प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष ओलीको बधाई

प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष ओलीको बधाई

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गरेपछि सत्ता घटक प्रमुख दल नेकपा (एमाले) का संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्। 

संसद् बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएलगत्तै अध्यक्ष ओलीले संसद् भवनमै प्रधानमन्त्री प्रचण्डको कार्यकक्षमा गएर बधाई ज्ञापन गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् बैठकको बेल घेराउ गरी विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रक्रिया सुरु गरेका थिए। सोअघि प्रमुख नेता तथा कार्यदल र कार्यव्यवस्था परामर्श समिति बैठकमा सदन खुलाउनेबारे छलफल भए पनि सहमति जुटेको थिएन् ।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ । 

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।  बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ।  विनियोजन विधेयकमाथि मन्त्रीहरुले जवाफ दिने कार्यक्रम नसकिएका कारण हिजोको बैठकमा बजेट पारित गर्ने कार्यसूची रहे पनि सो कार्यसूचीमा बैठक प्रवेश गर्न सकेन ।आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीले विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन्।  विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अर्थ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।  यस्तो छ कार्यसूची 

संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौं । सरकारले आजै बजेट पारित गर्ने तयारी गरेपछि नेपाली कांग्रेस संसद‍्मा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ। पार्टीले यसअघि शुक्रबार बसेको संसदीय दलको बैठकमा पनि  बजेट पारित नहुञ्जेलसम्म अनिवार्य बैठकमा उपस्थिति हुन सांसदहरुलाई निर्देशन दिएको थियो।  विपक्षी दल नेपाली कांग्रेसले बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै आएको छ । बजेटमा संशोधन गर्नुपर्ने थुप्रै विषय रहे पनि हुबहु पारित गर्न लागिएको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाउँदै आएका छन्।

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक, २०८१ पास गर्ने तयारी रहेकाले सोही विषयमा छलफलका लागि दलको बैठक बस्न लागेको हो । माओवादीले बजेटको पक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई ह्वीप लगाउने तयारी स्वरुप बैठक बोलाएको हो ।

लोकप्रिय