फ्रान्समा चरम दक्षिणपन्थी पार्टीको भारी अग्रता, बामपन्थी दल दोस्रो स्थानमा

फ्रान्समा चरम दक्षिणपन्थी पार्टीको भारी अग्रता, बामपन्थी दल दोस्रो स्थानमा

पेरिस । फ्रान्समा चरम दक्षिणपन्थी दलले निर्वाचनमा विजय हासिल गर्ने देखिएको छ।आजदेखि शुरु मतदानको प्रारम्भिक अनुमान अनुसार, प्रमुख प्रतिपक्षी दल फार राइट नेशनल र्याली पार्टीले ३४ प्रतिशत मत पाएर अग्रता पाउने संकेत देखिएको बताइएको छ। 

वामपन्थी गठबन्धनले भने २८.१ मत पाउने र सत्तारुढ राष्ट्रपति इम्यानुअल म्याक्रेनको दलसम्मिलित गठबन्धनले २०.३ प्रतिशत मत पाउने अनुमान गरिएको सिएनएनले जनाएको छ। मतगणनाको परिणाम ७ जुलाइमा आउने भएपनि यो अनुमानलाई तथ्यपरक मानिन्छ। 

नेशनल र्याली दल फ्रान्सको राष्ट्वादी दक्षिणपन्थी दलका रुपमा चिनिन्छ। फ्रान्सेली पहिचानको नारा दिएर उदय भएको यो दल यसअघि भने कहिल्यै पनि सत्तामा पुग्न सफल भएको थिएन। तर पछिल्ला दिनहरुमा अवैध अप्रवासनविरुद्ध चर्को आवाज उठाउँदै आएको यो पार्टीले जनताको उल्लेख्य समर्थन बटुल्न सफल भएको देखिन्छ। यो दलले आप्रवासीसम्बन्धि अमेरिकी पूर्व राष्टे्रपति डोनाल्ड ट्रम्पजस्तै धारणा राख्दछ। 

अर्कोतर्फ युरोपियन यूनियनको पुनःसंरचना गर्नुपर्ने तथा नर्थ अटलान्टिक सन्धी संगठन (नाटो)बाट फ्रान्स बाहिरिनुपर्ने मत समेत यसले राख्दछ । तर आन्तरिकरुपमा भने यसले फ्रान्सले पहिचानको नारा दिएकोले यसले लोकप्रियता बटुलेको देखिन्छ। 

