अमेरिकामा डढेलोबाट ६ जनाको मृत्यु, डेढ लाख बढी विस्थापित

अमेरिकामा डढेलोबाट ६ जनाको मृत्यु, डेढ लाख बढी विस्थापित

लस एन्जलस । अमेरिकामा सल्किएको डढेलोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ। लस एन्जलसमा लागेको डढेलोको मुस्लो अझ डरलाग्दो हुँदै जान सक्ने चेतावनी विज्ञले दिएका छन्।

केही समय अघि गरिएको पत्रकार सम्मेलनमा शुक्रबार र आउँदो मंगलबार अझ धेरै हुरी बतास र आगोको मुस्लोका कारण अझ भयावह अवस्था आउने चेतावनी दिइएको छ । विज्ञ ५३ सय संरचना ध्वस्त पार्ने त्यस आगोको उत्पत्ति कसरी भएको भन्ने पत्ता लगाउने प्रयासमा छन्। सो आगोका कारण विस्थापित हुनेको सङ्ख्या करिब दुई लाख अर्थात् लाख ७९ हजार पुगेको छ।

आगो लागि रहेको समयमा घरमा पसेर लुटपाट मच्चाउनेको पनि कमी छैन। यसै काममा सरिक भएका २० जनालाई प्रहरीले गिरफ्तार गरेको छ। लस एन्जलस र भेन्टुराको सीमामा पर्ने केही स्थानमा नयाँ आगोको लप्का निस्किए पछि त्यहाँका मानिसहरूलाई अनिवार्य अन्यत्र सर्न सर्कुलर गरिएको छ। आगलागीका कारण सबैभन्दा धेरै असर अल्टाडेना समुदायमा परेको छ। इटनमा १३ हजार ६९० आर्क अहिले प्रभावित भएका छन्। रुखहरू ढलेका छन्। पातहरू भुइँमा छरपस्ट भएका छन्। त्यहाँका अग्नि नियन्त्रकका प्रमुख मार्सले डढेलोको कारण कुनै व्यक्तिले लगाएको आरोप पुष्टि भएमा यसलाई हत्याको रूपमा हेरिने बताएका छन्।

अहिले आगो नियन्त्रणमा ल्याउनका लागि १५ सय २७ जना सक्रिय छन्। त्यस आगोका कारण अहिलेसम्म मर्ने ६ भए पनि यो संख्या थपिने जनाइएको छ। कतै मानिस मरेको भए पनि यसको जानकारी आइनसकेको हुनसक्ने अधिकारीले जनाएका छन्।

अमेरिकामा डढेलोले लाखौं विस्थापित

लस एन्जलस । अमेरिकामा एक दिन आएको डढेलो धेरै स्थानमा निभिसकेको छ। तर यसले एक दिनमा नै भयङ्कर क्षति गरेको छ। पाँच जनाको ज्यान लिएको डढेलोले एक हजार भन्दा बढी संरचना ध्वस्त भएका छन्। मंगलबार पालिसेडबाट सुरु भएको आगोले त्यसै क्षेत्रमा सबै भन्दा बढी क्षति गरेको हो। लाखौं मानिस घर छाड्न बाध्य भएका छन्। यसरी घर छाड्नेहरू मध्य पालसेडमा ३७ हजार छन्। इटनबाट एक लाख जनाले घर छाडेका छन्। पालसेड इटोन, रस्ट र उड्ली गरेर चार क्षेत्रमा डढेलोले असर गरेको थियो। प्यासिफिक पेलिसेडको छेवैमा रहेको सान्टा मोनिकामा पनि धेरैलाई सो स्थान छाड्नका लागि आदेश दिइएको छ। अन्य पहाडी क्षेत्रको तुलनामा बाक्ले बस्ती रहेको सो स्थानमा अहिले धेरै घरमा ढोका लगाइएका छन्। मानिस ओसार्नका लागि बस तैनाथ छन्। लस एन्जलसबाट विस्थापित हुनेमा कमला ह्यारिसको परिवार पनि छ। ह्यारिसको लसएन्जलसमा रहेको घर पनि डढेलोले प्रभावित भएको छ। डढेलोका कारण १५ लाख जनाले बिजुलीको सुविधा गुमाएका छन्।

