्यसको तयारी गर्नुपर्छ । यो कसैलाई टिको लगाएर हुने कुरा होइन यो वैचारिक पनि राजनीतिक पनि संगठनात्मक पनि एउटा प्रक्रियाबाट गुज्रेर नेतृत्व निर्माण गर्ने कुरा नेतृत्व हस्तान्तरण गर्ने कुरालाई चाहिँ मार्क्सवादले इतिहासले घटनाक्रमले पुष्टि गरेको छ । त्यसकारण तै पनि हामीले नेतृत्व हस्तान्तरण बारे पक्कै पनि अब सोच्नु पर्छ छलफल गर्नुपर्छ भन्ने कुरा भनिएको थियो ।

त्यो विगतको कुरालाई स्मरण गर्दै म कमरेडहरुलाई के भन्न चाहन्छु भने यही जनवादी आन्दोलनको क्रममा जसरी बाहिर कुरा उठि राखेको छ प्रमुख नेताहरुको बारेमा आदि इत्यादि त्यो सन्दर्भमा मैले दुइटा ठाउँमा बोलेको औपचारिक ढंगले अध्यक्षको हैसियतले मैले भिडियो सन्देशमा पनि निश्चित विधि प्रक्रियाबाट हामी नेतृत्व हस्तान्तरण तिर अगाडि बढ्ने बढिराखेका छौ भन्ने वाक्य प्रयोग गरेको पक्कै पनि कमरेडहरुले नोट गर्नु भएको होला र अर्को संविधान दिवसको उपलक्ष्यमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाडामा आयोजित समारोहमा पनि मैले नेतृत्व हस्तान्तरण गर्ने बारे छलफल चलेको छ । हामी यसलाई त्यो अघिल्लो भिडियो सन्देशमा पनि र भोलिपल्टको संविधान दिवसको वक्तव्यमा पनि मैले यो नेतृत्व हस्तान्तरणको छलफल चलेको छ र यसलाई निश्चित विधि प्रक्रियाबाट हामी एउटा टुंगोमा पुग्छौ भनेर भनेको थिए । म आज केन्द्रीय समितिको बैठकको सुरुवातमा नै सबै कमरेडहरुलाई यो विषय पक्कै पनि धेरै गम्भीर संवेदनशिल विषय हो नै र हामी सबैले यसको बारेमा सोच्नु नै पर्छ ।

नेतृत्व निर्माण नेतृत्व हस्तान्तरणको सबभन्दा वैज्ञानिक वस्तुवादी र परिस्थिति ले माग के गरेको छ भन्ने कुरालाई हामी सबैले सोच्नै पर्छ । त्यही उद्देश्यको लागि पनि केन्द्रीय समितिको बैठक आवश्यक छ । कमसेकम पनि यो बारेमा न्यूनतम हाम्रो बुझाईमा एकरुपता हुन जरुरी छ । म फेरी पनि यसलाई संश्लेषित रुपमा भन्न चाहन्छु म पार्टी आन्दोलन देश राष्ट्र र वर्ग प्रतिको जिम्मेवारीबाट पन्छिने त मैले बिल्कुल सोचेको छैन तर पद अध्यक्ष हुन पर्ने किनकि मैले पार्टीको नेतृत्व मैले बल गरेर अनेक गरेर लिएको नेतृत्व होइन मेरो ४६ सालको ऐतिहासिक जनआन्दोलन अगाडि एउटा विशेष परिस्थितिमा तीन वर्ष सम्म मलाई नेतृत्व गर् भन्दा हुदैन भनेर रोक्दा रोक्दै रोक्दा रोक्दै अन्तिममा एउटा यस्तो परिस्थिति आइपर्यो मैले लिनै पर्ने गुरुङ जी यहाँ हुनुहुन्छ त्यतिबेलाको अरु पनि को को हुनुहुन्छ मलाई थाहा भएन जे होस् गुरुङ जी र हामी सँगै थियौ कस्तो परिस्थितिमा म पार्टीको ४६ सालको ऐतिहासिक जनआन्दोलन अगाडि पार्टीको महामंत्री बन्न पुगे । मैले महामंत्री बनिसकेपछि एकता केन्द्र बन्ने जनयुद्ध हुने सबै सबै कुराहरुका कथाहरु हामी सबैलाई स्मरण छदै छन् परिघटनाहरु म के भन्न चाहन्छु दोस्रो कुरा पहिलो कुरा जसरी मैले भने जिम्मेवारीबाट पन्छिने आन्दोलनबाट निष्क्रिय हुने भन्ने मेरो सम्भव पनि छैन मेरो नेचर पनि होइन । 