लेनिनको शतवार्षिकीमा अक्टोबर क्रान्तिको बहस

दाङ । रुसी अक्टोबर क्रान्तिका नायक तथा विश्व कम्युनिस्ट आन्दोलनका महान नेता लेनिनकाे शतवार्षिकीको अवसरमा याे वर्ष देशभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । उनका विश्व, कम्युनिस्ट आन्दोलनमा लेनिनले विकास गरेकाे विचार, संघर्ष र  समग्र याेगदानका विषयहरु समेटेर आगामी जनवरीमा समापन गर्नेगरी जनस्तरबाट केन्द्रीयस्तरमा गठित लेनिन स्मृति शतवार्षिकी समितिले राजनधानीमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ भने राजधानी बाहिर पनि कार्यक्रमहरु भइरहेका छन् । साेही अभियान अन्तर्गत आजको सन्दर्भमा लेनिनका योगदान, रुसमा भएको युगान्तकारी अक्टोबर क्रान्ति र प्रतिक्रान्तिका शिक्षाहरु, लेनिनवादको महत्व लगायतका विषयहरुलाई जनस्तरसम्म पुर्याउने उद्देश्य राखेर लेनिन शतवार्षिकी समिति दाङले यही कार्तिक १० गते गर्न लागिरहेकाे वृहत् विचार अन्रतक्रिया कार्यक्रमकाे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे लेनिन शतवार्षिकी समिति दाङका संयाेजक प्रमाेद धितालले जनाएका छन् । दाङको घोराहीमा आगामी कार्तिक १० गते ‘लेनिन र आजको समय’ विषयक विचार गोष्ठी हुन  लागेकाे धितालले प्राणमञ्चसँग बताए । लेनिन स्मृति शतवार्षिकी, दाङ आयोजक समितिको आयोजनामा हुने सो कार्यक्रममा सतवार्षिकका केन्द्रीय संयोजक निनू चापागाइँ र सदस्य डा.अमर गिरी मुख्य वक्ताको रुपमा उपस्थित हुनेछन् । कार्यक्रममा आयोजक समितिकै केन्द्रीय सदस्य तथा दाङका संयोजक प्रमोद धितालले पेश गर्ने ‘लेनिन र आजको समय’ शिर्षकको कार्यपत्रमाथि शशिधर भण्डारी, निर्मल आचार्य, डा. शुरामणि बेलबासे, सविन पोख्रेल र गणेश आचार्यले टिप्पणी गर्नेछन् । केन्द्रमा गठित लेनिन स्मृति शतवार्षिकी समितिको केन्द्रीय आयोजक समितिले अन्तराष्ट्रिय लेनिन सेमिनार लगायत विभिन्न कार्यक्रम गरिसकेको छ भने तथा जिल्लाहरुमा गठित आयोजक समितिहरुले यस अघि विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । केन्द्रीय स्तरबाहेक पोखरा र दाङमा लेनिन स्मृति शतवार्षिकी आयोजक समितिहरु गठन गरिएका छन् । आयोजकहरुले आगामी जनवरीसम्म थप कार्यक्रम सहित शतवार्षिकी अभियान सम्पन्न गर्ने योजना बनाएका छन् । दाङको घोराहीमा हुने वृहत विचार गोष्ठीमा सक्रिय सहभागीताका लागि सम्पूर्ण समाज रुपान्तरणकारी, प्रगतिशील तथा वामपंथीहरुलाई आयोजक समितिले अनुरोध गरेको छ ।

राष्ट्रपतिसँग विपक्षी दलहरूले आज छलफल गर्ने

काठमाडौँ । सरकार गठन भएको सय दिन पुगेको बेला विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने तयारी गरेका  छन्। सरकारले गलत काम गर्दै गएको भन्दै राष्ट्रपति पौडेलसँग भेट गर्न लागेको जानकारी प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिनुभएको थियो । बुधबार बिहान पार्टी निकट बुद्धिजीवी सङ्गठनका पदाधिकारीसँग अध्यक्ष प्रचण्डले अपराह्न ४ बजे भेटघाटका लागि राष्ट्रपतिसँग समय लिएको बताउनुभएको थियो ।

