सुनसरीका दुईवटा पालिकामा फेरि कर्फ्यु

सुनसरीका दुईवटा पालिकामा फेरि कर्फ्यु

काठमाडौं । तनाब नघटेपछि सुनसरीका दुई गाउँपालिकामा फेरि पनि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ।

हरिनगर गाउँपालिका क्षेत्र र देवानगन्ज गाउँपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मलाई कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ।

शुक्रबारदेखि जारी गरिएको कर्फ्युलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।

सामाजिक, धार्मिक, राजनीतिक सभा, –याली तथा भेला एवम् प्रदर्शन गर्ने लगायतका कुनै पनि कार्यक्रम नगर्नेरनगराउने गरी कर्फ्यु आदेश जारी गरिएको हो।

यसअघि इनरुवा नगरपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा बिहान १० बजेसम्मका लागि कर्फ्यु जारी भएको थियो।

हिन्दु र मुस्लिम समुदाय झडपमा उत्रिएपछि बनेको अवस्थालाई नियन्त्रणमा लिन शुक्रबारदेखि नै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु जारी भएको थियो।

इनरुवा नगरपालिका, भोक्राहा गाउँपालिका र कोशी गाउँपालिका क्षेत्रमा भने स्थानीय प्रशासनले सोमबार बिहान १० बजेदेखि कर्फ्यु खुकुलो बनाएको छ । 

null

एनएफपिजे नेपालले बुझायो उपप्रधानमन्त्री सिंहलाई ध्यानाकर्षणपत्र

 काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे) नेपालले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसंग भेटवार्ता गरेको छ । उक्त कार्यक्रममा समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । आइतबार संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलिले सिंहदरबारमा मन्त्री सिंहलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्राहालयको लागि आवश्यक पहल गराइदिन उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जिविकोपार्जन गर्ने सम्पूर्ण फोटोपत्रकारहरूको बिमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यवसायिक तालिम दिन वार्षिक रुपमा बजेट नियमित र समय अनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि ध्यानाकर्षण गराएको छ । नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई सम्मान गर्दै मन्त्री सिंहले पत्रकारितामा फोटोको महत्व धेरै नै रहेको र फोटो पत्रकारहरूका लागि आफ्नो तर्फबाट सक्दो सहयोगको लागि पहल गर्ने बताउनुभयो ।

डा. महर्जनका प्रतिबद्धताले किर्तिपुरबासीको मन जित्यो

काठमाडौं ।मंसिर १६ गते हुने उपनिर्वाचनका लागि देशभर राजनीतिक माहोल तातेका बेला कीर्तिपुर नगरपालिकाका मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार डा। शिवशरण महर्जनले सार्वजनिक गरेका प्रतिबद्धताले जनताको मन जितेको छ। त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक, किर्तिपुरमा खानेपानी,  शिक्षा, यातायात लगायतका काममा अगुवाई गरेका सामाजिक अभियन्ता र सम्मानित व्यक्तित्वका रूपमा परिचित महर्जनले यसपटक नेकपा (एकीकृत समाजवादी), जसपा, नेसकाको समर्थन पाएका छन्, जसले यो प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ। डा.महर्जनको प्रतिबद्धतालाई कीर्तिपुरको समृद्धि, स्वावलम्बन र शुद्ध प्रशासनको खाका मान्न सकिन्छ । उहाँको ३५ बुँदे प्रतिबद्धताले स्थानीय जनताको जीवनस्तर उकास्दै नगरपालिकाको समग्र विकासको परिकल्पना प्रस्तुत गरेको छ। उनी स्ववासी समस्याको तत्काल समाधान गर्न प्रतिबद्ध छन्। निःशुल्क फोहोरमैला व्यवस्थापन, खानेपानी र विद्युत् शुल्कमा सहुलियत र घरघरमा समानुपातिक खानेपानी वितरणजस्ता आधारभूत सेवाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राखेका छन्। महर्जनको योजना केवल आधारभूत सुविधासम्म सीमित छैन। उनले सबै क्षेत्रमा कालोपत्रे सडक विस्तार, चोभारदेखि सतुंगलसम्म सडक निर्माण र सार्वजनिक पूर्वाधारमा लगानीमार्फत नगरवासीको जीवनलाई सहज बनाउने दृष्टिकोण अघि सारेका छन्। यसैगरी, स्वास्थ्य सेवामा आमूल सुधारका लागि २५ शैयाको विष्णुदेवी अस्पताल निर्माण गर्ने योजना उनका मुख्य प्रतिवद्धतामा पर्छ। त्रिभुवन विश्वविद्यालयमा शिक्षण अस्पतालको शाखा स्थापनादेखि स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी व्यवस्थित बजार निर्माण गर्नेसम्मका कार्यक्रमहरू उनको योजनामा समावेश छन्। पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि उनको दृष्टि स्पष्ट छ। चम्पादेवी हुँदै हेटौंडा जोड्ने पक्की सडक, सांस्कृतिक तथा जातीय सङ्ग्रहालयको स्थापना र कीर्तिपुरलाई सूचना प्रविधिमैत्री नगर बनाउँदै निःशुल्क इन्टरनेट सेवाको विस्तारले नगरको पहिचानलाई अझ बलियो बनाउने उनको योजना छ। महिला, युवा र खेलकुदको क्षेत्रमा उनले विशेष प्राथमिकता दिएका छन्। महिलाको लागि स्वरोजगार परियोजनाहरू सञ्चालन, युवालाई स्वरोजगारमुखी बनाउने र खेलाडीहरूको सम्मानका लागि मासिक भत्ताको सुनिश्चितता उनका ठूला कदमहरू हुन्। नगर खेलकुद परिषद् गठन गरेर सबैको पहुँच विस्तार गर्ने र चोभारमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउने योजना कीर्तिपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोगी हुनेछन्। डा। महर्जनको दृष्टिकोण मात्र विकास र समृद्धिमा सीमित छैन। उनले भ्रष्टाचारमुक्त र पारदर्शी शासन प्रणालीको वकालत गरेका छन्। सहकारी पीडितहरूको बचत फिर्ता गर्न पहल गर्ने, कर प्रणालीलाई सुधार गर्दै जनमैत्री बनाउने र विकास निर्माणका कार्यलाई सर्वपक्षीय ढंगले अघि बढाउने अठोटले उनको नेतृत्व क्षमतालाई उजागर गर्छ। डा.महर्जनको प्रतिबद्धता पत्र केवल वाचा नभई कीर्तिपुरवासीका लागि एउटा स्पष्ट मार्गदर्शन हो, जसले समृद्ध, सुशासनयुक्त, र आत्मनिर्भर नगर निर्माणको आधार तय गर्न सक्छ। कीर्तिपुरको राजनीतिक वातावरण तातेका बेला महर्जनको योजनाले मतदातालाई आकर्षित गर्न सक्ने विश्लेषण गरिएको छ। अब, कीर्तिपुरवासीको मतले उहाँका नगर बनाउने योजनालाई समर्थन गर्छ कि गर्दैन भन्ने विषयले यस निर्वाचनलाई थप रोचक बनाएको छ।

यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्युन चापीय प्रणाली अवस्थित रहेको देखिन्छ । महाशाखाका अनुसार हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ३१ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

आज यस्तो रहने छ मौसम

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहने छ आगामी २४ घण्टामा कोशी, बागमती  गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

लोकप्रिय