त्यस्तै दोस्रो कुरा पद लोभता मेरो नेचर होइन भन्न चाहन्छु । मलाई पद नभए नहुने भन्या जस्तो गरि प्रतिक्रियावादी र अवसरवादीहरुले जसरी प्रचार गर्ने गरेका छन् त्यो सत्य होइन भन्ने मेरो अन्तर आत्माले भन्छ। म नेतृत्वमा आएको पनि बल गरेर मलाई बनाउनै पर्यो भन्ने ढंगले होइन जबरजस्ती मेरो चाहिँ काधमा जिम्मेवारी आइपर्यो र मैले बोकेको हो। र अहिले पनि म हुन पर्ने मलाई भन्ने छैन। मैले कहिलेकाहीँ भनेको केही वाक्य कतिपय साथीहरुलाई राम्रो लाग्यो कतिपयलाई राम्रो लागेन। 

म नेतृत्वमा आएपछि ४६ सालको ऐतिहासिक जनआन्दोलन भयो। हामीले संयुक्त राष्ट्रिय जनआन्दोलन गर्यौ म त्यसमा सक्रिय सहभागी पनि भयौ। एकता केन्द्र बन्यो एकता महाधिवेशन भयो। माओवादी बन्यो जनयुद्ध भयो जनआन्दोलन भयो शान्ति सम्झौता भयो संविधान सभा भयो संघीय गणतन्त्र भयो आदि इत्यादि यो सबैमा मलाई पार्टीले र मलाई जनताले भरोसा गरेर विश्वास गरेर जे जिम्मेवारी दियो म पार्टी प्रति साच्चै नै आभार व्यक्त गर्दै आएको छु गर्न चाहन्छु आज पनि पार्टीले मलाई जिम्मेवारी दियो मैले सकेको कुरा गर्ने कोशिश गरिराख्ने छु। अहिले जुन बिन्दुमा हामी आइपुगेका छौ र जुन किसिमका देशी विदेशी प्रतिक्रियावादी चलखेल षडयन्त्र निकै तीव्रतामा भएका छन् यस्तो परिस्थितिमा नेतृत्वको विषय पनि चाहिँ उज्यालिएको छ। नेता सबै यहाँ एउटा मात्रै नेताको कुरा होइन हामी सबै नेतृत्वमा हुने कमरेडहरुको बारेमा पनि धेरै किसिमले कुरा उठेको छ। नेताहरुको कार्यकर्ताहरुको जीवन शैलीको बारेमा कार्य शैलीको बारेमा सांस्कृतिक आचरणको बारेमा विभिन्न विभिन्न रुपमा कुरा उक्सिएका छन् उठेका छन्। यो उठ्नेमा एउटा इमान्दार जनताले र आम आदिहरुले अपेक्षा गरे अनुसार काम नभएको हुनाले पार्टी प्रति नेताहरु प्रति वितृष्णा साच्चै मनमा लागेकै छ जनतालाई। त्यसो भएर इमान्दारिता साथ पार्टी नभए हुन्थ्यो कि कहिले पार्टी भन्दा चाहिँ बरु राजै आए हुन्थ्यो कि भन्ने पनि मानिसहरुलाई लाग्ने गरेका पनि हामीले देख्यौ। गएको २०७४ हामी सबैले सम्झेकै छौ। भने अर्को चाहिँ त्यो इमान्दार अभिव्यक्तिको लाई उपयोग गरेर लोकतन्त्र गणतन्त्र र नेपालको राष्ट्रिय स्वाधीनतालाई सदाभुंग पार्ने अन्तराष्ट्रिय षडयन्त्र पनि झन् तीव्र रुपले र गम्भीर रुपले अगाडि बढेको छ। कमरेडहरु यो दुइटा एउटै होइन देख्दा एउटै देखिन्छन् तर त्यस भित्रको अन्तर यसको सार यसको अन्तरवस्तु चाहिँ एउटै होइन। त्यसकारण यो पटक यो केन्द्रीय समिति र यहाँबाट विशेष महाधिवेशन सम्म पुग्दा हामीले गर्ने विचार विमर्श छलफलले नेतृत्व बारे हामी सबैको बुझाईमा अझ स्तर उन्नति हुने अझ विकसित र परिमार्जित हुने र नेतृत्व हस्तान्तरणको सही विधि प्रक्रिया पनि अवलम्बन हुने छ भन्ने मेरो विश्वास म सुरुमै 