सरकारको सय दिनको उपलब्धि जनतालाई सुनाउन काठमाडौंमा प्रदर्शन : अग्नि सापकोटा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिनको उपलब्धि जनतालाई सुनाउन माओवादी केन्द्रले काठमाडौमा प्रदर्शन गर्न लागेको पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले बताउनुभएको छ । बुधबार प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसंगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो। प्रेस सेन्टर नेपालका इन्चार्ज समेत रहेका उपाध्यक्ष सापकोटाले कातिक १० गते हुने प्रदर्शनका क्रममा सरकारको सय दिनको उपलब्धि राम्रो संग थाहा पाउने बताउनुभयो।  ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आक्रामक रूपमा प्रस्तुत हुने निति लिएको छ। यस क्रमश माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो। यसअघि विपक्षी दलहरुले सरकारलाई ज्ञापनपत्र  बुझाएका थिए।  सरकारलाई ज्ञापनपत्र  बुझाए लगत्तै माओवादीको सडक प्रदर्शन गर्न लागेको हो । सरकार नाङगो रुपमा नै दलाल पुजिपती र दलालको पक्षमा खुलमखुला लाग्योू सापकोटाले भन्नुभयो, ' बिद्दुत प्राधिकरणले बक्यौता उठाउन खोज्दा रोक्ने, मीन बहादुर गुरुङ सङ १० रोपनी जग्गा र भवन सम्म लिनेसम्म आउदा सरकारको सुशासन छरपस्ट भएको छ ।'  गुरुङ भ्रष्टाचारमा दोसी ठहर भएका ब्यक्ति भएकाले उनबाट पार्टी कार्यालय नै जग्गासहित दान लिनुले सरकारको नेतृत्वको प्राथमिकता थाहा लागेको बताउनुभयो । प्रतिनिधि सभाको दुई ठूला दल मिलेपछि प्रतिपक्षीमा हुत्तिएको माओवादीले ओली सरकार असफल भएको निष्कर्ष निकालेको छ  । यहि निष्कर्षसहित खबरदारी सभा गर्न लागेको हो ।  उपाध्यक्ष सापकोटाका अनुसार काडमाडौंको भृकुटीमण्डप प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर हुनेछ ।  विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशील, गैरजिम्मेवारी र योजनाविहीनताको उजागर गर्ने र  बेपत्ताहरूको खोजी, उद्धार, राहत वितरण, घाइतेहरूको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन दबाब दिइने उहाँले बताउनुभयो । माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारी गरिने बताउनुभयो । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्न प्रदर्शन गर्न लागिएको सुनाउनुभयो ।  सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन पनि प्रदर्शन गर्न लागिएको हो ।  संविधान र लोकतन्त्रको रक्षा गर्न,  दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्य सहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षडयन्त्रलाई असफल पार्न पनि प्रदर्शन आवश्यक रहेको छ ।  उपाध्यक्ष सापकोटाका अनुसार राजनीतिक दल सम्बन्धी अध्यादेश सरकारले ल्याउन खोजेको तर सार्वजनिक खबरदारी र प्रतिपक्षी दलहरूको खबरदारीले रोकिएको बताउनुभयो ।  'साना दल फुटाउने र आफ्नो पार्टीमा लगेर सबैभन्दा ठुलो पार्टी बन्ने एमालेको ध्यय छ । त्यस अन्तरगत दल फुटाउन सहज हुने गरि अध्यादेश ल्याउन लागेका थिए । तर हाम्रो खबरदारीले प्रतिपक्षी दललाई नचिढ्याउन अन्तिम समयमा मन्तिपरिसदको बैठक नै स्थगित गर्न सरकार बाध्य भयो ।' उहाँले भन्नुभयो । प्रदर्शनका क्रममा शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइने छ ।  उपाध्यक्ष सापकोटाले नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थानहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थान विक्री गर्ने तयारी विरुद्ध खबरदारी गरिनेछ । विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्य गर्न दबाब दिइनेछ ।  बढ्दो बजार भाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिइनेछ । सहकारी, मिटरव्याज र लघुवित्त पीडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न, ठगीमा संलग्नहरूलाई बिना भेदभाव कारबाही गर्न र राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्द्धन गरिनेछ ।  सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरू विरुद्ध खबरदारी गर्न सबैले जोडबल गर्न आवश्यक रहेको भन्दै उपाध्यक्ष सापकोटाले प्रदर्शनको तयारीमा जुट्न सबैलाई आह्वान समेत गर्नुभएको छ ।

शीर्ष नेता बाहिर हुँदा विपक्षी दलले ज्ञापनपत्र बुझाउने समय सर्‍यो

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने समय सारिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू काठमाडौं बाहिरबाट आइपुग्न ढिला भएकाले समय सारिएको हो । सोमबार साँझ ४ः३० मा विपक्षीले ज्ञापनपत्र बुझाउने तय भएको थियो । अब समय सारेर राति ८ बजे ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ ।  गएको शुक्रबार बसेको विपक्षी दलको बैठकले ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । बैठकले माओवादीका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल रहेको कार्यदल गठन पनि गरेको थियो ।

लोकप्रिय