अमेरिकामा दशककै भारी हिमपात, सात राज्यमा संकटकाल

काठमाडौं । अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ। केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका सात राज्यहरूले आपतकाल घोषणा गरेका छन्। हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन्।  प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ।  हजारौं उडानहरू रद्द गर्नु परेको छ र विद्यालयहरू बन्द गरिएका छन्। भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ।  कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित छन्। आइतबार दिउँसोदेखि केही क्षेत्रमा १२ इन्चसम्म हिमपात भएको छ। कान्सासका अधिकारी ब्रायन प्लाटले भने, ‘पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिमपात देखेको थिएन।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ।  मौसमविद्हरू भन्छन् कि खराब मौसमको कारण ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर चिसो हावाको प्रवाह) हो। राजधानी वाशिंगटन डीसी र फिलाडेल्फिया लगायत धेरै ठूला शहरहरूमा भारी हिमपात हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि खराब मौसमबाट राहत हुने जनाएको छ। 

कोरियामा जहाज दुर्घटना अपडेटः १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए

सियोल । दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ । जेजु एयरको बोइङ्ग ७३७-८०० विमान ल्यान्डिङ गियरमा समस्या हुँदा रनवेबाट चिप्लिएर बाहिर पुगेपछि पर्खालमा ठोक्किएको थियो । यस दुर्घटनामा अहिलेसम्म १७९ जनाले ज्यान गुमाइसकेका छन् । योनहाप न्यूज एजेन्सीले उद्धारकर्मीलाई उद्धृत गर्दै जनाएअनुसार अब जहाजमा सवार २ जना मात्रै जीवित भेटिएका छन् । अन्य सबै यात्री र चालक दलका सदस्यले ज्यान गुमाइसकेका छन् । राहत र उद्धारको काममा लागेकाहरूले जनाएअनुसार अहिलेसम्म १२० जनाको शव भेटिएको छ । न्यूज एजेन्सीका अुनसार यो दुर्घटना स्थानीय समयानुसार बिहान ९ बजेर ७ मिनेटमा भएको हक्सुको । जेजु एयरको उडान नम्बर २२१६ को जहाज देशको दक्षिण-पश्चिमस्थित मुआन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेको थियो । विमान बैंककबाट दक्षिण कोरिया फर्किएर अवतरणका क्रममा दुर्घटनामा परेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोअनुसार जहाज रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि एकैचोटी आगोको मुस्लोमा परिणत भएको देखिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार जहाज चराहरूको झुन्डसँग ठोकिन पुगेको थियो । त्यसका कारण जहाजको ल्यान्डिङ गियरमा खराबी आएर दुर्घटना हुन पुग्यो । कोरिया हेराल्डले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार विमान दोस्रो पटक अवतरणको कोसिसमा लाग्दा दुर्घटनाग्रस्त भएको हो । एयरपोर्टको चक्कर लगाएपछि जहाजले ल्यान्डिङ्ग गियरलाई पूरै नझारी आपतकालीन अवतरणको कोसिस गरेको थियो । आपतकालीन अवतरणका क्रममा रनवेबाट चिप्लिएको जहाज भाँचिन पुग्यो । त्यसको केहीबेररमै विमानस्थल धुवाँको मुस्लोले भरियो । अहिलेसम्म चालक दलका एक सदस्य र एक यात्रीलाई मात्रै बचाउन सकिएको छ । बाँकी १७९ जनाको ज्यान गइसकेको छ । विमानमा १७५ यात्रु र चालक दलका ६ जना सदस्य थिए । यात्रुमा १७३ जना दक्षिण कोरियाली नागरिक थिए । अन्य दुईजनाको राहदानी थाई थियो । भिडियोमा देखिएअनुसार जहाज रनवेबाट बाहिर गएर परसम्म चिप्लिँदै एक तारजालीको पर्खालमा ठोकिएको थियो । पर्खालमा ठोकिएपछि जहाजमा ठूलो विस्फोटको आवाज आयो । जहाज ठोकिने बित्तिकै आगोको मुस्लोमा परिणत भएर नष्ट भएको छ।