कमरेडहरुलाई भन्न चाहन्छु मलाई अध्यक्ष भइराख्नु पर्छ म चाहिँ छोड्न हुदैन भन्ने मेरो छैन तर कतिपय साथीहरुलाई त्यस्तो लाग्ने गर्छ फेरी। यिनी अनेक गरेर आफैले नछोड्ने वातावरण बनाउन ला त होइन भन्ने भाव पनि म सुन्छु अलि अलि म यो ऐतिहासिक र असाधारण परिस्थितिको केन्द्रीय समितिको बैठक अगाडि उभिएर तपाईहरुलाई भन्दै छु ममा त्यस्तो छैन। यो पार्टीलाई अझ एकताबद्ध कसरी गर्ने होला विचारलाई अझ अप कसरी गर्ने होला अहिलेका चुनौतीहरुको सामना गर्नको लागि राष्ट्रिय स्वाधीनताको निम्ति र लोकतन्त्र गणतन्त्र यो हजारौ शहीदहरुको बलिदानबाट प्राप्त भएको उपलब्धि र त्यसमाथि निकै ठुलो प्रहार अन्तराष्ट्रिय डिजाइनमा हुदै छ भन्ने कुरा हामीले प्रत्यक्ष देखेका छौ हेरेका छौ भोगेका छौ। त्यसकारण त्यसको सामना गर्ने नीति योजना र कार्यक्रमको विकासको उद्देश्यले नै केन्द्रीय समितिको यो बैठक र अधिवेशन सम्मको यात्रा बारे सोच बनेको हो। यो अर्थ अन्यथा साबित भएछ भने हामी सबै यही यही छौ हामी सबैले देख्ने नै छौ। म नेतृत्वमा अलि अलि चाहिँ असन्तुष्टि अलि अलि थोरै अन्तराष्ट्रिय कमरेडहरुलाई पनि म भन्न चाहन्छु अ यो कुरालाई तपाई हामी सबैले हेक्का राख्नु। यो परिस्थितिको सामना हामीले नयाँ विचार, नयाँ योजना, नयाँ कार्यशैली, नयाँ संस्कृति आचरणको विकास गरेर जनताको तहबाट नै एउटा नयाँ शक्ति निर्माण एउटा विवेकाधीन रणनीति अन्तर्गत तत्काल नयाँ कार्य नीतिको श्रृंखला खडा गरेर हामीले शक्ति आर्जन गर्न सकेनौँ। शक्ति आर्जन गर्न सकेनौँ भने हाम्रो पार्टी र आन्दोलन मात्रै होइन यो राष्ट्रको स्वाधीनता यसको स्वतन्त्रता नै अहिले यति ठूलो संकटमा मैले इतिहास पढे अनुसार पहिला कहिल्यै पनि थिएन। यति ठूलो संकटमा परेको छ अहिले।

