नेप्से १७.३० अंकले घट्यो, कारोबार कति ?

नेप्से १७.३० अंकले घट्यो, कारोबार कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १७.३० अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ०.८५ प्रतिशतले घटेर २०१८.३३ विन्दुमा बन्द भएको हो ।

घटेको बजारमा निर्जीवन बिमा समूहका लगानीकर्ताले भने राम्रो लाभ लिएका छन् । कारोबारमा आएका १३ मध्ये निर्जीवन बिमा समूहको परिसूचक वृद्धि भएको छ । अरू समूहको परिसूचक घटेको छ । निर्जीवन बिमा समूहको परिसूचक ०।१२ प्रतिशतले बढेर १०४६५.९८ विन्दु कायम भएको छ ।

यस दिन सर्वाधिक परिसूचक घट्नेमा उत्पादन तथा प्रशोधन समूह ३.६५ प्रतिशत छ ।

६३ कम्पनीको सेयर मूल्य बढेको छ । १७२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आइतबार तीन अर्ब २० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वोत्तम सिमेन्टले सर्वाधिक बजार हिस्सा ओगटेको छ । यो कम्पनीको २८ करोड ६८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो । तर, यसको सेयर मूल्य प्रतिकित्ता ९।९९ प्रतिशतले घटेर कारोबार भयो । नेप्सेमा सूचीकृत भएदेखि नै यो कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि हुँदै आएको थियो ।

त्यसैगरी, गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो ।मायाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ ४० पैसा वृद्धि भएर ३३४ रुपैयाँ ४० पैसा कायम भएको छ ।
 

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन १२ गते शनिबार सन् २०२४ जुलाई २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ११ पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ९७ पैसा र बिक्री दर १७२ रुपैयाँ ७५ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

मौद्रिक नीति सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ। मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै गभर्नर महाप्रसाद अधिकारीले हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारेको बताए। त्यसैगरि बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ । गर्भनर अधिकारीले निर्माण व्यवसायलाई चलायमान बनाउनका लागि मौद्रिक नीतिले व्यवस्था गरेको बताए। शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै उनले शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी नीति ल्याइएको बताए। यस्तै राष्ट्र बैंकले निर्माण व्यवसायलाई चलायमान बनाउने गरी प्रवाह भएको ऋणको सावा ब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गरेको छ । यस्तै निर्माण व्यवसायलाई कर्जा सूचना सम्बन्धी अर्को व्यवस्था नभएसम्म चेक अनादर भएको कारणले कालोसूचीमा नपर्ने भएको छ ।

मौद्रिक नीति आज सार्वजनिक गरिदै

काठमाडौं । सरकारले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ ।  गत शुक्रबार सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर पछि सारिएको थियो । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो।  डा. खतिवडा राष्ट्र बैंकका पूर्वगभर्नर पनि भएकाले उनका थप केही सुझावका लागि मौद्रिक नीति सार्वजनिक कार्यक्रम अन्तिममा समयमा पर सारिएको थियो ।  आज कार्यालय समय अगाडि बोर्ड बैठक बस्नेछ । त्यसपछि मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ । 

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन ११ गते शुक्रबार सन् २०२४ जुलाई २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबार यूरोको विनिमयदर बढ्दा अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०४ पैसा र बिक्री दर १७२ रुपैयाँ ८१ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

लोकप्रिय