कोरियाको विमान दुर्घटनामा कम्तीमा ८५ को मृत्यु, मृतकको संख्या १७९ पुग्ने अनुमान

सियोल । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको विमान दुर्घटनामा ८५ जनाको मृत्यु पुष्टि भएको छ। अधिकारीहरूले मृतक संख्या १७९ पुग्न सक्ने अनुमान गरेका छन्, जसमा १८१ जना यात्रु मध्ये केवल दुई जना मात्र बाँच्न सफल भएका छन्। जेजु एयर फ्लाइट 7C2216, बोइङ ७३७–८००, धावनमार्गभन्दा बाहिर गएको, परिधि बारमा ठोक्किएको र आगलागी भएको थियो। जोन्नाम अग्नि सेवाका मुख्यालयका अनुसार बाँचेका दुई जना चालक दलका सदस्य छन्, एक पुरुष र एक महिला। यात्रुहरूमा थप जीवित मानिस फेला परेका छैनन्, र भग्नावशेषको अवस्था हेर्दा थप मानिसहरू बाँच्ने सम्भावना न्यून रहेको आगलागी नियन्त्रण अधिकारीहरूले यात्रुका परिवारहरूलाई जानकारी गराएका छन्। दुर्घटनामा विमानको मुख्य भाग पूर्ण रूपमा नष्ट भएकोले मृतकको पहिचान गर्न निकै गाह्रो भएको छ। उद्धार टोलीहरूले हराएका यात्रुहरूको शव खोज्ने प्रयास जारी राखेका छन् भने अहिलेसम्म फेला परेका शवहरूलाई राख्न अस्थायी शवगृहहरू बनाइएका छन्। प्रतिवेदनहरूका अनुसार धेरै शवहरू अत्यन्त क्षतिग्रस्त अवस्थामा फेला परेका छन्, जसले पहिचान प्रक्रिया जटिल बनाएको छ। अधिकारीहरूले उद्धार कार्यमा ध्यान केन्द्रित गरेका छन् र घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी राखेका छन्। विमान बैंककबाट बिहान १:३० बजे उडेको थियो र बिहान ८:३० बजे मुआनमा अवतरण गर्ने तालिका थियो। रनवे नम्बर १ मा पहिलो अवतरण प्रयास असफल भएपछि विमान फेरि आकाशमा उडेको थियो। दोस्रो प्रयासमा, अवतरण गियर बिग्रिएपछि रनवेको अन्त्य नजिक आपतकालीन "बेली ल्याण्डिङ" गरिएको थियो। बेली ल्याण्डिङ भनेको विमानको अवतरण गियर पूर्ण रूपमा नखुलेको अवस्थामा विमानको तल्लो भागमा अवतरण गर्ने प्रक्रिया हो। पूर्ण रूपमा रोक्न नसकेपछि विमानले उच्च गतिमा एयरपोर्टको परिधि बारलाई ठक्कर दियो, जसका कारण विमान पूर्ण रूपमा ध्वस्त भयो र तत्काल आगलागी भयो। ८० अग्नि नियन्त्रक सहित आपतकालीन टोली घटनास्थलमा तुरुन्त खटिएको थियो। आगो ४३ मिनेटभित्र नियन्त्रणमा लिइयो, र विमानको पछिल्लो भागबाट उद्धार प्रयास सुरु गरियो। प्रारम्भिक अनुसन्धानका अनुसार "पन्छी ठोक्किनु" (बर्ड स्ट्राइक) अवतरण गियर बिग्रनुको सम्भावित कारण हो। यो घटना विमान पन्छीहरूको समुहसँग ठोक्किँदा वा पन्छीहरूले इन्जिनमा प्रवेश गर्दा हुन्छ। दुर्घटनामा परेको विमानमा १७३ दक्षिण कोरियन र दुई थाई नागरिक रहेको अधिकारीहरूले बताएका छन्। कार्यवाहक राष्ट्रपति चोइ सङ-मोक आइतबार बिहान ९:५० बजे केन्द्रीय विपद् तथा सुरक्षा नियन्त्रण मुख्यालय पुगेका थिए। उनले उद्धार र यात्रुहरूको सुरक्षामा प्राथमिकता दिन निर्देशन दिएका छन्। "सवै उपलब्ध उपकरण र जनशक्ति उद्धार कार्यमा केन्द्रित गर्नुपर्छ," उनले गृह तथा सुरक्षा मन्त्रालय, भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय, राष्ट्रिय अग्नि एजेन्सी, र कोरियाली राष्ट्रिय प्रहरी एजेन्सीका अधिकारीहरूलाई निर्देशन दिए। चोइले उद्धार कार्यमा संलग्न फायरफाइटर र उद्धारकर्मीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायहरूले अनुसन्धान जारी राखेका छन्, र सरकार प्रभावितहरूलाई पूर्ण सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। परिवारजनहरूले घटनाको बारेमा जानकारीका लागि हॉटलाइन नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्: ०८०-८९८-१५०० (कोरियामा), +८२-१५९९-८६२९ (विदेशबाट), र १-८३३-८९२-०१९७ (उत्तर अमेरिकाबाट)। स्रोतः द कोरिया हेराल्ड

लोकप्रिय