जसरी यी सबै छन्। त्यसकारण यसको सामना गर्ने उद्देश्यले नै तत्कालै विद्रोही आन्दोलनले पाइला पाइला गरेको मानसिकता, मनोविज्ञान त्यसलाई पनि सम्बोधन गरिहाल्नु पर्ने पार्टीलाई एकताबद्ध पनि गर्नुपर्ने र विचारलाई र संगठनलाई अप पनि गर्नुपर्ने उद्देश्य राखेर नै मैले पदाधिकारीको बैठकमा केन्द्रीय समितिको बैठक र अधिवेशन सम्मको यात्राको कुरा गरेको हुँ। आज हामी त्यही बैठकमा छौँ।

रवि लामिछानेविरुद्ध आरोपपत्र संशोधन विवाद: रिट आज पूर्ण इजलासमा सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दामा आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आजका लागि तोकिएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दामा आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध परेको रिट आज सर्वोच्च अदालत को पूर्ण इजलासमा पेशीमा राखिएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै उक्त विवादमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक देखिएको भन्दै पूर्ण इजलासमा पठाएको थियो। संयुक्त इजलासले ‘थप प्रमाण’को व्याख्यामा अस्पष्टता र गलत अर्थ लाग्ने सम्भावनालाई औँल्याउँदै यस विषयमा विस्तृत व्याख्या आवश्यक रहेको जनाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण फेला परेमा’ मात्र अभियोग संशोधन गर्न मिल्ने व्यवस्था छ। तर, यस प्रकरणमा प्रतिवादी स्वयंले दिएको निवेदन वा स्वघोषणालाई ‘थप प्रमाण’का रूपमा मान्न मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठाइएको छ। त्यसैगरी, जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्नसमेत उठेको छ। आरोपपत्र संशोधनको अन्तिम अनुमति दिने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुने भएकाले, जिल्ला अदालतले निर्णय नगर्दै सर्वोच्च अदालतबाट हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन भन्ने प्राविधिक तथा संवैधानिक विषयमा पनि पूर्ण इजलासले टुंगो लगाउने अपेक्षा गरिएको छ।

हुम्लाको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न डा. दीपेन्द्र रोकायाको ६४ बुँदे ज्ञापनपत्र

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न माग गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । हुम्ला एक समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तरको उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उनले उल्लेख गरेका छन् । “अब सामाजिक न्यायको आधारमा सबैभन्दा पछाडि परेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उनले भनेका छन् । डा. रोकायाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लालाई ठोस र परिणाममुखी ढङ्गले सम्बोधन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा यो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कर्णाली करिडोरअन्तर्गत पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट र सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्‍याउने प्रस्ताव गरिएको छ । त्यस्तै, हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माण गरी हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने, कर्णाली–१ र कर्णाली–२ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण गर्ने, साना जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने र सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव समेत अघि सारिएको छ । कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कन स्थल विकास गरी हुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

विद्यार्थी संगठनहरूलाई स्कुल–कलेजमा प्रतिबन्ध लगाउन पाइँदैन : नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकको निष्कर्षबारे जानकारी दिँदै भने, “जनसंगठनहरू, खासगरी विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो । यसले जनता र ट्रेड युनियनका अधिकारलाई कुण्ठित गर्छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । हामी यसको विपक्षमा उभिन्छौं ।” सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेपछि विभिन्न राजनीतिक दल र संगठनहरूले विरोध जनाउँदै आएका थिए । नेकपाले पनि यो निर्णय गलत भएको ठहर गर्दै विद्यार्थी तथा जनसंगठनहरूको अधिकार रक्षाको पक्षमा उभिने स्पष्ट गरेको छ । नेता खतिवडाका अनुसार केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक आगामी ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यसबेला सार्वजनिक गरिने छन् ।

संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको आज पहिलो बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा छन् । कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन् ।

लोकप्रिय